स्याङ्जा २६ कात्तिक । शुक्रबार बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मरेको छ। वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मरेको अवस्थामा भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले जानकारी दिनुभयो । शुक्रबार बिहान खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए। थुनेको चितुवा दिउसो खोजी गर्न लाग्दा मृत अवस्थामा भेटिएको बताइएको छ। चितुवा बिरामी वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएको छ। चितुवालाई शनिबार शल्यक्रिया गरिने भएको…
Author: Syangja Sandesh
काठमाडौं २५ कात्तिक । नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । ढाकामा शुक्रबार डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशक्की बीबी रिताको पेनाल्टी नेपालका गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् । बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै…
स्याङ्जा २५ कात्तिक । नेकपा माओबादी केन्द्रका स्थायि समिति सदस्य अमृता थापाले देशको आवश्यकताले गठबन्धन गरिएको बताउनु भएको छ । पुतलीबजार नगरपालिका १ अरौदीमा गरिएको कार्यक्रममा स्याङ्जा क्षेत्र नं १ कको उम्मेदवार रहनु भएकी थापाले देशमा स्थिर सरकार, संविधान कार्यान्वयन गठबन्धन गरिएको दाबी गर्नुभयो । माओबादी स्थिर सरकारको लागि एक पटक केपी शर्मालाई अवसरमा दिएको बताउदै थापाले असफल भएपछि नयाँ गठबन्धन भएको बताउनुभयो । लाहुरे खोजेर बिवाह गर्ने परिवारबाट जन्मेको आफु भएपनि देशको हितमा काम गर्ने गरी जनयुद्ध लडेको र पहिलो पटक आफ्नो जन्मथलोको बिकासमा निर्वाचनमा होमिएको थापाको भनाई थियो । मौलिक हकअधिकारहरु स्वास्थ्य, शिक्षा, गासबास कपासको लागि गठबन्धन लामो…
स्याङ्जा २५ कात्तिक । चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते भएका छन् । जिल्लाको वालिङ नगरपालिका(१४ कफ्लेटीमा बिहान करिब ९ बजेतिर चितुवाले आक्रमण गरेको थियो। आक्रमणबाट दुई महिला र एक पुरुष घाइते भएका छन् । चितुवालाई घरभित्रै थुनेर राखिएको छ। स्थानीयका अनुसार वालिङ–१२ का किसान न्यौपाने र १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्। कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो। घरभित्र बसेका तुलसा र लक्ष्मीमाथि चितुवाले आक्रमण गरेको थियो। घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ भने न्यौपानेको छाती तथा पाखुरामा चोट छ । यस्तै लक्ष्मीको पाखुरामा…
स्याङ्जा २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले देश विगार्ने कि बनाउने बेला आएको बताउनु भएको छ । स्याङ्जाको वालिङमा आयोजना गरिएको संघिय निर्वाचन क्षेत्र नम्वर २ को चुनावी सभामा बोल्दै केन्द्रीय अध्यक्ष लिङ्देनले देश बनाउने र विगार्ने मतदाताको हातमा रहेको बताउनुभएको हो । देश बन्छ कि भनेर राणा, राजा फाल्दै गणतन्त्र सम्म आईपुग्दा पनि देशको अवस्था नाजुक भएको धारणा राख्दै अध्यक्ष लिङ्देनले देशलाई बनाउने हो भने मत बदल्ने बेला आएको बताउनुभयो । काँग्रेस र कम्युनिष्टले ३० बर्ष भन्दा बढी मुलुकको शासन चलाउदा देश र नागरिकले के नयाँ सन्देश पाए भन्ने समिक्षा गर्नपर्ने बताउनुभयो । आगामी मंसिर…
स्याङ्जा २५ कात्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संबिधानको रक्षा र मुलुको दिगो विकासका लागि लोकतान्त्रिक बामगठबन्धन बनेको बताउनुभयो । नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस सभापति शर्माले प्रतिगमन र भ्रष्टाचारी स्वरुप देखिएपछि त्यसका बिरुद्धमा गठबन्धन जन्मन वाध्य भएको सुनाए। गठबन्धनका निर्णय मानेर निर्वाचनमा जुट्न समेत उहाले सुझाव दिनुभयो । दुई÷तिहाईको सरकारको नेतृत्व गरेको नेकपा एमाले र तत्कालिन प्रधानमन्त्री केपी ओलीले जनअपेक्षित काम नसकेपछि लोकतान्त्रिक बामगठबन्धनले सरकार संचालन गरेको बताउनभएको छ ्। मुलुकको आर्थिक तथा सामाजिक परिवर्तनसंगै विकासका लागि गठबन्धनलाई बिजयी गराउन समेत उहाको आग्रह छ। सत्तामा बस्न र रमाउनका…
