काठमाण्डौं २३ माघ । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १ सय ९० रनको विजयी लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । यस अघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८९ रन बनाएको थियो । भारतले यो सहित पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले सन् २००० मा मोहम्मद कैफ, २००८ मा विराट कोहली, २०१२ मा उनमुक्त चन्द र २०१८ पृथ्वी शा को कप्तानीमा यू–१९ विश्वकप उपाधि जितेको…
Author: Syangja Sandesh
काठमाण्डौं २३ माघ । बेलायती महारानी एलिजावेथ द्वितीयाले युवराज चाल्र्स राजा बनेपछि उहाँकी पत्नी क्यामिला नै रानी बन्ने स्पष्ट पार्नु भएको छ । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा ९५ वर्षिया महारानी एलिजावेथले लिखित एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पार्नु भएको हो । क्यामिला युवराज चाल्र्सकी दोस्रो श्रीमती । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गर्नुभएको हो । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ । तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको…
काठमाण्डौं २३ माघ । विपद्का घटनाबाट पछिल्लो साढे नौ महिनामा देशमा चार सय ५६ जनाले ज्यान गुमाएका छन् । ती घटनामा ७५ जना बेपत्ता भएका छन् भने दुई अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाख ०७८ देखि २३ माघ बिहान सम्ममा विपद्का घटनाबाट उक्त क्षति भएको हो । पछिल्लो साढे नौ महिनामा देशभर तीन हजार एक सय ५९ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । पहिरो, बाढी, भारी बर्षा, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आक्रमण, महामारी, हिउँहुरी, हिउँपहिरो, भूकम्प लगायतका घटनाले उक्त क्षति गरेको हो । यसवर्षको सुरुवाती…
स्याङ्जा २३ माघ । आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । बसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजनको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिनलाई बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीको रुपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गर्छन् । आज विद्याकी देवीको पूजा गरिने दिन । विद्यारज्ञानरशिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सफल, संघर्षसिल, संयमित बनाउँछ । संगीत, कला, साहित्य एवं विद्याकी देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ । आजको दिन साना बालबालिकालाई अक्षराम्भ गराइन्छ । यसलाई हामी ‘बसन्त पञ्चमी’ भन्छौं । ‘श्रीपञ्चमी’ भन्छौं । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि…
काठमाण्डौं २२ माघ । भारतको मुम्बईमा सन् १९९३ मा २ सय ५७ जनाको ज्यान जानेगरी गराइएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार अबु बकर अब्दुल गफूर शेख यूएईमा पक्राउ परेका छन् । भारतको मोस्ट वान्टेडको सूचीमा रहँदै आएका अबु बकरलाई झण्डै ३० वर्षपछि भारतीय सुरक्षा एजेन्सीको सहयोगमा पक्राउ गरिएको हो । दाउद इब्राहिमको निकट सहयोगी मानिने उनी मुम्बईमा भएको श्रृङ्खलाबद्ध विष्फोटका प्रमुख योजनाकार रहको बताइएको छ । विष्फोटमा २ सय ५७ जनाको मृत्यु हुनुका साथै ७ सय १३ जना घाइते भएका थिए ।पाकिस्तान र यूएईमा बस्दै आएका अबु बकरलाई सन् १९९७ मा पक्राउ गर्न भारतले रेड कर्नर नोटिस जारी गरेको थियो ।…
स्याङ्जा २२ माघ । वालिङ नगरपालिकामा ११ ज्वाङखोलामा एक कङ्काल भेटिएको छ । प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार शुक्रवार बिहान ज्वाङखोलास्थित खोलसामा स्थानीयहरु ट्याङकी सफा गर्ने क्रममा एक कङ्काल फेला परेपछि खोजी अनुसन्धान गर्दा कपडाका आधारमा हिमाकुमारी पौडेलको भनि पहिचान खुलेको बताउनुभयो । वालिङ नगरपालिका ११ सतिवन बस्ने ४८ वर्षीय देवी भन्ने हिमाकुमारी पौडेल साउन १७ गतेबाट बेखबर रहेको बताइएको छ । कङ्काल पोष्टमार्टम गर्न नमिल्ने भएकाले आफन्तलाई बुझाएको प्रहरीको भनाई छ ।
