प्रकाश डोटेलस्याङ्जा, ६ कार्तिक । स्याङ्जा सदरमुकाममा एक दिने कृषि बालि शिविर सम्पन्न भएको छ । स्थानीय रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मुक्तिनाथ कृषि कम्पनीको सहयोग र मुक्तिनाथ विकास बैंकको प्रबद्र्धनमा शिविर सम्पन्न भएको हो । कृषकहरुलाई नर्सरी व्यवस्थापना, नगदे बालिमा लाग्ने रोग र कृषिमा अबलम्बन गर्नुपर्ने प्राविधिक ज्ञान प्रदान गर्न शिविर आयोजना गरिएको हो । पर्यावरण परिर्वतनसँगै देखिएकान कृषकका समस्या समाधान गर्न शिविर फलदायी बनेको कृषकहरुले बताएका छन् । बालि शिविरमा कृषकहरुले लगाएको कृषिजन्य बस्तुमा देखिएका समस्या र रोग नियन्त्रण तथा समाधानका बारेमा मुक्तिनाथ कृषि कम्पनीका वरिष्ठ किठ विज्ञ विजय सापकोटाले सहजीकरण गर्नुभएको थियो । शिविरमा…
Author: Syangja Sandesh
स्याङ्जा, ३ कात्तिक । नवौं राष्ट्रिय महिला फूटबल उपाधी एपीएफ क्लबले जितेको छ। वालिङ् खेलमैदानमा भएको फाईनलमा एपीएफले पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो । खेलको १० औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्नुभयो । खेलको दोस्रो हाफको ५२ मिनेटमा पुन सावित्राले नै दोस्रो गोल गर्नुभयो । यस्तै खेलको ७६ औँ मिनेटमा पुलिसकी नीरु थापाले एक गोल गर्नुभयो। प्रतियोगिता अन्तर्गत तेस्रो उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ। आर्मी र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धामा ७–० गोल अन्तरले आर्मी विजयी भएको हो । आर्मीका हीमा चौधारी, अमिसा कार्की, चन्द्रा भण्डारी, गंगा गुरुङ, कुसुम खतिवडाले गोल…
स्याङ्जा २ कात्तिक । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत वालिङमा संचालित राष्ट्रिय महिला फुटवल प्रतियोगिताको सेमिफाइनल खेल पुरा भएको छ। मंगलबार सम्पन्न सेमीफाइनलका खेलबाट नेपाल पुलिस क्लब र एपीएफ क्लब फाइनल पुगेका हुन। फाइनल खेल कात्तिक ३ गते हुने भएको छ। सेमिफाइनलमा पुलिसले — प्रदेश १ र एपीएफले — त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।प्रतियोगिताको पहिलो खेलमा पुलिसले प्रदेश १ लाई ०— ३ गोलको अन्तर सहित फाइनलको यात्रा तय ग¥यो। पुलिसका रेखा पौडेल, निर्मला विक र निर्मला उपाध्यायले एक÷एक गोलको योगदान गर्न सफल रहे। यसैगरी, दोस्रो खेलमा एपीएफले आर्मीलाई ०—१ गोल गर्दै फाइनलमा पुगेको हो । मध्यान्तर पछिको…
स्याङ्जा २ कात्तिक । नेपाल विद्यार्थी सङ्घ स्याङ्जाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यान दिदै बिद्यार्थीको भेला एवं प्रशिक्षण सम्पन्न गरेको छ । भेलामा बोल्दै नेपाली काङ्ग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले नेपाल विद्यार्थी सङ्घ नेपाली काङ्ग्रेसको धरोधर भएको बताउदै सम्पूर्ण बिद्यार्थी एकजुट भई नेपाली कग्रेसलाई विजयी गराउने अभियानमा जुट्न आग्रह गर्नुभयो । बिभिन्न राजनीतिक परिवर्तनमा बिद्यार्थीको महत्वपूर्ण योगदान रहेको बताउदै बिद्यार्थी बिनाको राजनीतिले पूर्णता नपाउने उहाले बताउनुभयो । कार्यक्रममा प्रदेश ख का उम्मेदवार बुद्धिबहादुर राना (कुमार) , समानुपातिकतर्फका उम्मेदवार डोलबहादुर खड्का र देवेन्द्र गुरुङ, महासमिति सदस्य गोविन्दबहादुर रानाभाट, कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल, नेपाली बिद्यार्थी संघका जिल्ला अध्यक्ष…
स्याङ्जा १ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक बाम गठबन्धनले मंगलवार पुतलीबजार नगरपालिका १ चौकीमा मा सम्पर्क कार्यालय स्थापना गरेको छ । पुतलीबजार नगरपालिका अन्र्तगत चुनावी प्रचारप्रसार एवं सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालयको उदघाटन गर्दे पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीले दुई तिहाइको मत पाउदा तत्कालिन प्रधानमन्त्री केपी ओलीले सम्हाल्न नसकेको हुदाँ संबिधानको रक्षा र देशको विकासका लागि लोकतान्त्रिक बामगठबन्धनलनाई मत दिएर विजयी गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका सभापति एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु थापाले समग्र स्याङ्जाको विकासका लागि दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले ब्यवस्थित सिद्धार्थ राजमार्ग,…
