स्याङ्जा १२ फागुन । मानवअधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय वैठक सहित बिबिध २ दिने कार्यक्रम शुक्रवारदेखि स्याङ्जा सदरमुकाममा सुरु भएको छ । मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा हुन लागेको बैठक र बिबिध कार्यक्रम गरिने भएको हो ।पहिलो दिन मानवअधिकार तथा शान्ति समाज स्याङ्जा शाखाको आयोजनामा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार विषयक अन्र्तक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले मौलिक हकका रुपमा रहेको स्वास्थ्य शिक्षा र बैज्ञानिक शिक्षा सबैको अधिकारको उपयोग सबैले समानरुपमा उपभोग गर्न पाउनुपर्ने बताउनुभयो । यसका लागि स्थानीय, प्रदेश र संघीय…
Author: Syangja Sandesh
स्याङ्जा १० फागुन । नागरिकको सबै भन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षाको चेतना र स्वास्थ्य भएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चे स्थित कालीका माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहको समुद्वघाटन गर्दै सो कुरा बताउनु भयो । नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको उहाले बताउनुभयो । उहाँले भन्नु भयो शिक्षित व्यक्ति र स्वास्थ्य व्यक्तिले नगरको चौतफी विकास निर्माण गर्न सक्ने बताउदै नगरपालिका भित्र आर्थिक अभावका कारण कोही पनि बालवालिकाहरु शिक्षाको अबसरबाट बच्ति हुन नपरोस् भन्दै आफूले विपन्न बालवालिका पढाउन अभियानको थालनी गरेको कुरा बताउनु भयो…
स्याङ्जा १० फागुन । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाले पुतलीबजार नगरपालिका ७ ठूलाहिडी स्थित जनता माध्यमिक बिद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । मानवअधिकार तथा शान्ति समाजको आयोजना, जनता माविको समन्वय तथा जिल्ला प्रहरी कार्यालयको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यार्थीमाझ जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णबहादुर आलेले किशोर अवस्थाका बालबालिकालाई लक्षित गर्दे ल्याइएको यस्ता कार्यक्रमले बढी प्रभाव पार्ने जनाउदै अन्य बिद्यालयमा पनि यस्ता कार्यक्रम संचालन गरिनुपर्ने बताउनुभयो । आफनै पैसा खर्चैर, आफनै शरिरलाई तनाव दिएर गरिने लागु औषधका कारण कानूनी फन्दामा परी धेरै सजाए भोग्नु भन्दा यस्ता कुलतमा नफस्न उहाको आग्रह…
स्याङ्जा ९ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफु निष्पक्ष भूमिकामा रहने बताउनु भएको छ । विगतमा जो जस्ले जस्तो भूमिका निर्वाह गरे पनि अहिले आफु स्वतन्त्र रहेकाले सोही भूमिकामारही नियमित कार्य गर्ने बताउनुभयो । सभामुख भएपछि राजनीतिक दलको सदस्यता समेत त्यागेकाले सभामुखको मर्यादामा रहने बताउनुभयो । कालीगण्डकी गाउँपालिका ७ मिर्मीमा १५ शैयाको कालीगण्डकी अस्पतालको शिलान्यास तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै सभामुख घिमिरेले संसदमा अब्बल एम्पायरको भुमिकामा रहने बताउनुभयो । ‘दलहरु अनुशासित तवरले प्रस्तुत् हुनुपर्छ।’ संसदको गरिमा सांसदले नै बढाउने हो, उहाले भन्नुभयो, ‘सांसदहरुका हरेक सवालमा नागरिकले अनुभुती गर्नपाउने विकासको मोडालिटी बनाउनुपर्छ। स्वास्थ्य, शिक्षा, रोजगारलाई प्रथामिकता दिनुपर्छ…
स्याङ्जा ८ फागुन । वालिङ नगरपालिकामा गएराती ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकले ज्यान गुमाएका छन ्। मृत्यु हुनेमा चापाकोट नगरपालिका २ का ३२ वर्षीय नविन सुनार र वालिङ नगरपालिका ८ का १४ वर्षीय सोविन विक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। सुनार चालक हुन भने विक सहचालक । वालिङको जगतभङ्जयाङ्बाट नगरपालिका ६ स्थित भित्री सडक खण्ड मिर्दि तर्फ ढुङगा लिएर आउँदै गरेको ग १ त ६८८६ को नम्बरको ट्याक्टर आइतबार राती ८ बजे अनियन्त्रित भई दुर्घटना हुदाँ दुबैजना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा सुनारको वालिङ् प्राथमिक केन्द्रमा र विकको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा…