स्याङ्जा २५ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति तथा स्याङ्जा संघिय निर्वाचन क्षेत्र नम्वर २ का उम्मेदवार धनराज गुरुङ्ले नेपाली जनताको भरीय बन्न चाहेको बताउनुभएको छ । नेपाल तरुणदल गल्याङ्ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति तथा संघिय उम्मेदवार गुरुङ्ले जनताको दुखसुखको भरीय बनेर हिड्न चाहेको बताउनुभएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घरदैलो र चुनावी सभामा व्यस्त रहेका नेपाली काँग्रेसका उपसभापति गुरुङ्ले मुलुक र स्याङ्जालाई उज्यालो बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जनताको अवस्था बदल्न र उज्यालो मुलुक बनाउन भष्ट्र प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा गुरुङ्को छ । भष्ट्रचार अन्त्य नगरेसम्म मुलुक बनाउन सकिदैन…
स्याङ्जा २३ कात्तिक । स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को १ प्रदेशसभा सदस्यमा नेकपा एकिकृत समाजवादी (नेकपा एस) तर्फका उम्मेदवार रामचन्द्र भट्टराईले आफनो उम्मेदवारी निस्क्रिय पारेको जनाउनु भएको छ । उम्मेदवारी दर्ताको ठिक एक महिनापछि उनले आफनो उम्मेदवारी त्रिस्क्रिय बनाएको घोषणा गर्नु भएको हो । नेकपा एसका केन्द्रीय अध्यक्षको निर्देशन र आफना नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको रायसुझाव बमोजिक बुधवारैदेखि आफ्नो उम्मेदवारीलाई निस्क्रिय पारेको बुधवार जारी प्रेसविज्ञप्ति मार्फत जानकारी गराइएको हो।विज्ञप्तिमा भनिएको छ, २०७९ मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा ५ दलिय बाम लोकतान्त्रिक गठबन्धन बनेको कुरा सर्वाविधितै छ। नेकपा एसका जिल्ला अध्यक्ष समेत रहेका…
स्याङ्जा २२ कात्तिक । स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराउनु भएका नेपाली कांग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गर्नुभएको छ । प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्यमान्यताबाट मात्र मुलुकको सामाजिक तथा आर्थिक परिवर्तन हुन सम्भव भएको जनाउदै नेपाली कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउदै उम्मेदवारी निस्क्रिय बनाएको जनाउनुभएको हो । पौडेलसंगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउदै थापा र रानालाई समर्थन गर्ने जनाउनुभयो । पौडेल र पोखरेल दुबैले आइतवार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति प्रकाशितगरी आ आफना उम्मेदवारी निस्क्रिय बनाएको…
स्याङ्जा २२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता तथा चुनावी गठबन्धनका साझेदार दललाई सातुको डल्लो र पिलोको उपमा दिनुभएको छ । पुतलीबजार नगरपालिका १ स्थित स्याङ्जा सदरमुकाममा सोमबार आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले सातुको डल्लामा पानी परेपछि फुस्किए झैं मंसीर ४ को निर्वाचनपछि गठबन्धन सरकारका दिन सकिने बताउनु भएको हो । उनले भने, ‘गठबन्धन नामको पिलोलाई मंसिर ४ मा निचोरेर फाल्नुपछ।’ म्यादी प्रहरी जत्तीको पनि सत्ता गठबन्धनको म्याद नरहेको जिकिर गर्दै उनले चुनावपछि बहुमतको सरकार एमालेले नै बनाउने जिकिर गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमालेसंग लड्न नसकेर ५ दलको गठबन्धन बनेको बताए। गठबन्धनसंग विचार, नीति,…
