स्याङ्जा २५ असोज । स्याङ्जाको संघिय क्षेत्र नं १ मा तेस्रो पटक पनि कांग्रेसका राजु थापा र एमालेका नारायण मरासिनीले उम्मेदवार हुने मौका पाउनु भएको छ । मंसिर ४ को निर्वाचन अन्र्तगत प्रतिनिधीसभा सदस्य चयनका लागि थापा र मरासिनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।नेपाली कांग्रेसतर्फका उम्मेदवार थापा र नेकपा एमालेतर्फका नारायणप्रसाद मरासिनी बिचको प्रतिस्पर्धा यो निरन्तर तेस्रो पटकको हो। उनीहरु २०७० सालमा भएको संबिधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघिय निर्वाचन र हालकोगरी तेस्रो पटक निरन्तर आमने सामने भएका हुन्। दोश्रो पटक २०७० मा सम्पन संबिधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा बिजयी हुनुभएको थियो । थापाले झण्डै २ दशकपछि कांग्रेसलाई विजयी गराउन…
Author: Syangja Sandesh
स्याङ्जा २३ असोज । ‘आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताका काम आइतवार ५ बजेपछि सकिएको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरुले स्याङ्जा र वालिङमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो पार्टीकोतर्फबाट उम्मेदवारी दर्ता गरिएका हुन । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा संघबाट नेपाली काग्रेसका राजु थापा, नेकपा एमालेका नारायण मरासिनी, नेकपा एकिकृत समाजबादीका बिष्णु गिरी, राप्रपाका खेम बहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरी नेपाल, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओम बहादुर थापा, हाम्रो नेपाली पार्टीका सोम बहादुर नेपली, नेका…
स्याङ्जा २३ असोज । ‘पोष्ट फर प्लानेट’ भन्ने मुल नाराका साथ आइतवार विश्व हुलाक दिवस स्याङ्जामा पनि बिबिध कार्यक्रमगरी मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बिगतदेखि हालसम्म हुलाकको विश्वसनीयता कायम रहेको बताउदै आउदा दिनहरुका हुलाकका सेवालाई समयानुकुलन बनाउनु पर्नेमा जोड दिनुभयो । संचार र प्रबिधिका कारण केही ओझेलमा परे पनि हुलाक सेवाका कामलाई बजारीकरण गर्न र थप जिम्मेवारी दिनुपर्नेमा उहाको भनाई छ। प्छिल्ला दिनमा हुलाक सेवाप्रतिको विश्वसनियता र सस्तो सर्वसुलभ रहेको उहाले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, हुलाक कार्यालयका नायब सुब्बा रमेशराज ढकाल लगायतले शुभकामना मन्तब्य सहित बिगतमा…
काठमाण्डौं २१ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेको छ । राजनीतिक दलहरुको दवाव थेग्न नसकेपछि आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न खुला गरेको हो । आयोगले शुक्रवार निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो । आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्री र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेदवार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो । यो व्यवस्थाका कारण सत्तामा रहेका प्रभावशाली नेताहरु केवल आफू उम्मेदवार भएको क्षेत्रमा मात्रै सीमित हुन पथ्र्यो । आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले समेत विरोध गरेका थिए । दलहरुको विरोधपछि आयोगले आचारसंहिता…
काठमाण्डौं २१ असोज । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै आर्थिक वर्ष २०२२र०२३ मा ५ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको हो । त्यस्तै, बैंकले आगामी वर्ष २०२३र०२४ मा भने नेपालले ४ दशमलव ९ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । यो एशियाली विकास बैंक ९एडीबी० ले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा केही बढी हो । एडीबीले यो वर्ष ४ दशमलव ७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको थियो । सरकारले भने बजेटमार्फत चालू आर्थिक वर्ष ८ प्रतिशत…
