Author: Syangja Sandesh

स्याङ्जा ९ चैत । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले पत्रकार सम्मेलन गर्दै आफना गतिबिधिका बारेमा जानकारी गराएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित प्रेस युनियन निकट पत्रकारहरुको सहभागितामा सम्पन्न महाधिवेशन र अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा जानकारी गराइएको हो । पार्टी प्रवक्ता भरत प्रसाद लम्सालले जिल्लाको महाधिवेशनपछि समिति निर्माण, बिभिन्न २५ वटा बिभाग गठन, क्षेत्र नं. १ को महासमिति सदस्य सर्वसम्मत चयन, कार्यालय ब्यवस्थापन र जिम्मेवारी सहित आसन्न निर्वाचनका बारेमा जानकारी दिनुभयो । उहाले आम नागरिकलाई सत्य र तथ्य बुझाउने माध्यम नै पत्रकार जगत भएकाले बास्तविकतामा आधारित रही सही जनमत जुटाउनेगरी कलम चलाउन सुझाव दिनुभयो…

Read More

स्याङ्जा, ८ चैत । बिरुवा गाउँपालिका वडा नं. ४ पाटनेबाट ६० थान सालको काठ सहितको ट्याक्टर र ४ जना स्थानीयलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको छ।वेवारिसे अवस्थाका ४ वटा काठ सहित अवैध रुपमा राखिएको ४० वटा चिरान र २० वटा सालका गोलिया काठ सहित पाटनेका ४ जना पक्राउ परेका हुन।पक्राउ पर्नेमा बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायब उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।प्रहरीले सालका काठ, पक्राउ परेका मानिस र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको जनाएको…

Read More

स्याङ्जा, ८ चैत । ‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’ भन्दै मानव अधिकारकर्मीहरुले मंगलबार स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेका छन्।रुस — युक्रेन युद्ध बन्द गर भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले प्रर्दशन गरेको हो। युद्ध निषेध ः शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानर सहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन।प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्ता मार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने बताउनुभयो ।यसैगरी, समाजका पूर्वसभापति पृथ्वीप्रसाद पोखरेल, पूर्व उपसभापति हरिप्रसाद रेग्मी,…

Read More

स्याङ्जा ७ चैत । वालिङ्बाट बुटवलतर्फ जादै गरेको मोटरसाइकल र विपरित दिशातर्फबाट आइरहेको यात्रुवाहक सवारी साधन ठोक्किदा मोटरसाइक चालक २७ बर्षिय जीतेन्द्र पटेलको सोमबार ज्यान गएको छ।मृत्यु हुने पटेल रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ घर भई हाल गल्याङ स्थित एक मोटरसाइकल वर्कशपमा काम गर्थे।बुटवलतीर जाँदै गरेको ग.१५प. ७४४७ नं. को मोटरसाईकल र अर्को दिशावाट आईरहेको लु.२ ख. ५२९० नं. को फोर्स कम्पनीको गाडी सोमबार दिउँसो सिद्धार्थ राजमार्ग अन्र्तगत गल्याङ् नगरपालिका १ नब्बे बजारमा ठोक्कीदा पटेल घाईते भएका थिए।घाइते पेटलको उपचारका क्रममा नगर अस्पताल गल्याङमा मृत्युृ भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार दिउसो १ बजे दुर्घटना…

Read More

स्याङ्जा, ६ चैत । डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल स्याङ्जाको नवौं अधिवेशनले पुन ः इन्जिनियर अरुण पौडेलकै अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष सुवेदी, सचिवमा विपन थापा, सहसचिवमा अनुषा राना, कोषाध्यक्षमा रोशन श्रेष्ठ लगायत निर्विरोध निर्वाचित हुनु भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । संघिय सांसद नारायणप्रसाद मरासीनीले सो अधिवेशनको उदघाटन गदैं इन्जिनियर्सहरु बढी जिम्मेवारभई विकास निर्माणका कार्य गर्नुपर्ने बताउनुभयो । मुलुकको दिगो र समुन्नत विकास निर्माणमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका रहने जनाउदै यहााँका इन्जिनियरद्धारा माग गरेका काउन्सिल गठनका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा पुतलीबजार उपप्रमुख महेश पुरी, नेपाल डिप्लोमा इन्जिययर्स एशोसियशनका केन्द्रिय उपाध्यक्षका…

