स्याङ्जा ३ बैशाख । प्रजातान्त्रिक बिचार समाज स्याङ्जाको चौथो जिल्ला अधिवेशनले युक्तबहादुर वोगटीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामचन्द्र अर्याल, सचिवमा सीता गौडेल, कोषाध्यक्षमा कमलराज लम्साल, सहसचिवमा ऋषि भण्डारी निर्वाचित हुनु भएको छ । यसैगरी, सदस्यहरुमा हेमप्रसाद गैहे, अनुप श्रेष्ठ, हेमकान्त गौतम, बिष्णु गैह्रे, भवानी अधिकारी, कुशल काफले, शान्ता थापा र चण्डीका भट्टराई निर्वाचित हुनु भएको छ । यस्तै, मुक्तिप्रसाद सुवेदी, जीवलाल काफले र मुक्तिप्रसाद रेग्मीलाई सल्लाहकार समितिमा चयन हुनु भएको छ । अधिबेशनको उदघाटन गर्दे समाजका केन्द्रीय सचिव एवं प्राध्यापक डाक्टर बासुदेव भण्डारीले प्रजातान्त्रिक बिचार समाजले समाजका नकारात्मक एवं सकारात्मक पक्षका बारेमा…
Author: Syangja Sandesh
स्याङ्जा २५ चैत । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेशन) गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३० गुल्म स्याङ्जाको आयोजनामा सिमुलेशन गरिएको हो। राम्दी स्थित कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने बिधिका बारेमा नमुना अभ्यास गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको समन्वयमा स्याङ्जामाा सिमुलेसन गरिएको हो। बाढी पहिरो आउदा कसरी र कुन कुन माध्यम उपयोग गरेर मानवीय तथा सोसंगै जोडिएका भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी नायब उपरिक्षक…
स्याङ्जा २३ चैत । यही चैत २५ गतेदेखि ३० गतेसम्म स्याङ्जाका झण्डेै साढे ६७ हजार बालबालिकालाई टाइफाइड रोग बिरुद्धको खोप लगाइने भएको छ । स्याङ्जाका १५ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई टाइफाईड रोग विरुद्धको खोप लगाईने भएको हो ।स्वास्थ्य कार्यालय स्याङ्जाद्धारा आयोजित अभिमूखीकरण कार्यक्रम मार्फत जिल्ला खोप समन्वय समिति र संचारकर्मीलाई टाइफाइड खोप अभियान र नियमित खोपका बारेमा सो जानकारी दिइएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धरा शर्माका अनुसार जिल्लाभरका ६७ हजार ४ सय ४० जना बालबालिकालाई अभियान अन्र्तगत खोप दिईने भएको छ भने अवदेखि १५ महिनाका बालबालिकालाई सबैलाई नियमित खोप दिईने छ।जिल्लाभरका ५४३ खोप केन्द्र स्थापनागरी १ हजार ८६…
स्याङ्जा, २२ चैत । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्धारा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण गरेको छ ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोबिन्दराज पोखरेलले नेपाली कांग्रेसले वीपीको समाजवादको सिद्धान्तलाई नै अवलम्बन गर्दै आएको बताउनुभयो । हिजोआज धेरै ठाउँमा समाजवाद छाड्यो भन्ने कुरा भ्रामकरुपमा फैलाइनु दुखद पक्ष रहेको उहाले बताउनुभयो । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्धारा मंगलबार सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै डा. पोखरेलले भन्नुभयोे, ‘त्यतीबेला वीपीले भनेका समाजवादको पदचिन्हहरु समयानुकुलन परिवर्तन भएका हुन भन्दै वीपीको समाजवादलाई कांग्रेसले छाडेका भन्न मिल्दैन।’ उहाले भन्नुभयो, ‘हिजो वीपीले हलो जोतेको मान्छे, दुहुनो गाईको परिकल्पना गर्नु नै किसानमुखी अर्थनीति हो। अहिले हलो नभई ट्याक्टर जोत्ने…
स्याङ्जा २१ चैत । चापाकोट नगरपालिका ८ प्याक्लुक स्थित निर्माणधिन दामाचौर—रामपुरपाल्पा जोडने पक्की पुलको विम सहित कामदार खस्दा ८ जना घाइतेभएका छन्।निर्माणका क्रममा क्रेनले फलामको बिम उचालेर कामदारहरुले बिमजोडीरहेका बेला अचानक उक्त बिम सहित कामदारहरु खस्दा कामदारहरुघाईते प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । घाईतेहुनेमा रौतहटका २४ बर्षे प्रेमधन पटेल, बाराका २२ बर्षे रामनिवासकुमार पटेल, बारा २८ बर्षे जितेन्द्र पटेल, भारत बिहारका २५ बर्षे धनन्जयठाकुर र २१ बर्षे सुजितकुमार यादब, ४८ बर्षे रघुनाथ राव र २५ का अनुपकुमार राव र गोरखाका २३ बर्षे सृजन परियार रहेको र उनीहरुको पाल्पामिशन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।उनीहरुका हात, खुट्टा तथा…
