Author: Syangja Sandesh

स्याङ्जा, २८ कात्तिक । नेकपा एमाले स्याङजाले १० औं राष्ट्रिय महाधिवेसनका लागि स्याङजाबाट सहभागी हुने प्रतिनिधि छनौटको काम सम्पन्न गरेको जिल्लामा सहमतिका आधारमा महाधिवेसनमा सहभागी हुने प्रतिनिधिको नाम टुंग्याइएको एमालेले जनाएको छ।स्याङ्जा क्षेत्र नं १ बाट सिफारिस हुनेमा नारायणप्रसाद मरासिनी, मिनप्रसाद गुरुङ, सुधिरकुमार पौडेल, विश्व पौडेल, दिपक लम्साल, इश्लाम मिया, सन्तोष के.सी., सीमा क्षेत्री, देवी थापा क्षेत्री र तारा शर्मा रहेका छन्।यसैगरी स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा सूर्यप्रसाद गैह्रे (पारस), मोहन रेग्मी, मुक्तिप्रसाद पाठक, खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, भूपराज अधिकारी, देवीसरा थापा, सरस्वतीदेवी भट्टराई र खगिसरा थापा हुन।यसैगरी, उत्पिडिततर्फका मेघबहादुर सार्की, टेकु नेपाली, धनमाया वि.क. र…

Read More

स्याङ्जा, २८ कात्तिक । प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आइतवारदेखि स्याङ्जा जिल्ला अदालत बार एशोसियनले बिरोध गरेको छ।जिल्ला अदालत स्याङ्जा परिसरमा वारका पदाधिकारी लगायत केन्द्रीय पार्षदहरुले हातमा कालोपट्टी बाधेर धर्ना र बेन्च बहिष्कार गरेका हुन।न्यायपालिकाको बिकृति, विसंगती, भ्रष्टाचार बिरुद्ध बारले आन्दोलन सुरु गरेको स्याङ्जा बारका पूर्वअध्यक्ष एवं केन्द्रीय पार्षद तुलसी गिरीले जानकारी दिनुभयो । उहाले भन्नुभयोे, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधान न्यायधीशले तत्काल राजीनामा दिनुपर्छ।’कर्यक्रममा केन्द्रीय एवं पूर्व अध्यक्ष युगनारायण श्रेष्ठ, पूर्व अध्यक्ष रामेश्वर रेग्मी, अध्यक्ष ख्यामनारायण लामिछाने, सचिव पारशमणी पाण्डे लगायतले प्रधान न्यायधीश बिरुद्ध न्यायलय मात्र नभई सिंगो मुलुक आन्दोलनमा उत्रेको जनाउदै तत्काल राजीनामा दिन आग्रह…

Read More

काठमाण्डौं २७ कात्तिक । दिल्ली एनसिआरमा बढ्दो प्रदूषणलाई मध्यनजर गर्दै भारतको सर्वोच्च अदालतले कडा आदेश दिएको छ । शनिबार प्रदूषणबारे सुनुवाइका दौरान सर्वोच्चले लकडाउनबारे विचार गर्नुपर्ने जनाएको छ । दुई दिनको लकडाउनको उपाय अपनाउनुपर्ने हुनसक्ने सर्वोच्चले जनाएको छ । पराल जलाउने, दिल्लीका उद्योग, पटाका र धुलाको कारण प्रदूषण बढेको जनाइएको छ । प्रदूषणका कारण निम्तिएको आपतकालीन स्थितिलाई समाप्त पार्नका लागि के फैसला गर्न सकिन्छ भन्ने विषयमा सोमबारसम्म जानकारी दिन अदालतले केन्द्र सरकारलाई निर्देशन दिएको छ ।सुनुवाइका दौरान सर्वोच्चले राजधानी दिल्लीमा प्रदूषणको हालत खराब रहेको जनाएको छ । मानिसहरु घरभित्रै मास्क लगाउन बाध्य हुँदै गएको सर्वोच्चले जनाएको छ । सोलिसिटर जनरलले…

