स्याङ्जा १८ कात्तिक ।आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधिसभातर्फ ५८ जिल्ला महिला उम्मेदवारविहीन छन्। निर्वाचन आयोगका अनुसार ५८ जिल्लाका ६१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु महिला उम्मेदवारविहीन भएका हुन्। नेपालको संविधानले कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ । निर्वाचनका लागि प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्रमा दलीय र स्वतन्त्र गरी २ हजार ४१२ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सदस्यका लागि सबैभन्दा बढी नेकपा एमालेले १४१ सिटमा उम्मेदवार खडा गरेको छ। ११ दलले एकमात्र सिटमा उम्मेदवारी दिएका छन् भने विभिन्न निर्वाचन क्षेत्रमा गरी ८६७ जना स्वतन्त्र उम्मेदवार छन्। निर्वाचन आयोगले कुनै पनि महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र सार्वजनिक…
Author: Syangja Sandesh
स्याङ्जा १७ कात्तिक । स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनलाई महत्वका साथ हेरिएको छ। यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ। दुबै हेभी वेयटका उम्मेदवार आ आफना चुनावी एजेण्डा बिकाउनमा ब्यक्त छन्। हुन पनि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ र नेकपा एमालेका केन्द्रिय सचिव पदमा अर्यालबीचको प्रतिस्पर्धा निकै रोचक हुने भएको छ। गुरुङ् पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठ्नु भएको हो । यसअघि उहा समानुपातिकतर्फका उम्मेदवार हुनुहुन्थ्यो । तर, अर्याल भने अघिल्लो पटकको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य र मन्त्री पनि बनिसक्नुभएको छ । कांग्रेसका उम्मेदवार गुरुङ्ले स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग भएको बताउनुभएको छ ।…
स्याङ्जा १७ कात्तिक । बदर मत हुन नदिने उदेश्यले पुतलीबजारमा नमूना मतदान अभ्यास गरिएको छ। स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएपछि कार्यालयले यसपटक मतदाता शिक्षा लगायत मतदान अभ्यासलाई बढी जोड दिएको छ। निर्वाचन आउन अब १७ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बिहीवार नमूना मतदान अभ्यास गरेको हो।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सदर मत बनाउने र मतदान गर्ने प्रक्रियाका बारेमा जानकारी दिने उदेश्यले नमूना मतदान अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले जानकारी दिनुभयो । नमूना मतदान अभ्यासमा नगरपालिकाका कर्मचारी, स्वास्थ्य स्वयंसेविका र सेवाग्रही लगायतको सहभागिता थियो। मतदाता शिक्षा कार्यक्रममा वडाबाटै यिनै स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको…
स्याङ्जा १७ कात्तिक । स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनुभएको छ । भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्क लगायतका स्थानहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो । भीरकोटमा प्रशस्त संभावना युक्त पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहेकाले संभावनाहरुको निरन्तर खोजी गरी पर्यटकीय हब बनाउने उहाँले बताउनुभएको हो । यसअघि आँफु मन्त्रालयमा रहँदा स्वरेकमा प्याराग्लाईङि स्पोर्टको निर्माण गरी त्यहाँसम्म पुग्नका लागी वालिङदेखि र बयरघारी देखि बाटो पिच गर्नका लागी बजेट विनियोजन गरिएको र सडक पिच पनि भएको भन्दै बाँकी रहेका सडक फेरि अर्को चरणमा पिच हुने बताउनुभयो…
स्याङ्जा १७ कात्तिक । मतदातालाई मतदानमा सक्रिय सहभागिता जनाउन र मतलाई बदर हुन नदिने उदेश्यले स्याङ्जामा शुक्रवार कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको छ । मतदाता शिक्षा जिल्ला स्तरीय समितिको मंगलबार बसेको बैठकले जिल्लाभर वडादेखि नै सो अभियान संचालन गर्ने निर्णय गरेको हो। पन्ध्र दिन लामो मतदाता शिक्षा कार्यक्रममा वडामा सेवारत स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने भएको छ। स्याङ्जामा ११ पालिकामा ९७ वडा छन्। प्रति वडा एक जना स्वयंसेविकालाई खटाईने भएको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘५ बर्षको एक…