स्याङ्जा २१ चैत । मानवअधिकार तथा शान्ति समाज काठमाण्डौंको आयोजना तथा मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको समन्वयमा हिमालय बचाउ, नदी जोगाउ लगायत युद्ध निशेष शान्ति बिशेष कार्यक्रम गरेको छ । मानवअधिकारकर्मी, युवा, बालबालिका तथा नागरिकहरुले नगर परिक्रमागरी सदरमुकाम स्थित सहिदचोकमा पुगेर कोणसभामा परिणत भएका थिए । सभालाई मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सम्बोधन गर्दै नागरिकका जीवन आधारसंग जोडिएका जीवन पद्धतीसंग सम्बन्धित रहेर काम समाजले बिगतदेखि काम गर्दे आएको बताउनुभयो । बढ्दो प्रकृतिको दोहनले मानव तथा जीव प्रणालीमा प्रत्यक्ष नकारात्मक असर परेको जनाउदै उहाले प्राकृतिक बस्तुका संरक्षणमा आजैदेखि जुट्न सुझाव दिनुभयो । हामीले हाम्रा प्रकृति संरचना जोगाउन नसकेको…
स्याङ्जा २० चैत । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रोयल तथा ऋण सहकारी संस्थाले प्रशिक्षण एवं शेयर सदस्य र संचालकबिच अन्र्तक्रिया गरेर मनाएको छ । शुसासनमूलक सहकारी, सहकारी संघ संस्थाको जिम्मेवारी भन्ने मुल नाराका साथ सहकारी दिवस मनाइएको हो । सो दिवसको उदघाटन गर्दै रोयल तथा ऋण सहकारी संस्थाका संस्थापक प्रवन्धक एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो । सहकारीका माध्यमबाट संसार जोड्ने काम भएको जनाउदै उहाले राज्यले गर्न नसकेको धेरै कामहरु सहकारी मार्फत हुने गरेको बताउनुभयो । सबै क्षेत्रमा राजनीतिको नकारात्मक प्रभाव पारिदा अपेक्षाकृत प्रतिफल उपलब्ध हुन नसकेको जनाउदै सहकारीकर्मीले अर्थको…
स्याङ्जा २० चैत । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले नयाँ बर्ष २०७९ सालकोे बार्षिक भित्तेपात्रो विमोचनसंगै ५ दिने दोहोरो लेखा प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम सुभारम्भ गरेको छ ।मुक्तिनाथ विकास बैैक एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले दुबै कार्यक्रमको संयुक्तरुपमा उदघाटन गर्दै अबको दशक कृषिको हुने बताउनुभयो । बैंक र कृषि मार्फत कृषक र उपाभोक्ताका जीवन रुपान्तरण गर्ने लक्ष्य रहेको उहाको भनाई छ । उहाका अनुसार अवको कृषि प्रबिधि र समृद्धीको हुनेछ परम्परागत होइन । जनता बैंकमा होइन, जनतामा बैंक पुग्नुपर्छ भन्ने मुल नारालाई आत्मसात गर्दै मुक्तिनाथ विकास बैंकको अभियान संचालन गरेका ढकालले राज्य सहायक माध्यम भएको बताउनुभयो । काम…
स्याङ्जा १९ चैत । स्याङ्जा जिल्ला वार एशोसियसनको २५ औं अधिवेशनले चन्द्रबहादुर केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा टंकप्रसाद न्यौपाने, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा दिर्घनारायण शर्मा निर्वाचित हुनु भएको हो ।यसैगरी, सदस्यहरुमा ख्यामनारायण लामिछाने, हरिप्रसाद रेग्मी, विश्वराज मरासीनी, श्यामकाजी अधिकारी, पारशमणी पाण्डे, श्यामप्रसाद श्रेष्ठ, नारायणप्रसाद रेग्मी, नारायणप्रसाद कोइराला, संगीता नेपाली, पूर्णचन्द्र उपाध्याय, एकबहादुर कुमाल निर्वाचित हुनु भएको छ । यसैगरी, केन्द्रिय पार्षदमा तुलसी गिरी, युगनारायण श्रेष्ठ, रामेश्वर रेग्मी, दुर्गानारायण ढकाललाई चयन हुनु भएको निर्वाचन संयोजक अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।यसैगरी, स्याङ्जा जिल्ला बार एशोशियसनबाट आज भएको केन्द्रिय निर्वाचनका लागि ४३ मत खसेको…
स्याङ्जा १९ चैत । कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँव्यशाय शुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्ननयाँ योजना पेश गरेकायुवायुवतीलाई उद्यमीबनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगदअनुदानउपलव्ध गराएको हो ।उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्ट अप’कारुपमा २० जनालाई जनही रु ५० हजारका दरले अनुदान उपलब्ध गराइएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो । पालिकाले यसअघि पनि आफ्नै व्यवशाय शुरु गर्न चाहाने युवायुवतीहरुका लागि स्टार्टअपका रुपमा नगद अनुदानदिदै आएको छ ।कोरोना सङ्क्रमणका कारण प्रभावितभई स्वदेश वा विदेशमा रोजगारी गुमाएका वालिङका नागरिकलाई उद्यमशिलतातर्फ लाग्न प्रेरित गर्ने मुख्य उद्देश्यले कोष स्थापना गरिएको छ…
