स्याङ्जा १६ असार । मध्यअसार सकिंदा स्याङ्जामा करिब ३० प्रतिशत धान रोपाई सकिएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले यसबर्ष समग्र जिल्लालाई आधार मान्दा धान खेती गरिने जमिनको क्षेत्रफलको ३० प्रतिशत रोपाई सकिएको जानकारी दिनुभयो । उहाका अनुसार, ‘सबैभन्दा धेरै फेदिखोला गाउँपालिकामा ९० प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ५ प्रतिशत क्षेत्रफलमा धान रोपाईं भएकोे छ । यसैगरी, आँधीखोला गाउँपालिकामा ८० प्रतिशत, पुतलीबजार नगरपालिकामा ४५ प्रतिशत, भीरकोट नगरपालिकामा ४० प्रतिशत, हरिनास गाउँपालिकामा ३५ प्रतिशत, वालिङ् नगरपालिका र अर्जुनचौपारी गाउँपालिकामा ३०÷ ३० प्रतिशत, विरुवा गाउँपालिकामा २५ प्रतिशत, गल्याङ् नगरपालिकामा २० प्रतिशत, चापाकोट नगरपालिकामा १० प्रतिशत भएको…
Author: Syangja Sandesh
स्याङ्जा १५ असार । नयाँ धान, नयाँ आशा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ स्याङ्जामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । पुतलीबजार नगरपालिका १४ लामागे फाटमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र स्याङ्जाको मुख्य सहयोग र पुतलीबजार नगरपालिका, कृषि बीउ उत्पादन केन्द्र वालिङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन स्याङजा, गण्डकी यातायात बस ब्यवसायी समिति स्याङ्जाको बिशेष सहयोगमा रोपाई महोत्सव गरिएको हो । शिवालय कृषि तथा पशुपालन सहकारी संस्थाको आयोजना जीवन बिज्ञान स्याङजाको समन्वय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाको ब्यवस्थापनमा दिवसमा बिबिध कार्यक्रम सहित मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले नेपालको भूमि कृषि उत्पादनका लागि…
स्याङ्जा १४ असार । लेखक लक्ष्मण वियोगीकोे कथाकृति सत्यमको विमोचन गरिएको छ । लेखब बियोगीले गृहजिल्लामो आफनो कृतिको बिमोचन गराउनु भएको हो । स्याङ्जा साहित्य प्रतिष्ठानद्धारा शनिवार वालिङ्मा आयोजित साहित्यिक कार्यक्रममा सत्यमको बिमोचनसंगै बिमर्श र रचना वाचन गरिएको छ । साहित्यकार एवं पूर्वकृषि मन्त्री त्रिलोचन ढकाल, समालोचक डा. अशोक थापा, प्रतिष्ठानका अध्यक्ष कुमार राना, साहित्यकार शम्भु अर्याल र शान्ता थापाले संयुक्तरुपमा कृतिको बिमोचन गर्नुभएको हो । कथासंग्रहको बिमोचन गर्दै साहित्यकार एवं पूर्वमन्त्री ढकालले २०५२ सालदेखि २०६२ सालसम्मको माओवादी द्वन्द्वको परिवेश पनि समेटिएको बताउनुभयो । असत्यले सत्यलाई छाँयामा पारेको समाजको वर्गीय पीडा र यथार्थलाई कथामार्फत उत्घाटित गर्न खोजिएको उहाको भनाई छ…
स्याङ्जा १४ असार । शुक्रबार साँझ सार्वजनिक माध्यमिक शिक्षा परिक्षा (एसईई) मा स्याङ्जाका ४ जनाले ४ जिपिए ल्याउन सफल भएका छन । कालीगण्डकी गाउँपालिका भगवती माध्यमिक विद्यालयका प्रतीक भट्टराई, वालिङ नगरपालिका पायनियर आवासीय माविका प्राप्ति काफ्ले, वालिङकै नेपाल आदर्श माविका अप्सन सुवेदी र अर्जुनचौपारी गाउँपालिकाक चिल्ड्रेन एकेडेमीका किन्जल देवकोटा रहेका शिक्षा विकास तथा समन्वय इकाई कार्यालय स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । चार जिपिए ल्याउनेमा सामुदायिक बिद्यालयका एक जना र निजी विद्यालयतर्फ ३ जनाले चार जिपिए ल्याएका हुन। भगवती मावि बाहेक अन्य सबै निजी बिद्यालय हुन । यो संगै स्याङ्जामा ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड भएका छन। साधारण…
स्याङ्जा १४ असार । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शुक्रवार उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण गराएको छ । स्थानीय बजारको उचित ब्यवस्थापनमा उपभोक्ताका जिम्मेवारीका बारेमा सेचतना दिने उदेश्यले अन्र्तक्रिया सहितको प्रशिक्षण कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रजिअ अर्यालले भन्नुभयोे, ‘उपभोग्य बस्तुको ब्यापक क्षेत्र छ । सेवा प्रवाहदेखि विकास निर्माण र खाद्य लगायत ब्यक्तिसंग जोडिने हरेक बस्तुमा उपभोक्ता जोडिएर आएको पाईन्छ ।’ सोही कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पोैडेलले स्थानीय बजार ब्यवस्थापन र उपभोक्ता सचेतना सम्बन्धी, पुतलीबजार नगर पशु चिकित्सक डा. अनिल चौधरीले मासु तथा दुधजन्य पदार्थ खरिद गर्दा अपनाउनु पर्ने बिधि सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो…
