स्याङ्जा १४ जेठ । सहिद महेन्द्र शाहको ४३ औं स्मृति दिवस मनाइएको छ । सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानको आयोजना पुतलीबजार नगरपालिका १४ स्थित महेन्द्र पार्कमा शाहको स्मृति दिवस मनाइएको हो । सहिद शाहको शालिकमा माल्र्यापण गर्दे संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले राज्यले सहिद सम्मानका निती बनाएर सहिद सहित उहाका परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो । नेपालको बिभिन्न राजनीतिक कालखण्डका सहिदका बलिदानीले पुरयाएको योगदान र त्यागका कारण हामी सबै स्वतन्त्र भएको उहाको भनाई छ । जवसम्म राज्यले सहिदको उच्च सम्मान गर्दैन तवसम्म राजनितिक संस्कार राम्रो नहुने जनाउदै उहाले नेपाली कांग्रेसले यसको सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।…
Author: Syangja Sandesh
वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ ।
स्याङ्जा १४ जेठ । पुतलीबजार नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्रमा ‘ईको भिलेज’ स्थापना र ‘हरित रोजगार’ मा जोड दिने भएको छ। तरकारी तथा पशुपालनमा जोड दिई खाद्य बस्तुको आवश्यकतालाई स्थानीय स्तरमा परिपूर्तिगरी होमस्टेमा स्थानीय खानाको प्रवद्र्धन गनै उदेश्यले इको भिलेजको स्थापना गर्ने जनाईएको हो। नगरभित्र ५० हजार सुन्तलाका बिरुवा बितरण सहित ३ सय रोपनी बाँझो जग्गामा समेत हरित उद्यम सिर्जना गर्ने भएको छ। संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (यूएनडीपी) र पुतलीबजार नगरपालिकाको आर्थिक प्राबिधिक सहयोगमा नगरपालिकामा हरित पुनरुत्थान तथा कोभिड १९ प्रतिकार्य पहल परियोजनाले सो कार्य गर्ने भएको हो। परियोजनाको ब्यवस्थापनको जिम्मेवारी सूर्योदय क्लवले गर्दै आएको छ। परियोजनाले २ सय…
स्याङ्जा १० जेठ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा स्याङ्जाका ९७ मध्ये ३ वटा वडामा मात्र महिला अध्ययक्षका उम्मेदवार विजयी हुनुभएको छ । यहाका कालीगण्डकी गाउपालिकाको वडा नं. २ २, बिरुवा गाउँपालिका वडा नं. ३ र चापाकोट नगरपालिकाको वडा नं. ६ का अध्यक्षमा महिला उम्मेदवार विजयी हुनुभएको हो । कालीगण्डकी २ मा नेपाली काँग्रेसकी खगीसरा आले विजयी हुनुभएको छ । आलेले कूल १ हजार ३३३ मत पाउनु भएको थियोे भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४३१ मत छ । यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी हुनुभएको छ । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित हुनुभयो…
स्याङ्जा १० जेठ । स्थानीय निर्वाचनमा स्याङ्जाका ३ पालिका प्रमुखको प्रतिस्पर्धामा रहेका ३ जना महिला पराजित हुनु भएको छ । मतदाताले महिला प्रमुख उम्मेदवारलाई पत्याएनन्। मत दिएनन्। अन्तत ः उहाहरु पराजित बन्नुभएको हो े। तर, उपप्रमुखमा भने महिला सबै निर्वाचित हुनुभयो । स्थानीय तह निर्वाचनमा स्याङ्जाका ११ पालिका मध्ये ३ पालिका प्रमुखमा महिलाले उम्मेदवारी दर्ता गरेका थिए। एक नगर र २ गाउँपालिकाको प्रमुखका उम्मेदवार ती महिलाको प्रतिस्पर्धा पुरुषसंग थियो। पुतलीबजार नगरपालिका प्रमुख सहित अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा क्रमश ः सीमा क्षेत्री, चिनुमाया गुरुङ र माया राना थिए। क्षेत्री र गुरुङ् नेकपा एमालेतर्फका उम्मेदवार हुन भने राना नेपाली कांग्रेस तर्फका।…