Read More

स्याङ्जा, ६ चैत । पुतलीबजार नगरपालिकामा राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । नगरपालिकाको आयोजनामा ४ दिनसम्म संचालित प्रतियोगिताको उदघाटन गर्दे संघिय सांसद नारायणप्रसाद मरासीनीले खेलकुदका माध्यमबाट नगरपालिका र जिल्लातहसम्म पहिचान बढाउन यस्ता प्रतियोगिता आवश्यक रहेको बताउनुभयो । उहाले स्वस्थ्य रहनका लागि पनि खेलकुदको आवश्यकता रहने औल्याउदै नेपालले अन्र्तराष्ट्रिय जगतमा समेत आफनो देशको नाम राख्न सफल भएकोमा जोड दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजु पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, नेकपा एमालेका नगर अध्यक्ष भरत गोदार, नेपाली कांग्रेसका नगर सभापति सुरज अधिकारी, नेकपा माओवादी केन्द्रका नगर उपाध्यक्ष मित्रबन्धु पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष जयनारायण श्रेष्ठ, शिक्षक…

Read More

स्याङ्जा ३ चैत । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र पोखे्रल नेपालीले कालीगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ ।चापाकोट नगरपालिका ८ स्थित खोरियाघाटमा आयोजित धार्मिक प्रवचनको दोश्रो दिन बुधवार पुगेका पोखरेलले भने, ‘कालीगण्डकी हाम्रोे सभ्यता र पानीको श्रोत हो। सभ्यता जोगाउने अभियानमा हामीहरु छलफलमा जुटेका छौं। डाभर्सन भएमा यहाँका हजारौं खेतीयोग्य जमिन सुख्खा पर्छन। पानीको अभाव हुन्छ।’जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचन जारी छ। प्रवचनको सुरुवात चैत १ गतेदेखि सुरु भएको हो भने ५ गतेसम्म संचालन हुनेछ।मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन रहेको बताउनुभयो । ‘शालिकराम पाईने एकमात्र…

Read More

स्याङ्जा १ र्चैत । वालिङ नगरपालिकाले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणकालागि दश बुँदे प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा आज वालिङ नगरपालिकाका जनप्रतिनिधि, सरोकारवाला निकायहरु तथा पत्रकारहरुको अन्तरक्रियात्मक कार्यक्रममा नगरपालिकाले दश बुँदे प्रतिबद्धता जारी गरेको हो । सरोकारवाला तथा साझेदार निकायसँग समन्वय गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनकालागि ब्यापकरुपमा अभियान सञ्चालन गर्ने, नगरभित्रका सम्पूर्ण जनप्रतिनिधिहरु तथा कर्मचारीले सुर्तीजन्य पदार्थको सेवन छोड्ने प्रतिज्ञा गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । नगरका सम्पूर्ण सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गर्ने, ईजाजत पत्र लिएर मात्र सुर्तीजन्य पदार्थको बेचबिखन गर्न पाउने ब्यवस्था मिलाउने, यसको लत…

Read More

स्याङ्जा, १ चैत । नेपाल नगरपालिका संघले स्याङ्जाका दुई नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । संघको २९औं बार्षिक उत्सवको अवसर पारेर वालिङ र पुतलीबजारलाई पुरस्कृत गरेको थियो । गण्डकी प्रदेशबाट दुई नगरपालिका मात्र उत्कृष्ट घोषित भएका हुन् । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकालाई उत्कृष्ट घोषणा गरेकोहो ।काठमाडौँमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीलाई पुरस्कार प्रदान गर्नु भएको छ।स्मार्ट सिटीका रुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका यसअघि ३ पटक उत्कृष्ट घोषित भइ सकेको छ । नेपाल नगरपालिका…

Read More

स्याङ्जा, २९ फागुन । नेपाली काँग्रेस स्याङ्जाले स्थानीय तहको चुनाव लक्षित गर्दै घर घर जाऔं, कांग्रेस जिताऔं अभियान आइतवारदेखि सुरु गरेको छ ।नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित औपचारिक कार्यक्रम मार्फत घर घर जाऔं, कांग्रेस जितार्औ भन्ने एक महिने अभियानको सुरु गरेकोे हो ।अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले कांग्रेसका नेता तथा कार्यकर्ता सबै चुनावी अभियानमा लागेर स्याङ्जाका सबै पालिकामा नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयोे ।नेपाली कांग्रेसले मात्र मुलुक र जिल्लाको बिकास गर्ने हुदाँ विकास र समृद्धीका लागि कांग्रेसले जित्नु पर्ने आवश्यकता रहेको उहाले दोहो¥याउनुभयो ।कार्यक्रममा नेपाली कांगा्रेसका पूर्व केन्द्रिय सदस्य एवं युवा नेता प्रदीप पौडेलले बिगतका तिक्तता…

