Author: Syangja Sandesh

स्याङ्जा ४ जेठ । स्याङ्जा स् कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र सावित्रा कोइराला निर्वाचित हुनु भएको छ । थापाले आपना प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानालाई १ हजार ६४५ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको छ । उहाले ६ हजार ७०० मत पाउनु भएको थियो भने रानाको ५ हजार ५५ मत छन्। उपाध्यक्ष कोइरालाले ६ हजार २२३ मत पाउनुभयो । उहाका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाउनुभयो । कोइरालाले १ हजार ३ सय ८४ मतान्तरले विजयी हुनुभयो । गाउँपालिकाको वडा नं १, ३ र ६ मा एमालेका अध्यक्ष क्रमशस् कृष्णबहादुर…

Read More

स्याङ्जा ४ जेठ । हरिनास गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर मानन्धर र उपाध्यक्षमा इन्द्रकुमारी राना विजयी हुनु भएको छ । मानन्धरले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार टोपबहादुर भुजेललाई ३७ र कांग्रेसतर्फका उपाध्यक्षका उम्मेदवार मिठु लम्साललाई २४ मतान्तरले विजयी भएका हुन्। अध्यक्ष मानन्धरले ४ हजार ७६९ मत र भुजेलले ४ हजार ७३२ मत पाउनु भएको छ । उपाध्यक्षमा रानाले ४ हजार ७४० र लम्सालले ४ हजार ७१६ मत छ । ७ वटा वडा मिलेर बनाइएको पालिकामा ३ वटा वडामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमाले विजयी भएको हो। नेपाली कांग्रेसतर्फ वडा नं। १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, २…

Read More

स्याङ्जा ३० बैशाख । आज शुक्रवार स्याङ्जा लगायत देशभर मतदान सुरु भएका छन् । पुतलीबजार नगरपालिका ३ स्थित सरस्वती माबि गैरीखेतमा १०४ बर्षिया सकिना मियाले मतदान गर्नुभएको छ । शुक्रवार भएको स्थानीयतहको निर्वाचनमा मियाले गैरीखेत मतदान केन्द्रका पहिलो मतदाता पनि हुनुहुन्छ । उहालाई उहाका नाति खालिद मियाले सहजीकरण गर्नुभएको थियो । २ छोरा ४ छोरी लगायत उनका ४२ जना नातिनातिना हुनुहुन्छ । स्याङ्जामा ११ पालिकामा ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदान स्थल बनाइएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्। जिल्लाभर २ लाख ४० हजार ५३५…

Read More

स्याङ्जा ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टी माओवादी स्याङ्जाले पुतलीबजारमा आफ्नो उमेद्वार निष्क्रिय बनाउदै नेपाली कांग्रेस स्याङ्जा पुतलीबजारलाई समर्थन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस पार्टी कार्यलयमा बसेको संयुक्त बैठकले केन्द्रको गठबन्धनको निर्णय, भावना र मर्म अनुसार प्रतिगामी तत्व र शक्तिलाई परास्त पर्नको लागि आफू पछि हटि तुलसीराम रेग्मीलाइ समर्थन गरेको पुतलीबजारमा माओवादीको तर्फबाट मेयर पदमा उमेदवार दिनुभएको माओवादी नेता नारायण लम्सालले जानकारी दिनुभयो । साथै आम नेकपा माओवादी केन्द्रका सम्पुर्ण नेता ,कार्यकर्ता आम मतदाता, शुभचिन्तक, इस्टमित्र, सम्पुर्ण पुतलीबजार नगर बासिलाइ एक जुट भएर पुतलीबजारमा गठबन्धनका उमेदवार तुलसीराम रेग्मी ९नेपालि कांग्रेस०, उप(मेयर देबि अर्याल९नेपाली कांग्रेस० लगाएत १४ वटै वडामा…

Read More

स्याङ्जा ३० बैशाख । आचार संहिता विपरित रुपैंया बाड्दै गर्दा भीरकोट नगरपालिकाका उपप्रमुख, वडाअध्यक्ष पदका उम्मेदवार वहालवाला अध्यक्ष वडा नं. ४ छाङ्छाङ्दीबाट बिहीवार राती पक्राउ परेका छन्। भीरकोट नगरपालिकामा नेकपा एमालेका उम्मेद्धार सरस्वती अधिकारी र वडाअध्यक्ष मेघनारायण दुंगाना र वहालवाला अध्यक्ष चन्द्रबहादुर बस्नेत पैसा बाड्दै गरेको अवस्थामा समातिएका कांग्रेसका नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । उपप्रमुखका उम्मेदवार अधिकारी, अध्यक्ष उम्मेदवार मेघनारायण ढुंगाना तथा बहालावाला अध्यक्ष चन्द्रबहादुर बस्नेतलाई प्रहरीले पैसासँगै समातेको हो । रातको समयमो पैसामा बाड्दै मत खरिद गर्न आएको भन्दै सोही वडाबासीले प्रहरीमा खवर गरेको बताइएको छ। उनीहरुका साथबाट ७३ हजार नगद र बिभिन्न बैंकका ७ वटा चेक बुक…

