जनकपुर ३ माघ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो । दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो । प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो । प्रदेश सभामा हाल कायम रहेका १ सय…
Author: Syangja Sandesh
स्याङ्जा ३ माघ । नेपाली काँग्रेस स्याङ्जाको १४ औं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा जिल्ला समितिको पहिलो बैंठक सम्पन्न भएको छ । काँग्रेस पार्टीमा सम्पन्न बैंठकले महत्वपूर्ण ६ वटा निर्णय गरेको छ । बैंठकको पहिलो निर्णय निर्वतमान कार्यसमिति र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । दोस्रो निर्णय भने पार्टीका बैंठकहरुलाई नियमित बनाउने निर्णय भएको काँग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिनुभयो । सभापति थापाले दिएको जानकारी अनुसार जिल्ला कार्यसमितिको बैंठक प्रत्येक महिनाको ३ गते, क्षेत्रियकार्य समितिको ८ गते, प्रदेश कार्यसमितिको १३ गते, पालिकाहरुको १८ गते र वडा कार्य समितिको बैंठक २३ गते गर्ने निर्णय भएको…
स्याङ्जा, ३ माघ । पुतलीबजार नगरपालिका १४ निवासी १३ बर्षिय समिर मल्लको उपचारमा सहयोग पुरयाउने भन्ने उदेश्यले सौन्दर्यकला ब्यवसायीले सोमबार नगद सहयोग गरेका छन।पुतलीबजार नगरस्तरीय सौन्दर्यकला ब्यवसायी समितिले घरदैलोगरी संकलित १ लाख २४ हजार ४ सय ७७ रुपैंयाको चेक हस्तान्तरण गरेको अध्यक्ष माया गोर्खालीले जानकारी दिनुभयो ।उहाले भन्नुभयो्, ‘सामाजिक संजालमा यस्ता अभियान सुरु गरेको देखेपछि हामीले पनि सहयोग संकलन गरेरे बाबुको ज्यान बच्छ भने बचाउनु पर्छ भन्ने लागेर घरदैलोगरी यति रकम संकलन गरेका हौं।’सौन्दर्यकला ब्यवसायीहरुले मल्लका ठूलाबुवा हरि मल्ललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। समितिका सचिव किर्ती लम्साल र कोषाध्यक्ष सुमन गुरुङ्ले मल्ललाई सो चेक प्रदान गर्नुभएको हो…
स्याङ्जा, ३ माघ । वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ । नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा पर्नुभएका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट राहतकासाथै काजकिरिया गर्नमा सघाउ पु¥याउने उद्देश्यसहित प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराईएको प्रमुख खाँणले बताउनुभयो । “कोभिड १९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावककोरुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालकालागि राहत र काजकिरियाकालागि रकम उपलब्ध गराउँछौं” प्रमुख खाँणको भनाई थियो । नगरपालिकाले बनाएको विपद…
स्याङ्जा २ माघ । आज २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विविध कार्यक्रम गरी स्याङ्जामा पनि मनाइएको छ । वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज (आइतवार) देशभर विभिन्न सचेतनामूलक कार्यक्रमगरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । यो वर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आधीखोला ब्यारेक अन्र्तगत समरजीत गुल्मको संयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भुकम्प कसरी आउन सक्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा जानकारीमूलक छोटो छोटो नाटक प्रर्दशन गर्दे स्याङ्जामा मनाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
स्याङ्जा २ माघ । जिल्ला वचत तथा ऋण सकारी संघ लिमिटेड स्याङ्जाले सहकारीमा भएको चोरीको घटनाप्रति ध्यानार्कषण गराएकोे छ । पछिल्लो समय जिल्लाका विभिन्न सहकारीमा भएको चोरी घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनलाई आइतवार ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सहकारीमा भएको चोरी जस्ता गम्भीर घटनामा संलग्न लाई कारबाही गरी सहकारी संस्थाहरुलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिएको छ । समय समयमा सहकारी चोरीका घटनाहरु भएको भन्दै पुस २१ गतेदेखि २५ गतेसम्म कंचन वचत तथा ऋण सहकारी संस्था, सुलभ बचत तथा ऋण सहकारी पालिचौर, ग्रामिण सहकारी संस्था कालीगण्डिकी र पेलाकोट साना किसान सहकारीको मात्रै…
स्याङ्जा २ माघ । आँधीखोला लघुवित्त वित्तिय संस्थाको अध्यक्षमा पुन नरेश केसी निर्वाचित हुनु भएको छ । आँधिखोलाल घुवित्त वित्तीय संस्थाको पाँचौ साधरणसभाले अध्यक्षमा केसीलाई पुन सर्वसहमतिबाट चयन गरिएको हो ।वालिङमा शनिवार भएको साधारणसभाले संस्थापकबाट संचालक सदस्यहरुमा श्यामविक्रम खाँण र सावित्रा दवाडी पौडेल चयन हुनु भएको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷०७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।साथै ,सभाले राष्ट्र वैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । साधरणसभाको संचालन कम्पनी सचिव वावुराम कुँवरले गर्नुभएको थियो…
