Author: Syangja Sandesh

स्याङ्जा, ११ माघ । वालिङ नगरपालिकाले भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा आज सम्पन्न गरेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरेको हो । ओमिक्रोनको सङ्क्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ । २०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उहाँले बताउनुभयो । नगरसभाका सभासदहरु घर–घरमै वा वडा कार्यालयमा बसेर भर्चुअलमाध्यमबाट सभामा सहभागी हुनुभएको हो । नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो…

Read More

स्याङ्जा, ११ माघ । सत्ताईस महिने भतिजी मारेको आरोपमा ३८ बर्षे बासुदेव ढकाल प्रहरी नियन्त्रणमा छन्।सोमबार दिउँसो १ बजे चापाकोट नगरपालिका — ७ पिपलछाप निवासी आफनै सहोदर भाईका छोरी नावालिका (सुबिना ढकाल) लाई ज्यान मार्ने मनसायलिई भुईंमा पछारेका ठूलाबाउ (बासुदेव)लाई प्रहरीले पक्राउगरी नियन्त्रणमा लिएको हो। प््राहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार, ‘नाबालिका ढकालका दुबै खुट्टा समाई टाउकाको भाग पटक—पटक भूईं÷जमिनमा पछारी अचेत बनाई छाडेको र उपचारका क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो।नबालिकाको शव परिक्षणका लागि सोमबारै पोखरा पठाइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको शव पोष्टमार्टमपछि मंगलबार आफन्तलाई बुझाइएको छ। घटनाका आरोपी ढकाललाई ज्यान सम्बन्धी कसुर मुद्धा दर्तागरी स्याङ्जा अदालतबाट…

Read More

स्याङ्जा ११ माघ । युवाहरुलाई प्राबिधिक ज्ञान दिने उदेश्यले स्याङ्जाका युवाहरुलाइ रेफ्रीजेरेटर (फ्रिज) बनाउने तालिम दिन थालिएको छ।घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा २० दिने रेफ्रिजेरेटर मर्मत तालिम मंगलबारदेखि सुरु भएको हो । तलिमको उदघाटन गर्दै पुतलीबजार नगरउपप्रमुख महेश पुरीले यस्ता तालिमले युवाहरुका क्षमता र दक्षता बढ्नुका साथै रोजगारी समेत बढाउने बताउनुभयो । दक्ष प्राबिधिकका अभावमा हाम्रा गाउँघर र बस्ती बस्तीमा यस्ता धेरै समानहरु खेरा फाल्नु परेको उहाको भनाई छ ।तालिमका सीपलाई उच्चतम प्रयोग गर्दे सीप सिक्दै स्वावलम्बी बन्न उपप्रमुख पुरीले सुझाव दिदै आवश्यकतामा सहयोग गर्ने जनाउनुभयो ।कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका…

Read More

स्याङ्जा १० माघ । भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले भीरकोट नगरपालिकाको बजेट पूर्ण रूपमा सदुपयोग भएको बताउनुभएको छ । नवौं नगर सभाको समापन गर्दे उहाले सिमित स्रोत र साधन प्रयोग गरेर जनताका असिमित आवश्यकता पूरा गर्ने प्रयास गर्दा कमीकमजोरी भएको हुन सक्छ तर बजेटको पनि सहीसदुपयोग गरेको उहाले भन्नुभयो । नगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बजेट र करमा १ रूपैयाँ पनि हिनामिना भएको भए प्रती १ रूपैयाँ रू १ लाखका दरले क्षतिपूर्ति दिन तयार उहाले भन्नुभयो । नगरपालिकामा बसेको नवौं नगरसभाले दुइवटा प्रस्तावहरू सर्वसम्मत पारित गरेको छ। विधायन समितिका संयोजक दिपेन्द्र के.सी.ले प्रस्तुत गर्नुभएको नगर यातायात गुरूयोजना र नगर सभाका उपाध्यक्ष…

Read More

काठमाण्डौ १० माघ । मछिन्द्र क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालमा आज भएको क्वाटरफाइनलमा साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हराउँदै मछिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । मछिन्द्रका लागि मेसुके ओलोमोउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक–एक गोल गर्नुभएको थियो । संकटाका गणेश हमालले एक गोल फर्काउनुभयो । खेलको १२औँ मिनेटमा मछिन्द्रका उत्सव राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाउनुभयो । यस्तै ४७औँ मिनेटमा मेसुकेले गोल गर्दै मछिन्द्रको अग्रतालाई दोब्बर बनाउनुभयो । तर ६३औँ मिनेटमा संकटाका गणेशले गोल गर्दै खेललाई २–१ गोलको स्थितिमा ल्याउन सफल हुनुभयो । त्यसपछि ८४औँ मिनेटमा अविशेकको…

