स्याङ्जा ९ फागुन । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका मतदातालाई लक्षित गर्दै स्याङ्जा जिल्ला निर्वाचन कार्यालयले परिचयपत्र हराएकाले सम्पर्क राख्न अनुरोध गरेको छ । कार्यालयका अनुसार मतदाता परिचयपत्र हराएका ब्यक्तिले यही फागुन २० गते भित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत गुरुप्रसाद मरासीनीका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएमा कार्यालय आएर निवेदन दिन सकिन्छ । कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने…
Author: Syangja Sandesh
स्याङ्जा, ९ फागुन । पछिल्लो जनगणनामा स्याङ्जाको जनसंख्या घटेको छ। दश बर्षपछि भएको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार स्याङ्जाको जनसंख्या झण्डैं ३५ हजारले घटेको छ।केन्द्रिय तथ्यांक बिभागद्धारा प्रकाशित प्रारम्भिक प्रतिवेदन अनुसार १ दशमलब २१ प्रतिशतले जनसंख्या बृद्धिदर घटेको उल्लेख छ। प्रत्येक दश÷दश बर्षमा गरिने जनगणना विस २०६८ पछि अहिले २०७८ मा भएको हो।२०७८ अनुसार यहाँको जनसंख्या २ लाख ५४ हजार २ सय ७७ छ। तर, १० बर्षअघिको गणनामा २ लाख ८९ हजार १ सय ४८ जनसंख्या थियो। अघिल्लो पटकको तुलनामा यसपटक ३४ हजार ८ सय ७१ जना कम जनसंख्या देखाएको छ।प्रारम्भिक नतिजामा अनुसार पुरुषको संख्या १ लाख १७ हजार ४४० जना…
स्याङ्जा ९ फागुन ः स्याङ्जाका ब्यवासायीबीच शनिवार करदाता शिक्षा सम्बन्धी प्रशिक्षण एवं अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।करदाता सेवा कार्यालय स्याङ्जाको आयोजना तथा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा स्याङ्जा सदरमुकाममा सो कार्यक्रम गरिएको हो ।कार्यक्रममा बोल्दै पुतलीबजार नगर उपप्रमुख महेश पुरीले जिल्लामा ठूला उद्योग ब्यवसाय संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।उद्योग ब्यवसाय संचालन हुन नसक्दा यहाँका जनशक्ति र पँुजी पलायन हुदै गएको उहाको भनाई छ । ब्यवसाय उपप्रमुख पुरीले नगरपालिकाले करमा बृद्धी नगरी करको दायरा बढाएको बताउनुभयो ।कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण), स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, मदिरा ब्यवसायी संघका…
स्याङ्जा, ६ फागुन । छैटौं निर्वाचन दिवसका अवसर पारेर शुक्रवार जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया गरेको छ ।कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले बैशाख ३० गते हुन लागेको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ्। निर्वाचन निरन्तर प्रक्रिया रहेकाले सरोकारवाला सबै संयन्त्रले आ आफना आचार संहिता बमोजिम निर्वाचन कार्यमा जुट्न आग्रह गर्नुभयो ्। मतदाता शिक्षा दिई मत बदर संख्या घटाउनु पर्ने उहाको भनाई छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेकपा एमालेमा उपसचिव विश्व पौडेल, नेपाली कांग्रेसका प्रवक्ता भरतप्रसाद लम्साल, नेकपा माओवादी सचिवालय सदस्य मनबहादुर…
स्याङ्जा ५ फागुन । गल्याङ नगरपालिकामा १७ सय वटा बंगुरका पाठपाठी वितरण गरिएको छ । किसानसँग लागत साझेदारीमा आधारित अनुदान वितरण कार्यक्रममा १७सय वटा बंगुरका पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका ११ वटै वडामा किसानको मागको आधारमा बंगुरका पाठापाठी वितरण गरेको जनाएको छ । गल्याङ नगरपालिका ७ मा रहेको श्री कल्लेरी कृषि सहकारी संस्था मार्फत लागत साझेदारीमा बंगुरका पाठापाठी वितरणको काम भैरहेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो । अनुदान वितरण कार्यक्रममा सहकारीलाई सहभागी गराउने निती अनुसार उक्त सहकारीलाई यसको जिम्मा दिएको उहाँले बताउनुभयो । पहिलो चरणमा नगरपालिकाबाट ५० लाख रुपैयाँ बजेट छुट्याइएको र किसानको उत्साहको आधारमा थप…