स्याङ्जा १६ कात्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्याङ्जाका ६१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँका १९९ मतदानस्थलमध्ये ६१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको हो । सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएका छन् । जिल्लाका ६६ मतदानस्थल संवेदनशील र ७२ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचनस्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको र सुरक्षा योजनालाई…
स्याङ्जा १४ कात्तिक । स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ्ले स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग भएको बताउनुभयो । उहाले सिद्धार्थ राजमार्ग बिस्तार सहितको योजना लिएर आफु उम्मेदवार बनेको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रिय उपसभापति समेत रहनु भएका गुरुङ्ले वालिङ्मा आयोजित घरदैलो अभियानमा सो बताउनुभएको हो । संघिय उम्मेदवार गुरुङसंगै सो प्रदेशसभाका उम्मेदवार भोजराज अर्याल पनि संगै घरदैलो अभियानमा हुनुहुन्छ । पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार बन्नु भएका उहा यसअघि २ पटकसम्म समानुपातिकतर्फका उम्मेदवार भैसक्नु भएको छ । पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्र्तगत झण्डैं ८२ किलोमीटर सडक स्याङ्जा जिल्लामा पर्दछ। साँगुरो र घुमाउरो राजमार्गका कारण…
स्याङ्जा १४ कात्तिक । स्याङ्जामा यसपटक २ वटा मतदान स्थल सारिएको र २ वटा मतदान केन्द्र थप गरिएको छ।मतदातालाई अपायक भएको भन्दै २ स्थललाई अन्यत्र सारिएको र मतदाता संख्या बढी भएको जनाउदै २ केन्द्र थप गर्ने सर्वदलिय निर्णय भएको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ। वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक–एक मतदानस्थललाई स्थानान्तरण गरिएको छ। वालिङ नगरपालिका–८ को बोगटीडाँडाको मतदानस्थललाई वालिङ–८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा स्थानान्तरण गरिएकोे छ।बिरुवा–१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा–१ कै नवज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएकोे हो। यसैगरी, वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको छ।यसअघि…
स्याङ्जा १४ कात्तिक । घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको नाम परिवर्तन भएर ‘पर्यटन तथा उद्योग कार्यालय स्याङ्जा’ को नाममा रुपान्तरण गरिएको छ। रुपान्तरण भएसँगै कार्यालयले साविकका कामसंगै पर्यटन सम्बन्धी जिम्मेवारी पनि थप भएको छ। कार्यालयले यसअघि प्रदान गर्दै आएको सेवा प्रवाह यथावत रही पर्यटनको समेत जिम्मेवारी थप भएको कार्यालयका प्रमुख श्रीप्रकाश रेग्मीले जानकारी दिनुभयो । उनका अनुसार, यसअघि ७ जनाको दरबन्दी रहेको कार्यालयमा प्राबिधिक सहित ३ जना कर्मचारी थप भएर १० पुगेका छन्।गण्डकी प्रदेश सरकारको भदौ २० को मन्त्रिपरिषद बैठकको निर्णय अनुसार कात्तिक १ गतेदेखि लागू हुने गरी कार्यालयका नाम परिवर्तन सहित जिम्मेवारी थप भएको बताइएको छ। अब कार्यालयले…
स्याङ्जा १४ कात्तिक । पुतलीबजार नगरपालिकामा पालिएका केही बंगुरहरुमा अफ्रिकन स्वाईन फिभर देखिएको छ। यो रोग स्याङ्जामा पहिलो पटक देखिएको हो। फिभरका कारण पुतलीबजारका झण्डैं ३ सय वटा बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाले जनाएको छ। कार्यालयमा ३ सय वटा बंगुर मरेको भन्दै रिपोर्ट आएको कार्यालय प्रमुख डा. इन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उहाका अनुसार, ‘ल्याब परिक्षण गर्दा अफ्रिकन स्वाईन फिभर पुष्टि भएको छ।’ एक महिनादेखि सो रोगको संक्रमण देखिन थालेको प्राबिधिक प्रमुख गोपाल गिरी भन्न्नुहुन्छ । बंगुर झोक्राउने, खान खान रुची नदेखाउने, ज्वरो आउने, शरिरमा ढब्बा तथा निलो दागहरु देखिने, नाक र मुखबाट रगत÷पानी÷रयाल बग्ने…