Read More

काठमाण्डौ १० माघ । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते भएका छन । तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जनाएकोे छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् । पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन् । प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

Read More

स्याङ्जा १० माघ । नेकपा एमाले केन्द्रिय सचिव, पुर्व मन्त्रि तथा संघिय सांसद पद्मा अर्यालले लोकतन्त्रको मुल मर्म निर्वाचन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेसनको उद्दघाटन गर्नुहुँदै सांसद अर्यालले अघिल्लो पटक भएका निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खाजेको बताउनुभयो । निर्वाचन पर सार्नु कानुनी प्रश्न होईन राजनितिक प्रश्न भएको भन्दै चुनावबाट विभिन्न पार्टीहरु असुरक्षित महशुस गरेको उहाँको भनाई छ । यही बैखाख मसान्तमा स्थानीय सरकारको समयअवधि सकिने भन्दै चुनावलाई धकेल्नु भनेको देशलाई संकटमा पार्नु भएको भन्दै स्थानीय चुनाव पछि सार्दा जनता मर्कामा…

Read More

स्याङ्जा १० माघ । वालिङ् नगरपालिकामा निशुल्क मृर्गौला डायलाईसिस सेवा सुरु भएकोे छ। रोटरी क्लव अफ वालिङले यसैसातादेखि निशुल्क मृर्गौला डायलाइसिस सेवा सुरु गरेको हो। वालिङ नगरपालिका — १० फुलबारीमा डायलाइसिस सेन्टर स्थापना गरिएको छ। नगरपालिकाले उपलब्ध गराएको भवनलाई पुननिर्माण गर्दे सेवा प्रवाह गरिएको छ। दुई बर्षअघिदेखिको प्रक्रिया अहिले सम्पन्न भएर संचालनमा ल्याइएको सन् २०१९ का तत्कालिन अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो। उहाका अनुसार, ‘रोटरी क्लव अफ वालिङ र गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा सेवा सञ्चालनमा ल्याईएको हो। रोटरी क्लव वालिङ र रोटरी क्लव बुटवलको २ करोड र रोटरी फाउडेशन (अन्र्तराष्ट्रिय) को ३ करोडगरी ५ करोडको लागतमा निर्मित सुबिधा…

Read More

पोखरां ९ माघ । पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै कीर्तिमानी ६ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा मनाङलाई जिताउन रुपेश केसी र विदेशी खेलाडी आफिज ओलावाले १–१ गोल गर्नुभयो । प्रतियोगितामा सिँधै क्वाटरफाइनल खेलेको मनाङको लागि खेलको ६४औँ मिनेटमा रुपेश केसीले अग्रता बनाउनुभयो । पुलिसका अजित भण्डारीले नियन्त्रणमा लिन नसकेको बललाई आफिजले मिलाएपछि बक्सभित्रबाट रुपेशले आकर्षक गोल गर्नुभयो । खेल सकिन दुई मिनेट बाँकी रहँदा आफिजले मनाङलाई सहज जिततर्फ बढाउनु भएको थियो । मैदानको मध्यभागबाट बल बढाउँदै आफिजले पुलिसका भोलानाथ सिलवाल र अजितलाई बिट…

Read More

काठमाण्डौं ९ माघ । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४ जना महिला समेत रहेको हेरातका अधिकारीहरुले जनाएका छन् । मिनी बसको इन्धन ट्यांकीमा बम राखिएको र सो बम बस गडेलगत्तै विस्फोट भएको गुप्तचर निकायले पुष्टि गरेको अलजजिराले जनाएको छ । सो क्षेत्रमा अझै पनि सिया र सुन्नी मुसलमान समुदायबीच एक अर्कालाई लक्षित गरी विस्फोट र आगजनीका घटनाहरु भइरहेका छन् ।

Read More

काठमाण्डौं ९ माघ । आज राती १२ बजेबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि गएको राति १२ बजेबाट सुरु हुने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार गर्न नहुने बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै आयोगले यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसार सामग्री हटाइएको हुनुपर्ने संझाएको छ ।आयोगले सामाजिक सञ्जालबाट पनि भोट माग्नु आचार…

