स्याङ्जा १ पुस । रुम टु रिड र सूर्योदय क्लवको संयुक्त आयोजनामा भीरकोट नगरपालिका २ डाडाकोट स्थित श्री पूर्ण दुर्गा भवानी आधारभूत बिद्यालयको अनुगमन तथा अन्र्तक्रिया गरिएको छ । प्रारम्भिक कक्षाका बालबालिकालाई पठन सिप र पुस्तकालयमा अध्ययन गर्ने वानी विकासका लागि संचालित परियोजनाको अनुगमन पश्चात सरोकारवालाबीच अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले यस्ता कार्यक्रमले बालबालिकालाई अध्ययनमा चासो बढाउनुका साथै पढ्नमा पनि रुची जगाउने हुदा यस्ता कार्यक्रमलाई राज्यले पनि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्यले यस्ता कार्यक्रमलाई भीरकोट नगरपालिकाभरी बिस्तार गर्न आफु तयार रहेको जनाउदै सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।…
Author: Syangja Sandesh
स्याङ्जा १ पुस । आँधीखोलाका माछा तथा जलचर संरक्षणका लागि भन्दै माछाका भुरा छाडिएका छन्। गल्याङ्स्थित आँधीखोला जलविद्युत उत्पादन केन्द्रको ड्याममा झण्डै २ लाख ८० हजार माछाका भुरा छाडिएका हुन्। वर्षेनि लाखौंका संख्यामा स्थानीय माछाका भुरा यहाँका कालीगण्डकी तथा आँधीखोलामा छाड्ने गरिन्छ। नेपाल विद्युत प्राधिकरण कालीगण्डकी ‘ए’जलविद्युत उत्पादन केन्द्र मत्य ह्याचरीको सहयोगमा यसबर्ष पनि विभिन्न प्रजातिका माछाका भुरा छाडिएका हुन्।गल्याङ् नगरपालिका ३ स्थित बुटवल पावर कम्पनीको ड्याममा गर्दि, हाडे, ठेड जातका माछाका भुरा छाडिएको छन्। ड्याममा हाडे र ठेड एकरएक लाख र गर्दि ८० हजारगरी २ लाख ८० हजार माछाका भुरा छाडिएको कम्पनी प्रमुखले जानकारी दिनुभयो। गल्याङ नगरप्रमुख गुरुप्रसाद भटराईले…
स्याङ्जा १ पुस । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको १५ औं साधारणसभा शनिवार पुस २ गते वालिङमा गरिने भएको छ । साधारणसभाको तयारी पुरा भएको छ । साधारणसभा सम्पन्न गर्नका लागि मुल आयोजक समिति र बिभिन्न उपसमितिहरु गठन गरिएका छन् । महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा २१ सदस्यीय मुल आयोजक समिति गठन छ । अध्यक्ष सिग्देलको अध्यक्षतामा बनेको मुल आयोजक समितिमा कार्यसमितिका सबै र शुभेच्छुक संघसंगठनका अध्यक्षहरु समेत रहेका छन् । महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला र प्रेस चौतारी नेपाल…
स्याङ्जा १ पुस । स्याङ्जाका २ वटा सरकारी बिद्यालयका कम्प्यूटर लगायत प्राबिधिक सामाग्री चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनालाई बिहीवार सार्वजनिक गरेको छ। प्रहरीका अनुसार फेदिखोला गाउँपालिका ४ स्थित आरुखर्क आधारभूत बिद्यालय र राम्चेदेवी आधारभूत बिद्यालयका कम्प्यूटर, प्रोजेक्टर, फोटोकपी मेशिन, प्रिन्टर एक÷एक वटा, मल्टीप्लग ३ वटा, बिद्यालय सुधार योजना पुस्तक चोरी भएको थियो। पक्राउ पर्नेमा ३ जना स्याङ्जाका, २ जना पोखराका र २ जना लमजुङ घर भइ पोखरामा बस्दै आएको बताइएको छ। सामाग्री चोरी गर्ने, ओसार पसार र बिक्री वितरणमा समेत उनीहरु नै संलग्न देखिएको प्रहरी उपरीक्षक राजिव बस्नेतले जानकारी दिनुभयो । यसरी पक्राउ पर्नेमा फेदिखोला गाउँपालिकाका २६…
