Author: Syangja Sandesh

स्याङ्जा २१ असोज । नागरिकलाई सुविधा सम्पन्न भवनबाट समयानुकूल स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार निर्माण गर्न लागिएको स्याङ्जा र पर्वतका चार स्वास्थ्य संस्था ३ वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् । स्याङ्जाका ३ र पर्वतको १ गरी एकै पटक ठेक्का आव्हानबाट निर्माण प्रक्रिया थालिएका स्वास्थ्य संस्थाको भवन ३ वर्षदेखि अलपत्र अवस्थामा पुगेका हुन् । वि.सं. २०७७ सालमा ठेक्का आह्वान भएर २०७९ सालमा भवन निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको लापरबाहीले ४ स्वास्थ्य संस्थाका भवन निर्माणकै क्रममा अलपत्र अवस्थामा पुगेका हुन् । स्याङ्जाको वालिङ नगरपालिका–१ धनुबाँसेस्थित एवादी आयुर्वेद औषधालय, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर आयुर्वेद औषधालय र सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र र…

Read More

स्याङ्जा २१ असोज । भीरकोट उद्योग वाणिज्य संघ स्याङ्जाले रमाइलो मेलामा ब्यापारिक कारोवार नगर्न र नगराउन आग्रह गरेको छ । संघले मंगलबार एक ज्ञापनपत्र जारी गर्दै सो का बारेमा जानकारी गराएको हो । संघद्धारा जारी सो ज्ञापनपत्रको बोधार्थ अर्थ मन्त्रालय र मन्त्रालय अन्र्तगतका नियमक निकाय, बिभाग, कार्यालय, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला समन्वय समिति स्याङ्जालाई पनि प्रेषित गरिएको छ । संघका अध्यक्ष नुवादत्त अर्यालको नेतृत्वमा भीरकोट नगरपालिकालाई ज्ञापनपत्र बुझाउदै हाल देशको बिषम परिस्थिति र आर्थिक शिथिलताका बाबजूद स्थानीय सरकारलाई पटक पटक सो का बारेमा आग्रह गरेकोमा आफुहरुको आग्रहलाई वेवास्तागरिएको उल्लेख छ । रमाइलो मेलाका नाउमा ब्यापारिक स्टलराखी स्थानीय ब्यापारीहरुलाई…

Read More

स्याङ्जा २१ असोज ।स्याङजाको मालुंगा र पाल्पाको अर्सेदीको सङ्गमस्थल उत्तरवाहिनीमा मंगलबारदेखि गण्डकी महामेला दामोदर धर्माेत्सवको विधिवत शुभारम्भ भएको छ । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान गल्याङ १, स्याङ्जा र रम्भा गाउँपालिका १, पाल्पाको आयोजनामा गरिएको गण्डकी महामेला दामोदर धर्माेत्सव कात्तिक १९ गतेसम्म सञ्चालन हुने छ । एक महिनासम्म सञ्चालन हुने महामेला दामोदर धर्माेत्सव सामुहिकरुपमा शुभारम्भ गरिएको छ । गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराई र रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा संयुक्तरुपमा दीप प्रज्ज्वल गरी महामेला शुभारम्भ गरिएको हो । समुद्घाटनमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापा, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा लगायतको सहभागि थिए । उत्तरवाहिनी क्षेत्रको…

Read More

स्याङ्जा २१ असोज । भीरकोट नगरपालिकामा क्षत्री समाज जिल्ला शाखा स्याङ्जाले सामुदायिक बहुउद्देश्यीय भवन निर्माण गरेको छ । समाजको अगुवाईमा झण्डै एक करोड ५१ लाखको लागतमा बहुउद्देश्यीय भवन निर्माण गरेको हो । क्षेत्री समाजको नेतृत्वमा बनेको भवनमा एक करोड ११ लाखभन्दा बढी रकम समुदायस्तरबाटै स्वतःस्फूर्त रुपमा संकलन भएको अध्यक्ष मीनबहादुर केसीले जानकारी दिनुभयो । भवन निर्माणमा १६ जनाले एक लाख भन्दा बढी, २८ जनाले ५० हजार भन्दा बढी र ५७७ जनाले ५ हजार भन्दा बढी सहयोग गरेका छन् । भीरकोट नगरपालिका–१ मुख्यबजार बयरघारीस्थित पुलको मुखमा बनेको आधुनिक भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । गएको वर्ष…