स्याङ्जा १४ असार । कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ३८ लाख ८२ हजार बराबरको बजेट पारित गरेको छ । गाँउपालिकाकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि उक्त बजेट विनियोजन गरेको हो । सभामा उपाध्यक्ष साबित्रा कोइरालाले चालू तर्फ ३२ करोड ९२ लाख ८० हजार, पूँजीगत तर्फ २२ करोड ४६ लाख २ हजार र शसर्त तर्फ २६ करोड ४३ लाख रहेको छ । गाउँपालिकाबासिका स्वास्थ्यलाई मध्यनजर गरेर सबै पालिका बासिको निशुल्क स्वास्थ्य बिमा गरिने, बहुप्राविधिक शिक्षालयको स्थापना गनेै गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले वताउनुभयो । अध्यक्षसंग निशुल्क औषधी कार्यक्रम, पालिकाबासीलाई मासिक न्युनतम २० युनिट सम्मको विजुली महशुल निशुल्क,…
स्याङ्जा १४ असार । चापाकोट नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । सभाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख देबबहादुर खाँण ईश्वरले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख खाँणले सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सिञ्चाई लगायत स्वास्थ्य बीमा कार्यक्रम, सर्पदंश उपचार केन्द्रको प्रभावकारी सञ्चालन, लघुउद्यम कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीपयुक्त तालिम प्रदान गरी आयआर्जनसित जोड्ने, भौतिक पूर्वाधारतर्फ पालिका र वडा कार्यालयहरुलाई जोड्ने सडकहरुको स्तरोन्नति गर्ने, चापाकोट ८ मा निर्माणाधिन अवस्थामा रहेको चिस्यान केन्द्र निर्माण गर्ने, कृषि क्याम्पसलाई बजेट विनियोजन गरी निर्माण कार्य थालनी गर्ने…
स्याङ्जा १३ असार । बाख्रापालक किसानका लागि पुतलीबजार नगरपालिकाले बाख्रापालन सम्बन्धी तालिम सहित प्रबिधि हस्तान्तरण गरेको छ । नगरपालिकाले गरिबी निबारणका लागी लघु उद्धम बिकास कार्यक्रम (मेडपा) कार्यक्रम अन्र्तगत नगरपालिकाभित्रका १४ वटै वडाका बाख्रापालन कृषकहरुको सहभागितामा तालिम दिएको हो । तालिमको समापनसंगै प्रबिधि हस्तान्तरण गर्दै पुतलीबजार बाख्रापालनका लागि उपयुक्त हावापानी र प्रशस्त घाँस भएको क्षेत्र भएकाले ध्यानपूर्वक वाख्रा पालन गर्न आग्रह गर्नुभयो । बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सकिने जनाउद ब्यवसायिकरुपमा बाख्रा पालेर राम्रो आम्दानी गर्नु पर्ने बताउनुभयो । तालिमलाई व्यबहारमा लागु गर्दे उद्धमशिल बन्न सुझाव दिदै बाख्रापालनसंगै खेतीबाली सहित तरकारी र फलफूलमा समेत जोडिन सकिने उहाको भनाई छ ।…
स्याङ्जा १३ असार । पुतलीबजार नगरपालिकाको राङखोला बजारमा ए आई एक्स रे प्रविधिद्धारा छातीरोग तथा सक्रिय खोजपड्ताल शिविर भएको छ । पुतलीबजार नगरपालिकाको आयोजना, जनस्वास्थ्य कार्यालयको समन्वय एवम् प्रादेशिक क्षेयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशको प्राविधिक सहयोगमा पुतलीबजार १० स्थित आधारभुत स्वास्थ्य केन्द्रमा सो शिविर भएको हो । शिविरको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले समय समयमा हुने यस्ता शिविरहरुले समुदायमा सकारात्म्क सन्देश र सचेतनामा वृद्धि गर्ने बताउनुभयो । उहाँले पालिकाले यस्ता शिविरहरुको आयोजना गर्ने र सञ्चालन गर्ने क्रम जारी राख्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख देवी अर्यालले स्वास्थ्य शिविरहरुको आयोजना भईरहने क्रममा नयाँ प्रविधिको उच्चतम् प्रयोग गर्दा थप…
स्याङ्जा १३ असार । अर्जुनचौपारी गाउँपालिकाले १७ औं गाउसभा सम्पन्न गरेको छ । स्याङ्जाका अन्य पालिकाभन्दा अर्जुनचौपारीले सबैभन्दा पहिला सभा सम्पन्न गरेको हो । सभामा गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले निती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो । सभामा गाउपालिकाका उपाध्यक्ष सपना गुरुङ्ले आर्थिक बर्षको बजेट तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । अर्जुनचौपारीले आर्थिक वर्ष २०८२र०८३ का लागि ४५ करोड ३७ लाख १० हजार रुपैंया बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले चालु खर्च तर्फ ३२ करोड सात लाख २० हजार अर्थात ७०दशमलब ६८ प्रतिशत र पूँजितगतर्फ १३ करोड २९ लाख ९० हजार ६५३ अर्थात २९…
