Author: Syangja Sandesh

स्याङ्जा १ कात्तिक । स्याङ्जा जिल्ला प्रशासन कार्यालयले राती ९ बजेसम्म देउसी भैलो खेल्न पाईने जनाएको छ । तिहार सुरुभएसंगै पर्वलाई शान्तिपूर्ण, मर्यादित र सभ्य तरिकाले मनाउन भनिएको छ । देउसी भैलो लगायतका सांस्कृतिक पर्व मनाउदै गर्दा सार्वजनिक जीवन र यातायात असर नपर्नेगरी मर्यादित र अनुशासित खेल्न खेलाउन आग्रह गरेको हो । तिहार सुरुभएसंगै पर्वलाई शान्तिपूर्ण, मर्यादित र सभ्य तरिकाले मनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा हस्ताक्षरित अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै पर्वलाई सांस्कृतिक परम्परा अनुसार उत्सव मनाउन भनिएकोे छ । तिहारको समयमा बिजुली तथा मैनबत्तीका प्रयोग सावधानीपूर्वक गर्न, मदिरा सेवन नगर्न, होहल्ला सहित भीडभाड, हुलहुज्यतजन्य गतिबिधि नगर्न,…

Read More

स्याङ्जा १ कातिक । तिहार लागेसँगै सयपत्री फूलको माग ह्वात्तै बढेको छ । तिहारमा सयपत्री फूलको माग बढ्ने भएपछि चापाकोट नगरपालिका–१ बेलडाँडाका स्थानीय तुलसीराम भण्डारीले व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ । चार वर्षदेखि सामान्य सयपत्री फूलखेती गर्दै आएका पूर्वशिक्षक समेत रहेका भण्डारीले पेशाबाट अवकाश भएसँगै व्यावसायिक रुपमा फूलखेती गर्नुभएको हो । शिक्षण पेशामा रहदा फुर्सदको समयमा व्यावसायिक बन्ने लक्ष्य सहित फूलमा आत्मनिर्भर बन्ने सोच राखेका भण्डारीले गाउँकै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको छ । विगतका वर्षमा एक रोपनी जग्गामा फूलखेती गर्दै आएका भण्डारीले यस वर्षबाट क्षेत्र विस्तार गर्नुभएको छ । बाँझो जमिनको सदुपयोग गर्दै फूलखेतीका लागि थप क्षेत्रफल बिस्तारको योजना…

Read More

स्याङ्जा १ कात्तिक । पुतलीबजार नगरपालिका वडा नं. ४ मा पशु स्वास्थ्य शिविर गरिएको छ । पुतलीबजार नगरपालिका पशु सेवा शाखाको आयोजनामा गणेशपुर स्वास्थ्य चौकी प्राङ्गणमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको हो । स्वस्थ्य पशुपंक्षी, स्वस्थ जीवन, समुन्नत पुतलीबजार भन्ने मूल नाराका साथ गरिएको शिविरको उदघाटन गर्दै पशुपंक्षीको उचित स्याहार, संभारसंगै उचित खानपान र स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउनुभयो । पशुपंक्षीबाट राम्रो लाभ लिन सकिने बताउदै स्वस्थ्य पशुपंक्षी पालनका लागि आवश्यकता बमोजिम स्वास्थ्य परिक्षण र नियमित रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो । । नगरपालिकाले किसानको हितमा बिभिन्न खालका कार्यक्रमहरु गर्दै आईरहेको जनाउदै यसबाट लाभ लिन समेत प्रमुख रेग्मीले आग्रह गर्नुभयो ।…