स्याङ्जा १० जेठ । गल्याङ् नगरपालिकाको प्रमुख पदमा ठूला राजनीतिक दलका प्रमुख ब्यक्तिबीच प्रतिस्पर्धा रह्यो। नगर प्रमुख पदमा नेकपाका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) पराजित हुनुभयो भने नेपाली कांग्रेसका जिल्ला सचिव गुरुप्रसाद भट्टराइले बाजी मार्नुभयो े। हालै सम्पन्न स्थानीय तह निर्वाचनमा भट्टराईले एमालेका अध्यक्ष गैह्रैलाई पराजित गर्दै विजयी बन्नुभएको हो । पुष महिनामा भएको एमाले अधिवेशनबाट गैहै जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका हुन भने भट्टराई फागुनमा भएको अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित हुन। उनीहरु दुबै वहालवाला अध्यक्ष र सचिव हो । भट्टराईले ९ हजार ६२१ मत पाउँदा उनका प्रतिस्पर्धी गैह्रेले ८ हजार ९२२ मत पाए। बिजयी उम्मेदवारको ६ सय ९९ मतान्तर छ।…
स्याङ्जा, १० जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांगा्रेसका तुलसीराम रेग्मी र देवी अर्याल निर्वाचित हुनु भएको छ । उहाहरुले आफना प्रतिस्पर्धी नेकपा एमालेका सीमा क्षेत्री र महेश पुरीलाई पराजित गर्दे विजयी हुनु भएको हो । प्रमुख पदमा निर्वाचित रेग्मीले १२ हजार ४९४ मत पाउदा क्षेत्रीले १० हजार ९० मत पाउनु भएको थियो । यसैगरी, उपप्रमुख पदका निर्वाचित अर्यालले ११ हजार ७४८ मत पाउदा पुरीले १० हजार ७६१ म्त पाई उपविजेता बन्नु भएको हो । पुतलीबजारका १४ मध्ये १, ३, ४, ५, ७, ८, १०, ११ र १४ मा नेपाली कांग्रेस र २, ६, ९, १२ र १३…
स्याङ्जा, १० जेठ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले शुक्रवार पदवहाली गर्नुभएको छ । कार्यालयमा आयोजित पदवहाली कार्यक्रमपछि बोल्दै नगरप्रमुख रेग्मीले नगरबासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । सिमित स्रोत साधनको परिचालन गर्दे नगरको विकास निर्माणमा जुट्नु पर्ने अवस्था रहेको जनाउदै प्रमुख रेग्मीले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको जनाए। सुशासनयुक्त रहे मात्र भ्रष्टाचारमुक्त हुने र तब, मात्र विकास र समृद्धीले गति लिनेमा उहाले जोड दिनुभयो । समग्र नगरको विकास र समृद्धीका लागि जनप्रतिनिधी, कर्मचारी र स्थानीयबासीसंगको हातेमालो गर्र्दे अघि बढ्ने प्रतिवद्धता उहाले जनाउनुभयो । शिक्षा, स्वास्थ्य, रोगजार, युवा स्वरोजगारका कार्यक्रमलाई बढवा…
स्याङ्जा ४ जेठ । चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका छन्। नगरप्रमुखमा देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना बिजयी हुनु भएको हो । खाँणले ७ हजार ४९० मत पाएका छन भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ६ हजार ५५५ मत पाउनु भएको छ । उपप्रमुखमा रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी नेकपा एमालेका सृष्टि मल्लले ६ हजार ३७६ मत पाउनुभयो । खाँणले ९ सय ३५ र रानाले एक हजार ३७ मतले पछि पार्दे प्रमुख र उपप्रमुखमा निर्वाचित हुनु भएको छ । नगरका १० वटा मध्यें ३, ४, ५, ६ र…
स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसका कविता तिवारी ९गैह्रे० निर्वाचित हुनु भएको छ । आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसतर्फका प्रमुखका उम्मेदवार दिलिप खाँणलाई २ हजार १८३ मतले पछि पार्दै विजयी हुनु भएको छ । कृष्णले १३ हजार ७७६ मत पाउदा दिलिपले ११ हजार ५९३ मत पाउनु भएको छ । कांग्रेसकी गैह्रेले १२ हजार ८ सय २२ मत ल्याइ उपप्रमुख पदमा विजयी हुनु भएको छ । उहाले आफ्ना प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई ८ सय ८२ मतले पछि पार्दै विजयी हुनु भएको हो । थापाले १२ हजार ३ सय ४० मत पाउनु भएको छ…