काठमाण्डौ ३१ असोज । सांस्कृतिक धरोहरको १ सय ३ वर्ष ५ महिना उमेरमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको छ। डेंगु संक्रमणका कारण केही दिनदेखि आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो। पिसाबमा संक्रमणसमेत देखिएका उनी मुटु र फोक्सोका दीर्घरोगी थिए। उनको निधनले नेपाली वाङ्मय जगत्मा अपूरणीय क्षति पुगेको छ। बिभिन्न रोग तथा पछिल्लो समय डेंगुका संक्रमणका कारण उपचारका क्रममा उनको हिजो बिहान अस्पतालमै निधन भएको हो । उहाँको पार्थिव शरीर किस्ट अस्पताल लगिएको छ । ललितपुर महानगरपालिकाको प्राङ्गणमा श्रद्धाञ्जली दिन राखिएको जोशीको पार्थिव शरीर अध्ययनका लागि किस्ट अस्पतालमा राखिने भएको छ ।…
स्याङ्जा ३१ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिबिध कार्यक्रमगरी ६७ औं प्रहरी दिवस मनाएको छ। ‘समाज हाम्रो पुण्य भूमि सेवा हाम्रो धर्म, राष्ट्रसेवक प्रहरी हौं बुझ्छौं सवको मर्म भन्ने मूल नाराका साथ खेलकूद सहित बिबिध कार्यक्रमगरी मनाएको हो। दिवसको उदघाटन गर्दे प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले अप्ठ्यारो र असहज अवस्थामा प्रहरीको साथको आवश्यकता बढी देखिएको बताउनुभयो। बिगतमा प्रहरीलाई टाढा राख्ने गरिएता पनि अहिले आफनो नजिकै प्रहरी राख्न चाहना राख्नु भनेको प्रहरी प्रतिको विश्वसनियता बढेको बताउनुभयो। आसन्न निर्वाचन नजिकिदै गर्दा प्रहरी तथा सुरक्षाकर्मीको परिक्षाको घडी सुरुवात भएको बताउनुभयो । प्रहरी सहित सुरक्षाकर्मीलाई निर्देशन दिदै उहाले निर्वाचनलाई शान्त र भयरहित वातावरणमा…
स्याङ्जा ३० असोज । तिहार नजिकिदै गर्दा कालीगण्डकी गाउँपालिका भने सयपत्रीमय बनेको छ। गतबर्षदेखि सयपत्री फूल रोप्दै आएको पालिकाले यसबर्ष भने ५० रोपनी जग्गामा कर्मा ५५५ जातको सयपत्री फुलखेती गरेर झनै शौन्दर्यता बढाएको छ। पालिकालाई सयपत्रीको फूल माफर्त ब्यावसायिकता एवं पहिचान दिलाउने उदेश्यले गाउँपालिकाले गतवर्ष पालिकाले नै फूल खेती सुरु गरेको हो। अघिल्लो बर्ष पहिलो पटकमै फूलबाटै राम्रो उत्पादन भएपछि यसवर्ष यहाँका किसानलाई थप अनुदान दिएर फूलखेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । उनका अनुसार ‘गतबर्ष फूलखेतीबाटै झण्डै ८ लाख रुपैंया आम्दानी भएको थियो।’ गतबर्ष १५ रोपनी जग्गामा ड्रागन फ्रुटसंगै फूल खेती गरिएको थियो।यसबर्ष गाउँपालिकाले १५ र…
स्याङ्जा ३० असोज । शिवकुमार स्मृति प्रतिष्ठानबाट यसबर्ष ३ जना सामाजिक ब्यक्तित्वलाई सम्मान गरिएको छ। स्याङ्जा साहित्य प्रतिष्ठान, राङ्खोला लक्ष्मी स्मृति पुस्तकालय तथा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानद्धारा आयोजित लोकसाहित्य सङगोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा पुतलीबजार नगरपालिका ८ का देवबहादुर सिंह ठकुरी, फेदिखोला गाउँपालिकाका तारापति सुवेदी र त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक एवं कास्की निवासी सहप्राध्यापक पूर्णप्रसाद अधिकारी हुनुहुन्छ । सिंह र सुवेदीलाई प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अधिकारीलाई साहित्य र सृजनामा उल्लेखनीय योगदान पुरयाएको भन्दै सम्मान गरिएको हो। उनीहरु सबैलाई दोसल्ला, माला, प्रमाणपत्र र जनही २०÷२० हजार नगद सहित सम्मान गरिएको शिवकुमार…
स्याङ्जा २९ असोज । आसन्न आम निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन तरुण परिचालन गर्ने सम्बन्धमा तरुण दल स्याङ्जाले क्षेत्र नं. १ मा तरुण भेला सम्पन्न गरेको छ । भेलाको उदघाटन गर्दै नेपाली कांग्रेसका सभापति एवं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले लोकतान्त्रिक बाम गठबन्धन आज र समृद्ध मुलुक निर्माणका लागि समेत आवश्यक रहेको बताउदै निर्वाचनमा बिजयी गराउनेगरी आजैदेखि जुट्न आग्रह गर्नुभयो । नेपाली कांग्रेस र नेकपा माओवादीबीच बिगतदेखि नै साझेदारी हुदै आएको बताउदै संबिधानको रक्षार्थ र केपी ओलीका तानाशाही प्रवृद्धीको अन्त्यका लागि लोकतान्त्रिक बाम गठबन्धन आवश्यक रहेकोमा जोड दिनुभयो । परिवर्तनका संवाहक कांग्रेस र माओवादी भएको ठोकुवा…
