फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेको हो ।
Author: Syangja Sandesh
चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको ११ औँ नगरसभामा २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख ईशा रानाले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
वालिङ नगरपालिकाले आ।व।२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाको आ।व।२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५।८ प्रतिशत चालुतर्फ तथा ५४।२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।
अर्जुन चौपारी गाउँपालिकाको ११ औ गाउँ सभाले सडकलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम सदरमुकामबाट सबैभन्दा नजिकको पालिका सदरमुकाममा एक मिटर पनि कालोपत्रे नभएको र कर्णालीको रुपमा रहेको तिवारीले बताउनु भएको छ ।
‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ ।
स्याङ्जा मुस्लिम युवा क्वबले आफना बाबुको किरियामा बसेकी छोरी र पत्नीलाई आर्थिक सहयोग गरेको छ ।
प्रायजसोः तराईका भूमागमा उत्पादन हुने आँप र लिचि स्याङ्जामा पनि गरिने भएको छ। तराईका वातावरणसंग मिल्दोजुल्दो हावापानी भएका कारण पहाडी जिल्लामा पहिलो र एकमात्र आँप र लिचि जोन संचालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले जनाएको छ।
स्याङ्जा ८ असार । बर्षातको मनसुन सुरुभैसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने जनाउदै स्याङ्जाका ११ वटै पालिकालाई पूर्वतयारी अवस्थामा रहन सुझाव दिइएको छ । जिल्ला विपद ब्यवस्थापन समितिको स्याङ्जामा बसेको बैठकले विपदलाई ध्यान दिदै तयारी अवस्थामा रहन सुझाव दिएको हो । तत्काल आवशयक पर्ने डोजर, जेसिवी, लगायतका आवश्यकता अनुरुप सामाग्रीका साथै चालकहरुलाई समेत पूर्वतयारी अवस्थामा राख्न समेत सुझाव दिइएको छ । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाका ५ नगरपालिका सहित ६ वटा गाउँपालिकाले विपदका वेला आवश्यक सहयोग सामाग्री तयारगरी तयारी अवस्थामा राख्न सुझाव दिए । उनले विपद ब्यवस्थापन गर्न कोषमा रकम, आवश्यक पर्ने विपदजन्य सामाग्रीहरु…
स्याङ्जा ८ असार । लिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मंगलबार स्कूल ब्याग, स्टेशनरी र हाईजिन किट््स वितरण गरिएको छ । चाईना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेण्टको समन्वय तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा विद्यालयका शिशुदेखि आठ कक्षासम्मका २५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै तिवारीले शैक्षिक सामग्री प्राप्त भएसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास तथा थप उर्जा दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गराउँदै शैक्षिक गुणस्तर बृद्धिकालागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा…
स्याङ्जा ८ असार । स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको हो । कृषि औजार हस्तान्तरण गर्नुहुँदै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा बृद्धि गर्नकालागि कृषि औजारहरुको महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अनुदानमा प्राप्त भएका कृषि औजारहरुको सही सदुपयोग गर्न पनि कृषकहरुमा आग्रह गर्दै आगामी दिनमा पनि यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै लगिने बताउनुभयो । कृषकहरुको माग र आवश्यकताका…
स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
जिल्ला अदालत स्याङ्जाको आयोजना तथा उच्च अदालत पोखराको सहयोगमा न्यायमा बाह्य पहुँच कार्यक्रम गरिएको छ । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्यले कानून अझैं पनि न्यायपूर्ण नभएको बताउनुभएको छ ।
बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उदेश्यले आपसी सहयोग केन्द्र स्याङजा नेपाल (आस्क) ले जनप्रतिनिधि सहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा बिशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।
जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।