Author: Syangja Sandesh

स्याङ्जा २२ पुस । वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता आधारभुत क्षेत्र आफूहरुको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । वालिङ १० मदिखोलामा रहेको फुलबारी सहरी स्वास्थ्य केन्द्र’ को नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्दै नगरउपप्रमुख तिवारीले समस्या रहित आधारभुत सेवा नागरिकलाई उपलव्ध गराउनु पहिलो काम रहेको बताउनुभयो । नागरिकको व्यक्तिगत जीवनमा परिवर्तन ल्याउदै आर्थिक रुपमा सवल हुने योजना सञ्चालन गरिने भन्दै उपप्रमुख तिवारीले गाँउ मा नै स्वरोजगार बन्ने अवस्था सिर्जना गर्न नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याउने बताउनु भयो । गाँउको समस्याहरुको पहिचान र समस्याको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेको उपप्रमुख तिवारीको भनाई छ । कार्यक्रममा…

Read More

स्याङ्जा २२ पुस । पुतलीबजार नगरपालिका वडा नं. १ को आर्थिक सहयोग तथा आमा मिलन केन्द्र स्याङ्जाको आयोजनामा महिलाका लागि सीममूलक तालिम दिइएको छ ।वडाको सीप विकास कार्यक्रम अन्र्तगत पोतेको माला, औठी र टप बनाउने तालिम गरिएको हो । तालिमको उदघाटन गर्दै वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठले महिलालाई सीप सिकेर ब्यवसायी बनाउने उदेश्यले वडाले यस्ता तालिमका लागि सहयोग गरेको बताउनुभयो । सहभागीले तालिमको सीकेका सीपलाई सही सदुपयोग गर्दे उद्यमी बन्न समेत सुझाव दिदै आगामी बर्षहरुमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, नगरकार्यपालिका सदस्य अनिता रुचाल, प्रशिक्षक सुमन थापा लगायतले तालिमका बारेमा आ आफना धारणा…

Read More

स्याङ्जा २१ पुस । अर्जुनचौपारी गाउँपालिकाका ३० दलित घरपरिवारलाई न्यानो कपडा (बिस्तारा) प्रदान गरिएको छ। अर्जुनचौपारी गाउँपालिका र स्याङ्जा सहयोग समाजका पूर्वअध्यक्ष टुकराज अर्यालको पहल, दोहाकतारको सहयोग तथा दलित उत्थान केन्द्र अर्जुनचौपारीको समन्वयमा ती न्यानो कपडा प्रदान गरिएको हो। प्रत्येक वडाका अतिविपन्न ५÷५ परिवारलाई समेटेर ६ वटा वडामा बिस्तारा सहितको सेट वितरण गरिएको हो। विस्तरा सेटमा ओढ्ने ब्लाङ्केट, सिरानी, डसना, तन्ना सहितको एक÷एक सेट न्याना कपडा दिइएको छ। प्रति परिवार ४ हजारका दरले करिब १ लाख २० हजार मूल्य बराबरका ती न्यानो कपडा बितरण गरिएको हो। बढ्दो जाडोलाई लक्षित गर्दै स्वास्थ्यप्रति ध्यान दिदै विपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको गाउँपालिकाका…

Read More

स्याङ्जा २१ पुस । नेपाली कांग्रेसका महासमिति सदस्य, अधिवक्ता एवं समाजसेवी तुलसी गिरीले अमोर नेपाल सेवा फेदिखोलालाई नगद ८ हजार रुपैंया सहयोग प्रदान गर्नुभएको छ । पुतलीबजार नगरपालिका १४ लामागे निवासी गिरीले आफनो ७० औं जन्मदिनको अवसर पारेर गिरीले अमोर नेपाललाई सो नगद प्रदान गर्नुभएको हो । अमोर सेवा नेपाल संचालक कमला पराजुलीलाई नगद हस्तान्तरण गर्दे अमोर सेवा नेपालमा आश्रित बालबालिकाको शैक्षिक कार्यमा सो रकम खर्चिन सुझाव दिनुभयो ।