Read More

स्याङ्जा १ कात्तिक । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैटो विश्व सम्मेलन तथा नवौं अधिवेशनको शनिवार उदघाटन गरिएको छ । रोजगारका शिलशिलामा बिभिन्न देशहरुमा रहेका स्याङ्जालीहरूलाई एकबद्ध गर्दै जन्मभूमिको सेवामा समर्पित हुने उदेश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको हो । अधिवेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्तिले रोजगारका निम्ति बिभिन्न देशमा पुगेका युवालाई बिदेशी सीप स्वदेशमा लगानी गर्न सुझाव दिनुभयो । जन्मभूमिलाई जहाँ पुगे पनि भूल्न नहुने उहाको भनाई छ । नेपालको समृद्धीका लागि तपाई हाम्रो आवश्यकता परेको जनाउदै सबैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने उहाले बताउनुभयो ।बिभिन्न देशमा भएका विकासका प्रगती…

Read More

स्याङ्जा १ कात्तिक । वालिङ् नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयन गरिएको छ । वालिङ नगरपालिका १० फूलबारीमा स्थित पूर्णामृत भवानी माध्यमिक विद्यालय र वालिङ १० भकुण्डेमा रहेको न्यू गाउँबेशी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा नर्सरी स्थापना गरी विरुवा उत्पादन गरिएको छ । सहकारीले नर्सरी बनाई विभिन्न जातका बिरुवा उत्पादनका लागि आर्थिक सहयोग सहित बजारीकरणको जिम्मेवारी लिएको सहकारीका अध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । सहकारीले नाफाका लागि मात्र नभई सीप सहित आय आर्जनसँग जोड्नकालागि उत्प्रेरणा प्रदान गर्न बिद्यालयसंग सहकार्य गरेको उहाको भनाई छ । उत्पादन भने विद्यालय र विद्यार्थीले नै गर्नुपर्ने छ । बिद्यालयमा मौसमी तथा बेमौसमी तरकारीका र…

Read More

स्याङ्जा १ कात्तिक । वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनबाट झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत उक्त रकम आम्दानी गर्न सफल हो । नगरपालिकाले नगर क्षेत्रका झण्डै ३ हजार घरपरिवारबाट दैनिक फोहोरमैला संकलन हुँदै आएको छ । कुहिने र नकुहिने दुई थरीका फोहोर उठाउने नगरपालिकाले फोहोर व्यवस्थापन शुल्क वापतमात्रै २५ लाख उठाउने गरेको छ भने संकलित फोहोरमैला बिक्री शुल्क वापत करिब दुई लाख गरी झण्डै २७ लाख रुपैयाँ आम्दानी गरेको छ । फोहोरमैला संकलन गरेवापत खाद्यान्न, होटल तथा रेष्टुरेष्ट, तरकारी तथा फलफूल, फेन्सी, कपडा, औषधी पसल, बैंक…

Read More

स्याङ्जा ३१ असोज । दशैं पूर्णिमाको अवसरमा पेल्काचौरमा सम्पन्न अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको शुक्लागण्डकी नगरपालिका –१२ ले जितेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ स्थित मनकामना युवा क्लब पेल्काचौरको आयोजनामा भएको रोमाञ्चक फाइनल खेलमा शुक्लागण्डकी –१२ ले गल्याङ नगरपालिका –७ लाई ३–२ को सेटमा हराउँदै उपाधि जितेकोे हो । खेल २३÷२५, २५÷२१, २०÷२५, २५÷१६ र १५÷१३ को सेटमा टुंगिएको थियो । विजेता शुक्लागण्डकीले एक लाख नगद सहित कप, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता गल्याङले ६० हजार रुपैयाँ पाएको छ । तेस्रो बनेको वालिङ नगरपालिका –३ माझकोट रहँदै ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र…

Read More

स्याङ्जा ३१ असोज । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको कविता सङ्ग्रह “अङ्कुर“ को विमोचन गरिएको छ । ५६ वटा कबिता संग्रह गरिएको कृति विमर्श एवम “त्रियासी साहित्य साँझको आयोजनागरि बिमोचन गरिएको हो । साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सव सहित त्रिभुवन अर्यालको ११ औँ वार्षिक पुण्यतिथि पारेर वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान, स्याङ्जाको संयोजन तथा प्रतिभा जागरण केन्द्र, वालिङ, स्याङ्जाको आयोजनामा “अङ्कुर“ कविता कृति विमोचन संगै “त्रियासी साहित्य साँझ“ त्रियासीमा गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासी, समाजसेवी मोहन रेग्मी र वालिङ नगर उपप्रमुख कविता तिवारी, वक्ता द्वय दीपक लम्साल र विष्णु सुवेदीेसँगै कवि स्वयंद्वारा “अङ्कुर“ कविता…