Read More

स्याङ्जा २७ बैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेसले जे बोल्छ त्यही मात्र गर्ने बताउनुभएको छ । नसक्ने खाले विकासका उधारो सपना नदेखाउन समेत जनप्रतिनिधीलाई सुझाव दिनुभयो । पुतलीबजार नगरपालिका वडा नं. ५ पौवेगौडे र ६ टक्सारमा आयोजित चुनावीसभालाईे सम्बोधन गर्दे उहाले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दे वडा र पालिकाबासीलाई सक्षम बनाउन उहाले जोड दिदै आवश्यक सहयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेसले स्थानीय तहमा जितेमा आउदो साउनदेखि ६५ बर्ष पुगेकालाई मासिक ५ हजार भत्ता र सुत्केरीलाई ५ हजार नगद भत्ता ऊपलब्ध गराउने…

Read More

स्याङ्जा २७ बैशाख । चुनावको मत राख्ने दिन आउन अब ३ दिन बाँकी छ । स्थानीय तह निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेदेखि लागू हुँदै छ। यो अवधिमा चुनावको प्रचार गर्न निषेध गरिएकोे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । मौन अवधिमा कुनै प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न रोक लगाइएको छ’, प्रवक्ता पौडेलले भन्नुभयो , ‘मौन अवधिअघि नै मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार–प्रसार सामग्री हटाइन्छ।’ कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न नपाइने आचारसंहितामा उल्लेख छ। सामाजिक सञ्जाल, अनलाइन, छापालगायत माध्यमबाट दल र उम्मेदवारको पक्ष तथा विपक्षमा सन्देश, सूचना…

Read More

स्याङ्जा २७ बैशाख । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । सोमबार बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताउनुभयो । घर नजिकै पातीको झ््याङमा लुकेको चितुवालाई धपाउन खोज्दा स्थानीयवासी दुर्गाबहादुर गोतामेलाई आक्रमण गरेको उहाँले बताउनुभयो । मान्छेमाथि चितुवाले आक्रमण गरेपछि स्थानीयवासीले काठको दाउराले टाउकामा हानेर मारेका हुन् । चितुवाको आक्रमणबाट हरिनास–६ कोटथोक बस्ने ४३ वर्षीय दुर्गाबहादुर गोतामे घाइते हुनुभएको छ । आफ्नो ज्यानको सुरक्षा गर्नेक्रममा गोतामेको कान, टाउको र हातमा चोट लागेको छ । उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भीमाद लगिएको छ…

Read More

स्याङ्जा २७ बैशाख । वालिङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार एवं निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङको विकासमा बाधक बन्नेहरुलाई नागरिकले मूल्याङ्कन गरी जवाफ दिने बेला आएको बताउनुभएको छ । आज वालिङ नगरपालिकाको वडा नं। १४ का चालिसे, तिवारी पसल, कपासे, दाङ्से, पेखु देउराली वडा नं। ९ को राउतडाँडा लगायतका स्थानहरुमा टोल भेला तथा घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । २०७४ सालमा जनप्रतिनिधिहरु निर्वाचित भएर आईसकेपछि वालिङलाई स्मार्ट सिटी बनाउनकालागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरु बनाएर अगाडि बढेको प्रमुख पदका उम्मेदवार दिलीपप्रताप खाँणले बताउनुभयो । “वालिङ नगरपालिका र सडक विभागबीच वालिङ नगरपालिकाभित्र पर्ने १३ किलोमिटर सिद्धार्थ राजमार्गलाई चौडा गर्ने सहमति…