स्याङ्जा २१ असोज । बिगत ३ दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो जाँदा वालिङ्का ५ वटा पक्की घरहरु उच्च जोखिममा छन्। नगरपालिका १३ बायाँटारी स्थित ठुलाखेतका ५ घर जोखिममा परेका हुन्। पदमबहादुर सारु, रामबहादुर सार्की, इन्द्रबहादुर सार्की, धनबहादुर डाला मगर र पृथ्वीलाला गुरुङ्का घरको आँगनमै पहिरो गएको छ। पक्की र सुबिधा सम्पन्न ती घरहरु दुईदेखि ३ तलाका छन्। वर्षासंगै ती घरका पिढीं, टेवापर्खाल ढल्नुका साथै आँगनबाटै पहिरो झर्दा स्थानीय त्रसित छन्। उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ। घरभित्रका सरसामान सहित अन्यत्र सारिएका छन्। केही आफन्तको घरमा पुगेका छन् भने केही परिवारलाई समाज घरमा राखिएको प्रहरीले जनाएको छ। जोखिम कम गर्न तत्कालका लागि…
स्याङ्जा १७ असोज । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म संस्कार सम्बन्धी एक हप्ते प्राथमिक शिक्षा एवं अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै संघिय सांसद नारायणप्रसाद मरासीनीले सवैका हितका पक्षमा काम गर्नु नै धर्म भएको बताउनुुभयो । उहाले परापूर्वकालदेखि मनाउदै आएका हाम्रा धर्म संस्कृतिको रक्षा गर्नु हाम्रो कर्तब्य र धर्म दुबै भएकोमा जोड दिनुभयो । कार्यक्रममा विश्व हिन्दु स्वयंसेवक संघ राष्ट्रिय सहसंघ चालक कल्याण तिमिल्सिनाले नेपाल हिजो पनि हिन्दु राष्ट्र थियो र आज र भोली पनि हिन्दु राष्ट्र नै रहने बताउनुभयो । उहाले सनातन धर्मलाई संबिधानले समेत ग्रहण गरेको जनाउनुभयो । विश्व हिन्दु स्यवंसेवक संघ…
स्याङ्जा १६ असोज । पुतलीबजार नगरपालिकाका विपन्न तथा लोपोन्मुख जातीको स्वास्थ्यमा पहुँच बढाउने उदेश्यले नगरपालिकाले उनीहरुलाई निशुल्क स्वास्थ्य विमाको अभियान सुरु गरेको छ । नगरभित्रका लोपोन्मुख तथा अल्पसंख्यक समुदायले बार्षिक एक लाख रुपैंया बराबरको निशुल्क स्वास्थ्य बिमाको सुबिधा पाउने भएका छन् । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले शनिवार वडा नं. ३ स्थित कुमाल गाउँमा कुमाल समुदायलाई स्वास्थ्य बिमाको कार्ड प्रदान गर्दै नगरपालिकाले निशुल्क स्वास्थ्य विमाको ब्यवस्था गरेको जानकारी दिनुभयो । ‘विपन्न तथा लोपोन्मुख अवस्थामा रहेका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गर्ने उदेश्यले निशुल्क स्वास्थ्य विमा अभियान संचालनमा ल्याएका हौं।’ प्रमुख रेग्मीले भन्नुभयोे, ‘कार्डलाई सुरक्षित राख्नुहोस्, नगरपालिकाले दिएको सुबिधालाई सदुपयोग गर्नुहोस्। यसअघि, बार्षिक…
स्याङ्जा १४ असोज । स्याङजाका पत्रकार प्रकाश डुम्रे अन्र्तराष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भएको छ । अन्तर्राष्ट्रिय मिडिया फोरम तथा सञ्जाल रहेको सिजन मिडिया हाउस द्वारा अकला आवाज मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक प्रकाश डुम्रेलाई (ASIAN PROFESSIONAL ACHIEVEMENT AWARD 2022) द्वारा (dynamic journalist of the year) बाट सम्मानित गरिएको छ । आयोजना गरिएको कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य समेत रहेका डुम्रेलाई बर-दुवहीमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । विगत १९ बर्ष यता निरन्तर पत्रकारितामा सक्रिय डुम्रेलाई जोखिम पत्रकारिता पुरस्कार मार्फत अन्तर्राष्ट्रिय डायनमिक पत्रकारिता अवार्ड प्रदान गरिएको हो । डुम्रेले हालसम्म निरन्तर सत्ता र सरकार बाहिर रही व्यवस्थापिका,न्यायपालिका र कार्यपालिका भित्रका विकृति…
स्याङजा १४ असोज । मंसिर ४ मा हुने निर्वाचनका लागि म्यादी प्रहरीमा २० देखि ३० बर्ष उमेर समूहका युवाको लर्को देखिएको छ। यसरी आउनेमा अधिकांश बेरोजगार युवायुवतीको संख्या छ। प्रहरीले म्यादी प्रहरीका लागि भर्ना खुलाएसंगै अन्य समूहभन्दा युवा पिढीं तेब्बरले बढी देखिएको छ। म्यादी प्रहरी बन्नका लागि २० देखि ५४ बर्ष उमेर, साधारण लेखपढ गर्न सक्ने, नेपाली नागरिक लगायत अन्य केही मापदण्ड तोकिएका छन्। आसन्न प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा १ हजार ८ सय ७६ जनाले म्यादी प्रहरी बन्ने आकांक्षा सहित फर्म भरेका छन्। ती मध्ये २० देखि ३० बर्ष उमेर समूहका १ हजार ४५८ जना युवा छन्। फर्म…