स्याङ्जा २७ मंसिर । स्याङजाका ब्यवसायीले सोमबार मौन बिरोधका कार्यक्रम गरेका छन्। व्यवसायीहरुले बैंकिङ तथा वित्तीय समस्या समाधानका लागि आग्रह गर्दे बिभिन्न माग सहित मौन बिरोध जनाउदै संघिय सरकारलाई ज्ञापनपत्र पठाएका छन्। बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल सी नेगोसियसन शुल्कमा दोब्बर बृद्धि गरेको लगायतका ५ बुदें ध्यानाकर्षण सहित बिभिन्न माग गर्दै यहाँका उद्योग ब्यवसायी आन्दोलित भएका हुन। बैंकहरुको खर्च न्यूनगरी स्पेड दर ३ प्रतिशतभित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम बनाउन आग्रह गरिएको छ। हाल भएका कर्जालाई यस आर्थिक बर्षसम्म पूर्ण तालिकिकरण गरी ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्नु पर्ने र…
स्याङ्जा २७ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा अन्र्तगतका समानुपातिकतर्फ स्याङ्जामा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ। जिल्लाका एकमात्र संघिय समानुपातिकतर्फका उम्मेदवार गोपालमान श्रेष्ठ भने सांसदको सूचीमा पर्नु भएन । निर्वाचन आयोगको तथ्यांक अनुसार यहाँ नेपाली कांग्रेसले संघतर्फ समानुपातिकमा ५३ हजार ४३० मत पाएको हो। यसैगरी, नेकपा एमाले दोश्रो स्थानमा छ । एमालेले ५० हजार ४८८ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार २२६ मत प्राप्त गरेको छ सहित तेस्रो स्थानमा र ४ हजार ९०९ मत सहित नेकपा माओवादी केन्द्र चौथोँ स्थानमा छ। यसैगरी, ३ हजार ४८ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाचौँ स्थानमा र…
स्याङ्जा २३ मंसिर । सामाजिका विकास कार्यालय स्याङ्जाको सहयोग तथा आमा मिलन केन्द्र स्याङ्जाको आयोजनामा अन्र्तक्रिया एवं सचेतना कार्यक्रम गरिएको छ । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर सो कार्यक्रम गरिएको हो । कार्यक्रमको उदघाटन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले मानसिक एवं सामाजिक चेतना बढाएमा लैगिंक हिंसा कम हुने बताउनुभएको छ । उहाले कसैले पनि कसैका मनमा चोट पुरयाउने काम नगर्नु नै हिंसा नगर्नु रहेकोमा जोड दिनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय प्रमुख इश्वरीप्रसाद रेग्मीले लैगिंक हिंसा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै लंैगिक हिसा र उनीहरुका साथ सहयोगी निकायका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रहरी निरीक्षक…
स्याङ्जा २१ मंसिर । फेदिखोला गाउँपालिकाका कार्यपालिका सदस्यले गाउपालिकाका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कार्यपालिका सदस्यहरुले नै पालिकाका अध्यक्ष घनश्याम सुवेदीको कार्यकक्षमा जाने ढोकामै बुधवार दिउसो तालाबन्दी गरेका हुन। गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का वडाअध्यक्ष सहित जनप्रतिनिधिका समूहले बिभिन्न १२ बुदें माग सहित अध्यक्षको कक्षमा जाने ढोकामा अनिश्चितकालिन तालाबन्दी गरेको जनाएका छन्। गाउँपालिकका अध्यक्ष सुवेदी र प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद पौडेलले स्थानीय सरकार संचालन ऐन २०७४ विपरित काम गरेको भन्दै जनप्रतिनिधिहरु आक्रोशित बन्दै तालाबन्दी गरेको जनाएका छन्। बिशेष गाउँसभाको माग गर्दा वेवास्ता गरेको, आफुखुशी डोजरको प्रयोग गरेको, अनुगमन समिति गठन नगरी आर्थिक अनियमितता गरेको, शिक्षा समिति…
स्याङ्जा २१ मंसिर । यसपटक स्याङ्जामा बदर मत घटेको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा खसेको मतको करिब ४ प्रतिशत मत बदर भएको हो। प्रतिनिधिसभातर्फ खसेको १ लाख ४२ हजार ८३४ मतमध्ये ४ हजार ४२ मत बदर भएका थिए। यहाँका २ प्रतिनिधिसभा सदस्य चयनको लागि खसेको मत मध्ये २ दशमलब ८२ प्रतिशत मत बदर देखिएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। यसैगरी, ४ प्रदेशसभामा १ लाख ४० हजार ४०४ मत खसेको थियो। ती मध्ये ५ हजार ५६४ मत बदर थिए। प्रदेशसभामा ३ दशमलब ९६ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो । निर्वाचन…