स्याङ्जा ४ जेठ । भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र भगवती रेग्मी निर्वाचित हुनु भएको छ । प्रमुख कर्माचार्यले प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ र उपप्रमुख रेग्मीले सरस्वती अधिकारीलाई २ हजार २८१ मत पछि पार्दै विजयी हुनु भएको छ । कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाउनु भएको छ । उपप्रमुखमा रेग्मीले ७ हजार १७९ मत पाउँदा उनका प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ८९८ मत पाउनुभयो । नौ वडा रहेको नगरपालिकाको वडा नं ६ बाहेक सबै वडामा नेपाली कांग्रेसका अध्यक्षका…
स्याङ्जा ४ जेठ । पुतलीबजार नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा कांग्रेसका तुलसीराम रेग्मी र र उपप्रमुखमा देवी अर्याल विजयी हुनु भएको छ । उहाहरु दुबैले नेकपा एमालेतर्फका प्रमुख र उपप्रमुखका प्रतिस्पर्धी सीमा क्षेत्री र महेश पुरीलाई क्रमशस् २ हजार ४९४ र ९ सय ४७ मतले पछि पार्दे विजयी हुनु भएको छ । प्रमुख रेग्मीले १२ हजार ४९४ मत ल्याउँदा प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत पाउनु भएको छ । उपप्रमुख अर्यालले ११ हजार ७४८ मत ल्याउँदा पुरीले १० हजार सात सय ६१ मत पाउनु भएको छ । पुतलीबजारमा १४ वडा रहेकोमा कांग्रेसले ९ र एमालेले…
स्याङ्जा ४ जेठ । गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका गुरुप्रसाद भट्टराई र हेमा न्यौपाने विजयी हुनु भएको छ । भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैह्र९पारस०लाई ६ सय ९९ मतले पछि पार्दै विजयी हुनु भएको हो । यसैगरी एमालेकै उपप्रमुख देवी थापालाई ६३ मतले पछि पार्दे न्यौपाने विजयी हुनु भएको छ । प्रमुख भट्टराईले ९ हजार ६२१ मत पाउँदा उहाका प्रतिस्पर्धी गैहेले ८ हजार ९२२ मत पाएका छन्। यसैगरी न्योपानेले ९ हजार ११८ मत पाउँदा थापाले ९ हजार ५५ मत पाउनु भएको छ । नगरपालिकाको वडा नं १, ३, ४, ६, ९ र १० गरी ६ वटा वडामा नेपाली…
स्याङ्जा ४ जेठ । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका विश्वनाथ पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनु भएको हो । विश्व ८ सय २६ मतले अग्रता लिंदै अध्यक्षमा विजयी हुनु भएको हो । उहाले हजार १७७ मत पाउँदा प्रेमराजले ४ हजार ३५१ मत पाउनु भएको थियो । उपाध्यक्षमा सीता थापाले ५ हजार २७३ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामचन्द्र पौडेलले ३ हजार ८१७ मत पाउनु भएको छ । थापा र पौडेलबीच १ हजार ४५६ मतको अन्तर छ। ६ वटा वडा रहेको गाउँपालिकामा ४ वडामा एमाले र २ वडामा कांग्रेस…
स्याङ्जा ४ जेठ । फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी र देउकुमारी गुरुङ् विजयी हुनु भएको छ । सुवेदीले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई १ सय ३२ मतले र गुरुङ्ले शिवप्रसाद पराजुलीलाई १ हजार ५९९ मतले पछि पार्नु भएको हो । सुवेदीले ३ हजार ८३६ मत पाउँदा प्रतिस्पर्धी बरालले ३ हजार ७०४ मत पाउनु भएको छ । उपाध्यक्षमा गुरुङले ३ हजार ९७८ मत पाउदा प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीको २ हजार ३७९ मत छ । गाउँपालिकाका ५ वडामध्ये ४ वडामा १, ३, ४ र ५ नेपाली कांग्रेसको विजयी भएको छ। १ मा अध्यक्ष र ३, ४, ५ मा…