स्याङ्जा १३ असार । भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १६ औं नगर सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नीति तथा कार्यक्रम र नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख कर्माचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रणनीतिक महत्वका मुख्य सडकहरू बयरघारी– सुन्दर बजार– मोहनडाँडा– हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाई गरि बाह्रै महिना सवारी चल्ने बनाउने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रममा आँधिखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान, भीरकोट पार्क,…
स्याङ्जा १३ असार । वालिङ् नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औं नगर सभा मार्फत नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कविता तिवारी गैह्रेले बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख खाँणद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा वालिङ्को पहिचानको रुपमा रहेको गुलाबी शहरलाई प्राथमिकतामा राखिएको छ । ग्रामीण भेगबाट प्रशासनिक काम गर्न वालिङ् बजार आउने सेवाग्राहीलाई लक्षित गर्दै नगरबस संचालन गर्ने योजना अघि सारिएको छ । विद्यार्थी कम भएको विद्यालयहरुलाई मर्ज गर्ने, कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवसीय बनाउने र गाउँ गाउँबाट नगरबस चढाएर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण…
स्याङ्जा १३ असार । आँधिखोला गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷८३ का लागी नीति तथा कार्यक्रम र बजेट १७ औं गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित भएसंगै उपाध्यक्ष सीता थापाले आर्थिक वर्ष २०८२÷८३ को लागी बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष थापाले चालु र पुंजीगत गरी कुल ५२ करोड ४५ लाख ५६ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा चालुतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ८७ लाख, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय तथा समानता लैङ्गिक समावेशीकरण ५ करोड ३७ लाख ७० हजार र पुंजीगत तथा पुर्वाधार विकास…
स्याङ्जा १३ असार । विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुवरले १७ औं गाउँसभामा प्रस्तुत आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित मङ्गलबार आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट सर्वसम्मतले पारित भएको छ । कुवँर पालिकाका बिभिन्न नीति तथा कार्यक्रम असार ६ गते सभामा जानकारी गराउनु भएको थियो । गाउँसभामा विरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२÷०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २२ करोड ७३ लाख ९७ हजार, सङ्घीय राजश्व…
स्याजा १३ असार । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र यसका गतिबिधिका बारेमा जानकारी गराउने उदेश्यले सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी संचारकर्मीहरुसंग अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले सबैभन्दा पहिला स्वदेशमै रोजगार पहिचान गर्नु पर्ने बताउनुभयो । स्वदेशमा पनि राम्रो आयआर्जन गरेका प्रशस्त उदाहरुणहरु रहेको जनाउदै दोश्रो बिकल्पका रुपमा विदेश जानै परे कानूनी रुपमा आफु बलियो बनेर जान सुझाव दिनुभयो । विदेश यात्राको सुरुवात चरणदेखि नै विदेशी भूमिका कानूनका बारेमा जानकारी लिनुका साथै सीप तथा तालिम लिएर मात्र विदेश जानुपर्ने बताउनुभयो । जानुअघिका कानून अनुरुपका तयारी गर्नुपर्नेमा जोड दिदै उहाले राहदानी लगायत अन्य कागजातका बारेमा समेत सुरक्षित रहनु पर्ने…