स्याङ्जा, ७ मंसिर। नेकपा एमालेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको भन्दै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले कारवाही गर्न निवेदन दिएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव फणिनारायण रेग्मी दीपकले बुधबार निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ क्षेत्र नं २ स्याङ्जामा निवदेन दिँदै नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी निवेदन दिनुभएको हो । मंङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य…
Author: Syangja Sandesh
स्याङजा ७ मंसिर । स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को मतगणणना सुरु गर्नुपर्ने जनाउदै वालिङमा धर्ना दिइएको छ। क्षेत्र नं. १ को सोमबार दिउसोदेखि मतगणना जारी छ। तर, २ को भने अझैं मतगणनाको प्रक्रिया समेत शुरु हुन सकेको छैन।मतगणना प्रक्रिया शुरु गर्न भन्दै नेपाली काँग्रेस सहित गठबन्धनले निर्वाचन कार्यालयमा धर्ना दिएका छन। नेकपा एमालेले केही मतदान केन्द्रमा नेपाली काँग्रेसले बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोप लगाउदै पुन मतदानको माग गरेपछि क्षेत्र नं. २ मा मतगणना कार्य सुरु हुन सकेको छैंन। निर्वाचन कार्यालयले सोमबार आब्हान गरेको सर्वदलिय बैठकमा सहमति जुट्न नसकेपछि अहिले सम्म पनि निर्वाचन कार्यालयले मतगणना प्रक्रिया अगाडी बढाउन…
स्याङ्जा ७ मंसिर । । स्याङ्जा क्षेत्र नं २ को मतगणना बुधवार अबेरसम्म सुरु हुन सकेको छैन । चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै धर्ना बसेको छ । चापाकोट नगरपालिका वडा ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना रोकेको छ । एमालेको मागमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतले पनि साथ दिँदैआएका छन् । राप्रपाले मतगणना हुनुपर्ने जनाएको छ । एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । एमालेका उम्मेदवार पद्मा अर्यालले गठबन्धनका…
स्याङ्जा ५ मंसिर । स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नं। २ अन्तर्गतका ४ मतदान केन्द्रमा धाँधली भएको आरोप लगाउदै नेकपा एमालले मतदानको माग गरेको छ। पुनः मतदानको घोषणा गर्न माग सोमबार वालिङमा प्रर्दशन गरिएको छ। आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका ४ मतदान केन्द्रको बुथ क्याप्चर गरी अधिकतम मत खसालेको नेकपा एमालेको आरोप छ। एमालेसंगै राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अन्य दल तथा स्वतन्त्र उम्मेदवारले समेत पुनः मतदानको माग गरेका छन् । कार्यकर्ताले नगरपालिकाको गेटमा प्रर्दशन गर्दै निर्वाचन अधिकृतविरुद्ध नारावाजी गरेका थिए । यसैगरी, पुनः मतदानको माग गर्दै निर्वाचन आयोगको कार्यालयमा निवेदन परेको छ । मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले अनाधिकृत रुपमा बुथ…
स्याङ्जा ५ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. १ अन्र्तगत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना सोमबार दिउसो १ बजेदेखि भएको छ। सोमबार बिहान बसेको सर्वदेलिय एवं सर्वपक्षिय बैठकले १ बजेर १५ मिनेटपछि मतगणना सुरु गर्ने लगायतका मतगणनालाई सहज बनाउन र विवाद रहित बनाउन बिबिध पक्षमा निर्णय गरेको हो। सोमबार बिहानसम्म मतपेटिकाहरु ल्याईसकेपछि बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना सुचार गर्न लागिएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नंं. १ को जिल्ला समन्वय हल र क्षेत्र नं. २ को लागी वालिङ नगरपालिकाको हलमा मतगणना गर्नेगरी गणनास्थल निर्माण गरिएका छन्। गणना स्थलमा सुरक्षा सहित…