स्याङ्जा २८ असोज । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण तवरमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले व्यक्तिसँग भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ। इजाजत प्राप्त हातहतियारहरु आउँदो कात्तिक ६ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन प्रशासनको अल्टिमेटम छ।बिशेष सूचना जारी गर्दै प्रशासनले आउँदो मङ्सिर ४ गतेका दिन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचलनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि ब्यक्तिसंग भएका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएपछि फिर्ता लैजान सकिने जनाएको छ। स्याङ्जामा २ संघ सहित ४…
स्याङ्जा २८ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै स्याङजाको क्षेत्र नं. १ अन्र्तगत (ख) प्रदेशको संयुक्त निर्वाचन परिचालन तथा प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेपाली कांग्रेस लोकतान्त्रिक बामगठबन्धले पुतलीबजार नगरपालिका वडा नं. ४ मा ख प्रदेशको सम्पर्क कार्यालय स्थापना गरेको हो । नेपाली कांग्रेसका सभापति एवं निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजु थापाले कार्यालय उदघाटन गर्नुभएको थियो । उदघाटन गर्दै उहाले २०७० सालमा स्याङ्जाबासीका मतले लोकतान्त्रिक संबिधान बनाउन सफल रहेको बताउदै अवको उदेश्य आवश्यकता अनुरुप समग्र स्याङ्जाको विकासमा समर्पित हुने बताउनुभयो । यसेैगरी, प्रदेश (ख) का उम्मेदवार बुद्धिबहादुर राना…
स्याङ्जा २६ असोज । स्याङ्जाको निर्वाचन क्षेत्र नं. १ वाट २ स्वतन्त्र सहित ६ जनाले आ आफना उम्मेदवारी फिर्ता लिएका छन्। फिर्ता लिनेमा नेपाली कांग्रेसतर्फका २ जना र नेकपा एकिकृत समाजवादीका २ जना छन्। प्रतिनिधिसभा १ तथा प्रदेशसभा (क र ख) का ६ जना उम्मेदवारले तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिएका हुन्।फिर्ता लिनेमा प्रतिनिधिसभाका ३ जना र प्रदेशसभा (क) का एक जना र (ख) का २ जनाले उम्मेदवारी फिर्ता लिएका हुन। नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य समेत रहेका रानाभाटले प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका उहाले बुधवार अन्तिम समयमा आफनो उम्मेदवारी फिर्ता गरेको जनाउनुभयो । यसैगरी, नेकपा एकिकृत समाजवादीका…
स्याङ्जा २६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चयनको निर्वाचनमा केन्द्रमा हैकम राख्ने २ नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। स्याङ्जाको क्षेत्र नं. २ बाट केन्द्रिय उपसभापति र केन्द्रिय सचिवबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। केन्द्रमा समेत बलियो पहुँच रहेका दुबैको चुनावी प्रतिस्पर्धा गृहजिल्ला स्याङ्जामा देखिने भएको छ। नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सचिव पद्मा अर्याल बीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। यि दुईबीच चुनावी प्रतिस्पर्धा निकै रोचक हुने बताइएको छ। गुरुङ् पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्। यसअघि उहा २ पटकसम्म समानुपातिकतर्फबाट संसद बनिसक्नुभएको छ । अर्याल भने २०७४ सालमा निर्वाचित सांसद हो ।…
स्याङ्जा २५ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण गरिएको वालिङ्को खेलमैदान निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताका दिन नजिकिदै गर्दा निर्माण कार्यलाई तिव्र पारिएको छ। गण्डकी प्रदेशको पोखरामा हुने प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला फुटबल प्रतियोगिता भने वालिङमा गरिने भएको हो। असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा प्रतियोगिता हुनेभएको छ। खेलमैदान सम्याएर दुवो विछ्याउने काम अन्तिम चरणमा पुगेको छ। आज (मंगलबार) साँझसम्ममा बिछ्याउने काम पुरा हुने पनि नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो। दैनिक सयदेखि २ सयजनाले श्रमदान गर्दै निर्माणकार्यमा जुटेका छन्।खेलमैदान चक्लाउनेदेखि दुवो छ्यिाउनेसम्मका काममा प्रमुख खाँण सहित, जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी, खेलप्रेमी युवायुवती, सशस्त्र, प्रहरी लगायतको…