Read More

स्याङ्जा ३० असोज । स्याङ्जा जिल्ला प्रहरी कार्यालयले ७० औँ प्रहरी दिवस पारेर खुलला रक्तदानको आयोजना गरिएकोे छ । रक्तदान कार्यक्रममा ३७ जना प्रहरी र ६ जना स्थानीयबासीगरी ४३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रहरी दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको भन्दै रक्तदान जीवनदान भएको जनाउदै सहभागी सबैलाई धन्यावद ब्यक्त गर्नुभयो । मानवीय जीवन रक्षाका लागि सहयोग पुरयाउने उदेश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा नेपाल रेडक्रस सोसाईटी स्याङ्जाको प्राविधिक सहयोगमा कार्यालयको प्रांंगणमा रक्तदान कार्यक्रम गरिएको हो ।

Read More

स्याङ्जा ३० असोज । कालीगण्डकी गाउँपालिकामा खसी बोका बिक्रीबाट एक करोड ३६ लाख रुपैंया आम्दानी गरेको छ ।खसी तथा बोकाको पकेट क्षेत्र कार्यक्रम अन्र्तगत रही दशैंको अवधिमा सञ्चालन भएको गाउँपालिकाका विभिन्न वडाबाट दशैं पर्वलाई लक्षित गरी उत्पादन भएका खसी बोकाबाट एक करोड ३६ लाख ६२ हजार भित्रिएको हो । गाउँपालिकाका पशु विकास शाखाका प्रमुख राजेश पाण्डेयका अनुसार दशैं पर्वलाई लक्षित गरी गत भदौदेखि दशैंको अवधिमा पालिकाका विभिन्न गाउँहरुबाट ७ सय ८६ वटा खसी बोकाहरु बिक्री भएका थिए ।बिक्री भएकामध्ये २ सय ८० वटा स्थानीय बजारमा र बाँकी ५ सय ६ वटा खसी बोका पालिका बाहिर निर्यात भएका उहाँले जानकारी दिनुभयो…

Read More

स्याङ्जा ३० असोज । भूमि अधिकार तथा श्रमिक संगठन र अखिल नेपाल किसान महासंघ स्याङ्जाले संयुक्त रुपमा बिघटित भूमि समस्या समाधान आयोगको पुनस्र्थापनाको माग गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्र चापागाई मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई बुधवार बुझाइएको ज्ञापनपत्रमा पूर्ववर्ति सरकारद्धारा गठित भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीन सुकुम्बासी दलित, अब्यवस्थित बसोबासी र श्रमजीवि गरीब निमुखा जनताको हक अधिकार कुण्ठित भएको बताइएको छ । भूमिहीन र अब्यवस्थित बसोबासीको दिगो ब्यवस्थापनका लागि यसअघि पटक पटक आयोग तथा समिति गठन भएको तर, दीर्घकालीन समाधान दिन नसकेकोले १० महिनाअघि पूर्वबर्ति सरकारले गठन गरेको समितिले भूमिहीन र अब्यवस्थित बसोबासीको पहिचानगरी जग्गाधनी प्रमाणपूर्जा…