स्याङ्जा ५ मंसिर । स्याङ्जामा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ।जिल्लाभरका १ सय ९९ मतदान स्थल र एक अस्थायी केन्द्र सहित ३ सय २१ मतदान केन्द्रमागरी ५७ दशमलब ८५ प्रतिशत मत खसेको हो। कार्यालयका अनुसार क्षेत्र नं १ मा ५५ दशमलब ९३ प्रतिशत, क्षेत्र नं. २ मा ५९ दशमलब ९३ प्रतिशत मत खसेको छ।यसैगरी, १ को १ मा ५३ दशमलब ०७ प्रतिशत, १ को ख मा ५८ दशमलब ७१ प्रतिशत खसेको छ। यस्तै, २ को १ मा ५७ दशमलब ७३ प्रतिशत, २ को २ मा ६१ दशमलब ८४ प्रतिशत मत खसेको निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी…
स्याङ्जा ४ मंसिर । स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश माध्यमिक बिद्यालयको मतदान केन्द्रबाट १०२ बर्षे गणेशमान श्रेष्ठले पहिलो मतदान गर्नुभएको छ । श्रेष्ठको मतसंगै मतदान कार्य सुरु भएको छ। छोरा सुर्दशन श्रेष्ठको सहयोगमा उनले मतदान गरे। जन्मेको दिन अनुसार उनको उमेर १०५ बर्ष भएको तर नागरिकता अनुरुप १०२ भएको पारिवारिक स्रोतले जनाएको छ। योसंगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चयनका लागि स्याङ्जाका अधिकांश मतदान केन्द्रमा आइतवार विहान ७ बजेदेखि मतदानका प्रक्रिया सुरु भएको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो । आउदो ५ बर्षका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाका बिधायक छान्ने प्रक्रियामा सहजरुपमा मतदातालाई आउन जाने ब्यवस्था मिलाइएको उहाले बताउनुभयो । उहाका…
स्याङ्जा १ मंसिर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज (मंसिर १ गते) राति १२ बजेदेखि स्थिर समय लागू हुने भएको छ । निर्वाचन आचार संहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न…
स्याङ्जा १ मंसिर । मानवअधिकार तथा शान्ति समाज स्याङ्जाको १८ औं साधारणसभाले हरिप्रसाद रेग्मीको सभापतित्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। समितिको उपसभापतिमा भवानी अधिकारी, सचिवमा गंगादेवी पोखरोल, सहसचिवमा हरिप्रसाद अर्याल, कोषाध्यक्षमा शान्ति ढकाल अर्याल र सदस्यहरुका संगीता नेपाली, रामप्रसाद लम्साल, दुर्गा कार्की, रविन केसी, सुजन पोखरेल र विपिन्द्रमान श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ओमप्रकाश शर्माले जानकारी दिनुभयो । साधारणसभाको उदघाटन गर्दै जेष्ठ नागरिक, सामाजिक अभियन्ता, पूर्व जिल्ला विकास समितिको उपसभापति भोलानाथ लम्सालले मानवअधिकारकर्मीले सबैका हक, हित र अधिकारको पक्षमा निष्पक्षभई सेवाभावरहि काम गर्नुपर्ने बताउनुभयो ।पछिल्लो समय बिभिन्न उदेश्य पुरा गर्नका निम्ति स्थापित मानवअधिकारवादी संस्थाहरु सृजना गरिएका…
स्याङ्जा १ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार राजु थापाले सुनसान स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउने बताउनु भएको छ । निर्वाचन आउन अब ३ दिन मात्र बाँकी रहदा सदरमुकामबासी मतदाताका घरदैलो गर्दै उनले सदरमुकाम गुल्जारमय बनाउन त्यसक्षेत्र वरपरका दुई जिल्ला तथा दुई क्षेत्र जोड्न सडकमार्ग पक्की सहित आवश्यकता अनुरुपका विकास सहित उद्योगधन्दाका लागि वातावरण निर्माण गर्ने उहाले बताउनुभयो । ‘लामो समयसम्म एकपक्षीय राजनीतिक अखडा भएकै कारण सदरमुकामबासीले विकास र परिवर्तनको अनुभूत गर्न पाएनन्। जसका कारण शिक्षा, स्वास्थ्य र रोजगारका लागि अन्यत्र शहर जान वाध्य हुनुपरयो।।’ उहाले थप्नुभयोे, ‘अव ति सबै सेवा र सुबिधा सदरमुकाममै उपलब्ध गराउने वातावरण मिलाएर…
