Author: Syangja Sandesh

स्याङ्जा १९ भदौ । नेपाल राष्ट्रिय शिक्षक सगठनको आधीखोलामा भएको दोस्रो अधिवेशनले दिप्तीनारायण शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको महिला उपाध्यक्षमा सङ्गिता लामिछाने र अर्का उपाध्यक्षमा प्रेमप्रसाद पौडेल, सचिवमा धनीराम ढकाल, सह सचिवमा प्रिती गुरुङ, कोषाध्यक्षमा निलकण्ठ शर्मा सहकोषाध्यक्षमा शान्ति पौडेल, सदस्यहरुमा भुषण लामिछान,े खिमराज पौडेल, गिरबहादुर कार्की, रामकृण्ण लामिछान,े पुर्खराज पौडेल, रामचन्द्र रिजाल, सुनिता ढकाल, कमला नेपालीलाइ चयन हुनु भएको हो । अधिवेशनको उद्घाटन गर्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष सुधिर कुमार पौडेलले शिक्षकहरु पेशा प्रति इमान्दार र समयानुकुल दक्षता हासिल गरी विद्यार्थीको उज्जवल भविश्यको लागि खट्नुपर्ने बताउनुभयो । सवै शिक्षक साथीहरु सङ्गठनमा आवद्ध भई आधुनिक प्रविधिको…

Read More

स्याङ्जा १९ भदौ । मंसिर ४ गतेको संघिय तथा प्रादेशिक निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जाकातर्फबाट १ सय ९ जनाको आकांक्षा रहेको छ। यहाँका २ संघिय र ४ प्रादेशिक निर्वाचनका लागि एक सय ९ जनाले उम्मेदवार बन्न इच्छा गर्दै पार्टी कार्यालयमा दर्ता गराएका हुन। कांग्रेसका क्रियाशिल ब्यक्तिले इच्छाएको पदमा उम्मेदवार दर्ता गराउन पाउने प्रावधान अनुरुप दर्ता आब्हान गरिएको थियो। एक दिनका लागि गरिएको आब्हानमा प्रत्यक्षतर्फ ५१ जना र समानुपातिकतर्फ ५८ जनाले उम्मेदवारी दर्ता गरेका हुन संघिय सभा (प्रतिनिधि) सदस्यका लागि क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट १० जना प्रत्यक्षतर्फ आकांक्षी देखिएका हुन्। एकतर्फ काँग्रेस केन्द्रिय उपसभापति…

Read More

स्याङ्जा १९ भदौ । नेवा देय दुवुको २८ औ बार्षिक उत्सव स्याङ्जामा पनि मनाइएको छ । नेवा देय दवु जिल्ला कार्य समितिको आयोजनामा उत्सब मनाइएको हो । उत्सवको उदघाटन गर्दै नेवा देय दुवुका पूर्व केन्द्रिय सदस्य देवेन्द्रकुमार श्रेष्ठले नेवारी भाषा, कला संस्कृतिको सम्बद्र्धन र प्रवर्दनका लागि नेवा देय दवु एकजुट हुनु पर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य एवं पूर्व सहसचिव बिष्णुकुमार श्रेष्ठ, नेवा देय दुवुका सदस्य लक्ष्मी प्रधान, पूर्व सदस्य संघ ताम्राकार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । दवुका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुवेदार किसन श्रेष्ठले स्वागत एवं…

Read More

स्याङ्जा १९ भदौ । वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगीत भएको छ । संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगीत भएको हो । नयाँ नेतृत्वका लागी सहमति हुँन नसक्दा साधारण सभा तथा अधिवेसन अगाडि बढ्न नसकेको हो । न्यायिक समिति संयोजक तथा उपप्रमुख कविता तिवारीले अधिवेशन रोक्न वालिङ उद्योग वाणिज्य संघलाई पत्र पठाउनुभएको थियो । उक्त पत्रमा संघका वरिष्ठ उपाध्यक्ष, महासविच, सविच, सहकोषाध्यक्ष सहित ११ सदस्यहरुको संयुक्त उजुरी परेकाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार उहाँहरुको विवाद समाधान भएसम्मका लागी साधारण सभा तथा अधिवेसन रोक्न आग्रह गरिएको छ । यसअघिका ४…

Read More

स्याङ्जा १९ भदौ । युवा कवि मिलन समिरद्धरा लिखित कविता संग्रह लोकार्पण गरिएको छ । वालिङमा आयोजित कार्यक्रममा काव्य लोकार्पण तथा साहित्यिक भेला, रचना वाचन कार्यक्रम गरिएको हो । युवा कवी मिलन समिरद्वारा लिखित कविता सङ्ग्रह प्रिय दुश्मनको लोकार्पण गरिएको हो । लोकार्पण गर्दै कवि तीर्थ श्रेष्ठले कविता लेख्न त्यति सजिलो नभएको बताउनुभयो । कतिपय कवितामा व्याख्या गरिएको हुने उल्लेख गर्दै कवि श्रेष्ठले कविता लेखिसके पछि कविको काम सकिन्छ र त्यसको व्याख्या गर्ने काम पाठकको रहेको बताउनुभयो । नेपालमा राजनीति गर्ने र कविता लेख्ने काम सजिलो मानिन्छ तर सोंचे झैं सजिलो नभएको कवि श्रेष्ठले बताउनुभयो । कार्यक्रममा कमला अधिकारी, बालकुमार…

