स्याङ्जामा ६ हजार ४ सय मतदाता थपिएका छन्। असार १ गतेदेखि संचालित मतदाता नामावली संकलन अभियानपछि ती मतदाता थपिएका हुन।
Author: Syangja Sandesh
वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ । वालिङ नगरपालिका काकृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन् । कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए ।
नेपाल क्षयरोग निवारण संस्थाको स्यांजाको १२ औं जिल्ला अधिवेशनले बिष्णुप्रसाद पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
पछिल्लो समय स्याङ्जाका गायिका तथा गायक द्धय सुनीता पौडेल, राजेश भण्डारी र समित सुनारको लय र शब्द मिलन बिश्वकर्माको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत घन्केका छन्। गीतमा तीजको मौलिकपन दिन खोजिएको छ।
ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ। जसका कारण ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा समेत सहज हुने देखिएको छ।
भवनबाट सेवा दिन थालेको छ। अब, पालिकाआँधीखोला गाउँपालिकाले नवनिर्मित प्रशासनिक बासीले एउटै भवनबाट गाँउपालिकाबाट उपलब्ध हुने सेवा सुबिधा पाउन सहज पुग्ने भएको छ।
गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर पौडेलले विहीवारका दिन उत्तम साईतमा झण्डोत्तलनगरेर कार्यालय प्रवेशको कार्यक्रम गरिएको हो।
आचार्य श्री बालबृष्णको महाराजको ५० औा जन्मदिन तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान गरिएको छ । पतञ्जली योग समितिको आयोजनामा रक्तदान गरिएको हो ।
कालीगण्डकी गाउँपालिकामा ड्रागन पु्रmटले फल दिन थालेको छ। आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु गरेको नमूना ड्रागन फु्रट बगैंचामा राम्रो उत्पादन दिने देखिएको छ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्र्यि स्वतन्त्र पार्टीले स्याङ्जामा आफनो शाखा विस्तार गरेको छ। जिल्ला शाखासंगै भीरकोट र वालिङ् नगरपालिकामा सम्पर्क कार्यालय पनि स्थापना गरेको जनाएका छन्।
स्याङ्जा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय र सामुदायिक स्याङ्जा रेडियो तथा टेलिभिजनको आठौं अधिबेशनले धुवबन्धु पौडेलको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति निर्बिरोध चयन गरेको छ ।
अर्जुनचौपारी गाउँपालिकाले त्यहाँ स्थित प्रहरी चौकीलाई विपद ब्यवस्थापन सम्बन्धी केही सामाग्री प्रदान गरेको छ। पालिकाले प्रहरीचौकी प्रमुखलाई ती सामाग्री हस्तान्तरण गरेका हुन्।
पुष्पचन्द्र ट्रष्टद्धारा काजिमान हरिटिकामा २ लाख रुपैंयाका अक्षयकोषको स्थापना गरेको छ। पुतलीबजार नगरपालिका ३ स्थित सो बिद्यालयमा स्याङ्जाका स्थापित सामाजिक अभियन्ता तथा राजनीतिककर्मी स्वर्गिय प्ुाष्पमान श्रेष्ठको ९४ औ स्मृति दिवस पारेर स्थापना गरिएको हो ।
स्याङ्जाको गल्याङ् नगरपालिकाको सिंचाई पोखरीमा डुबेर छोरी र आमा नाता पर्ने एक महिलाको मृत्यु भएको छ।
असारको अन्तिमदिनसम्म स्याङजामा ८० प्रतिशत खेतमा रोपाईं सकिएको छ। रोपाईं हुने कुल क्षेत्रफलमध्ये अब २० प्रतिशत भूभागमा भने रोपाई हुन बाँकी छ।