स्याङ्जा ४ माघ । आँधीखोला गाउँपालिका वडा नं २ मा नवनिर्मित वडा कार्यालय भवनको बुधवार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौडेलले भवनको उदघाटन गर्नुभएको हो । वडा नम्बर २ चिलाउनेबासको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य पौडेलले कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको बताउदै भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । “जनप्रतिनिधि केही समयका लागि हुन् । व्यवस्थित संरचनाबाट गुणस्तरीय र प्रविधीमैत्री सेवा दिएर जनतालाई सहज बनाउनु आजको आवश्यकता हो ” पौडेलले बताउनुभयो । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले हालसम्म…
Author: Syangja Sandesh
स्याङ्जा ३ माघ । पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको सम्झनामा स्याङ्जामा आज (मंगलबार) साँझ दिप पज्वलन गरिएको छ । नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा दिपप्रज्वलन गरिएको हो । दिप प्रज्वलन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नगर सभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । दुर्घटना बारेमा तथ्यसत्य पत्ता लगाई सुरक्षित हवाईयात्रा गन्तब्य निर्धारण गर्न सरोकारवालालाई सुझाव दिनुभयो । इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको जनाउदै यस्ता घटना नदोह्याउन समेत उहाहरुको आग्रह छ । दिप प्रज्वलनमा…
स्याङ्जा २९ पुस । वालिङका व्यापारी तथा व्यवसायीहरुले चर्को ब्याजदरका कारण व्यापार तथा व्यवसायीक क्षेत्रबाट विस्तापित हुनुपर्ने अवस्थाको सृजना भएको गुनासो गरेका छन् । वर्तमान समयमा नेपालको अर्थतन्त्र बैंक तथा वित्तिय संस्थाहरु र उद्योगी व्यवसायी बीच समस्या समाधान विषयक विहिबार वालिङमा आयोजित अन्र्तक्रियामा यहाँका व्यापारी तथा व्यवसायी निकै आक्रोसित बनेका थिए । स्याङ्जा स्थित विभिन्न उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कर्मसहरुको संयुक्त आयोजनामा आयोजित अन्र्तक्रियामा सहभागि व्यापारीहरुले बैंक तथा वित्तिय संस्थाको चर्कोै व्याजदरका कारण व्यापार व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको भन्दै व्याजदर घटाउनु पर्ने दबाब दिएका हुन् । जिल्ला स्थित स्याङ्जा उद्योग वाणिज्य संघ, वालिङ उद्योग वाणिज्य संघ, भीरकोट,…
स्याङ्जा २७ पुस । पुतलीबजार नगरपालिका र संयूत्त राष्ट्र संघीय विकास कार्यक्रमे आर्थिक तथा प्राविधिक तथा सूर्योदय क्लबको ब्यवस्थापनमा संचालित “हरित पुनरुत्थान तथा कोभिड –१९ प्रतिकार्यपहल“ परियोजनाले सिमान्तकृत समुदायलाई आर्थिक सहयोग गरेको छ । सिमान्तकृतबर्गलार्ई ब्यवसायि बनाउने उदेश्यले लघुउधम व्यवसाय संचालनको लागि १५ जनालाई ५० हजार सहयोग रकम अन्तर्गतको प्रथम किस्ताको रकम चेक मार्फत हस्तान्तरण गरिएको छ ।साथै ब्यावसायिक नर्सरीको लागि पनि नगरपालिकाभित्रका १४ वटै वडामा एक÷एक व्यवसायिक नर्सरी कृषकको लागि ६० हजार रकमको ८५ प्रतिशत अनुदानमा नर्सरी सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । ती सामाग्री हस्तान्तरण गर्दे नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकामा संचालित परियोजनाबाट उपलब्ध रकमको…
काठमाण्डौं २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ । १ सय ७ सिट रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । बारा १९२० बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएका यादव प्रदेशका पूर्वसभामुख समेत हुनुहुन्छ । मधेश प्रदेशमा जसपाका १६ जना सांसद रहेका छन् । त्यस्तै प्रदेश सभामा एमालेका २३, नेपाली कांग्रेसका…