Read More

स्याङ्जा २१ असोज । स्याङ्जाको मालुङ्गा र पाल्पाको असेर्दीको सङ्गमस्थल उत्तरवाहिनीमा आज मंगलबारदेखि कालीगण्डकी महामेला एवं दामोदर धर्मोत्सव सुरु हुदेैछ । असोज २१ पूर्णिमाका दिनदेखि विधिवतरुपमा शुभारम्भ गरिएको धर्मोत्सव कात्तिक १९ सम्म एक महिना सञ्चालन गरिने भएको हो । उत्तर गण्डकी महामेला दामोदर धर्माेत्सव–२०८२ को विधिवत शुभारम्भ गरिने सोमबार मालुंगामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । महामेला स्थल उत्तरवाहिनीमा आयोजित पत्रकार सम्मेलनमा उत्तरवाहिनी ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शङ्कर पाण्डेले कार्यक्रम बारे जानकारी गराउनुभयो । उहाले उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीघकालीन सोंचसहित आयोजना गरिएको महामेला सनातन धर्म, संस्कार र संस्कृति सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो । एक हजार…

Read More

स्याङ्जा २० असोज । आँधीखोला गाउँपालिका ६ फापरथुम स्थित ’आनन्दआश्रम ज्ञान केन्द्र’को तेस्रो साधारणसभासंगै साहित्यिक गोष्ठी सम्पन्न भएको छ । प्रगतिशील साहित्यकार चक्रबहादुर पराजुली प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । साहित्यिक गोष्ठीमा कवि पोषराज पौडेल र कवि चिन्तु गिरीलाई “आनन्दआश्रम प्रज्ञा सम्मान“ स्वरूप खादा, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।सम्मानित कविहरूको साहित्यिक यात्राका बारेमा संस्थाका संस्थापक संरक्षक त्रिलोचन ढकालद्वारा विस्तृत रूपमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा वरिष्ठ कवि पोषराज पौडेल र प्रख्यात कवि चिन्तु गिरीले शुभकामना मन्तब्य सहित सबैलाई धन्यवाद र छन्दबद्ध कविता प्रस्तुत गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हिमलाल पुरी, देवी सापकोटा, ई.सुदर्शन शर्मा, विद्यार्थी शिखा…

Read More

स्याङ्जा २० असोज । ‘जेन–जी आन्दोलन’ को मौका छोपेर कारागारबाट भागेका २ जना कैदीबन्दी स्याङ्जाबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा वालिङ नगरपालिकाका ३५ वर्षीय मदन माझी हुन भने अर्का बिरुवा गाउँपालिकाका एक बालक छन । ‘जबरजस्ती करणी’ मुद्दाका दोषी ठहर भई दुबै जनाले कैद सजाय भोग्दै गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।भदौ २४ गते फरार उनीहरुलाई विशेष सूचनाका आधारमा असोज १९ मा पक्राउ गरिएको प्रहरीको भनाई छ । दुुबैलाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरीले जिल्ला कारागार स्याङ्जा पठाएको छ । माझी काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट र अर्का व्यक्ति बाल सुधार गृह पोखराबाट फरार भएका हुन । आन्दोलनका क्रममा…

Read More

स्याङ्जा २० असोज । आश्विन शुक्ल पूर्णिमा अर्थात् सोमबार कोजाग्रत पूर्णिमा। धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदैछ। यद्यपि सोमबार चतुर्दशी तिथि १३ घडी ३५ पला अर्थात् ११ बजेर २५ सम्म छ। त्यसपछि पूर्णिमा तिथि छ। सोमबार साँझमै पूर्णचन्द्र देखिने भएकाले कोजाग्रत पूर्णिमा सोमबार नै मनाउन निर्देश गरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि छ। यसैगरी विजयादशमीका दिन शुरु भएको टीका जमरा लगाउने क्रम पनि सोमबार सम्पन्न हुँदैछ। विजयादशमीदेखि चतुर्दशीसम्म पनि टीका लगाउन नभ्याएकाहरूलाई पूर्णिमाका दिन बिहान टीका लगाउने र जमरा तथा दशैँका पूजासामग्री विसर्जन चलन छ।आश्विन…

Read More

स्याङ्जा १९ असोज । मुलुकभर तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै जिल्ला प्रशाासन कार्यालय, स्याङ्जाले लामो दूरीका सवारी साधनको आवतजावत नगर्न जिल्लाबासीसंग आग्रह गरेको छ । देशका विभिन्न स्थानमा असोज १८ देखि २० गतेसम्म भारी वर्षा र सम्भावित विपद्को चेतावनी जारी भएका अवगत गराउदेै सवारी आवागमनलाई बन्द गरेको जानकारी गराएको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार मध्यमदेखि अति भारी वर्षा हुने संभावना रहेकाले बाढी, पहिरो, डुबान लगायतका जोखिम उच्च हुने देखिएको जनाउदै जिल्ला सुरक्षा समितिको बैठकले सिद्धार्थ राजमार्ग लगायत सहायक मार्गमा सञ्चालन हुने सार्वजनिक यातायात, मालवाहक सवारी तथा अन्य लामो दूरीका साधन अत्यावश्यक संचालन…