स्याङ्जा २२ माघ । विरुवा गाउँपालिका ३ धोवादीस्थित भित्रि सडकमा जीप दुर्घटना हुदाँ शनिवार दुई जनाको मृत्यु भएको छ। जीप खसेको खबर पाएपछि पुगेको प्रहरीले जीपमा रहेका २ जना ब्यक्ति नै मृत्यु भएको जनाएको छ। सोही गाउँपालिका खाली निवासी जीप चालक २६ वर्षीय बेलबहादुर थापा र ३२ वर्षीय भेषबहादुर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार विरूवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नं. सो जीप सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो। मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा ल्याइएको प्रहरीले जनाएको छ।
स्याङ्जा २२ माघ । वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत आज दुई वटा विद्यालयमा कार्यक्रम गरेको छ । शैक्षिक गुणस्तर बृद्धि गर्ने मुख्य उद्देश्यसहित आज अमिलीथुम आधारभूत विद्यालय र गह«ौंकालिका आधारभूत विद्यालयका ब्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुबीचमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । वालिङ ८ अमिलीथुमस्थित अमिलीथुम आधारभूत विद्यालयमा आयोजित सचेतना कार्यक्रममा बोल्नुहुँदै वडा अध्यक्ष कमलप्रसाद सुबेदीले वडाभित्रका सबै सामुदायिक विद्यालयहरुमा यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शिक्षाको गुणस्तरीयतामा जोड दिनकालागि अभियानकोरुपमा अगाडि बढिएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्यहरु युगमाया पंगेनी, वडा सदस्य चेतनारायण श्रेष्ठ, वडा सचिव प्रेमनारायण…
स्याङ्जा २२ माघ । वालिङ्मा फोहोर मैलाव्यवस्थापनकालागि सामाग्री बितरण गरिएको छ । नगरका १४ वटै वडामा बिभिन्न सामाग्रीहरु बितरण गरिएका हुन ।वालिङ प्रोडक्टहोल्डीङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रत्येक वडामा कुहिने, नकुहिने तथा सिसाजन्य सामाग्री संकलनकालागि डक्टविन,मास्क,पन्जा,कुचो लगायतका समाग्री बितरण गरेको हो ।वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंधीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा वालिङमा सञ्चालित हरित पुनःउत्थान (पिजिआरपि) परियोजना अन्तगर्त बिभिन्न सामाग्रीहरु बितरण गरिएको परियोजना संयोजक बिशाल बगालेले जानकारी दिनुभयो ।वालिङ नगरपालिकाका १४ वटै वडामा रहेकाआमा समूह ,युवा क्लब तथा वडाहरुसँगको समन्वयमा सामाग्री प्रदान गरिएको संयोजक बगालको भनाई छ । उहाँले फरक फरक प्रकृति फोहर राख्ने गरी ३÷३ वटा डस्टविन बितरण गरिएको बताउनुभयो…
सुरेन्द्र काफले \ काठमाडौं २२ माघ । नागरिक र राजनीतिक दल मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको पक्ष र विपक्षमा बाँडिएका छन्। विरोध र समर्थनको चर्को बहस छ। आर्थिक परियोजना मात्रै हो भन्नेदेखि अमेरिकाको हिन्द प्रशान्त रणनीतिक योजनाका रूपमा विश्लेषण गर्नेको संख्या उच्च छ। बीआरआईलाई प्रभावित गर्न ल्याएको अमेरिकी रणनीति भनेर पनि व्याख्या भइरहेको छ। एमसीसीको विषयमा बहस चलिरहँदा प्रमुख सत्तारुढ राजनीतिक दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्झौता पारित गर्ने पक्षमा प्रष्ट देखिन्छन्। सत्तारुढ दलमा पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा यसको विरोधमा छन्। नेकपा एकीकृत समाजवादीमा माधवकुमार नेपाल एमसीसीको विषयमा लचिलो छन्। झलनाथ खनाललगायतका नेता संशोधन…