Read More

स्याङ्जा, ९ माघ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भोली (सोमबार) देखि नियमित दैनिक सेवा प्रवाहलाई स्थगित गरेको छ।कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य केहीमा पनि संक्रमणसंग मिल्दाजुल्दा लक्ष्यण देखिएकाले कार्यालयबाट प्रदान गरिदै आएका सेवा प्रवाह केही दिनका लागि स्थागित गरेको जनाईएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्धारा आइतवार जारी विज्ञप्तिमा, ‘कोभिड संक्रमण बढिरहेका बेला प्रशासनका विभिन्न फाँटका कर्मचारीहरुमा कोभिड संक्रमण पुष्टी भएको र केहिको रिर्पोट आउन बाँकी रहेकाले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागी प्रशासनको सेवा बन्द गरिएको उल्लेख छ।’ अर्को सूचना जारी नभएसम्मका लागि सबै सेवा प्रवाह स्थगित गरिएको छ । कार्यालयका अत्यावश्यक सेवा र…

Read More

स्याङ्जा ९ माघ । मास्क लगाउने अभियानलाई स्याङ्जा प्रशासनले कडाई गरेको छ। सुरक्षा निकाय र स्वास्थ्यकर्मीको समूहले जिल्लाका मुख्य बजारमा पुगेर अनुगमनसंगै मास्क नलगाउने नागरिकलाई सचेत गराएको छ। दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि स्याङ्जा प्रशासनले ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो। संक्रमण नियन्त्रणका लागि उचित ढंगले मास्क लगाउनु सर्वोत्तम उपाय हो। सबैका लागि पहिलो अनिवार्यता मास्क लगाउनु पर्र्ने जिल्ला कोभिड ब्यवस्थापन समितिले जनाएको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा निस्केको अनुगमन टोलीमा प्रहरी, उपरीक्षक राजीव बस्नेत, डा. रमेश आचार्य लगायत अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागि थिए। जिल्ला सदरमुकाम सहित पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ्…

Read More

स्याङ्जा ८ माघ । पुतलीबजार नगरपालिका र यूएनडीपीको आर्थिक प्राबिधिक सहयोग तथा सूर्यौदय क्लबको ब्यवस्थापनमा संञ्चालित कोभिड १९ आर्थिक सामाजिक प्रतिकार्य पहल सम्बन्धी कार्यक्रममा शुक्रवार हाते ट्याक्टर बितरण गरिएको छ । पुतलीबजार वडा नं. १० का ११ जना किसानलाई जनही ८५ प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको हो। ट्याक्टरको बजार मुल्य ४५ हजार छ। कार्यवाहक नगरप्रमुख ओमबहादुर खड्का र प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले हाते ट्याक्टर प्रदान गर्दै टयाक्टरको सही सदुपयोग गर्दे मौसमी तथा बेमौसमी कृषि उत्पादनमा जोड दिन किसानलाई सुझाव दिनुभयो । यसबर्ष पुतलीबजारमा ९३ वटा हाते ट्याक्टर बितरण गर्ने योजना रहेको क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।…

Read More

स्याङ्जा ८ माघ । बिरुवा गाउँपालिकाका एक सय घरपरिवारलाई कम्बल बितरण गरिएको छ। उनीहरुका बस्तीमै पुगेर सहयोगी संस्थाका पदाधिकारी सहितको टोलीले ती सामाग्री हस्तान्तरण गरिएको हो । बिरुवा गाउँपालिका वडा नं। १ स्थित वरदाह र ५ स्थित पुष्पगाउँका विपन्न तथा दलित बस्तीलाई लक्षित गर्दै मानव मिलन संस्था र नेपाल यूनेस्को क्लवको सहकार्यमा कम्बल प्रदान गरिएको यूनेस्को गण्डकी प्रदेश अध्यक्ष दिपक शर्मा वाग्लेले जानकारी दिनुभयो । जाडो समय संगै बढेदो कोरोना संक्रमणका बेला बस्ती मै लगेर उपलब्ध गराइएका ती कम्वलले विपन्न परिवारलाई राहत पुग्ने विश्वासले यो अभियान गरेका उहाले बताउनुभयो । अघिल्लो पटकको लकडाउनका बेला पनि शर्माले आफनै पहलमा १७ बोरा…

Read More