काठमाण्डौं ५ फागुन । भारतको कुशीनगरमा इनारमा खसेर १३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र किशोरी र बालबालिका रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । विवाह समारोहमा विधिका लागि इनारको रिङमा राखिएको जालीमा पूजा गर्न बसेका उनीहरु जाली भाँचिदा इनारमा खसेका हुन् । इनारमाथि राखिएको जालीले भार थेग्न नसक्दा भाँचिएको स्थानीय अधिकारीलाई उदृत भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनामा अरु केही घाइते भएका बताइएको छ ।
काठमाण्डौं ५ फागुन । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गर्नुभएको छ । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको…
स्याङ्जा ५ फागुन । ज्यान मार्ने उद्योगका आरोपित शंकर सुवेदी झण्डैं २१ बर्षपछि पक्राउ परेका छन्। फैसलापछि आँधीखोला गाउँपालिकामा लुकीछिपी बसेको अवस्थामा २० बर्ष १० महिना ३ दिनपछि पक्राउ परेका प्रहरीले जनाएको छ।आधीखोला गाउँपालिका ३ बस्ने ५० बर्षे सुवेदीले २०५३ बैशाख २ गते सोही स्थानमा बस्ने बलबहादुर बोगटीलाई बियरको बोतलले टाउकोमा हानी घाईते बनाई पैसा समेत चोरी लगेको भन्ने आरोप छ।तत्कालिन पुनरावेदन अदालत पोखराले २०५८ सालमा ५ बर्ष कैद तोकेपछि फरार रहेका उनी आफनै गाउघरबाट बुधबार पक्राउ परेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।आरोपित सुवेदीलाई बिहीवार जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको…
कास्की ४ फागुन । गण्डकी प्रदेश स्थापना दिन पारेर आज प्रदेश सरकारले बिबिध कार्यक्रमगरी मनाएको छ । आजकै दिन फागुन ४ गते बुधबार गण्डकी प्रदेश गठन भएको स्मरण गर्दै स्थापना दिवस मनाइएको हो । प्रदेश सरकारले आजका दिनलाई सार्वजनिक विदा समेत दिएको छ । प्रदेश मन्त्रिपरिषदको मंगलबार (हिजो) बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।यसैक्रममा, प्रदेश मुख्यमन्त्री कृष्णचनद्र नेपालीले बिभिन्न चुनौती पन्छाउदै उल्लेख्य काम गरेको जनाउनुभयो । प्रदेश सरकारले आज बिबिध कार्यक्रम…
स्याङ्जा १ फागुन । जिल्लाप्रशासनकार्यालय स्याङ्जाले जिल्लाबासीलाई लक्षितगर्दे ई पासपोर्ट (विद्युतीय राहदानी) सेवाशुक्रवारदेखि सुरु गरेको छ। सेवाग्राहीलाई सहजसेवाउपलब्ध गराउने उदेश्यले ईपासपोर्ट सेवा सुरु गरेको प्रमुखजिल्लाअधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।प्रजिअपौडेलकाअनुसार ‘डाटा सुरक्षित रहनुका साथै किर्तेको संभावनाहुदैन। अनावश्यकखर्च हुदैन भने छिटो समयमापासपोर्ट पाइन्छ।’प्रशासनकार्यालयले इ पासपोर्ट एप्लिकेशनखुलागरेपछिआुनेवश्यक पर्नेले भर्न सक्छन। प्रबिधिको उपयोग गर्न जान्नेले घरमै बसेर फारामभर्न सक्छन। यसबाट सेवाग्राहीले पासपोर्ट फारामभर्दा हुने खर्च र अनावश्यकझन्झटकमहुन्छ।ईपासपोर्टका लागिआफ्नो विवरणभर्ने र आफ्नो डकुमेन्टअपलोड गर्नुपर्ने हुन्छ।‘फाराम भरेपछिप्रशासनमा सूचित गराएपछिप्रशासनले दिएको समयमाकार्यालयमापुगेर फोटो र बायोमेट्रीकका (छाप, ल्याप्चे)बिधि पुरा गर्नुपर्नेहुन्छ।यति गरेपछिपासपार्टका काम सकिन्छ।’ प्रजिअपौडेलले जानकारी भन्नुभयो ।प्रशासनले जतिसक्यो उतीछिटो मगाउने ब्यवस्थामिलाउन सक्छ। यसकालागि सेवाग्राहीले नागरिकता÷राष्ट्रिय परिचयपत्रआवश्यकपर्छ।सेवाग्राहीले फाराम…