काठमाण्डौं २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्माले आजै २५ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो । शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपाका १, एकीकृत समाजवादी १ सांसदले समर्थन गरेका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहनुभएका शर्मा रुकुम पश्चिम ९२० बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कर्णालीमा माओवादी र एमालेबीच साढे २र२ वर्ष मुख्यमन्त्री आलोपालो गर्ने सहमति बनेको छ ।
बुटवल २७ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका गर्नुभएको हो । गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसद भए वहुमत पुग्छ । गिरीले बुधबारै मुख्यमन्त्री नियिक्तिका लागि दाबी पेश गरेका गर्नुएभको थियो ।
स्याङ्जा २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । मंगलबार (आज) सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा उहाँले विश्वासको मत पाउनुभएको हो । मतदानमा प्रधानमन्त्री प्रचण्डको पक्षमा दुई सय ६८ मत खसेको हो । त्यस्तै उहाँको विपक्षमा दुई मत खसेको छ । दुई सय ७० सांसद उपस्थित थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभामा भएको मत विभाजन अनुसार प्रचण्डले दुई सय ६८ जना सांसदको मत पाउनुभएको छ । दुई सय ७५ सदस्यीय संसदमा दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल…
स्याङ्जा २५ पुस । पुतलीबजार नगरपालिका ११ जैसीडाँडा स्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका छन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन थालेपछि किसानमा चिन्ता थपिएको छ। बेमौसममा राम्रो पैसा लिन सकिने जनाउदै यहाँका किसानले सुन्तला शीत भण्डारण गरेका हुन्। यस वर्ष मंसिर १४ गते पहिलो पटक राखिएका सुन्तला मध्ये एक प्रतिशत सुन्तला बिग्रीएको कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालले जानकारी दिनुभयो । विगतका वर्षमा भन्दा झण्डै तेब्बर मात्रामा सुन्तला फलेका र भण्डारण गर्ने समेत ब्यवस्था भएकाले यहाँका किसानले १ सय ६० मेट्रिक टन सुन्तला भण्डारण गरेका थिए। तीमध्ये एक क्विन्टल सुन्तला बिग्रेको देखिएको उनले जनाए। बिग्रेका ती…
स्याङ्जा २५ पुस । प्रशासनले जिल्लाका ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। स्याङ्जा स्थित सर्वदलीय बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप जिल्ला स्थित सबै राजनीतिक दलहरुको संयुक्त बैठ बसी सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारीदिनुभयो । बन्द गरिनेमा भीरकोटका २ वटा, गल्याङ् र गल्याङ्मा संचालित एक-एक वटा क्रसर उद्योग रहेका छन्। भीरकोट स्थित छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ् स्थित गह्रौंकालिका र वालिङ् स्थित आँधीखोला क्रसर उद्योग बन्द गरिएका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले…
स्याङ्जा २५ पुस । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री नियूक्ति हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार (पुस २५) गते अधिकारीलाई गण्डकीको मुखयमन्त्रीमा नियूक्ति गर्नुभएको हो । गुरुङले संविधानको धारा १६८ को उपधार २ बमोजिम अधिकारीालई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियूीक्त गर्नुभएको छ । अधिकारीले ३३ सांसदको समर्थन जुटाएर मुख्यमन्त्री दाबी गर्नुभएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको सपथ गराउनुभएको छ । गुरुङले आफ्नै निवास पोखरा सिमलचौरमा सपथ गराउनुभएको हो् । त्यसअघि…