स्याङ्जा, १८ चैत । नेकपा एमाले स्याङ्जाका जिल्ला कार्य कमिटी सदस्य लक्ष्मीप्रसाद बराल (बद्री)ले पार्टीको सदस्यता त्यागी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । आफु लगायत सक्रिय नेता कृष्णप्रसाद पौडेल, राजेन्द्रप्रसाद बराल, शोभितबहादुर कार्की लगायत झण्डै डेढ सय जना प्रवेश गरेको बरालले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा पार्टी प्रवेशले तिव्रता पाएको छ। नेता तथा कार्यकर्ताले राजनीनिक दल रोज्ने र छाड्ने कार्य दिनहुँ जसो देखिने गरेको छ। पछिल्लो समय जिल्लामा नेपाली कांग्रेसतर्फ युवाहरुको आकर्षण बढेको छ । तीन दशकदेखि नेकपा एमालेका सक्रिय संगठित सदस्य एवं फेदिखोला गाविसका पूर्व अध्यक्ष समेत हो । २०४४ सालमा अनेरास्ववीयूको सदस्य बन्नु भएका…
स्याङ्जा १० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने जनाउदै उहाले सरकारले निर्वाचनको मिति घोषणा गरेर अघि बढिसकेको बताउनुभयो।चापाकोट पर्यटकीय तथा धार्मिक दृष्टिले महत्व बोकेको पवित्र कालीगण्डकी नदीको तटमा रहेकाले यहाँको विकास निर्माणका गतिविधिलाई अगाडि बढाउन सबैको सहयोग, सहकाय र समन्वयबाट मात्रै सम्भव रहेको उहाका भनाई…
स्याङ्जा ९ चैत । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले पत्रकार सम्मेलन गर्दै आफना गतिबिधिका बारेमा जानकारी गराएको छ । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित प्रेस युनियन निकट पत्रकारहरुको सहभागितामा सम्पन्न महाधिवेशन र अहिलेसम्म भए गरेका काम कारवाहीका बारेमा जानकारी गराइएको हो । पार्टी प्रवक्ता भरत प्रसाद लम्सालले जिल्लाको महाधिवेशनपछि समिति निर्माण, बिभिन्न २५ वटा बिभाग गठन, क्षेत्र नं. १ को महासमिति सदस्य सर्वसम्मत चयन, कार्यालय ब्यवस्थापन र जिम्मेवारी सहित आसन्न निर्वाचनका बारेमा जानकारी दिनुभयो । उहाले आम नागरिकलाई सत्य र तथ्य बुझाउने माध्यम नै पत्रकार जगत भएकाले बास्तविकतामा आधारित रही सही जनमत जुटाउनेगरी कलम चलाउन सुझाव दिनुभयो…
स्याङ्जा, ८ चैत । बिरुवा गाउँपालिका वडा नं. ४ पाटनेबाट ६० थान सालको काठ सहितको ट्याक्टर र ४ जना स्थानीयलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको छ।वेवारिसे अवस्थाका ४ वटा काठ सहित अवैध रुपमा राखिएको ४० वटा चिरान र २० वटा सालका गोलिया काठ सहित पाटनेका ४ जना पक्राउ परेका हुन।पक्राउ पर्नेमा बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायब उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।प्रहरीले सालका काठ, पक्राउ परेका मानिस र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको जनाएको…
स्याङ्जा, ८ चैत । ‘युक्रेन माथिको अतिक्रमण बन्द गर, सबै मानिसका आधारभूत अधिकार प्रत्याभुत गर’ भन्दै मानव अधिकारकर्मीहरुले मंगलबार स्याङ्जा सदरमुकाममा प्रर्दशन गरेका छन्।रुस — युक्रेन युद्ध बन्द गर भन्दै मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले प्रर्दशन गरेको हो। युद्ध निषेध ः शान्ति बिशेष अभियान भन्ने मुल नारा लेखिएको ब्यानर सहित नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयको प्रवेश द्धारमा बसेर प्रर्दशन गरेका हुन।प्रर्दशनपछिको सभामा बोल्दै अधिकारकर्मी एवं समाजसेवी प्रेमराज पौडेलले जुनसुकै समस्यको निकास पनि वार्ताद्धारा हुने जनाउदै रुस र युक्रेनबीचको युद्ध वार्ता मार्फत टुंग्याउदै सबै मानव जातिको अधिकार प्रत्याभूत गराउनु पर्ने बताउनुभयो ।यसैगरी, समाजका पूर्वसभापति पृथ्वीप्रसाद पोखरेल, पूर्व उपसभापति हरिप्रसाद रेग्मी,…