स्याङ्जा ७ फागनु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आइतवार स्याङ्जा जिल्ला प्रशासन कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राबिधिक सहयोगमा रक्तदान गरिएको छ । प्रशासन परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आफैंले रगतदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । प्रजिअ घिमिरेसंगै २० जना पुरुष ४ महिलाले पनि रक्तदान गरेको रेडक्रसका जिल्ला सभापति दिनेश अर्यालले जानकारी दिनभयो । रगतदानपछि २४ पिन्ट रगत संकलन भएको छ । यसैगरी, सोही कार्यक्रममा पुतलीबजार नगरपालिका १ निवासी महादेव श्रेष्ठले अहिलेसम्म २० औं पटक रगत दान गरेको जनाउनुभयो । संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको रक्तसंचार गृहमा राखिने…
स्याङ्जा ६ फागुन । सामाजिक विकासको मेरुदण्ड शिक्षा भएका भएका र विद्यार्थीको अधिकार माथी खेलवाड गर्ने अधिकार कसैलाइ नभएकाले त्यसको जिम्मा हामी आफैले लिनु पर्ने कुरा स्याङ्जा क्षेत्र नं.२ का सांसद धनराज गुरुङ्ले बताउनु भयो । स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस ,पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । सांसद गुरुङले भन्नु भयो यो मुलुकलाई जहाँको त्यही राख्ने अधिकार कसैलाई नभएकाले अहिलेको परिबेशमा शिक्षा नीतिमा परिवर्तन ल्याउनु पर्ने बताउदै माथीदेखि तल सम्मको सिस्टम नै गलत भएकाले त्यसको सुधार गर्न आवश्यक रहेको कुरा…
स्याङ्जा ७ फागुन । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ्ले कुरा भन्दा काम गर्नुपर्ने बताउनुभएको छ । अधिकांश नेपालीमा काम गर्ने तत्परता भन्दा काम गर्छु भनेर बोलेर हल्ला गर्ने प्रवृत्तिले काम पुरा गर्न कठिनाई हुने गरेको बताउनु भएको हो । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आखा अस्पताल पोखरा, एनआरएन यूके, नेत्रज्योती संघको संयुक्त पहलमा आयोजित निशुल्क आँखा शिविरको समापन कार्यक्रममा बोल्दै उहाले निशुल्क शिविर संचालन गरेर दृष्ट्रिदान जस्तो पुण्यको काम गर्ने सरोकारवालाको प्रशंसा सहित धन्यवाद दिनुभएको छ । पुतलीबजार नगरपालिकाले देखाएको उदाहरणीय र अनुकरणीय कार्यको जिल्लाका सबै पालिकाले संचालन गर्नु पर्नेमा उहाले जोड दिदै आवश्यक सहयोग गर्ने…
स्याङ्जा ६ फागुन । भीरकोट नगरपालिका ४ स्थित छायाँक्षेत्र मन्दिरमा महाशिवरात्रीको पुजाअर्जनामा धेरै भक्तालुजनहरुको उपस्थिती भएको छ। श्रीस्वथानी ब्रत कथामा समेत छाङछाङदीको महिमा उल्लेख गरिएकाले पनि यहाँ आउने भक्तजनहरु धेरै हुने गरेका हुन्। गण्डकी प्रदेशकै प्रसिद्ध छाङछाङदी मन्दिरमा बिहान ३ बजेदेखि नै दर्शनार्थीका भीड लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले जानकारी दिनुभयो ।जिल्लाकै नमूना मन्दिर र सबै प्रकृतिका मानिसका लागि प्रवेशमा सहज भएकाले यहाँ सधैजसो भीडभाड नै हुन्छ। साताअधिदेखि मन्दिर परिसर लगायत प्रवेशद्धारमा रंगरोगन, ध्यजापतकाले सजाइएको छ। मन्दिरमा पुजाका लागि लाईन बसेर अथवा छिटो माध्यमबाट पनि जान सकिने ब्यवस्था मिलाइएको छ। आजका दिन झण्डै २० हजार भक्तजनले मन्दिरको दर्शन…
स्याङ्जा ३ फागुन । श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको तेस्रो दिन उल्लेख्य भक्तजनले कथा श्रवण गरेका छन् । श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम, वालिङ ८ काफलडाँडाको आयोजनामा वालिङ स्थित खेलमैदानमा सोमबारदेखि शुरु भएको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ एवं गौ संरक्षण महामहोत्सव २०७९ को दोस्रो दिन गौ माताको महत्वको बारेमा प्रवचन तथा भजन कृतन गरिएको छ । महायज्ञमा अहिलेसम्म १० लाख १० हजार ८०८ रुपैँया संकलन भएको छ । महायज्ञको तेस्रो दिन आज मात्रै ३ लाख २७ हजार ६७२ रुपैँया संकलन भएको रसिद व्यवस्थापन तथा चन्दा संकलन उपसमिति संयोजक शान्ता थापाले जानकारी दिनुभयो । गाई संरक्षणलाई दिगो व्यवस्थापनका लागी…