काठमाण्डौ २० मंसिर । हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ। नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत थ्रेसहोल्ड कटाएका हुन्।
काठमाडौं २० मंसिर । यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फको १६५ स्थानकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । दोलखाको अन्तिम मत परिणाम आएसँगै १६५ प्रतिनिधि सभा सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै नेकपा (एमाले) ले ४४ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७/७ सिटमा विजयी भएका छन् । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी…
स्याङ्जा २० मंसिर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा ९एमाले०ले पाएको छ । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । त्यस्तै, नेकपा ९माओवादी केन्द्र०ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ ।…
स्याङ्जा २० मंसिर । विवादका विच गएको शनिवार स्याङ्जा २ को मतगणना सम्पन्न भएको छ । मतगणनाका क्रममा समान मतपरिणाम आएको भन्दै चर्चा गरिएको थियो । तर, त्यस्तो समान अंक नआएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सवैभन्दा चर्चामा आएको वडा हो चापाकोट नगरपालिकाको वडा नं.। यो वडामा संघ र प्रदेशका उमेद्वारहरुको मत बराबर आएको भन्दै निक्कै चर्चा भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुशार सो वडामा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)की उमेद्वार पद्माकुमारी अर्यालको १०३ र नेपाली कांग्रेसका धनराज गुरुङको १४२६ मत आएको थियो । यस्तै प्रदेश सभा तर्फ एमालेका बुद्धिमान् श्रेष्ठको १४८ र कांग्रेसका महेश भट्टराईको…
स्याङ्जा २० मंसिर । स्याङ्जाको गुधु्र्रममा पर्यटकको रोजाईमा परेको छ। फेदिखोला गाउँपालिका १ स्थित गुध्र्रुम अत्यन्त मनमोहक र सुन्दर ठाउँ हो। यहाँबाट अन्नपूर्ण, धौलागिरी हिमालका हिमश्रृंखलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ। जुनसुकै समयमा पनि हिमालका बिभिन्न रुपसंगै रमाउन पाइन्छ। नजिकै रहेको पोखराका बिभिन्न शहर अनि हिमाल हेर्दै आनन्दलिदै रमाउनेहरु पनि उत्तीकै भेटिन्छन यहाँ। युवायुवती, बालबालिका देखि प्रौढसम्मका मानिसहरु यहाँ आएर दृश्यावलोकन गर्छन। भेटघाट। बनभोज। सास्कृतिक लगायत बिभिन्न सामाजिक कार्य एवं बिबिध कार्यक्रम गरिन्छन् यहाँ। नजिकै रहेको मन्दिर र छेवैमा रहेको प्रतिक्षालयले झनै यहाँको शौन्दर्यता बढाएको छ। राजमार्गदेखि नजिकै भएकाले होला मानिसका भीड नै देखिन्छन यहाँ। अहिले त झनै हिउदका समय। फुर्सदिलो…
स्याङ्जा १७ मंसिर । स्याङ्जा क्षेत्र नं २ मा नेपाली काँग्रेसका धनराज गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पदमा अर्यालभन्दा ५ हजार ६ सय २७ मतले पछि पार्दे विजयी हुनु भएको हो । गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्दा एमालेकी अर्यालले २५ हजार ८३९ मत पाउनुभएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत पाउनु भएको छ । प्रदेश २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराई विजयी हुनु भएको छ । भट्टराईले १८ हजार ८०८ मत प्राप्त गर्दा उहाका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार डा. बुद्धिमान श्रेष्ठले…