स्याङ्जा १ माघ । जिल्ला प्रशासन कार्यलय स्याङ्जाले पुस मसान्त राती १२ बजेदेखि लागू हुनेगरी र अर्को आदेश जारी नएसम्मका लागि जिल्लाभर कोरोना संक्रमण रोकथाम आदेश जारी गरेको छ । नेपाल लगायत स्याङ्जामा पनि तीव्ररुपमा भाररस संक्रमण बढ्दो देखिएकाले जिल्लाभर लागु हुनेगरी सचेतरहि सुरक्षाका मापदण्ड अवलम्बन गर्नेगरी आदेश जारी भएको स्याङ्जा प्रशासनले जनाएको छ । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र स्याङ्जाको बैठकको निर्णय समेतका आधारमा जिल्लाभरी लागू हुनेगरी कोरोना संक्रमण रोकथाम आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रशासनले आदेश जारी गर्दै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन, महोत्सव तथा मेलाको…
काठमाडौं १ माघ । आज माघी पर्व । थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व ३ दिनसम्म मनाउने गर्दछन् । पुसको अन्तिम दिन रातभर नाचगान गरेर जाग्राम बस्ने, डफ बजाउने र गाउने चलन रहेको छ । माघे सक्रान्तिका दिन विशेषगरी थारु समुदायका महिला–पुरुष बिहानै उठेर नजिकैको…
स्याङ्जा १ माघ । आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण सुरु भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । बिहानै तीर्थस्थलमा गइ स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म…
काठमाण्डौ ३० पुस । निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई सुझाब दिएको छ । राजनितिक दलहरुसँग आज भएको छलफलमा निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा हुनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १ सय २० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताउनु भएको हो । छिट्टै निर्वाचनको मिति नतोकिएमा निर्वाचन ब्यवस्थापन कार्य जटिल हुने हुँदा राजनीतिक दलहरुको सुझाबका आधारमा आयागले सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न परामर्श गर्ने उहाँले बताउनुभयो ।छलफल कार्यक्रममा नेपाल कम्प्युनिष्ट…
स्याङ्जा ३० पुस । वालिङमा डायलाईसिस सेवा सञ्चालनमा ल्याईने भएको छ । वालिङ नगरपालिका १० मा डायलाईसिस सेन्टर सञ्चालनमा ल्याउन लागिएको वालिङ सामुदायिक डायलाईसिस सेन्टरको सम्पूर्ण काम सम्पन्न भएको छ । रोटरी क्लव अफ वालिङ, वालिङ नगरपालिका र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेन्टर सञ्चालनमा आउने भएको हो । रोटरी क्लव अफ वालिङको प्रस्तावनामा रोटरी ईन्टरनेसनलले डायलाईसिस सेन्टर सञ्चालनका लागि रु ५ करोड ५३ लाख उपलव्ध गराएको थियो । डायलाईसिस सेन्टरको सम्पूर्ण तयारी पुरा भएको र माघको पहिलो हप्ताबाट नै सेवा प्रवाह शुरु गर्ने रोटरी क्लव अफ वालिङका अध्यक्ष युवराज पाठकले जानकारी गराउनु भयो । वालिङ नगरपालिकाले उपलव्ध गराएको…
काठमाण्डौ ३० पुस । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का आज शुक्रवारदेखि चलनचल्तीमा ल्याएको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ । यस्तै सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ । त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्ला सहितको वृत्ताकार…
स्याङ्जा २९ पुस । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले रुपान्तरणका कुरा गर्नेहरु नै आ आफैं चुनावी प्रतिस्पर्धामा उत्रेपछि आफु अलग्गीएर बस्न बाध्य भएको बताउनुभएको छ ।नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको आन्तरिक निर्वाचनमा जित हार जे भए पनि अवदेखि आपसी सदभाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिनुभयो ।महाधिवेशन सकिए पनि ठूल्ठूला चुनौतीका पहाडहरु हाम्रा सामु खडा छन। नेपाली कांग्रेस कठिन चुनौतीको घडीमा छ। उहाले भन्नुभयोे, ‘लोकतन्त्रको लडाई अझैं जारी छ।’सोही कार्यक्रममा नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश र, अन्र्तघातबाट कसरी मुक्त पाइन्छ भन्ने बारे उत्तर खोज्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।गण्डकी प्रदेशका शिक्षा…
काठमाण्डौं २८ पुस । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ । राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना विरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्ने भएको छ । यस्तै, कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता र अन्य रंगशलामा अरू हेर्ने जाने दर्शकले पनि अनिवार्य खोप कार्ड बोक्न पर्नेछ । यस्तै, रंगशालाभित्र पसेपछि सामाजिक दूरी कायम हुने हिसाबले…