Read More

स्याङ्जा १९ भदौ । लियो क्लब अफ वालिङ्ले आउदो असोज ८ गते राष्ट्रिय स्तरको मिनि म्याराथुन प्रतियोगिता गर्ने भएको छ। खेलकूदसंगै पर्यटनलाई जोड्ने उदेश्यले लियो क्लब अफ वालिङले मिनि म्याराथुन प्रतियोगिता गर्न लागेको लियो क्लब ३२५ एम नेपालका डिष्ट्रिक्ट सेक्रेटरी दिक्षान्त प्रताप खाँणले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग सहित भित्री सडकको उपयोग गर्दे १९ दशमलब २ किलोमिटरको धावनमार्ग निर्धारण गरिएको छ। एक दिने सो प्रतियोगितामा देशभरका १८ देखि ३० बर्ष उमेर समूहका ३ सय भन्दा बढि धावक सहभागी हुने आयोजकको अनुमान छ। प्रतियोगिताका लागी गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिका सहित बिभिन्न संघसंस्थाले सहयोग…

Read More

स्याङ्जा १९ भदौ । लोग्नेको कुटाईबाट गम्भीर घाईते बनेकी ४२ बर्षिया मन्जु दमैको उपचारका क्रममा मृत्यु भएको छ। पुतलीबजार नगरपालिका ८ का ४० बर्षिय गोपाल दमैले भदौ १४ गते दिउसो २ बजे पत्नी मन्जुलाई कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकोे छ। गम्भीर घाइते मन्जुलाई स्थानीयको सहयोगमा उपचारका लागि स्याङ्जा अस्पताल ल्याएका थिए। उनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि मणीपाल अस्पताल पोखरा रिफर गरिएको थियो। उपचारका क्रममा भोलीपल्ट भदौ १५ गते मृत्यु भएको र उनका पति गोपाललाई १६ गते पक्राउगरी कानूनी दायरामा ल्याइएको प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो। आरोपित दमैलाई कर्तव्य ज्यान…

Read More

स्याङ्जा १७ भदौ । आधीखोला गाउपालिका २ चिलाउनेवास स्थित प्रहरी चौकी भवनको उदघाटन गरिएको छ । भवनको उदघाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले आमनागरिकको धनजनको शान्ति सुरक्षाको लागि प्रहरीले दिनोरात खटिरहेको बताए । मौजुदा ऐन, नियम, कानूनमा रहेर प्रहरीले शान्ति सुरक्षा र सुब्यवस्थामा खट्ने जनाउदैे उहाले यस्ता अभियानमा आमनागरिकको पनि साथ र सहयोग आवश्यक पर्ने बताए । प्रहरी प्रमुख जोशीले चौकीका लागि आवश्यक दरबन्दी लगायतका बिषयमा आवश्यक सहयोग गर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी उपरीक्षक राजिबबहादुर बस्नेत, प्रहरी नायब उपरीक्षक रविन्द्र खनाल, प्राबिधिक प्रनाउ इन्जिनियर…

Read More

स्याङ्जा १६ स्याङ्जा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा पुतलीबजार नगरपालिकाको सहयोग तथा गैरसरकारी संस्था महासंघको समन्वयमा सार्वजनिक शिक्षामा रुपान्तरण सवाल बिषयक अन्र्तक्रिया गरेको छ । कार्यक्रमको उदघाटन गर्दै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरीप्रसाद रेग्मीले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनु पर्ने र शिक्षक, अभिभाव, बिद्यार्थी र स्थानीय पालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको सृदुढीकरणका लागि नयाँ ढंग, सोच र कार्यदिशाबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अभियानका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पंगेनी, नागरिक समाजका अध्यक्ष एवं प्रधानाध्यापक ओमप्रकाश शर्मा, सूर्योदय क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा आ आफना धारणा ब्याक्त गर्नुभएको थियो ।…

Read More

स्याङ्जा १६ भदौ । लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय स्याङ्जाले १५ औं पुस्तकालय दिवस वक्तृत्वकला गरी मनाएको छ । पढौं, पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔ भन्ने नाराका साथ बर्तमान परिपेक्ष्यमा पुस्तकालयको सान्दर्भिकता भन्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता गरेकोे हो । प्रतियोगितामा त्रिभुवन आदर्श माविका प्रवेश गोदार प्रथम, रोशनी आवासिय माविका परिवेश मरासीनी दितिय, सरस्वती मावि गैरीखेतका सविता शर्मा तृतीय र काजिमान हरिटीकाका सुशान्त सापकोटा सान्त्वना हुनु भएको छ । उहाहरुलाई नगद सहितले पुरस्कृत गरिएको छ । दिवसको उदघाटन गर्दै पुस्तकालयका अध्यक्ष ध्ूवबन्धु पौडेलले पुस्तकालयको विकास र पाठकका माग अनुरुप समायनुसारका पुस्तकको ब्यवस्थापनमा पुस्तकालय सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष यादवराज…

Read More

राष्ट्रिय मगर संघ स्याङ्जाको सभापतिमा विष्णुबहादुर मर्साङ्गी निर्विरोध निर्वाचित हुनु भएको छ ।

Read More

हरितालिका तीजको अवसर पारेर नेपाली कांग्रेस पुतलीबजार नगर कार्य समितिले महिलालाई दर खुवाउने सहित सम्मान कार्यक्रम गरेको छ ।

Read More

नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ्ले पद प्राप्तिका लागि मात्र राजनीति गर्न नहुने बताउनु भएको छ ।

Read More

नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ ।

Read More