Read More

स्याङ्जा २९ फागुन । वालिङ नगरपालिका लगातार दोस्रो पटक उतकृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गर्नुभएको हो । नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुलाई आधार मानेर गरेको मूल्याङ्कन स्याङ्जाको वालिङ नगरपालिका आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उल्लेख्य कार्य गरेकाले उत्कृष्ट नगरपालिका पुरस्कार २०७८ प्राप्त गरेको हो । वालिङ नगरपालिका उत्कृष्ट घोषित भएसँगै नगर प्रमुख दिलीपप्रताप खाँणले आगामी दिनमा काम गर्नका लागि थप ऊर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । “वालिङ नगरपालिका नेपाल नगरपालिका…

Read More

स्याङ्जा २९ फागुन । आँधीखोला संचार सहकारी संस्था लिमिमटेड रेडियो आँधीखोला १०५.४ मेगाहर्ज वालिङ ८ को १६औँ वार्शिक साधारण सभा सम्पन्न भएको छ । घ्याङलिङ स्थित रेडियोको प्रांगणमा भएको साधारण सभाको उद्दघाटन गर्नुहुँदै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले रेडियो समयअनुकुल परिमार्जित हुँदै अगाडि बढ्नुपर्ने भन्दै बढ्दो आधुनिक प्रविधिकोे प्रयोग गर्दै रेडियोलाई अझै सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रमुख खांणले भन्नुभयो, ‘प्रविधिको विकास संगै स्रोताले चाहेका कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै जानुपर्छ । समयसापेक्ष कार्यक्रम उत्पादनले संस्थालाई आर्थिक रुपमा बलियो बनाउन पनि मद्दत गर्छ । रेडियो सक्षम हुन सक्यो भने स्वतन्त्र पनि हुन्छ । ’ साथै प्रमुख खांणले रेडियोलाई नगरपालिकाले आवश्यक सहयोग गर्दै…

Read More

स्याङ्जा २४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण)ले महिलाले आफुभित्र लुकेको क्षमता पहिचानगरी अघि बढेमा हरेक पाइलामा सफलता मिल्ने बताउनुभयो ।हरेक महिलामा अन्र्तनिहित क्षमता हुने र ती क्षमता उजागर हुनका लागि उनका घरायशी वातावरण र अवसरले साथ दिनुपर्नेमा उहाले जोड दिनुभयो ।एक सय १२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिद्धारा मंगलबार आयोजित शुभकामना तथा महिला उद्यम सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको उदघाटन गर्दै सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो ।‘ब्यक्तिका मेहनत र लगावले सफलता मिल्छ । ठूला पद र जिम्मेवारीमा पुगेका महिला पनि पहिला तपाईहरु जस्तै…

Read More

स्याङ्जा २२ फागुन । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालनभएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत कृषिऔजार बितरण गरिएको हो । कृषिऔजार बितरण बितरणगर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धिनहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर कामगरिरहेको बताउनु भयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिकप्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धिहुने बताउनु भयो…

Read More

स्याङ्जा २२ फागुन । पुतलीबजार नगरपालिका र आपसी सहयोग केन्द्र स्याङ्जाको संयुक्तरुपमा संचालित टिवीआई प्रयास परियोजनाको समिक्षा बैठक सम्पन्न भएको छ । कोभिड प्रभावबाट नगरपालिकाका गरिब तथा सिमान्तकृत परिवारलाई ज्ञान र सीप अभिबृद्धि गर्ने उदेश्यले अनुदानमा जिविकोपार्जनमा सहयोग गर्दै आएको छ । पुतलीबजारका २ सय जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि अस्थायी आधारभूत आम्दानीको लागि गाउँमा सामाजिक परिचालनको गुणस्तरमा सुधार गर्ने, गरिब र सिमान्तकृत परिवार र कोभिड १९ बाट प्रभावित महिलाको ज्ञान र सीपलाई अभिवृद्धि गरी कम मूल्य अनुदानमा दिगो जीविकोपार्जनका लागि राम्रो विकल्पहरू छनौट गर्न सक्रिय रूपमा सहभागी गराउने र कार्यक्रमको सफल सिकाइको दस्तावेजीकरण गरी अन्य क्षेत्रमा प्रसारको…

Read More