नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।
Author: Syangja Sandesh
निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले दावी बिरोध गर्न सुचित गरेको छ।
नजिकिदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ब्यूटि पार्लर एसोसिएसन स्याङ्जाले दर खुवाउने सहित शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको छ
काठमाण्डौ ५ भदौ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ ।नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा गए राती शनिबार निधन भएको हो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो । गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएका गिरिलाई पछिल्लो समय निमोनियाले च्याप्नुका साथै शरीरका अधिकांश अंगले काम समेत गर्न छाडेका थिए । प्रदीप गिरीका बारेमा प्रदीप गिरीको जन्म सिराहाको बस्तीपुरमा सम्पन्न परिवारमा भएको थियो । उहाँको परिवार नै राजनीति क्षेत्रमा क्रियाशील…
स्याङ्जाका नेवार समुदायले बाघ जात्रा देखाएका छन्। जनैपूर्णिमाको अघिल्लो दिनदेखि मनाउदै आएका बिभिन्न जात्रा मध्ये अन्तिम दिनमा देखाईने बाघ जात्रा हो। यो प्रायजसो ः कृष्णाजन्माष्टमीका दिन देखाउने गरिन्छ।
कृष्णाजन्माष्टमीको अवसर पारेर रामनदीधाममा पुरस्कार बितरण गरिएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाले रामनदी धाममा आयोजित चित्रकला प्रतियोगितामा बिजयी बिद्यार्थीलाई शुक्रवार पुरस्कार बितरण गरेको हो।
स्याङ्जामा जिल्ला स्तरीय भलिवल रेफ्री तालिम सुरु भएको छ। यहाँका खेलाडीलाई भलिवल खेल सम्बन्धी पूर्ण जानकार गराउने उदेश्यले प्रशिक्षण तालिम गरिएको हो।
स्याङ्ना ३० साउन । आज साउनको अन्तिम सोमबार स्याङ्जाका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको प्रिय महिना त्यसमा पनि आज विशेष दिन भएकाले शिवालयमा पूजा आराधना गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । महादेवले हिमालय पुत्री सत्यदेवीलार्ई बोकेर हिँड्दै गर्दा शेष रहेको अङ्ग पतन भएको र भावविह्वल भएर त्रिशुल प्रहार गरी पानी निस्किएको ठाउँ छायाँ क्षेत्र मन्दिर (छाङ्छाङ्दी) मा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–४ को उक्त मन्दिरमा दर्शनका लागि टाढा टाढाबाट दर्शनार्थी आउने गरेका छायाँ क्षेत्र शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले बताउनुभयो । मन्दिरमा भीड हुने गरेका कारण टाढाटाढाका दर्शनार्थीहरु अघिल्लै…
जिल्ला प्रहरी कार्यालयद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काजीमान हरिटीका माध्यमिक विद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विद्यालयमा पुगेर सचेतना कार्यक्रम गरेको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाको ११ औं बार्षिकोत्सव अवसर पारेर सपिङ ब्याग अर्थात ( किनमेल गर्ने झोला) बितरण गरेको छ ।
वालिङ् नगरपालिका वडा नं. ९ का पूर्वअध्यक्ष बसन्त श्रेष्ठ बिहीवार बिहान मृत अवस्थामा भेटिनुभएको छ ।
संगठित हिन्दु सामर्थ नेपाल भन्ने मुल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म, संस्कार र संस्कृति सम्बन्धी स्याङ्जा सदरमुकाममा बुधवार प्रशिक्षण कार्यक्रम गरेको छ ।
बिभेदयुक्त तलब सहित वृद्धि बिकास गरेको भन्दै स्याङ्जाका राजपत्रअनंकित कर्मचारीले असन्तुष्ट प्रकट गर्दै बुधवार विहान एक घण्टा धर्ना दिएका छन्।
स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै जिसस प्रमुख श्रीप्रसाद जीटीले निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो । सरकारका एक्लो प्रयासले पूर्ण सफलता नमिल्ने बताउदै उहाले कृषि उत्पादनमा नीजी क्षेत्रको समन्वात्मक कार्य प्रशंसनीय रहेको बताउनुभयो । ‘समृद्धिका आधार कृषि, कृषिका आधार प्रबिधि’ र ‘गाउँका उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने मूल नाराका साथ मुक्तिनाथ विकास बैंकद्धारा संञ्चालित मुक्तिनाथ कृषि कम्पनीले एक पालिका एक कृषि उत्पादनगरी कृषिमा आर्कषित गर्ने योजना सहित कृषि उत्पादनमा जोड दिएको हो ।…
आफनै ६ महिने नावालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेको आरोपमा २२ बर्षिया लक्ष्मी राना र उनका प्रेमि केदार कुमाल पक्राउ परेका छन्।