Author: Syangja Sandesh

काठमाण्डौं २४ कात्तिक । नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विवाह गर्नुभएको छ ।शैक्षिक अभियन्ता मलालाले पाकिस्तान क्रिकेट बोर्डका व्यवस्थापकसँग विवाह गर्नुभएको हो । बीबीसीका अनुसार उहाले पाकिस्तान क्रिकेट बोर्डका अपरेशन म्यानेजर लाहोरका एसर मलिकसँग विवाह गर्नुभएको छ । मलाला तालिबानको बालिकालाई शिक्षाबाट बञ्चित गराउने कार्यविरुद्ध अभियान सञ्चालन गरेर विश्वव्यापी रूपमा परिचित हुनुहुन्छ । उहा १५ वर्षको उमेरमा तालिबानको गोली लागेर उपचारका लागि बेलायत पुग्नुभएको थियो । उहालाई बालिकाका लागि शैक्षिक अभियान चलाएको भन्दै सन् २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। त्यसबेला उहा १७ वर्षकी हुनुहुन्थ्यो ।

Read More

स्याङ्जा २४ कात्तिक । संघिय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व संकलन भएको छ । ्आर्थिक बर्ष २०७८÷०७९ शुरु भएको करिब ४ महिनामा सो राजस्व संकलन भएको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्र्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैया राजस्व संकलन भएको जनाएको छ । यो गत आर्थिक बर्षको भन्दा निकै राम्रो सन्देश हो । संघिय सरकार र प्रदेश सरकारलाई बिषयगत सरकारी कार्यालयबाट उठाईने करको दायरा निकै शुभ देखिएको कोलेनिका स्याङ्जाका प्रमुख भुवन काफ्लेले बताउनुभयो ।कोलेनिका प्रमुख काफ्लेका अनुसार १…

Read More

काठमाण्डौ २३ कात्तिक । मन्त्रीपरिषद बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । यस्तै कुश्मामा ४ सय केबी सब स्टेशन र जुम्ला सब स्टेशनका लागि जग्गा प्राप्ति गर्न स्वीकृती दिने, नेपाल कृषि तथा वन सेवा समूह समूहीकरण तर्फ राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा…

Read More

काठमाण्डौ २३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेसँगै तीनवटा प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६५ बमोजिम प्रदेश नम्बर १ का सोमनाथ अधिकारी, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गंगाप्रसाद यादव पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले निर्णय अनुसार प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले तीन जनालाई नियुक्त गर्नका लागि सिफारिस गरेको हो…

Read More

स्याङजा २३ कात्तिक । स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा अर्जुन अर्याल निर्वाचित हुनु भएको छ । तेस्रो अधिबेशनबाट वालिङका अर्यालको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्ष्माा रेखा रेग्मी, बिशाल पराजुली, देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवकम सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदी निर्वाचित हुनुभएको हो । यस्तै सदस्यहरुमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी, यज्ञप्रसाद डुम,्रे सुदन काफ्ले ,पदम कुवर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर, सुदिप थापा, धर्मगत चापागाईं, कृष्ण सेन र बिश्वास राना रहुनुभएको छ । साथै अधिवेशनले बिमल गौतम, बिपिन अर्याल,आकाश किरण श्रेष्ठ,राजेन्द्र प्रसाद डुम्रे रहेको चार…

Read More

स्याङजा २३ कात्तिक । वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धिसम्बन्धी तालिम शुरु भएको छ ।वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी तालिमको शुरुवात गरिएको हो ।यसअघि पनि दुई समूहलाई एक÷एक हप्ते तालिम दिईसकिएको थियो । आजदेखि सुरु भएको तालिम आगामी २९ गतेसम्म सञ्चालन हुने छ ।तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्नेमा…

Read More

काठमाण्डौ २२ कात्तिक । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ । राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो ।आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ । उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ । केही दिन यता इराकमा चुनावको परिणामलाई लिएर ग्रीन जोन नजिकै विरोध प्रदर्शन हुँदै आएको छ ।यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ ।…

Read More

हेटौडा २२ कात्तिक । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुनु । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गर्नुभएको थियो । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकोले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभयो । मुख्यमन्त्री पाण्डेलाई नेकपा ९माओवादी केन्द्र०को २३ जना, नेपाली कांग्रेसको २२ जना,नेकपा ९एकीकृत समाजवादी०को…

