Author: Syangja Sandesh

स्याङ्जा ११ असोज । वालिङ् नगरपालिका १२ शिर्शेकोट स्थित कोखेमा तेस्रो कोखे महोत्सव हुने भएको छ। बिजयादशमीको दिन १९ गतेदेखि २४ गतेसम्म महोत्सव गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। ‘ग्रामिण पर्यटनको विकास राष्ट्र निर्माणको आधार’ भन्ने मुल नाराका साथ स्थानीय नवज्योति जनसेवा युवा क्लबले जनाएको छ। छ दिने महोत्सवमा स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै ग्रामिण पर्यटनको विकासका लागी महोत्सव गरिने भएको आयोजकको भनाई छ। स्थानीय कला, संस्कृति, खेलकूद र उत्पादनलाई बिशेष प्रर्दशन गरिने भएको छ। यसैगरी, ठुलो धनराशीको क्लब स्तरीय भलिबल प्रतियोगिता हुनेछ। त्यस्तै ३८ वर्षभन्दा माथिकालाई भेट्रान्स भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, मौलिक संस्कृति सोरठी, रेलीमै लगायतका प्रर्दशनीका…

Read More

स्याङ्जा १० असोज । आज (सोमबार) देखि २०७९ सालको बडा दशैं सुरु भएको छ ।बडा दशैंको पहिलो दिन आज घर(घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आरधना गरिन्छ ।आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्री भन्ने गरिन्छ । घटस्थापनाको शुभ साहित आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले जनाएको छ । सोही समयमा घरघरमा…

Read More

स्याङ्जा ९ असोज । ‘सर्वे भवन्तु सुखिन’ भन्ने नाराका साथ सूर्या लाइफ इन्स्योरेनस कम्पनी लिमिटेड शाखा कार्यालय स्याङ्जाले अभिकर्ता उत्प्रेरणा एवम पुर्नजागरण कार्यक्रम गरेको छ । कार्यक्रमको उदघाटन गर्दै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख मीनबहादुर जिसीले आजैदेखि बिमामा थोरै थोरै रकम संकलन गरेर भविष्यमा आफु र आफना सन्तानका लागि ठूलो गर्जो टार्ने माध्यम बनाउन सकिने बताउनुभयो ।सूर्या लाइफ इन्स्योरेन्सका बारेमा र अभिकर्ताले गर्नु पर्ने कामका बारेमा जानकारी बारेमा जानकारी गराउदै विमाको आवश्यकता, फाइदाका बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश एजेन्सी म्यानेजर सरला आचार्य, वरिष्ठ एजेन्सी म्यानेजर निर्मला बराल थापा, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य एवं…

Read More

स्याङ्जा ९ असोज । गोरु मारेर फरार एक व्यक्तिलाई प्रहरीले पोखरामा पक्राउ गरेको छ । आरोपित १३ महिना ५ दिनको कैद सजाए सुनाउपछि फरार थिए । स्याङ्जा जिल्ला अदालतको २०७८ अशोज गतेको फैसलाले गोरू मारेको मुद्धामा १ बर्ष १ महिना ५ दिन कैद तोकिई फरार अर्जुनचौपारी गाउँपालिका वडा नं. ०४ का ३१ को खेम परियार भन्ने ख्यामबहादुर दमैलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रविन्दप्रसाद खनालले जानकारी दिनुभयो ।

Read More

स्याङ्जा ८ असोज । लियो क्लव अफ वालिङ्द्धारा आयोजित वालिङमा शनिवार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री र महिलातर्फ पुष्पा गुरुङ् प्रथम हुनुभएको छ । यसैगरी, पुरुषतर्फ दाङका मनोज रोका मगर, स्याङ्जाका गीरप्रसाद गुरुङ र गिरमान श्रेष्ठ क्रमश ः दोश्रो र तेस्रो र चौथो भए।उनीहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार,४ हजार नगद सहित शिल्ड र मेडलपाउनु भएको छ । यस्तै महिला तर्फ दिपकला सार्की, ईन्द्रमाया खत्री दोश्रो र तेस्रो भए। उनीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार नगद सहित शिल्ड र मेडल पाउनु भएको हो । प्रतियोगितामा पुरुषतर्फ पाँचौ स्थानमा कर्णबहादुर खड्का, छैटौँमा फनबहादुर रोका…