Read More

स्याङ्जा २६ बैशाख । चुनाव प्रचार प्रसारमा जाने क्रममा एमाले निकटका कार्यकर्ताले ढुंगा प्रहार गर्दा भीरकोट ८ मा काँग्रेसका उम्मेदवार घाईते भएका छन् । घाईते हुनेमा काँग्रेसको तर्फबाट वडा नं। ८ का अध्यक्षका उम्मेदवार नन्दलाल खनाल, दलित महिला सदस्य हुमकला नेपाली र घनबहादुर गुरुङ रहनुभएको छ । घाईतेमध्ये गुरुङलाई बढी चोट लागेको बताईएको छ । घाईतेहरुले वडा प्रहरी कार्यालय वालिङमा अभद्र ब्यवहारमा उजुरी दिएका छन् भने आरोपितहरुको खोजी कार्य भईरहेको छ । प्रत्यक्षदर्शीका अनुशार नेकपा एमालेका दल बहादुर गुरुङ र टिका गुरुङले आक्रमण गरेका हुन् । दल बहादुर नेपाली सेनामा कार्यरत रहेको र बिदामा घर आई एमालेको प्रचारप्रसारमा हिडेको भीरकोट…

Read More

स्याङ्जा २६ बैशाख । जिल्लाका ११ स्थानीयतहका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । ५ बर्षे रणनीतिक कार्ययोजना बनाएर उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका हुन् । आँधीखोला गाँउपालिकामा नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरु जनताको मनजित्ने गरी अहिले घरदैलोमा पुगेको बताइएको छ । ५ दलीय गठबन्धनमा आँधीखोला गाँउपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा समाजवादी ९एस० र केही वडाहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु संयुक्त घरदैलो अभियानमा जुटेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले एकलौटी स्थानीयसरकारमा बिजयी हासिल गरेको थियो । एकलौटी स्थानीय सरकार हुँदा गाँउपालिकामा चरम भष्ट्रचार भएको गठबन्धनका उम्मेदवारहरुले आरोप लगाउदै आएका छन् । ५ बर्ष सम्म गाँउपालिकामा भएका…

Read More

स्याङ्जा २६ बैशाख । स्याङ्जाका ७३ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति स्याङ्जाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रवक्ता एव् सूचना अधिकारी रबिन्द्र खनालका अनुसार जिल्लाका १९९ मतदान केन्द्रमध्ये ७३ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताउनुभयो । संवेदनशील ७३ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र ५३ वटा छन् । प्रवक्ता खनालले भन्नुभयो, “विसं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता,…

Read More

स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. ३ का अध्यक्षका उम्मेदवार राजेन्द्रप्रसाद श्रेष्ठले आफु निर्वाचित भएमा ५ बर्षे समयावधी वडामै बसेर सरकारद्धारा आफुलाई प्राप्त तलबभत्ता वडाभित्रै सामाजिक क्षेत्रमा खर्चिने बताउनुभएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठले आफूले प्राप्त हुने सरकारी सेवा सुविधा वडाभित्रका विपन्न, असहाय वर्ग सहित शैक्षिक सुधारका क्षेत्रमा खर्च गर्ने बताउनु भएको हो । शिक्षण पेशा र बिभिन्न सामाजिक क्षेत्रमारही कामका अनुभवी उनले वडालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने बताउनुभयो । यी दुबै कुरामा हामी सचेत रहयौं भने समुन्नत पुतलीबजार हाम्रै पालामा संभव छ । उहाका अनुसार, ‘एक गाउँ एक उत्पादन, जग्गा जमिनको उचित उपयोग, उन्नत बिउविजन…

Read More

स्याङ्जा २४ बैशाख । गल्याङ नगरपालिकाका १ सय ४३ वटा कुकुरलाई रेबिज बिरुद्धको खोप र १ सय ११ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। कुकुरको टोकाइबाट हुने रेविज रोगबाट बच्नका लागि खोप र अनावश्यक कुकुरका संख्या नबढाउन बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ। घरपालुवा तथा घरभन्दा बाहिर रहेका कुकुरलाई बन्ध्याकरण सहित रेविज बिरुद्धको खोप दिइएको हो। भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापनमा बिहीवार यहाँ शिविर संचालनगरी खोप सहित बन्ध्याकरण सेवा उपलब्ध गराइएको पशु चिकित्सक डा.टंक प्रसाईले जानकारी दिनुभयो । शिबिरमा ३ जना विशेषज्ञ सहितको सर्जन टोली बन्ध्याकरण सहित खोप सेवा उपलब्ध गराएको गल्याङ नगर पशु…

Read More

स्याङ्जा २४ बैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दे निर्वाचन कार्यालयले शुक्रवार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रवार प्रशिक्षण दिएको छ। मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो। प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुझाव दिनुभयो । चुस्त र स्फुर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ आफना इमान्दारिता र जिम्मेवारी बहन गर्न उहाले सुझाव दिनुभयो । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आ आफना…

Read More