स्याङ्जा ३ फागुन । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो । बिदाको निर्णय प्रदेश राजपत्रमा प्रकाशित छ । २०७९ सालमा प्रदेशले दिने सार्वजनिक बिदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको छ । सङ्घ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिनसक्ने ब्यवस्था छ । गण्डकी प्रदेशको तत्कालीन मन्त्रिपरिषद्ले २०७९ मा असार २९ गते भानुजयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैतेदशैंमा बिदा दिने…
स्याङ्जा ३ फागुन । गल्याङ् नगरपालिका ७ स्थित नेपाल राष्ट्र माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीले खाद्य परिकार महोत्सव गरेका छन ्। महोत्सवको शुभारम्भ गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराइले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बिद्यार्थीले स्थानीय उत्पादन र क्षमता प्रदर्शन गर्नका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनुभयो । नेपाल राष्ट्र माध्यमिक विद्यालयले परिकार बनाउन सिकाएको छ। बिद्यालयले व्यवहारिक शिक्षा दिनुका साथै उनीहरुलाई आत्मनिर्भर बन्न उत्पे्ररित गर्न महोत्सवको आयोजना गरेको जनायो। सैद्धान्तिक शिक्षालाई ब्यवहारमा उतार्ने उदेश्यले यहाँ ६ देखि १२ कक्षासम्म अध्ययरत बालबालिकाले खाद्य परिकार बनाएर महोत्सवको आयोजना गरेका हुन। उनीहरुले दैनिक जीवनमा उपयोगमा आउने घरयशी खाद्यान्न पकाएका छन् । यसरी बनाइएका…
स्याङ्जा ३ फागुन । पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा गरिएको निशुल्क आँखा शिविरमा झण्डै ४ हजारले आखाँ परिक्षण गरेका छन्। माघ १५ गतेदेखि सुरु भएको शिविर झण्डै २ सातासम्म संचालन गरिएको थियो । प्रत्येक दिन एउटा वडामा गरिएको आँखा शिविरबाट अधिकांश जेष्ठ तथा तथा महिलाहरुले लाभ लिएका थिए । चौध वटै वडामा पुगेको आँखाका प्राबिधिक सहितको टोलीले नगरका ३ हजार ९२८ जनाले परिक्षण गरेका छन् ।ती मध्ये १ सय ५३ जनामा मोतियाविन्दु देखिएकोे छ । मोतियाबिन्दु देखिएका सबैजनाको पुतलीबजार नगरपालिकामै निशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएकोे नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । नगरबासीलाई जिल्ला बाहिर गएर शल्यक्रिया…
स्याङ्जा २९ माघ । शीत भण्डारका सुन्तला कुहिएपछि प्रदेश र स्थानीय सरकारले चासो देखाएको छ । प्रदेश तथा स्थानीय सरकार लगायत सुन्तला किसान र सरोकारवालाले स्थलगत अध्ययन अवलोकन गरेका छन ्। पुतलीबजार नगरपालिका ११ जैसीडाँडामा स्थापित शीतभण्डारमा राखेको महिना दिनमै सुन्तला कुहिएपछि गण्डकी प्रदेश सरकार, सांसद लगायत सरोकारवालाको चासो बढेको हो । गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री सीता सुन्दास र कृषि, तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङ, सांसद सुधीरकुमार पौडेल, पुतलीबजार नगरप्रमुख तुलसीराम लगायतको टोलीले सुन्तलाका बारेमा जानकारी लिनु भएको छ । शीतभण्डारसम्म पुगेर जानकारी लिएपछि मन्त्री, सांसद, प्रमुखले सुन्तला किसान मार्कामा परेको जनाउदै राज्यले राहत उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।…
स्याङ्जा २९ माघ । पुतलीबजार नगर स्तरीय राष्ट्रपति कपको उपाधी त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयले हात पारेको छ। उपाधीसंगै बिद्यालयले रनिङ सिल्ड सहित बिभिन्न प्रतिस्पर्धाका पदक प्राप्त गरेको छ। पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा यही माघ २५ गतेदेखि पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन माविले २६ अंक सहित प्रथम भएको छ भने २५ अंक सहित ज्योती आवासिय मावि द्धित्तिय भएको छ। यसैगरी, पुतलीबजार नगरपालिका ६ स्थित हिमालयन मावि टक्सार २३ अंक सहित तृतीय भएको छ भने पुतलीबजार २ स्थित रोशनी आवासिय मावि १९ अंक सहित सान्त्वना भएको खेल प्रतियोगिता…