स्याङ्जा १२ कात्तिक । यसबर्ष स्याङ्जामा सुन्तलाको उत्पादनमा अचाक्ली बृद्धि छ। फल उत्पादनलाई हेर्दा यसबर्ष यहाँ एक अरब मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। बिगत १० बर्षकै उत्कृष्ट उत्पादन भएको सरकारी निकाय एवं अगुवा किसानहरुको भनाई छ। सुन्तलाका दाना पनि छिटो पुष्टिए, दाना पनि राम्रा भएको उहाहरुको भनाई छ। कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालका अनुसार ‘गतबर्षको तुलनामा यसबर्ष ३० देखि ४० प्रतिशत बढी उत्पादनमा बृद्धि भएको अनुमान छ। एक महिनापछि हुने जस्ता दाना अहिले नै टम्म र पुष्ट देखिएका छन्।’ सुन्तलाका बोटले नै धान्न कठिन हुनेगरी फल लागेका छ। प्रायजसोः बोटमा टेको लगाइएको छ। सुन्तलाका दाना पहेंला÷पहेंला…
काठमाण्डौं ८ कात्तिक । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ । ग्रहण मंगलवार दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य भएको ज्योतिषीहरुले बताएका छन् । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिएका।ृ खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा। जयन्त आचार्यले बताउनु भयो । उहाँले यो सूर्यग्रहण नेपालमा भन्दा युरोपबाट राम्रोसँग देखिने बताउनु भयो । ग्रहण जम्मा ३३ मिनेटको रहेकाले ग्रहण शुरु हुनुभन्दा ४ घण्टा अघिबाट खानेकुरा खान छोड्नुपर्ने बताउनु भयो । ग्रहण वृष, सिंह, धनु, मकर राशीलाई राम्रो रहेको बताउनु भयो । वृष राशिका मानिसले आजको ग्रहण हेर्दा…
स्याङ्जा ७ कात्तिक । नेपालीहरूको दोस्रो महान पर्व तिहार (आइतबार) बाट सुरू भएको छ । यमपञ्चकको पहिलो दिन काग तिहार पर्व देशभर मनाइएको हो । कार्तिक कृष्ण त्रयोदशीको दिन बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरू भएको हो । शनिवार सायम्कालमा त्रयोदशी भएका दिन यमदीप दान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार आइतबार काग तिहार मनाइएको छ । कागको पूजा गरेर कागलाई मिठो खानेकुरा दिने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार सोमबार बिहान कुकुर तिहार र बेलुका लक्ष्मी पूजा गर्नुपर्ने हुन्छ । यसैगरी कात्तिक ८ गते गाई पूजा,…
स्याङ्जा ६ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघिय र ४ प्रादेशिक सभा निर्वाचनमा यहाँ १३ राजनीतिक दल र स्वतन्त्रगरी ५२ जना चुनावी प्रतिस्पर्धामा छन्। उहाहरुलाई मत माग्नै चटारो छ। त्यसो त, कात्तिक दिन। हिले दशैं सकिएर राम्रो घाम लागेको छ। खेतमा धान पाकेर पहेंलपुर बनेका छन्। प्रायः किसानका घरमा ढोका लागेका छन्। उनीहरु धान काट्ने र कुन्यु लगाउने चटारोमा छन्। मानो खाएर मुरी थन्क्याउने बेला। यतिवेला मौसमले पनि साथ दिएको छ। टहटह घाम लागेको छ। प्रायजसोः सबैजना दिनभर खेतमै भेटिन्छन्। बालबालिका र बृद्ध बाहेक बिहानदेखि साँझसम्म उहाहरु खेतमा हुन्छन यतिवेला। यसैको…
स्याङ्जा ६ कात्तिक । स्याङ्ना अपांग समाज जिल्ला कार्य समिति स्याङ्जाको १७ औं साधारणसभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटन गर्दे पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिलाई एकिकृतगरी उनीहरुका हक, हित र अधिकारका पक्षमा वकालत गर्ने अपांग समाजले जिल्लाकै अनुकरणीय संस्था बनेको बताउनुभयो । फरक क्षमता भएका ब्यक्तिका लागि आवश्यक सहयोग गर्न स्थानीय पालिका तत्पर रहेको जनाउदै आउदो बर्ष नगरभित्रका अपांगता भएका ब्यक्तिकालागि निशुल्क स्वास्थ्य विमा सुरु गर्ने बताउनुभयो । पुतलीबजार नगरपालिकाले केही साताअघिदेखि गन्धर्व, कुमाल, माझी र बोटे जातीका लागि निशुल्क स्वास्थ्य बिमाको सुरुवात गरिसकेको उहाले जानकारी दिनुभयो । कार्यक्रममा पुतलीबजार नगरपालिका १ का…