स्याङ्जा , १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना र स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ ।माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५…
Author: Syangja Sandesh
स्याङ्जा १४ माघ । गल्याङ नगरपालिकाले आफ्नो दशौं नगरसभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै नगरपालिकाले शुक्रबार प्रविधिको प्रयोग गरी नगरसभा गरेको हो ।नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख भुपराज अधिकारी, नगर उपप्रमुख देविसरा थापा र प्रमुख प्रशासकीय अधिकृत शर्मा रहनुभएको थियो भने वडाध्यक्ष सहित नगर सभाका सदस्यहरु वडा कार्यालय तथा घरमा नै बसेर नगर सभामा सहभागी हुनुभएको थियो ।नगरसभामा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण सहित राजश्व बाँडफाँड संसोधन विधेयक, अनुमानित आय विवरण संसोधन विधेयक तथा खर्चको संसोधन विधेयक सर्बसम्मत पारित भएको छ ।नगरप्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणको कारण प्रत्यक्ष भेटघाट हुन नसकेपनि प्रविधिको प्रयोग…
स्याङ्जा १४ माघ । सुन्दै अपत्यारिलो लाग्ला १ सिद्धार्थ राजमार्गका दाँयाबाँया बनेका झण्डै १० हजार वटा घरहरु लालपूर्जा बिहीन छन् भनेर।राजमार्ग छेवैमा निर्मित साना वा ठूला सुबिधासम्पन्न आलिशान घरहरु पनि लालपूर्जा बिहीन हुन। करोडौं रुपैंया खर्चेर घर बनाएका घरधनी लालपूर्जा पाउन नसक्दा सरकारी सेवासुबिधाबाट बंञ्चित छन्।सिद्धार्थ राजमार्ग अन्र्तगत स्याङ्जा खण्डका दोहोरो छेउछाउमा बनेका १० हजार भन्दा बढी साना ठूला घरका जग्गाधनी प्रमाणपुर्र्जै छैंनन्। प्रमाणपुर्जा नहुँदा घरधनीले घरको उपयोग बसोवास र ब्यापारका लागि मात्र गर्न पाउँछन्। अन्य सरकारी सेवा सुबिधाबाट भने बञ्चित हुनु परेको छ। ती सबै घर सरकारी स्वामित्वमा पर्ने भएकाले सरकारी कामकाजका लागि ती घरहरुको उपयोग गर्न नपाइएको हो।त्यसो…
काठमाण्डौ १३ माघ । बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेको छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेको छ ।सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ । खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ…
पोखरा १३ माघ । मनाङ मर्स्याङ्दी क्लब, पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो ।पोखरा रङ्गशालामा खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।अब मनाङले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल पर्सी हुनेछ ।
काठमाण्डौं १३ माघ । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो । सार्वजनिक स्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएकाले नागरिकलाई शारीरिक तथा मानसिक सास्ती दिनेजस्ता गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ । सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व…
स्याङजा १३ माघ । प्ुातलीबजार नगरपालिका ३ स्थित स्याङ्जा जिल्ला अस्पताल ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष इन्द्रबहादुर गोदार लगायत अन्य सदस्यले आज पदस्थापन गर्नुभएको छ ।गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयद्धारा अध्यक्षमा गोदार लगायत अन्य ७ जना सदस्यमा अस्पताल विकास समितिको केही दिनअघि नियुक्त गरेको थियो ।समितिका अन्य सदस्यहरुमा लक्ष्मी बराल, टिमकुमारी कुमाल, हुमबहादुर कुमाल, राजेन्द्र गैह्रे, राजेन्द्र मरासीनी रहनु भएको छ । अब, जिल्ला उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय पालिकाका एक ÷एक जना सदस्य थप हुनेछन भने सदस्य सचिवका रुपमा अस्पताल प्रमुख डा. रमेश आचार्य रहने प्रावधान छ । पदस्थापना कार्यक्रममा बोल्दै शिक्षा, संस्कृति, बिज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल…
पोखरा १२ माघ । मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । ७१ औँ मिनेटमा खेलाडी करिम रातो कार्ड खाँदै बाहिरिएपछि मच्छिन्द्र क्लब १० खेलाडीमा सीमित थियो । एपीएफका खेलको २५ औँ मिनेटमा सनिश श्रेष्ठ, ७७ औँ मिनेटमा प्रदीप लामा र इन्ज्युरी समयको सातौँ मिनेटमा नवीन लामाले गोल गर्नुभयो । मच्छिन्द्रका लागि खेलको ४० औँ मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर्नुभएको थियो । एपीएफले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ । प्रतियोगितामा १० टोली…