Read More

स्याङ्जा २१ पुस । जिल्ला समन्वय समिति स्याङ्जाको आठौं जिल्लासभा विहीवार सम्पन्न भएको छ ।सभाले बिभिन्न एहित जेण्डा सजारी प्रतिवेदन समेत पारित गरेको छ । जिल्ला सभाको उदघाटन गर्दे प्रतिनिधिसभा सदस्य राजु थापाले जिल्लाका सबै पालिकाले पूर्वाधार विकासमा भन्दा उत्पादनका क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । उहाले एक पालिका एक उत्पादन भन्ने नारालाई आत्मसात गर्दे अघि बढ्न समेत सुझाव दिनुभयो । मुलुकमा आर्थिक संकट परेका बेला यस्ता अभियानले मुलुकको विकास र आत्मनिर्भरतामा सहयोग पुग्ने उहाको भनाई छ । पुतलीबजारलाई सुन्तलाको नगर, कालीगण्डकीलाई सयपत्रीको पालिका बनाउन सकिने उहाकोे भनाई छ। सबै पालिकाले आ आफना संभावना पहिचानगरी उत्पादन गर्न उहाले सुझाउनुभयो । समग्र…

Read More

स्याङ्जा २० पुस । गण्डकी प्रदेश शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सीप सिकेर आत्मनिर्भर बन्न तालिमका सहभागीलाई सुझाव दिनुभयो । शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी समता केन्द्र स्याङ्जाको आयोजनामा संचालित ७ दिने झोला बुनाई तालिमको समापन गर्दै मन्त्री श्रेष्ठले अभावले नै बिभिन्न किसिमका हिंसा र दुब्र्यवहार निम्त्याउने जनाउदै सिप सिकेर सक्षम बन्न सकेमा अभाव नहुने उहाले जोड दिनुभयो । ्तालिममा सहभागीलाई तालिमको सही सदुपयोग गर्न आग्रह गर्दै उहाँले ब्यवासयी बन्न चाहनेलाई थप कोर्शको तालिम उपलब्ध गराउने बताउनुभयो । आफु पदमा रहदा वा नरहदा पनि सहयोग गर्ने उहाले भन्नुभयो…

Read More

स्याङ्जा २० पुस । गल्याङ्मा रुजी फाउण्डेशनद्वारा न्यानो कपडा वितरण गरेको छ । कक्षा शिशु देखि कक्षा ५ सम्मका ६५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। चिसो बढेसंगै शिक्षण क्रियाकलापनमा प्रभाव पर्न सक्ने र विशेष गरेर दलित र जनजातिहरुको बाहुलयता भएको बस्तीका बालवालिकाहरुका लागि न्यानो कपडा वितर गरेको फाउण्डेशनका संरक्षक तथा गल्याङ नगरपालिकाका पूर्व नगर प्रमुख भूपराज अधिकारीले बताउनुभयो । रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गर्दै सो कुरा बताउनु भएको हो । संरक्षक अधिकारीले भने चिसो अत्याधिक बढेको र चण्डिथानमा वढी चिसो हुने ठाउँभएकाले विद्यार्थीहरुमा चिसोको कारण विभिन्न खाले…

Read More

स्याङ्जा २० पुस । स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सुनुवाई गर्न कल सेन्टर स्थापना गर्ने भएको छ । नागरिकका वैयक्तिक,पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’ नगरका गतिविधिहरु नागरिकमाझ पु¥याउन…

Read More

स्याङ्जा, १८ पुस । स्थानीय कला, संस्कृतिको पहिचान झल्कनेगरी कालीगण्डकी गाउँपालिकाले लोगो झण्डा सार्वजनिक गरेको छ। योसंगै जिल्लाका ११ पालिकामध्ये पालिकाको लोगो, झण्डा र स्थानीय गान बनाउने कालीगण्डकी पहिलो पालिका बनेको छ।कार्यपालिकाको बैठकले आफनै लोगो र झण्डा बनाउनेगरी निर्णय भए बमोजिम लोगो र झण्डा बनाएको हो। कार्यपालिकाले कात्तिक २८ छाप र झण्डा डिजाइनका लागि खुल्ला प्रतिस्पर्धाको लागि सूचना प्रकाशित गरेको थियो। केही शर्त सहित मंसिर २० गतेसम्मको समयसिमाभित्र लोगो र झण्डा बुझाउन आग्रह गरिएको थियो। पालिकामा प्राप्त हुन आएका डिजाइन मध्ये गाउँपालिकाको मौलिकता झल्कनेगरि बनाइएका लोगो र झण्डालाई चयन गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी गराउनुभयो । उहाले भन्नुभयो, ‘लोगो…