Read More

स्याङ्जा, २८ असोज । वालिङ नगरपालिकाका बाख्रापालक कृषकहरु खोर निर्माणमा अनुदान पाएपछि उत्साहित भएका छन् । बाख्रापालक कृषकको क्षमता बृद्धि र उत्पादन बृद्धि गर्न नगरपालिकाले खोर निर्माणमा अनुदानको व्यवस्था गरेपछि उनीहरु उत्साहित भएका हुन् । वालिङ नगरपालिकामा सञ्चालित “वालिङ कृषि विकास परियोजना” अन्तर्गत बाख्राको खोर निर्माण गरिएको छ । साना किसान तथा महिलालाई उद्यशीलतामा जोड्ने उद्देश्यले सुरु भएको कार्यक्रम मार्फत कृषकले अनुदानमा खोर निर्माण गरेका हुन् । कृषकले खोर निर्माणमा नगद ३० हजार अर्थात कुल लागतको ५० प्रतिशत अनुदान पाएको परियोजनाले जनाएको छ । नगरपालिकाका वडा नं.–१, २, ३, ४, ५, ६ र ७ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण…

Read More

स्याङ्जा २९ असोज । गल्याङ नगरपालिका १ र पाल्पाको रम्भा गाउँपालिका १ को संगमस्थल उत्तरबाहिनी क्षेत्रमा सञ्चालन भैरहेको उत्तर गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनहरुको घुइचो बढ्दै गएको छ । उत्तरवाहिनी क्षेत्रको पवित्र भूमिमा, शालग्रामको दिव्य दर्शनसँगै पुण्य कमाउने सुनौलो अवसर भन्दै भक्तजनहरु प्रत्येक दिन थपिदै गएको देखिएको छ । पवित्र उत्तरवाहिनी क्षेत्रमा धर्म, संस्कृति र प्रकृतिको महासंगमको रुपमा रहेकाले यसको प्रबर्दन गरी धार्मिक पर्यटनको विकास समेत गराउने आयोजक कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले जनाएको छ । भगवान विष्णुका स्वरूप शालग्राम शिला पाइने पुण्यदातृ उत्तरवाहिनी कृष्णा गण्डकीको पवित्र भूमिमा महामेला तथा दामोदर महोत्सव सञ्चालन गरी यसको महिमालाई विश्वमाझ चिनाउन र सनातन धर्म–संस्कृतिको…

Read More

स्याङ्जा, २९ असोज । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नागरिकले सरकारी निकायबाट प्राप्त गर्ने सेवा सन्तोषजनक भएको बताउनुभएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख खडगराज सुवेदीले प्रदेश र स्थानीय तहसंगको समन्वयमा जिल्लाबाट प्रदान गरिने सेवामा कमी हुन नदिन स्थानीय प्रशासन सजग भएको बताउनुभयो । सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न आवश्यक सहयोग जनस्तरबाट उपलब्ध गराईने उहाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जनताको सेवामा अहोरात्र खट्ने राष्ट्रसेवब कर्मचारीले इमान्दारिताका साथ आफनो जिम्मेवारी पूरा गरेको बताउनुभयो । प्रजिअ अर्यालले जिल्लाको शान्ति सुरक्षा र अमनचैनको स्थितिलाई नियन्त्रणमा राख्न जिल्लाबासीको सहयोग अपेक्षित भएको पनि बताउनुभयो । प्रहरी…

Read More

स्याङ्जा २७ असोज । तिहार नजिकिएसंगै पटका तथा बिस्फोटक पदार्थ भित्रिन नदिन निगरानी बढाएको प्रहरीले दक्षिणतर्फबाट भित्रिएका पटका तथा बिस्फोटक बस्तुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले ३ दिनका अन्तरालमा बिभिन्न १२ किसिमका २ हजार ८ प्याकेट पटका तथा बिस्फोटक पदार्थ नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाएको जनाएको छ । शुक्रवार राती बुटवलबाट वालिङतर्फ आउदै गरेको बीएए ७७०४ नम्बरको स्र्कापियो गाडीमा लुकाई छिपाई ल्याएको १ हजार २८ प्याकेट पटका राम्दी नाकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगतको पाल्पा र स्याङ्जाको सिमास्थल गल्याङ नगरपालिका –१ राम्दी स्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले सवारी चेकजाँचका क्रममा राती ९ प्रकारका पटकाजन्य…

Read More