Read More

स्याङजा २२ कात्तिक । स्याङ्जा हेभिमेसिन अपरेटर संघ गठन गरिएको छ ।वालिङमा सम्पन्न सभाले दिपकराज भट्टराईको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिवमा निमेश न्यौपाने, सहसचिवमा निमबहादुर क्षेत्री, कोषाध्यक्षमा दलबहादुर थापा र सहकोषाध्यक्षमा दिपेन्द्रकुमार शर्मा लगायत अन्य सदस्यहरु रहनुभएको छ ।कार्यक्रममा कास्कीका हेभिमेसिन अपरेटर संघका अध्यक्ष शुसिलकुमार वाग्लेले संघलाई देशभर विस्तार गर्ने अभियान रहेको जानकारी गराउनुभयो ।विनोदकुमार वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमा निमेश न्यौपानेले स्वागत र दिपकराज भट्टराईले संचालन गर्नुभएको थियो ।

Read More

स्याङ्जा २२ कात्तिक । स्याङ्जामा ७१ हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप लगाएका छन् । स्वस्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जाका ७१ हजार ८४३ जनाले कोरोनाको पुर्ण खोप लगाएका हुन् ।त्यस्तै ९८ हजार ९०० जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यसैबीच स्याङ्जाका सोमबार ५२ जनामा गरिएको कोरोना परिक्षणमा ८ जनामा संक्रमण भेटिएको छ । जिल्लाका ६ जना महिला र २ जना पुरुष गरी ८ जनामा संक्रमण पुष्टी भएको हो । थपिएका सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ५८ पुगेको छ ।यहाँका ७ हजार ३८० संक्रमित मध्ये ७ हजार १ सय ५२ संक्रमणमुक्त भएका छन् भने १७० जनाले संक्रमणबाट ज्यान गुमाएका छन्…

Read More

गोरखा २२ कात्तिक । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभएको छ । अचानक ज्वरो बढेपछि उनलाई गोरखा अस्पताल लगिएको थियो । गोरखा अस्पतालले उपचार गर्न नसक्ने जानकारी दिएपछि भरतपुर रिफर गरिएको थियो । अस्पताल लगेको २४ घण्टा नपुग्दै उनको मृत्यु भएको हो । उहाको स्क्रव टाइफसकै कारण मृत्यु भएको शाखा प्रमुख खनालले पुष्टि गर्नुभएको हो । केही दिनदेखि बिरामी हुनु भएका उहाँको गोरखा अस्पतालले…

Read More

स्याङ्जा २० कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री पदमा अर्यालले नेपालीहरुका सबै चाडपर्व साझा पर्वका रुपमा मनाइदै आएको बताउनुभयो । नेकपा एमाले पुतलीबजार नगरकार्यसमिति द्धारा स्याङ्जा सदरमुकाममा आयोजित बिजयादशमी, दिपावली, छठ, नेपाल सम्बत, ल्होसार र इद लगायतको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले बिगतका दिनमा कुनै जातजातीले आ आफना चाडपर्व मनाउने गरेता पनि अहिले सबैले सबैका चाडपर्वलाई साझा रुपमा मनाउनु सुखद पक्ष रहेको बताउनुभयो । बिगतदेखिनै जिल्लामा समन्वय र सहकार्य गर्दे अघि बढेका राजनीतिक दलहरु आउदा दिनमा पनि यसैगरी अघि बढ्नुपर्ने उहाको भनाई छ । राजनीतिक पार्टीबिचको एकता र समन्वयले मात्र समग्र जिल्लाको विकास हुने र सबै…

Read More

स्याङ्जा २० कात्तिक । यमपञ्चकको आज पाचौ दिन । तिहारको सबैभन्दा महत्वपूर्ण दिन पनि । तिहारको पाँचौं अर्थात् आज भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिने तथा सकेसम्म उपहार दिने प्रचलन रहेको छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि…

Read More

स्याङ्जा १९ कात्तिक । आज तिहारको चौथो दिन, गाई, गोवद्धर्न र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण…

Read More

स्याङ्जा १९ कात्तिक । नेपाल संवत् ११४२ आजबाट सुरु भएको छ ।यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गर्नु भएको थियो ।वि।सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । कोरोनाका कारण बितगका बर्षका औपचारीक कार्यक्रम राखिएका थिएनन । तर, अहिले भने सबैले नेपाल सम्वत मनाउने भएका छन्…

Read More