स्याङ्जा १३ असोज । दशैंको मुखैमा टोलबाटै भत्ता पाउँदा यहाँका अशक्त, अपांग र बृद्ध नागरिक खुशी देखिएका छन्। नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारर नगरपालिका वडा नं. १३ का ११५ जना असक्त र अपांगलाई सामाजिक सुरक्षा भत्ता वापतको सो रकम टोलबाट प्रदान गरेपछि उनीहरु खुशी देखिएका हुन। ‘निर्वाचनका बेला बोलेका कुरालाई क्रमशः ब्यवहारमा लागु गर्दे आएको छु।’ रकम प्रदान गर्दे नगरप्रमुख रेग्मीले भन्नुभयोे, ‘जसका कारण सदरमुकाम तथा बयरघारीमा पुगेर भत्ता लिनु पर्ने वाध्यता हटेको छ।’पछिल्ला दिनमा घरघरमा पुगेर बितरण गर्नेछौं प्रमुखले भने। यसअघि वडाबासी भत्ताका लागि सदरमुकाम तथा बयरघारी शाखामा जानु पर्ने वाध्यता थियो। तर, भत्ता पाउने अन्य भने अभै पनि गरिमा…
स्याङ्जा १३ असोज । ‘मुटुलाई माया गरौं’ भन्ने नाराका साथ नेपाल ह्दयरोग निवारण प्रतिष्ठान स्याङ्जा शाखाले बिहीवार विश्व मुटु दिवस मनाएको छ। मुटुलाई कसरी स्वस्थ्य राख्ने भन्ने बारेमा प्रशिक्षण सहित अस्पतालमा उपचाररत बिरामीलाई जुस बितरण गरेर मुटु दिवस मनाइएको हो। दिवसको अवसरमा बोल्दै जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले सबैभन्दा महत्वपूर्ण अंगका रुपमा रहेको मुटुको संरक्षणका लागि स्वच्छ र स्वस्थय खानपान, शारिरिक ब्यायाम, आराम आवश्यक रहने तथा मद्यपान र तनावपुर्ण जीवन शैलीबाट टाढा रहनु पर्ने बताउनुभयो । मुटु रहेसम्म जीवन रहने हुदाँ मुटुलाई माया र संरक्षण गर्नु पर्छ, डा. आचार्यले भने ‘मस्तिष्क बिग्रे पनि मुटुले काम गरिरहने हुदाँ…
काठमाण्डौं १२ असोज । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले हिजोरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन । यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउने छन् । स्थानीय तहका कार्यपालिकाका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । उनीहरुले कुनै पनि दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेदवार भएको अवस्था बाहेक अन्यत्र…
स्याङ्जा १२ असोज । आज (बुधवार) विश्व रेविज दिवस स्याङ्जामा पनि मनाइएको छ । एक स्वास्थ्यको कार्यान्वयन ः रेबिजबाट सुन्य निधन भन्ने मुल नाराका साथ आज विश्व रेविज दिवस मनाइएको हो । दिवस संगसंगै हाल बढ्दो अवस्थामा रहेको डेंगी रोगका बारेमा समेत सचेतना कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा आयोजित कार्यक्रमको उदघाटन गर्दे निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले रेबिजबाट बच्न र बचाउने आफु मात्र सचेत भएर नपुग्ने जनाउदै आफु लगायत समाज र आफु कार्यरत क्षेत्रमा समेत सचेतीकरण गर्नु पर्ने बताउनुभयो । संक्रमित पशु तथा ब्यक्तिबाट सर्ने हुँदा दुबै रोगका रोकथामका लागि स्वास्थ्य, सरसफाई लगायतका बिषयमा बिशेष ध्यान दिन…
स्याङ्जा १२ असोज । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म संस्कार सम्बन्धी एक हप्ते प्रशिक्षण प्राथमिक शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले विश्वकै सबैभन्दा पुरानो धर्म संस्कार आजसम्म पनि उत्तीकै महत्वपूर्ण रहेको बताउनुभयो । संस्कार, संस्कृती र आचारणमा शुद्धता बनाउनका लागि आजकल पश्चिमा राष्ट्रले पनि हिन्दु धर्मलाई पछ्याउदै आएको जनाउनुभयो । कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद नेपाल राष्ट्रिय संगठनका सचिव नारायणप्रसाद ढकाल, नगर संचालक मुक्तिप्रसाद आर्याल, समाजसेवी देवेन्द्रप्रसाद गुरुङ् लगायतले हिन्दु धर्म र संस्कारका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाका अध्यक्ष यदुनन्दन अर्यालको अध्यक्षतामा…