Read More

कास्की १७ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ । उद्घाटन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण भएका थिए । शुरुमा बुद्ध एयर र त्यसपछि यति एयरलाईन्स, गुण, सौर्य र हिमालय एयरलाईन्सका जहाज अवतरण भएको थियो । त्यसपछि भने पोखराबाट उडान शुरु गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्घाटन समारोहमा मानव सागर नै उत्रिएको थियो । पोखरा महानगरपालिकाको आह्वानमा पोखराका लब्ध प्रतिष्ठितदेखि आमा समूह, युवा क्लव, संघ संस्थाहरु…

Read More

स्याङ्जा १६ पुस । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बिचारगोष्ठी सहित संघ तथा प्रदेशसभामा नवनिर्वाचित सांसदहरुलाई सम्मान गरेर मनाइएको छ । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद धनराज गुरुङ्ले गठबन्धनमा प्रचण्डले बेइमान गरेको बताउनुभएको छ । नेपाली कांग्रेस स्याङ्जाद्धारा शनिवार आयोजित ४६ औं राष्ट्रिय मेलमिलाप दिवस को अवसरमा बोल्दै गुरुङ्ले अस्ति भर्खर प्रचण्डले हामी १५÷२० बर्ष गठबन्धन कायम राख्ने भनेर बोलेको स्मरण गराउनुभयो । निर्वाचनअघि धनराज गुरुङ् लगायतले गठबन्धन गर्नै हुदैन भन्दै आएको भन्नुभयो । तर, अहिले यो परिस्थिती आयो। एकले अर्कालाई दोष लगाउनु भन्दा नयाँ ढंगबाट पार्टीलाई अघि बढाउनुको बिकल्प नरहेको उहाले भन्नुभयो…

Read More

मणी अर्यालपौष १५,वालिङ । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो । देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सावारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ ।नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो । वालिङमा बसपार्क नहुँदा लामो तथा छोटो दुरीका सवारी साधनहरु व्यवस्थित रुपमा पार्किङ…

Read More

स्याङ्जा १५ पुस । गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ बाघ वर्गको बिदाइ गर्दै ’हि ल्हो’ बिरालो वर्गको स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ…

Read More

कास्की १४ पुस । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीवार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिनुभएको थियो । उहाले बिहीबार ५९ सांसदलाई शपथ गराउनु भएको हो । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्मा ५ दलको सहभागिता छ । २७ सिट ल्याएको नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको रूपमा सहभागी हुनेछ । कांग्रेस…

Read More

स्याङ्जा १४ पुस । स्याङ्जा जिल्ला अस्पताल प्रमुख बिहिन छ। झण्डै ३ महिनाअघि मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्य सरुवा भएर लम्जुङ् गएपछि अस्पताल प्रमुख बिहीन बनेको हो। डा. आचार्य कात्तिक १३ गते जानुभएको हो । अहिले वरिष्ट स्टाफ नर्स कृष्ण कार्कीले निमित्त भई अस्पताल प्रमुखको जिम्मेवारी वहन गर्दे आउनु भएको छ । अस्पतालमा ६ जना डाक्टर सहित झण्डै ९० जना कर्मचारी कार्यरत छन्। दैनिक सयदेखि २ सयसम्म बिरामी आउने अस्पतालमा शल्यक्रिया सहितका सेवाहरु उपलब्ध छन्। पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा २०५७ सालमा स्थापित जिल्ला अस्पताल पछिल्लो समय गुणस्तरीय सेवा उपलब्ध गराईर्दैे आएको छ। यहाँ शल्यक्रिया सहित, मृर्गौला डायलायसिस, प्रसुतीमा जटिल…

Read More