Read More

स्याङ्जा १९ असोज । सरकारले आज (आइतवार) र भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । देशभर लगातार ठूलो वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यान दिँदै विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । वर्षाका कारण हुनसक्ने बाढी, डुबान, भू–क्षय लगायतका जोखिम एवम् सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने र मानवीय क्षतिसमेत हुन सक्ने भन्दै सार्वजनिक विदा दिएको मन्त्रालयले हिजो निकालेको सूचनामा उल्लेख छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरु भने खुल्ला नै रहनेछ । साथै, देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेकाले विशेष सतर्कता अपनाउन पनि सरकारले अनुरोध गरेको छ । विदाको समयमा अत्यावश्यक काम नपरी यात्रामा…

Read More

स्याङ्जा १८ असोज । जेन —जी आन्दोलनको क्रममा बिभिन्न जिल्ला कारागारबाट भागेका ६ कैदीबन्दी स्याङजामा पक्राउ परेका छन । कारागारबाट फरार उनीहरु लुकिछिपी बसेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कास्की कारागारबाट भागेका ३ जना, काठमाण्डौंबाट २ र तनहुँबाट एक जना छन्। पक्राउपछि उनीहरुलाई आवश्यक कारवाहीकालागि स्याङ्जा कारागारमा बुझाइएको छ । प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार, ‘कास्की कारागारबाट भागेका यामबहादुर रोका भीरकोट नगरपालिका ३ मा पक्राउ परेका हुन। कर्तव्य ज्यान मुद्धामा कारागार शाखा कास्कीमा रहेका उनी २४ गते फरार भएपछि आफनै घरमा आई बसेका थिए । भीरकोट ५ का २८ बर्षिय बिमल जिटी…

Read More

स्याङ्जा १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी,…

Read More

स्याङ्जा १२ असोज । जेनजीको आन्दोलनका क्रममा तनहुँ कारागार दमौलीबाट फरार ४१ बर्षिय यमबहादुर विक पुतलीबजार नगरपालिका १४ बाट पक्राउ परेका छन् । भदौ २४ गते उनी कारागारबाट भागेको बताइएको छ । लागुओैषध हिरोइन मुद्धाका कैदी विकलाई बिशेष सूचनाका आधारमा प्रहरीले हिजो उनको घरबाट पक्राउगरी जिल्ला कारागार स्याङजा पठाइएको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो । यसैगरी, यसअघि आन्दोलनका क्रममा केन्द, कास्की र तनहुँ कारागारबाट भागेका बिभिन्न मुद्धाका ६ जना कैदीबन्दी पक्राउगरी आवश्यक कारवाहीका लागि स्याङ्जा कारागारमा बुझाएका प्रहरीले जनाएको छ ।

Read More

स्याङ्जा १२ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजीको आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गराउन सहित कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई सम्पर्कमा आउन आग्रह गरेको छ । भदौ २३ र २४ गते भएको प्रर्दशनका क्रममा सुरक्षा निकायबाट हातहतियार र अन्य बन्दोबस्ती सामाग्री लुटिएको र देशका बिभिन्न जिल्लाका कारागारबाट केही कैदीबन्दी तथा थुनुवाहरु भागेको अवस्था भएको जनाउदै प्रहरीको १ सय नम्बरमा फोनगरि सम्पर्कमा आउन आग्रह गरिएको हो । यसरी भागेर बिभिन्न स्थानमा लुकिछिपी बसेका थुनुवा तथा कैदीबन्दी साथै लुटिएका हातहतियारबाट आपराधिक घटना हुन सक्ने संभावना रहेको जनाउदै तत्काल सम्पर्क आउन प्रशासकिय अधिकृत सूर्यप्रसाद शर्माद्धारा जारी जरुरी सूचना मार्फत आग्रह गरिएको हो…

Read More

स्याङ्जा ११ असोज । वालिङ नगरपालिकाले आँधीखोलाको दुबै तर्फ करिडोर बनाएको छ । झण्डै पाँच वर्षअघि निर्माणकार्य सुरु भएपनि करिडोर निर्माणलाई नगरपालिकाले पछिल्लो समय तीव्रता दिएको हो । करिडोर अन्तर्गत कतै कालोपत्रे समेत भइसकेको छ भने कतै नयाँ ट्रयाक बनाउने काम धमाधम भइरहेको छ । नगरपालिकाले आफ्नो गौरवको योजनाको रुपमा अघि सारेको ‘आँधीखोला करिडोर’को केही भाग कालोपत्रे भएपछि स्वरुप नै फेरिएको छ । कालोपत्रे भइसकेपछि सडकलाई राम्रो र व्यवस्थित गराउन सडक किनारामा फूल सहितका बिरुवा रोप्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ । थोरै मात्रामा कालोपत्रे गरिएको सडकले करिडोर नमुना देखिएको छ । सडकको कालोपत्रे भागलाई सकेसम्म सुन्दर बनाएरै निर्माण…

Read More