स्याङ्जा २४ पुस । फेदिखोला गाउँपालिकाले पालिकास्तरीय दोस्रो कृषि प्रदर्शनी एव मेला आयोजना गरेको छ। कृषिमा व्यवसायिकरण गर्दै कृषकलाई उत्प्रेरणा सहित पुरस्कृत गर्ने उदेश्यले कृषि प्रर्दशनी एवं मेला आयोजना गरिएको हो। मेलामा १ सय ४८ कृषक,कृषक समूह र एकीकृत कृषि तथा पशुपन्छी फर्मले सहभागिता जनाएका थिए। तीमध्ये ६० जनालाई पुरस्कृत गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । किसान किसानबीच कृषिसम्बन्धी ज्ञान र अनुभव साटासाट गर्दै कृषिमा उत्पादकत्व बढाउन सकिने भएकाले मेला आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ। मेलामा फलफूल, तरकारी र सागसब्जी, जरा तथा कन्दमूल समूह,मसलावाली,लहरेबाली,नगदेबाली, एकीकृत कृषि फर्म, भेडा बाख्रा बंगुर, गाइभैँसी,पंक्षी समूह,गड्यौला मल उत्पादन गरी १२ विभिन्न…
स्याङ्जा २४ पुस । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वय १५ दिने हाते ट्याक्टर , कम्वाईन मिल तथा मेशिनरी औजार मर्मत सम्बन्धी सीपमूलक तालिम सुरु गरेको छ । सीप सिकौं, आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ मेशिनरी मर्मत तालिम सुरु गरेको हो । तालिमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले मर्मतकर्ताका अभावमा यस्ता मेशिनरी बस्तुहरु उपयोग बिहिन रहेका अवस्थामा यस्ताखालका तालिमले सहयोग पुग्ने बताउनुभयो । तालिम सिकेर आफनै गाउँघरमै मर्मत केन्द्र संचालन गरेर स्थानीयबासीलाई सहयोग गर्न सुझाव दिनुभयो । नगरपालिकाले कृषि आधुनिकीकरणसंगैे किसानमैत्री प्रबिधिका अन्य औजारका लागि पनि आवश्यकता अनुरुपका तालिम उपलब्ध…
स्याङजा, २३ पुस । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थानीयस्तरमा नै उपलव्ध र उत्पादन हुने सामाग्रीहरुको प्रयोग गर्न व्युटिसियनहरुलाई आग्रह गर्नु भएको छ । स्थानीयस्तरमा नै उत्पादन हुने सामाग्रीहरु सौन्दर्यको लागि प्रयोग गर्न सकिन्छ,जसले गर्दा पैसा बाहिर जानबाट रोक्न सम्भव हुन्छ उहाले भन्नुभयो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’ अन्तर्गत महिला उद्यमशिलता कार्यक्रम अनुशार वालिङका व्युटिसियनहरुको दक्षता तथा सीप बृद्धिका लागि सञ्चालन गरिएको तालिममा बोल्दै मन्त्री श्रेष्ठले महिलाहरुलाई उद्यमी र व्यवशायीक बनाउन प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।…
स्याङजा, २३ पुस । स्याङ्जा गण्डकी यातायात प्रा.लि.को चौथो साधारणसभा तथा दोश्रो अधिवेशनको उदघाटनसत्र शनिवार सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दै संघिय सांसद राजु थापाले हचुवाका भरमा केही नजिकका ब्यक्तिलाई मात्र समेटेर यातायातका नीति नियम बनाईदा धेरै ब्यवसायी मार्कामा परेको बताउनुभयो । ब्यक्तिका निजी लगानीमा अरबौं रकम लगानी गरेर राज्यलाई धेरै कर तिर्ने ब्यवसायीलाई राज्यको दृष्ट्रिकोण सकारात्मक नभएको थापाको भनाई छ । यातायातमा धेरै विसंगती हुँदा पनि राज्य मुकदर्शक बनेको उहाको भनाइ छ। ब्यवसायीबीचको एकता र भाइचारा सम्बन्धले संस्था क्रियाशिल रहेको उहाले भन्नुभयो ।‘काठमाण्डौंका बसपार्कमा गण्डकी यातायातका सवारी साधनले सहजै छिर्न नपाउने अवस्था अझै छ। राज्यलाई कर तिरेर पनि…