स्याङ्जा ३० कात्तिक । चुनावको मिति नजिकिदै गर्दा स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाका १ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेकाछन्। नेकपा एमालेको आधार क्षेत्र रहेको अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ थापा थरको एक गाँउ नै काँग्रेसमा प्रवेश गरेको छ। यसैगरी, वडा नं. २ केकरे, ३ का छाप, ६ का बजारमारा सहितगरी ११७ जना कांग्रेसमा प्रवेश गरेका हुन। वडा नं. १ को थापा गाउँका एक सिंगो बस्तीका ५६ जना एकैसाथ प्रवेश गरेका छन्। एमाले निकट महिला संगठन जिल्ला सदस्य मैना थापाको नेतृत्वमा उनीहरु लोकतान्त्रिक बामगठबन्धनद्धारा बुधवार आयोजित चुनाबी सभामा काँग्रेसमा प्रवेश गरेका हुन्। अघिल्लो पटक जिताएर पठाएका साँसदले आफूहरुप्रति विकासमा समेत अर्घेलो…
काठमाण्डौ २९ कात्तिक । सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।
स्याङ्जा २९ कात्तिक । मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पटक कैदीवन्दीले आफनो मताधिकार प्रयोग गर्न पाउने भएका छन्। सोही अनुरुप आसन्न निर्वाचनको समानुपातिकतर्फ स्याङ्जा जिल्ला कारागारमा रहेका ४५ जना कैैदीबन्दीले मतदान गर्न पाउने भएका हुन्। जिल्ला कारागारा स्याङ्जामा ४ महिला सहित २ सय २९ जना कैदीबन्दी रहेका कारागार प्रमुख चुडामणी शर्माले जानकारी दिनुभयो । उनीहरु मध्ये मतदाता नामावलीमा नाम भएका १ महिला सहित ४४ पुरुषले मतदान गर्न पाउने भएका छन्। यसपटक पहिलो चोटी कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिक तर्फमात्र मतदान गर्न पाउने भएका हुन्। बिभिन्न प्रदेश तथा जिल्लाका समेत कारागारमा रहेकाले उनीहरुका लागि कर्मचारी सरकारी तथा अन्य कर्मचारी सरह समानुपातिकमा मात्र…
स्याङ्जा २९ कात्तिक । मतदानको दिन नजिकिदै गर्दा उम्मेदवारले घरदैलो तथा मतदाता भेटघाट कार्यलाई तिव्र बनाएका छन् । एकैदिन ३÷४ स्थानमा चुनावीसभा र घरदैलोमा उम्मेदवारको ब्यवस्त छन् । लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार बुद्धिबहादुर राना (कुमार) पनि मतदाता रिझाउन तल्लीन छन ्। मतदाता समक्ष पुगेर उनले बिभिन्न एजेण्डा सहित मत माग्दै आएका छन ्। प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेससभा १ का पाच दलिय गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसतर्फका रानाले पर्यटकीय नगरी पोखराको नजिकै र रहेर पनि गुमानाम झैं भएको फेदिखोला गाउँपालिकालाई चलायमान बनाउन मिनि पोखरा रुपमा विकास गर्ने बताउनुभयो । यसैगरी, उम्मेदवार रानाले आँधीखोला गाउँपालिकामा आँधीखोला करिडोर सहित ओभरहेड ब्रीज,…
स्याङ्जा २९ कात्तिक । आसन्न निर्वाचन आउन ५ दिन बाँकी रहँदा स्याङ्जाका ५ दलिय गठबन्धनले साझा प्रतिवद्धता सार्वजनिक गरेका छन्। आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक–बाम गठबन्धन स्याङ्जाका प्रमुखहरुले सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका हुन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी स्याङ्जाका प्रमुखहरु सहितको बैठकले लोकतान्त्रिक–बाम गठबन्धनकातर्फ साझा र सामूहिक प्रतिबद्धता गरेका हुन्। ‘ग्रामीण क्षेत्रमा यातायातका पूर्वाधार गर्दै गुणस्तरीय पर्यटन ब्यावसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, कृषिमा आधुनिकीकरण तथा ब्यावसायीकरण गरी आत्मनिर्भर हुनुकासाथै निर्यात गर्ने, जडिबुटीको ब्यावसायिक उत्पादन प्रशोधनमा जोड दिने, जनताको लगानी बृद्धि गरी…