Read More

स्याङ्जा २७ कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनका लागि सहभागी हुने प्रतिनिधि छनौटको काम स्याङ्जामा जारी छ । स्याङ्जाका २ निर्वाचन क्षेत्र अन्र्तगत १ मा चयन प्रक्रिया टुंगो लागिसकेको छैन भने २ को भने सहमतिका रुपमा टुंग्याइएको नेकपा एमालेले जनाएको छ । यसैबीच स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुनेमा मोहनप्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्तिप्रसाद पाठक , सूर्यप्रसाद गैह्रे (पारस) खिमबहादुर थापा, किशोरबिक्रम मल्ल, उदयराज श्रेष्ठ, धनमाया विश्वकर्मा, सरस्वती भट्टराई, खगिसरा थापा र दिपक बि क रहनुभएको छ । क्षेत्र नम्वर २ मा खुला र महिलाका १० पदका लागि खुलामा २९ जना र महिलाबाट ९ जनाले…

Read More

कास्की २७ कात्तिक । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको समूह प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले निर्वाचित हुनु भएको छ । आज भएको अधिवेशनले काफ्लेको अध्यक्षमा ४१ सदस्यीय प्रदेश समिति निर्बिरोध निर्वाचित गरेको हो । नवगगित समितिको बरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्षमा राम थापा र कमला केसी, प्रमुख सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा विश्व राज सुवेदी, खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाईं, अग्नीधर लुईंटेल (अर्जुन अविरल) र सविन जिसी, महिला सचिवमा शुशिला क्षेत्री, दलित सचिवमा गुणराज रोका, जनजाती सचिवमा विनु थापा लगायत निर्वाचित भएको बताइएको छ । नवनिर्वाचित काफ्ले पत्रकार महासंघ स्याङ्जाका पूर्ब उपाध्यक्ष तथा प्रेस सेन्टर गण्डकीका…

Read More

स्याङ्जा २६ कात्तिक । स्याङ्जामा उत्पादित आलुको वीउको माग बढेको छ। गल्याङ् नगरपालिका ११ स्थित जिमुवामा उत्पादित आलुको वीउ स्याङ्जा लगायत छिमेकी जिल्लाबाट माग आएपछि निर्यात गर्ने क्रम जारी छ। अहिलेसम्म यहाँबाट २ सय टन आलु बिक्री भैसकेको र केही जाने क्रमजारी छ। यहाँका किसानले ३ सय टन बीउ आलु भण्डारण गरेका थिए। अहिलेसम्म २ सय टन बिक्री भैसकेको किसान रुमलाल कडेंलले जानकारी दिनुभयो। वीउ आलु प्रतिकिलो ६५ देखि ८५ रुपैंयामा बिक्री भएको छ। यहाँ उत्पादित आलुले राम्रो दाम र बजार पाएको छ। छोटो समयमै राम्रो दाम आर्जन गर्न सकिने भएपछि यहाँका किसानले बर्षेनी आलुखेती बिस्तार गरेका छन्। जिमुवामा शीत…

Read More

काठमाण्डौ २६ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्ने गरी जिम्मेवारी सुम्पिएको अन्तर्राष्ट्रिय समाचार संस्थामा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् । कोप २६ मा सहभागी देशहरूले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धतामा ८० भन्दा बढी देशले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपेली सङ्घको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् । त्यसैगरी अमेरिका…

Read More

स्याङ्जा २५ कात्तिक ःगल्याङ नगरपालिकामा ३ सय जना अटाउने क्षमताको सिटी हल निर्माण गरिएको छ । वडा नम्बर ३ गल्याङबजार नजिकै सिटी हल निर्माण गरिएको हो । तीन करोड ६६ लाख ३५ हजार तीन सय ४३ रुपैयाँ ७९ पैसामा निर्मित सिटी हल सहित भवन बिहीवार हस्तान्तरण गरिएको छ । निर्माण आयोजनाका तर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले गल्याङ नगरपालिकालाई सिटी हल भवन हस्तान्तरण गरेको हो । कार्यक्रममा आयोजनाका प्रमुख इन्जिनियर झपटबहादुर थापाले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई भवन हस्तान्तरण गर्नुभयो । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समयमा नै सिटी हल निर्माण गरी हस्तान्तरण गरिएको भन्दै धन्यवाद ज्ञापन…

Read More

स्याङ्जा २५ कात्तिक । वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो । नगरपालिकाले कृषिका क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने…

