Author: Syangja Sandesh

स्याङ्जा १५ बैशाख । स्थानीय तह निर्वाचनमा स्याङ्जामा पालिकाका आवश्यक संख्या भन्दा तेब्बर बढीले उम्मेद्धवारी मनोनयन दर्ता गरेका छन्। पाँच नगरपालिका र ६ वटा गाउँपालिकामागरी ५ सय ७ आवश्यक जनप्रतिनिधी रहेकोमा १ हजार ५४७ को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ। मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार नगर प्रमुख तथा गाउँ अध्यक्ष पदका लागि ११ जना आवश्यक रहेकोमा ६७ जनाको उम्मेदवारी दर्ता छ। नगर उपप्रमुख तथा गाउँ उपाध्यक्षमा पनि ११ जना आवश्यक रहेकोमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ। यसैगरी, ९७ वटा वडामा ३ सय ५१ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सदस्यमा ५ सय ८०…

Read More

स्याङ्जा १४ बैशाख । स्याङ्जा स् आसन्न स्थानीय तहको निर्वाचनको लागि पुतलीबजार नगरपालिकाको प्रमुखमा ९ र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेको छ। दर्ता भएका विभिन्न १८ वटा दल भएता पनि मुख्यतः प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने भएको छ। नेपाली कांग्रेसका तुलसीराम रेग्मी, नेकपा एमालेका सीमा क्षेत्री, नेकपा माओवादी केन्द्रका नारायणप्रसाद लम्साल, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का तुलसिंह ठकुरी, जनता समाजवादी पार्टी नेपालका पमनारायण अर्याल, नेकपा एकीकृत समाजवादीका महाप्रसाद सुवेदी र मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन्। यसैगरी, प्रमुख पदमा अनुवर अली र इश्वर पराजुलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।यसैगरी, उपप्रमुखमा कांग्रेसका देवी अर्याल, एमालेका…

Read More

स्याङ्जा १४ बैशाख । स्थानीय निर्वाचनका लागि स्याङ्जाका ११ पालिका मध्ये ६ गाउँपालिकामा २ जना महिला सहित २९ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। ती मध्ये यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।कांग्रेसले अर्जुनचौपारी बाहेक अन्य ५ वटा पालिकामा उपाध्यक्ष दिनेगरी गठबन्धन गरेको छ। फेदिखोला, आँधीखोला, कालीगण्डकी, हरिनास र विरुवामा गठबन्धन भै उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा नेकपा एकिकृत समाजवादी, माओवादी, जनमुक्तिबीच स्थानीय आवश्यकता अनुरुप गठबन्धन भएको हो।नेपाली कांग्रेसका तर्फवाट कालीगण्डकी गाउँपालिकामा माया राना र नेकपा एमालेका खिम थापा चुनावी प्रतिस्पर्धामा छन्। बिद्यार्थीकालदेखि राजनीतिमा सक्रिया राना महाधिवेशन प्रतिनिधी हुनुहुन्छ भने थापा यसअघि पनि पालिकाका…

Read More

स्याङ्जां ११ बैशाख । पालिका चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । आउँदो ३० गते हुने चुनावका लागि आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका पालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्नेछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको हो । स्याङ्जाका ११ वटा पालिका र ९७ वडा बडा सहित देशभर ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा ६ हजार सात सय ४३ वडा छन् । चुनावमा मेयर, उपमेयर, अध्यक्ष। उपाध्यक्ष र वडा सदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । हरेक…

Read More

स्याङ्जा ११ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिका ६, पिडिखोला मजुवा निवासी मिनबहादुर डिसा मगरलाई जस्ता पाता वितरण गरेको हो । गाउँमा सम्पुर्ण घरहरु टिनले छाएका तर मिन बहादुर आर्थिक अवस्था कै कारण घरमा टिन लाउन नसकेको भन्दै सहयोग गरेको बैंकले जनाएको छ । बैंकले उहाँलाई तिन बन्डल जस्तापाता उपलव्ध गराएको हो । कायक्रम मुक्तिनाथ विकास बैंकका उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले सहजिकरण गर्दै मुक्तिनाथ विकास बैंकले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आईरहेको तथा आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु बढाउँदै जाने प्रतिबद्धता गर्नुभएको थियो…

Read More

काठमाडौँ ११ वैशाख । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत…

Read More

स्याङ्जा ९ बैशाख । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चलन गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गर्नुभएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वाथ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै बोर्डले परीक्षा सञ्चालन गरेको हो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख…

Read More

स्याङ्जा ९ बैशाख । नेकपा एमालेले वालिङ् नगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।वालिङ् नगरपालिकाको प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अन्य वडाको भने छलफल जारी रहेको बताइएको छ। खाँण नेकपा एमाले जिल्ला उपाध्यक्ष हुनुहुन्छ भने थापा सचिवालय सदस्य हुन्। अन्य पालिकाको बारेमा भने छलफल जारी रहेको सहसचिव राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ९ बैशाख । स्याङ्जा स् नेकपा एमालेले आँधीखोला गाउँपालिकाका उम्मेदवारको टुंगो लगाएको छ।नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ का अनुसार आँधीखोला गाउँपालिकाको अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापालाई उम्मेदवार बनाउने निर्णय भएको छ।आँधीखोलाले सबै पदाधिकारीसमेत टुंगो लगाएको जनाएको छ। पौडेल नेकपा एमाले जिल्ला सहसचिव हुनुहुन्छ भने थापा जिल्ला समन्वय समिति सदस्य हुन्।