स्याङ्जा २० कात्तिक । स्याङ्जाको चिरप्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले हो । यहाँ बिभिन्न राजनीतिक दलका उम्मेदवार भए ता पनि अन्तत ः यहाँको प्रतिस्पर्धा भनेको बिगतदेखि कांग्रेस र एमालेबीच नै हुदै आएको छ । यसपटक पनि चुनावी मैदानमा पनि यिनै दल छन्। कांग्रेस, माओवादी र एकिकृत समाजवादी सम्मिलित लोकतान्त्रिक बामगठबन्धन र नेकपा एमाले घोषितरुपमा चुनावी मैदानमा उत्रिएका छन् । मंसिर ४ मा हुने निर्वाचनमा स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्र्तगत प्रदेशसभा २ मा नेपाली कांग्रेसका पूर्वसचिव र नेकपा एमालेका पूर्व सचिवबीच चुनावी प्रतिस्पर्धा छ । कुनै पनि संस्थाका लागि सचिव पद महत्वपूर्ण मानिन्छ । कुनै समयमा राना र…
स्याङ्जा १९ कात्तिक । पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने ३४ की कबिता बिकलाई प्रहरी जवान कमल सुनारले रगतदान गर्नुभएको छ । जिल्ला अस्पतालमा उपचाररत विकलाई रगत अभावदेखिएपछि जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुनारले रगत दान गर्नुभएको हो । अचानक बिरामी भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जामा पुरयाएपछि त्यहा कार्यरत चिकित्सकले रगतको कमी भई सिरियस अवस्थामा पुगेको र तत्काल रगत नदिएमा ज्यान समेत जान सक्ने अवस्था जनाएपछि प्रहरी जवान सुनारले रगत दान गर्नुभएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । रगत पाएपछि बिरामी विकको अवस्था अहिले सामान्य बन्दै गएको बताइएको छ ।
स्याङ्जा १९ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले स्याङ्जाका पत्रकार र संचारमाध्यमको भूमिकाका बारेमा शनिवार प्रशिक्षित गराएको छ। प्रशिक्षणको शुभारम्भ गर्दै स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले स्वतन्त्र, निष्पक्ष, भएरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । बिगतदेखि नै धेरै पत्रकारले राम्रा काम गर्दै आएको बताउदै तोकिएका आचारसंहिताको पालना गर्दै समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार, ‘आचारसंहिता उल्लंघनका घटनाका बारेमा गुनासो आएका छन्। उल्लंघनका गुनासा एवं घटनालाई सुक्ष्मरुपले अध्ययन अनुसन्धान गरिरहेकाछौं।’ निर्वाचन पूर्व, मतदानका समय र मतघोषणासम्मका समयमा पत्रकारका लागि आवश्यक सूचना सहजरुपमा उपलब्ध गराउनेगरी…
स्याङ्जा १८ कात्तिक । आसन्न निर्वाचनमा महिला उम्मेदवार न्यून देखिएका बेला स्याङ्जाको एक प्रदेशसभा निर्वाचनमा महिला÷महिला बीच प्रतिस्पर्धा हुने भएको छ। स्याङ्जा क्षेत्र नं. १ को प्रदेशसभा १ मा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार अमृता थापा मगर र नेकपा एमालेका उम्मेदवार सीता सुन्दासबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रिय स्थायी समिति सदस्य एवं अखिल नेपाल महिला संगठन क्रान्तिकारीका केन्द्रिय अध्यक्ष समेत रहेका थापा यसअघि २ पटक समानुपातिकतर्फका संसद भईसकेका छन्। नेपालको भुगोल र सामाजिक अवस्थाका बारेमा राम्रो ज्ञान बटुलेका थापासंग सांसद राम्रो अनुभव छ। शिक्षित र बौद्धिक क्षमता भएका उनको सरल जीवन शैली र गाउँले परिवेशमा समेत सजिलै…
स्याङ्जा १८ कात्तिक । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछन् । कार्तिक शुल्क एकादशी अर्थात् हरिबोधनी, ठूलीएकादशी वा तुलसी विवाहको नामले प्रसिद्ध आज विशेषगरी विष्णु भगवानको पूजन सहित तुलसी विवाहको उत्सव मनाइन्छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।सनातन धर्म अनुसार आषाढ शुल्क एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट उठेको यस पवित्र दिनमा भगवान् विष्णुले सबैभन्दा पहिले तुलसीको प्रार्थना सुन्नुभएको र त्यसै प्रार्थनाका प्रभावले निन्द्राबाट उठ्नुभएको यसै दिन तुलसीको…