Read More

स्याङ्जा ७ असोज । विश्व रेबिज दिवसको अवसरमा वालिङ्मा बिहीवारदेखि रेबिज सप्ताह–२०७९ सुरु भएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २८ तारिख मनाईने रेविज दिवस ‘एक स्वास्थ्यको अवलम्वन, रेबिजबाट शुन्य निधन’ भन्ने नाराका साथ रेबिज सप्ताह–२०७९ मनाउन शुरु भएको हो । यसअघि पशुचौपायमा रेबिज देखिए पछि सतर्कता अपनाउदै आएको वालिङ नगपालिकाले कुकुरमा रेबिज बिरुद्ध खोप लगाउने अभियान शुरु गरेको छ । गएको बर्ष बाख्रा र बाच्छो रेबिजका कारण मरेका थिए भने अन्य ८ पशुमा समेत यसको लक्षण देखिएको थियो । रेबिजको संका लागे पछि परिक्षण गर्दा दुई पशुमा रेबिज पुष्टी भएको पशुविकास अधिकृत डाक्टर बसन्त अधिकारीले जानकारी दिनुभयो । वालिङ नगरपालिकाले…

Read More

स्याङ्जा ६ असोज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ। दुघ तथा दुधजन्य पदार्थको उत्पादन बढाउने उदेश्यले उन्नत जातका गाईंभैसीं पाल्ने किसानलाई प्रोत्साहन स्वरुप सरकारले यस्ता अभियान संचालन गरेको कार्यालय प्रमुख डा. इन्द्रबहादुर भट्टले जानकारी दिनुभयो । किसानले पशु विमा गरेका लगायत आवश्यक प्रमाण पेशगरेपछि कार्यालयले सो रकम उपलब्ध गराउँछ। चालु आर्थिक बर्षको असार १५ गतेसम्म किसानले आफना मागदावी गर्न सक्नेछन्। एक पटक लिएका किसानले भने २ बर्षसम्म लिन नपाउने प्रावधान छ। यसबर्ष १५ लाख रुपैंया बिनियोजन भएको र एक सय…

Read More

स्याङ्जा ४ असोज । स्याङ्जाका कांग्रेसजनले स्याङ्जामा चुनावी गठबन्धन आवश्यक नरहेको जनाएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्याङ्जामा गठबन्धन गर्न आवश्यक नरहेको यहाँका जिल्ला नेताहरुको भनाई हो । नेपाली जनताको संघारमै आइपुगेको निर्वाचनमा कांग्रेसले जिल्लामा एक्लै प्रतिस्र्धा गर्न सक्षम रहेको जनाएको छ । गठबन्धन बाहेकका दलहरु गृहकार्यमा जुटीसकेको अवस्थामा नेपाली कांग्रेस स्याङ्जाले भने जिल्लामा गठबन्धन नगर्न नेतृत्वपंक्तिलाई सुझाव दिदै आएको जनाएको छ । कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्छन्, ‘दश प्रतिशत पनि जनमत नभएको जिल्लामा गठबन्धन नगरियोस्। जिल्लागत मिलाउदा (माओवादी र समाजवादी)का बलियो प्रभाव रहेको अरु जिल्लामा मिलाउदा हुन्छ। तर, यहाँ गठबन्धन बिना नै कांग्रेस बलियो छ।’ प्रतिनिधिसभाका २…