काठमाण्डौं २१ माघ । शीतकालीन ओलम्पिक खेलकुद (विन्टर ओलम्पिक) को २४ औं संस्करण चीनको बेइजिङमा सुरु भएको छ । प्रतियोगिताका केही खेलहरु बुधबारबाट सुरु भईसकेपनि औपचारिक उद्घाटन भने शुत्रवार भएको हो । विन्टर ओलम्पिकको यो संस्करणमा ९१ देशका झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न ७ खेलमा १ सय ९ स्वर्ण पदकको लागि भिडन्त हुनेछ । यो ओलम्पिकलाई अमेरिका लगायत केही पश्चिमा देशहरुले कुटनीतिक बहिष्कार गरेका छन् । चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको भन्दै ती मुलुकहरुले चीनमाथि दबाब बढाउन ओलम्पिकमा कुटनीतिक बहिष्कार गरेका हुन् । कुटनीतिक रुपमा बहिष्कार गरेपनि ती देशले खेलाडी भने पठाएका छन्…
काठमाण्डौं २१ माघ । पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सि (आइतवार) सम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ । गत बुधबार राति नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण सुदूरपश्चिम हुँदै कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा बढी प्रभाव देखिने भएको छ । मौसम बदली, मेघ गर्जन, चट्याङसहित वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गले आइतवारदेखि मौसम खुल्दै जाने बताउनुभयो । हिजो साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको प्रधानाङ्गले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा हिजो साँझदेखि आज बिहानसम्म…
स्याङ्जा, १८ माघ । स्याङ्जा जिल्ला अस्पतालमा मंगलबारदेखि अक्सिजन प्लान्ट संचालनमा आएको छ ।प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अक्सिजन प्लान्ट को आजदेखि सुरुवात भएको जानकारी गराउनुभयो । मेशिन स्विच अन गर्दे प्रजिअ पौडेलले भने, ‘अक्सिजनका लागि जिल्लाले अव अन्त भर पर्नु पर्ने छैंन। बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट संचालनमा आएको हो। जिल्लाबासीका लागि खुशीका कुरा हुन यी।’ कार्यक्रममा अस्पताल प्रमुख रमेश आचार्यले अवदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने प्रमुख डा आचार्यको भनाई छ ।संघिय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो…
स्याङ्जा, १७ माघ । पुतलीबजारको दशौं नगरसभा सोमबार सम्पन्न भएको छ ।सभामा नगरप्रमुख सीमा क्षेत्रीले आव २०७८÷७९ को नीति तथा कार्यक्रमको समिक्षा सहित नगरभित्रका विकास निर्माण लगायतका बारेमा जानकारी दिनुभयो ।यसैगरी, उपप्रमुख महेश पुरीले आव २०७८÷७९ को आर्थिक तथा बिनियोजन ऐन संशोधन बिधेयक, स्वीकृत अनुदान, योजना तथा कार्यक्रमहरुको संशोधन, न्यायिक समितिका प्रतिवेदन, बिधायन समितिका संयोजक ख्यामनारायण अधिकारीले कानून निर्माणका प्रतिवेदन, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक ओम बहादुर खड्को कार्यालयको संगठन संरचनामा संशोधन तथा कर्मचारी दरबन्दी सम्बन्धी प्रस्ताव र लेखा समिति संयोजक रविबिक्रम केसीले लेखा र बेरुजु सम्बन्धी प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।सभामा पुतलीबजार नगरपालिका वडा नं. १ का बिष्णुकुमार…
स्याङ्जा, १६ माघ । स्याङ्जामा कुष्ठरोगका बिरामी १४ जना रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।अघिल्ला केही बर्षमा ५ जना रोगी देखिएकोमा चालु आर्थिक बर्षमा ९ जना थप भएका कार्यालय प्रमुख बसुन्धरा शर्माले जानकारी दिनुभयो ।‘शुन्य कुण्ठरोगका लागि हाम्रो प्रतिवद्धता, आत्मसमानका लागि एक्यैवद्धता’ भन्ने नाराका साथ आइतवार विश्व कुष्ठरोग दिवसमा आयोजित अन्र्तक्रिया कार्यक्रममा प्रमुख शर्माले सो जानकारी दिनुभएको हो ।उपेक्षित रोग अन्र्तगत पर्ने कुष्ठरोग सर्ने र नसर्ने २ प्रकारका हुन्छन्। माइक्रोब्याक्टेरियम भन्न किटाणुवाट मानिसमा सर्छ। यो रोग लागेमा शरिरमा लाटोफुस्रो दाग देखिने, हात खुट्टा झमझमाउने, कानका लोती बाक्ला हुने, चेतना नभएका दाग तथा घाउ हुनु यसका मुख्य लक्ष्यण रहेको क्षयकुष्ठ अधिकृत…