वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री तथा बिउबिजन बितरण गरिएको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजारहरु अन्य सामाग्री बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
Author: Syangja Sandesh
नेकपा एमाले स्याङ्जाले गल्याङ् नगरपालिकाका निवर्तमान प्रमुख भूपराज अधिकारीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ। स्थानीयतह निर्वाचनमा अधिकारीमाथि पार्टीलाई अन्तरघातगरी आफना उम्मेदवारलाई पराजित गरेको आरोप लगाइएको छ।
पुतलीबजार नगरपालिकाले पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ। शनिवार बसेको बैठकले पुतलीबजार नगर क्षेत्र भित्र सडक उपयोग गरे वापत लिईने शुल्क नलिने भएको हो।
स्थानीय पालिकाले जथाभावी कर लगायो भन्ने गुनासा सुनिरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो।
सामाजिक विकास कार्यालय स्याङ्जाले समिति तथा खर्च सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा तथा खर्च सार्वजनिक कार्यक्रम मार्फत खर्च सार्वजनिक गरिएको हो ।
स्वास्थ्य कार्यालय स्याङ्जाले आज सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिर्घकालिन सेवाका लागि सम्मान सहित विदाई गरेको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजनाबारे जिल्ला स्थित पत्रकारहरुसंग अन्र्तक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा आयोजित सामी परियोजना बारे छलफल एवं सुझाव संकलन कार्य गरिएको हो ।
नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।
पुतलीबजार नगरपालिकाका ८५ जना महिला किसानलाई बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ।
भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको ब्यवस्थापनका लागि आयोगले फरक किसिमले काम गर्दे आएको जनाएको छ। यसअघिका आयोगले गरेका कामलाई निरन्तरता दिदै छिटो छरितो काम गर्नेगरी कार्यबिधि बनाएको आयोगका सदस्य सहितका सरोकारवालाले बताएका हुन।
नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको हो।
वालिङ् नगरपालिका १० का शिरि पंगेनीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गर्नुभएको छ ।
१८ बर्षिय छोरा शिशिरलाई रक्तक्यान्सर पुष्टी भएको र उपचारका लागि लाखौं रुपैंया लाग्ने भएकाले उहाका बुवा रामु पंगेनीले सहयोगी मनहरुसंग सहयोगको याचना गर्नुभएको हो ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा अनलाईन विलिङ अभिमूखीकरण कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।
स्याङ्जा, १८ असार । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हिजो भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिसले एपीएफमाथि २५–१६ २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजारमा चिक्त बुझायो । त्यस्तै तेस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजार र चौथो परोपकार आदर्श माविले ७५ हजार नगद पुरस्कार प्राप्त…
गल्याङमा नगरपालिकामा ५ दिने अचार बनाउने तालिम शुरु भएको छ ।