Read More

काठमाडौं ३ असोज । त्रिकोण डेनमार्क एवं आस्क नेपालको साझेदारीमा स्याङ्जा र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भेरहेको एकिकृत ग्रामीण सहयोग कार्यक्रम अन्तरगत डेनमार्कबाट प्राप्त अत्यावस्यक स्वास्थ्य सामाग्री जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरिएको छ । सामाग्री हस्तान्तरण गर्दै स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धता शर्मा,मेडिकल सुपरिटेन्डेन डा रमेश आचार्य, आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्माले अस्पतालका लागि उपयोगी स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा त्रिकोण डेनमार्क र आस्क नेपाललाई धन्यवाद दिनुभयो । उहाहरुले प्राप्त स्वास्थ्यजन्य सामाग्रीको सहि सदुपयोग हुने बताउनुभयो । डेनिस नागरिक क्रिष्टियन क्रुस साथै डेनिस स्वास्थ्यकर्मी ब्रिगिट क्रुस र एनिट वेरवर्गको बिशेस सकृयतामा त्रिकोण डेनमार्कबाट प्राप्त भएका वाल्कर बुट, स्प्रिङ हेन्ड सेट,…

Read More

काठमाडौं ३ असोज । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज सोमबार एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा। नारायण खड्का बेलायत पुग्नुभएको छ । अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति…

Read More

स्याङ्जा ३ असोज । बिभिन्न कारणबाट रोजगारी गुमाएका र नयाँ व्यशाय शुरु गर्न चाहानेवालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यवशाय शुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ सञ्चालनमा रहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत’ कृषक तथा नवउद्यमीलाई स्टार्टअपका रुपमा नगद अनुदान प्रदान गरिएको हो । उद्यमशिलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० जनालाई जनही रु २५…

Read More

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा आइतवार यहाँ आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा बिबिध कार्यक्रमगरी मनाइएको छ ।

Read More

स्याङ्जा १ असोज । ज्याग्दीखोला साहित्य प्रतिष्ठानले स्याङ्जा यसबर्ष ३ साहित्यकारलाई सम्म्मान गर्ने भएको छ। साहित्यिक क्षेत्रमा योगदान पु¥याएको भन्दै यसबर्ष साहित्यकारहरु क्रमश ः डा. कृष्णराज अधिकारी, पिताम्बर नेपाली र चिन्तु गिरीलाई सम्मान गरिने भएको हो। ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’– २०७९ बाट अघिकारीलाई सम्मान गरिने भएको छ। प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालद्वारा आफ्ना मातापिताका नाममा सो पुरस्कार स्थापना गर्नुभएको हो । विगत ४ दशकदेखि साहित्यिक क्षेत्रमा कार्यरत अधिकारी कास्कीको पोखरामा जन्मेर उहीं ने साहित्यिक क्षेत्रमा सेवारत छन्। प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित अधिकारीका समालोचना, कविता, कथा, निबन्ध लगायतका विधामा कृतिहरु प्रकाशित छन्। उनका ‘स्मृतिका बिम्बहरू’ (नियात्रा, २०६३), ‘महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य’ (समालोचना,…

Read More

स्याङ्जा ३१ भदौ । मुक्तिनाथ विकास बैंक फेदीखोला शाखाले आयोजना गरेको वित्तीय साक्षरतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास गर्न महिलाहरुलाई आग्रह गर्नुभएको छ । उहाले मान्छेले कमाएर मात्रै नभएर बचत गर्ने बानीको विकास भएमात्रै धनी बन्न सकिने बिचार व्यक्त गर्नुभयो । मानिसमा आधुनिकतासँगै दैनिक खर्चको दर बढेको बताउँदै बैंक प्रमुख पोखरेलले खर्चको दर बढ्दै गएपनि त्यसलाई नियन्त्रण गरेर बचत गर्ने बानीको विकास गर्नुको विकल्प नरहेको सुनाउनुभयो । फजुल खर्चलाई नियन्त्रण गर्दै बचत गर्ने बानीको विकास गरेमात्रै आर्थिक प्रगति हुने पोखरेलको भनाई थियो । लद्युवित्त क्षेत्रमा बैंकले चर्को ब्याज लिने गुनासो आईरहेको प्रति…

Read More