Read More

स्याङ्जा ९ बैशाख । संघियतापछि गठन भएको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखका लागि दुई ठूला राजनीतिक दलका २९ जना इच्छुक देखिएका छन्। नगर प्रमुखमा नेपाली कांग्रेसका १० र नेकपा एमालेका ८ जना र आकांक्षी छन भने उपप्रमुखमा कांग्रेसका ७ र एमालेका ४ जना इच्छुक जनाएका छन्।नेपाली कांग्रेसतर्फवाट प्रमुखमा हालका प्रमुख छाँयाराम खनाल, तोयनाथ अर्याल, गोबिन्दकुमार कर्माचार्य, यामप्रसाद अधिकारी, दिपेन्द्र केसी, पिताम्बर श्रेष्ठ, भक्तबहादुर केसी, शेषकान्त अर्याल, दिपक रोका र भेषराज अर्याल हुन। यसैगरी, उपप्रमुख तर्फ हालका उपप्रमुख सीमा केसी, कर्माचार्य, इन्दिरा केसी, सुनिता उचै ठकुरी, बिष्णुमाया काफले, भगवती अर्याल, बिन्दु खड्का र चण्डिका सापकोटा रहेको नगरसभापति लक्ष्मण अधिकारीले जानकारी दिनुभयो…

Read More

स्याङ्जा ८ बैशाख । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुने एसईई परीक्षामा स्याङ्जामा ४ हजार ८३७ परीक्षार्थी सहभागी हुँदैछन्। ती मध्ये छात्रतर्फ २ हजार ३६८ र छात्रतर्फ २ हजार ४१८ जना रहेको जिल्ला शिक्षा समन्वय अधिकारी गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो। सोही अन्तरगत प्राविधिक शिक्षातर्फ ९६ जना र ग्रेडवृद्धितर्फ ५१ जना प्रमुख पौडेलले जानकारी दिनुभयो । स्याङ्जाका ५ वटा विद्यालयमा प्राविधिक शिक्षासम्बन्धी पढाइ हुनेगर्छ। समन्वय इकाई कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिनुभयो। जिल्लाका ११ वटै पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री पुर्‍याइसकेको र सुरक्षाकर्मीका निगरानीमा राखिएको छ। जिल्लाभर ३५ परीक्षा केन्द्र र ३५ जना…

Read More

स्याङ्जा ८ बैशाख । वैशाख ३० गते हुने निर्वाचनका लागि पुतलीबजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम स्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले कार्यालयमा टागेको बोर्ड पढेर स्थापना भएको घोषणा गर्नुभएको छ । कार्यालय स्थापनाको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल सहित प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, राष्ट्रिय अनुसंधानका उपरीक्षक वीरेन्द्र मल्ल, नेकपा एमाले सहसचिव राजेन्द्र डुम्रे, नगर अध्यक्ष भरतबहादु गोदार, कांग्रेस नेता सोमनाथ लम्साल, नेकपा (एस) नगर अध्यक्ष श्री गुरुङ, माओवादी केन्द्रका अध्यक्ष मनबहादुर थापा, नागरिक समाजका…

Read More

काठमाडौं ५ बैशाख । सत्ता गठबन्धनको बैठक सकिएको छ । सोमबार विहान १० बजेदेखि दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक गठबन्धनका पाँच दलको बैठक सहमतिमा पुग्न भने नसकेको हो । देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरी दुईपटक बैठक बसेको थियो । तर, दुवै बैठकबाट सहमति जुट्न सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो । बैठक भोलि बिहान ११ बजे बस्ने गरी सकिएको छ ।

Read More

स्याङजा ५ बैशाख । स्याङ्जाका राजनीतिक दलहरुले आसन्न स्थानीयतह निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन्। स्याङजा सदरमुकाममा सोमबार आयोजित स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा जिल्लास्थित क्रियाशिल ११ वटा राजनीतिक दलहरुले सामूहिक प्रतिवद्धता जनाएका हुन्। नेकपा एमालेका सहसचिव राजेन्द्र ड्म्रे, नेपाली कांग्रेसका प्रवक्ता भरत लम्साल, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नारायण लम्साल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामचन्द्र भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, जनमुक्ति पाटीका अध्यक्ष बमबहादुर लामिछाने, मौलिक जरोकिलो पाटीका केन्द्रीय सदस्य कमल काफले, वीपी कांग्रेसका सचिव देवकला भट्टराई, मंगोल नेशनल अर्गानाइजेशनका अध्यक्ष नेमबहादुर गुरुङ, नागरिक…

Read More

स्याङ्जा ४ बैशाख । स्याङ्जाको वालिङमा भएको बोलेरो जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको र ६ जनालाई पोखरा रिफर भएका प्रहरीले जनाएको छ। वालिङ नगरपालिका १२ बाट वालिङबजार तर्फ आउदै गरेकोे ग १ ज ७३९९ नम्वरको बोलेरो जीप आइतवार बिहान दुर्घटना भएको थियो। घाईतेहरुका प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा उपचारपछि पोखरा रिफर गरिएको हो। दुर्घटनामापरी मृत्यु हुनेमा डाँडाखर्कका ६५ बर्षे वीरबहादुर दाला, ४५ का हिरा डाला, २५ का शमिला शारु, सारुका ७ महिने नावालक छोरा र ६१ का कुलकुमारी कनौजे रहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो । यसैगरी, सोही स्थानका ६० बर्षिया वीरबहादुर दाला, ५५ का मायाकुमारी सारु, ३५ का…

Read More