स्याङ्जा १ फागुन । निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले ५ करोडसम्मको योजना निर्माण गर्नका लागि सम्बन्धित जिल्लाका ब्यवसायीले मात्र गर्न पाउनु पर्ने बताउनुभएको छ ।निर्माण ब्यवासायी संघ स्याङ्जाको आयोजना तथा निर्माण ब्यवसायी महासंघको सहयोगमा आयोजित २ दिने बिद्युत्तीय सरकारी खरिद प्रणाली बिषयक प्रशिक्षण कार्यक्रमको स्याङ्जा सदरमुकाममा उदघाटन गर्दै उहाले सो कुरा बताउनुभएको हो ।गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दे केन्द्रीय उपाध्यक्ष समेत हुनभएका पहाडीले नजिकिदै गरेको महासंघको अधिवेशनमा गण्डकी प्रदेश अन्र्तगतका सबै जिल्लाका ब्यवसायीले साझा माग बनाउन र नियमाबली संसोधन गर्न समेत आग्रह गर्नुभयो । प्रबिधिको उपयोग गर्दे निर्माण ब्यवसायीले स्वच्छ प्रतिस्पर्धाबाट गुणस्तरीय विकास निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।कार्यक्रममा…
स्याङ्जा २४ माघ । अलपत्र अवस्थामा रहेको सेतीदोभान पुलको निर्माण कार्य सुरु गरिने भएको छ । आँधीखोला गाउँपालिका वडा नं ५ र वडा नं ६ जोड्ने गरी निर्माणाधीन सेतीदोभानको मोटरेबल पुल निर्माणका लागि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सरोकारवालाबीच छलफल गराएपछि निर्माण कार्यले गति लिने भएको हो । झण्डै ८ वर्ष अघि शिलान्यास गरिएको सो पुल २ बर्षमा पुरा गर्ने सम्झौता थियो । तर, निर्माण ब्यवसायी, सडक डिभिजन कार्यालय पोखराले समयमा चासो नदिदा अहिलेसम्म अलपत्रै अवस्थामा छ । पटक पटक निर्माण कार्य गरिदै भत्काउदै गरिएको सो पुलका बारेमा केही साताअघि प्रजिअ पौडेलले सम्बन्धित सरोकारवाला सबैलाई बोलाएर छलफल गराउनु भएको…
काठमाण्डौं २४ माघ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको उहाले जानकारी दिनुभएको हो । निर्वाचन आयोगले केही समयअघि दिएको परामर्श अनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।
स्याङ्जा २४ माघ । गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सहकारीले रकम बचत गर्ने मात्र नभई उत्पादनका क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । रोजगारमा जोड्न सहकारीले आयआर्जनतर्फ अभिप्रेरित गराउन सुझाव दिनुभयो ।भीरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थामा आयोजित कार्यक्रममा बोल्दै उहाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनका लागी तालिम सहितको सिधै आयआर्जनसंग जोडिने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नगरप्रमुख छायाराम खनाल, प्रमुखका स्वकिय सचिव नन्दलाल खनाल, तरुण दलका जिल्ला उपाध्यक्ष रविन केसी, सहभागि विष्णुमाया बोटे लगायतले महिला लक्षित यस्ता खालका कार्यक्रमले वडाभित्रका सबै बर्गका महिलालार्ई सम्टेदै अघि बढ्न सुझाव दिनुभयो ।वडा नं. ७ का अध्यक्ष शेषकान्त अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रवक्ता दिपेन्द्र केसीले…
काठमाण्डौं २३ माघ । भारतकी वरिष्ठ गायिका लता मंगेसकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज सरस्वती पूजाकै दिन ’मल्टी अर्गान फेलर’का कारण मंगेसकरको निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यस अघि उहाँलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थाल्नु भएको थियो । उहाँले ३० हजार भन्दा धेरै गीत गाइसक्नु भएको छ भने भारतीय मात्र नभएर नेपाली लगायत अन्य धेरै भाषामा…