Read More

स्याङ्जा २५ कात्तिक । नेकपा एमालेको चितवनमा हुने दशौ महाधिवेशको प्रतिनिधी चयनका लागि स्याङ्जामा आज ८९ जनाको दरखास्त परेको छ ।दुबै निर्वाचन क्षेत्र अन्र्तगत २४ जना प्रतिनिधी छनौट गर्नु पर्ने भएकोमा प्रारम्भिक दरखास्त अनुरुप ८९ जनाले उम्मेदवारी दिएको नेकपा एमालेले जनाएको छ ।क्षेत्र नं. १ अन्र्तगत खुलातर्फ ३७, महिलातर्फ ९ र उत्पीडिततर्फ २ जनाको उम्मेदवारी परेको छ । यसैगरी, क्षेत्र न. २ तर्फको खुलातर्फ २९, महिलातर्फ ९ र उत्पीडिततर्फ ३ जनाको उम्मेदवारी परेको हो । प्रारम्भिक छनौट अनुरुप आज परेका यी उम्मेदवारीबीच भोली छलफल गरेर टुंग्याईने नेकपा एमाले सचिवालयले जनाएको छ ।यसैगरी, महाधिवेशन प्रतिनिधीका लागि क्षेत्र नं. १र २ बाट…

Read More

स्याङ्जा २५ कात्तिक । मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणना बिहिवारदेखि शुरु भएको छ ।स्याङ्जामा ३ सय ९९ जना जना गणकहरु जनगणनाका लागी खटिएका तथ्यांक कार्यालय स्याङ्जाले जनाएको छ । ३९९ जना गणकहरुलाई ९९ जना सुपरिवेक्षकहरुले सहयोग गर्नेछन् । एक जना सुपरिवेक्षक बराबर झण्डै ४ जना गणकहरु राखिएका छन्। । गणक मार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावली मार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइसराइ लगायत विवरण सङ्कलन गर्नेछन् ।दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गर्नेछन् ।…

Read More

काठमाण्डौ २५ कात्तिक । हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य कात्तिक २५ गते आजबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गर्न लागिएको हो । जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन्। जनगणनाको फाराममा ८०…

Read More

काठमाण्डौ २४ कात्तिक । भारतमा सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । भारतको राजस्थान बाडमेर जिल्लाको जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको हो । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रक बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आज बिहान साढे १० बजे बस र ट्रक आपसमा ठोक्किए लगत्तै आगो लागेको थियो । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

Read More

स्याङ्जा २४ कात्तिक । नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाले भर्खरै सम्पन्न भैसकेका र आउदा पर्वहरुलाई लक्षित गर्दे शुभकामना आदानप्रदान गरेको छ।बिजयादशमी, नेपाल सम्बत, शुभदिपावली, छठ, इद, ल्होसार लगायतका नेपालीहरुका मौलिक पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।पुतलीबजार नगरपालिका १ स्थित सिटी हलमा आयोजित कार्यक्रममा बोल्दै नगर सभापति सुरजकुमार अधिकारीले नेपालीका मौलिक चाडपर्वले सबैजातजाती, धर्मभाषा भाषाीप्रति आत्मियता बढाउने बताउनुभयो । नेपालीले मनाउने सबै चाडपर्व र धर्मसंस्कृतिको रक्षा र सम्बद्र्धनका लागि नेपाली कांग्रेसको समान धारणा रहेको उहाको भनाई छ ।कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष भरतबहादुर गोदार, नेकपा माओवादी केन्द्रका दुर्गानारायण ढकाल, नेकपा एकिकृत समाजवादीक नगर अध्यक्ष श्रीप्रसाद गुरुङ, राष्«िटय प्रजातन्त्र पार्टीका संयोजक जयनारायण…

Read More

स्याङ्जा २४ कात्तिक । नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले उदघाटन गर्दै ब्यावसायमा पारदर्शिता, स्वच्छता र सूचना हुनुपर्ने बताउनुभयो । उहाले पुतलीबजार नगरपालिका ३ गुणीखोलामा निर्मित सहयात्री पार्टी प्यालेस, टिम्स रेष्ट्रो एण्ड लजको उदघाटन गर्दै सो कुरा बताउनु भएको हो । ब्यवसायलाई नाफामुखी मात्र नवनाई समग्र जिल्लाको पर्यटन प्रवद्र्धन सहित जिल्लाको पहिचान दिनेगरी संचालन गर्न सुझाव दिनुभयो । पर्यटन र ब्यवसायिकताका लागि सहयोग गर्ने उहाले प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारी, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, नेकपा एकिकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, गण्डकी प्रदेश पर्यटन समितिका सदस्य अनन्तकुमार श्रेष्ठ, वडा अध्यक्ष तिलकराम श्रेष्ठ,…

Read More