स्याङ्जा, १२ माघ । नेपाल कम्यूनिष्ट पार्टी ( एकिकृत समाजवादी) स्याङ्जाले शिक्षक संगठन, पेशागत संगठन र बुद्धिजिवी संगठन गठन गरेको छ । सदरमुकाममा भएको भेलाले प्रगतीशिल नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा ताराप्रसाद लुइटेल, उपाध्यक्षमा भीमलाल पुरी र कुवीजादेवी अधिकारी, सचिवमा रेशमलाल ढकाल, उपचसचिमा टकबहादुर नेपाली लगायत २७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । यसैगरी, बुद्धिजीवी परिषद समाजवादीको अधयक्षमा कृष्णप्रसाद न्यौपाने र उपाध्यक्षमा धु्रवराज पनेरु लगायत१५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । यस्तै पेशागत महासंघ नेपाल समाजवदीको अध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा शंकरध्वज कार्की, सचिवमा नारायण प्रसाद अर्याल लगायत १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको नेकपा समाजवादीका उपाध्यक्ष बिष्णु गिरीले…
स्याङ्जा, १२ माघ । क्यान्सर पिडित विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । श्रवण माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको नियमित बैठक तथा सहयोग रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । ब्लड क्यान्सरबाट पिडित भई काठमाडौमा उपचाररत श्रवण माध्यमिक विद्यालय कक्षा–९,मा अध्यानरत पुतलीबजार–१४, स्यानीबैदी निवासी वर्ष १३ का समीर मल्लको उपचारमाका लागी १ लाख ५७ हजार ६८५ रुपैँयाको चेक हस्तान्तरण गरिएको हो । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविन केसीले क्यान्सर पिडित बालक समिरका ठूलोआमा बिमला मल्ललाई चेक हस्तान्तरण गर्नुभएको थियो । पूर्व विद्यार्थी मञ्चकोे आर्थिक संकलन अभियानमा पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुद्धारा संकलित रकमको चेक बाबुको उपचारका लागि थप…
स्याङ्जा, १२ माघ । पूर्व जिल्ला विकास समितिका सभापति रामबन्धु रेग्मीको ७८ बर्षको उमेरमा काठमाण्डौंमा बुधवार बिहान निधन भएको छ । निमोनिया भएपछि करिब एक महिनाअघि थप उपचारका लागि उहालाई काठमाण्डौं लगिएको थियो । उपचारकै क्रममै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पशुपतिआर्य घाटमा बुधवार अन्त्यष्टि गरिएको छ । उहाँका पत्नी ६ छोरा २ छोरी हुनुहुन्छ । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाका पुर्व जिल्ला अध्यक्ष पनि हो ।पुतलीबजार नगरपालिका १ निवासी रेग्मी समाजसेवी एवं लोकप्रिय नेतामा गनिनुहुन्छ।
काठमाण्डौं १२ माघ । राष्ट्रिय सभाको १९ सदस्य चयनका लागि आज मतदान कार्य जारी छ ।आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि ४३ जना चुनावी मैदानमा छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो । आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ । सात प्रदेशका आठ मतदान स्थलमा १४ मतदान केन्द्रमार्फत् मतदान गराइनेछ । जसअनुसार प्रदेश १ मा दुई र अरु प्रदेशमा एक÷एक वटा मतदान स्थल छन् । प्रदेश…
काठमाण्डौं ११ माघ । भारतमा विदेशी सहयोगमा सञ्चालित ६ हजार वटा गैरसरकारी संस्था (एनजीओ) बन्द हुने अवस्थामा पुगेका छन् । केन्द्रीय सरकारले प्रतिबन्ध लगाएका र नवीकरण रोकेका ६ हजार वटा संस्थाको तर्फबाट दर्ता भएको मुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले मङ्गलवार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ती संस्था बन्द हुने अवस्थामा पुगेका हुन् । सर्वोच्चले आफ्नो समस्या पहिले केन्द्र सरकारसँग राख्न र सरकारले कानुनअनुसार काम गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले एक सय ७९ वटा संस्थामाथि प्रतिबन्ध लगाएको छ भने पाँच हजार सात सय ८९ वटा संस्थाको नवीकरण गर्न अस्वीकार गरेको थियो । सरकारको यो…
स्याङ्जा, ११ माघ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत २० औं संस्करणको आज भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।अब सेमिफाइनलमा आर्मीले मनाङ मरस्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पाँच पटकको च्याम्पियन थ्री स्टार भने बाहिरिएको छ । पोखरा रंगशालामा आर्मीलाई जित दिलाउन राजिब गुरुङले निर्णायक गोल गर्नुभएको थियो । मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ । जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ, प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र…
स्याङ्जा, ११ माघ । वालिङ नगरपालिकाका व्यवशायीक रुपमा च्याउ खेती गर्दै आईरहेका कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक च्याउ खेती गर्ने कृषकहरुलाई सीताके र पराले च्याउको बिउ बितरण गरिएको हो ।वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत च्याउको बिउ बितरण गरिएको हो । नगर भित्रका ५० जना कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । ेवालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा…