Author: Syangja Sandesh

स्याङ्जा ८ कात्तिक । खुमा अर्याल फाउन्डेसन स्याङ्जाको सातौं साधारणसभा शनिवार सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य र रोजगार, खुमा अर्याल फाउण्डेसनको सरोकार’ भन्ने मुल नाराका साथ स्थाापित फाउण्डेसनले बिबिध कार्यक्रम गर्दै साधारणसभा सम्पन्न गरेको हो । पुतलीबजार नगरपालिका ३ स्थित सहयात्री पार्टी प्यालेसमा आयोजित सभामा बडा दशै, तिहार, नेपाल सम्बत तथा छठ पर्वका शुभकामना आदानप्रदान सहित अन्तरक्रिया गरिएको छ । सभाको उदघाटन गर्दे फाउन्डेसनका संस्थापक खुमाप्रसाद अर्यालले फाउन्डेसन एक परोपकारी संस्था भएको जनाउदै सामाजिक सेवामा क्रियाशिल रहने बताउनुभयो । स्याङ्जा जिल्लाका ११ वटै पालिकामा पुग्ने फाउण्डेसनको लक्ष्य रहेको जनाउदै पालिकासंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने जानकारी गराउनुभयो ।…

Read More

स्याङ्जा ८ कात्तिक । पुतलीबजार नगरपालिका १४ मा मोटरसाइकल दुर्घटनामापरि वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको शुक्रवार मृत्यु भएको छ । पैतालिस वर्षीय लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल सतौंचण्डीस्थान जाने सडक आम्बोटमा दुर्घटनामा परेको थियो । पुतलीखेत–सतौं पक्की सडक अन्तर्गतको पुतलीबजार —१४ आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकल सहित तल लम्साल खसेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । सतौंबाट आफनो निवास लामागेतर्फ आउदै गर्दा दुर्घटनामा परेका लम्साललाई उद्धार गरी जिल्ला अस्पताल स्याङजा ल्याई पु¥याउदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुन्। यसअघि सुन्तला सुपरजोन परियोजना…

Read More

स्याङ्जा ७ कात्तिक । पुष्प —चन्द्र ट्रष्टको दोश्रो साधारणसभा सम्पन्न भएको छ । अघिल्ला कार्यकालका प्रतिवेदन पारित र आगामी दिनका कार्ययोजना सार्वजनिकरण गर्दै ट्रष्ट स्थापना र संचालनका लागि सहयोग पुरयाउने ५ जनालाई सम्मान एवं अभिनन्दन गर्दै सभा सम्पन्न भएको हो । पुतलीबजार नगरपालिका ३ बाडखोला स्थित सूर्योदय क्लबको भवनमा आयोजित साधारणसभाको उदघाटन गर्दै पुतलीबजार नगरपालिका ३ का वडा सदस्य अमिरबक्स मियाले पुष्पमान श्रेष्ठ र चन्द्र लक्ष्मीको सामाजिक योगदानको चर्चा गर्नुभएको थियो । तत्कालिन अवस्थामा पुष्पमानले सामाजिक क्षेत्रमा गरेका कामको स्मरण गराउनुभयो । पुष्पमान श्रेष्ठ निस्वार्थ भावबाट प्रेरित भएका एक हक्की, निडर, सामाजिक, राजनीतिकर्मी अभियन्ता भएको बताउनुभयो । पुष्पमानले तत्कालिन टाठाबाठा…

Read More

स्याङ्जा ३ कात्तिक । लायन्स क्लव अफ पुतलीबजारले बोनम्यारोबाट पिडित एक बालकलाई आर्थिक सहयोग गरेको छ । पुतली बजार नगरपालिका २ लामीडाँडाका १४ बर्षिय कौशल कुँवरलाई क्लवले २२ हजार २ सय ८० रुपैंया नगद सहयोग गरेको हो । बावुलाइ उपचारमा सहयोग पुरयाउने उदेश्यले स्याङ्जा एरिया लिडर लायन श्रीगुरुङले सो रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै गुरुङले मानवीय सेवामा समर्पित हुन पाउदा खुशी ब्यक्त गर्दे बावुको सिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभयो । कार्यक्रममा बिदेश बिभाग प्रमुख हर्ककुवंर, लायन्स क्लवका देवी अधिकारी, रुद्र बिस्वकर्माले स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । लायन्स क्लब स्याङ्जा पुतलीबजारको अध्यक्ष निरोज मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको…

Read More

स्याङ्जा ३ कात्तिक । कागजपत्र नभएका र ध्वनी प्रदूषण मच्चाउँदै चर्को आवाजमा चलाइएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाको गुनासोका आधारमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार वालिङ बजारका विभिन्न स्थानबाट ४ मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । ध्वनी प्रदूषण हुने गरी चर्को आवाजमा चलाइएका ग १२ प ५६६८ र ग १५ प २४०० नम्बरका मोटरसाइकल हुन । यसैगरी, कागजपत्र नभएका ग १६ प ८२३९ र लु ७६ प ७३२३ नम्बरका मोटरसाइकल रहेकोे प्रहरीले जनाएको छ । ती साधन प्रहरीले नियन्त्रणमालिई आवश्यक कानूनी कारवाही…

Read More

स्याङ्जा ३ कात्तिक । स्याङ्जा प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा झण्डै २ लाख नगद सहित ७ जनालाई पक्राउ गरेको छ । गल्याङ् नगरपालिका १ मालुंगा स्थित गणेश बस्यालको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक कमलराज पण्डितको नेतृत्वमा खटिएको प्रहरी टोलीले १ सय ५६ पत्ती तास सहित १ लाख ९७ हजार ७ सय रुपैंया समेत नियन्त्रणमा लिएको जनाएको छ । गल्याङ १ बस्ने ५० बर्षिय गणेश बस्याल, ७२ का कुस्माखर न्यौपाने, ५९ का ओम श्रेष्ठ, ४२ का चुडामणी बस्याल र लोकनाथ बस्याल, ४४ का सुन्दर बस्याल र ५१ का लक्ष्मीप्रसाद बस्याल रहेको प्रहरी…

Read More

स्याङ्जा ३ कात्तिक । जबरजस्ती करणीको आरोपमा वालिङ नगरपालिका १४ का २५ वर्षीय सागर खवास पक्राउ परेका छन् । पिडित परिवारका जाहेरीका आधारमा खवासलाई प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी कसुरमा मुद्धाका आरोपित खवास फरार थिए । वडा प्रहरी कार्यालय वालिङको टोलीले लुकिछिपि बसेको अवस्थामा वालिङ १ ओडारेबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका खवासलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाईएको प्रहरीको भनाई छ । खवासमाथि २०८१ बैशाख १४ गते जजक गरेको आरोप छ ।

Read More

स्याङ्जा २ कात्तिक । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतवार कार्यालय प्रांगण परिसरमा नागरिक सुनुवाई गरेको छ । नजिकिदै गरेको तिहार, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै जिल्लाको शान्ति सुरक्षालाई सुब्यवस्थित एवं प्रभावकारी बनाउने उदेश्यले नागरिक सुनुवाई गरेको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । नागरिक समाज, स्थानिय पालिका र प्रहरीबीचको सहकार्यलाई निरन्तरता दिई समाजमा शान्तिसुरक्षा कायममालागि स्थानीय ब्यवसायी, बिद्यालय, बैंक, आमा समूह, क्लव, पूर्व कर्मचारी÷प्रहरी, युवा क्लब, समाजसेवी र आम नागरिकले जिज्ञासा सहित रायसुझाव दिनुभयो । कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले जिल्लाको शान्ति, सुरक्षाका निम्ति प्रहरीका काम कारवाहीहरु प्रशंसनीय रहेको बताउनुभयो । जेनजी आन्दोलनका क्रममा मुलुकले ठूलो…

Read More

स्याङ्जा २ कात्तिक । बैदेशिक रोजगारका सिलसिलामा संसारभर छरिएर रहेका स्याङ्जाली युवाहरुको संगठित संस्था स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको छैटो विश्व सम्मेलन अर्थात नवौ अधिवेशन स्याङ्जामा सम्पन्न भएको छ । पुतलीबजार अर्थात स्याङ्जा सदरमुकाममा सम्पन्न २ दिने अधिबेशनले गएराती स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा मिनबहादुर क्षत्रीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । क्षत्री (बेल्जियम) मा कार्यरत हुनुहुन्छ । समितिको वरिष्ठ उपाध्यक्षमा राजेश पाण्डेय (दक्षिण कोरिया), उपाध्यक्षहरुमा एम पि अर्याल (पोर्चुगल), धुर्व ज्ञवाली (जापान) अर्जुन अर्याल (पोर्चुगल), पिताम्बर अर्याल (युएई), शोभाकान्त पाण्डेय (अमेरिका), महिला उपाध्यक्ष इन्दिरा खनाल (बेल्जियम) चयन हुनु भएको हो । महासचिबमा ओमप्रकाश पोख्रेल (क्रोयसिया), सचिब…

Read More

स्याङ्जा २ कात्तिक । भीरकोट नगरपालिका –१ सिसौघारी खेलमैदानमा संचालित बयँरघारी मेलामा भएको पुरुष भलिबल प्रतियोगितालो उपाधि पुतलीबजार नगरपालिकाले जितेको छ । बयरघारी पिस युथ क्लबद्धारा आयोजित चौथो बयरघारी रमाइलो मेला अन्र्तगत रहेको प्रतियोगिताको फाइनलमा पुतलीबजारले भीरकोट नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । मेलाको अन्तिम दिन आइतबार सम्पन्न फाइनल खेलमा पुतलीबजारले पहिलो सेट २५–२०, दोस्रो सेट २१–२५, तेस्रो सेट २५–२०, चौथो सेट २४–२६ र अन्तिम पाँचौं सेट १५–१२ ले जित्दै उपाधि जित्यो । पुतलीबजार नगरपालिकाले एक लाख १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत भएको छ । उपविजेता भीरकोटले ७० हजार सहित ट्रफी, मेडल र…

Read More

स्याङ्जा २ कात्तिक । वालिङ् नगरपालिका र गल्याङ् नगरपालिकको संगमस्थलमा रहेको गह्रौसुर कालिका मन्दिरको आयब्यय सार्वजनिक गरिएको छ । वालिङ ८ र गल्याङ् १० गह्रौंसुरमा यसवर्षको बडा दशैं अवधिमा भएको आयव्यय आइतवार सार्वजनिकरण गरिएको हो । वालिङमा पत्रकार सम्मेलन गर्दै गह्रौंसुर मन्दिर व्यवस्थापन समिति नभएको अवस्थामा वालिङ नगरपालिकाले जिम्मेवारी लिएको थियो । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म संकलित रकम र आयव्याय सहित वालिङ्का उपप्रमुख कविता तिवारी गैह्रेले सार्वजनिक गर्नु भएको हो । समिति गठन नभएकाले गएको चैते दशैँ र यसबर्षको ठूलो दशैंको पूजाको ब्यवस्थापन सहितको जिम्मेवारी वालिङ नगरपालिकाले लिर्दैै आएको छ । सार्वजनिक गरिएको आयव्याय अनुसार अशोज ६ देखि २५ गतेसम्म…

Read More

स्याङ्जा २ कात्तिक । गल्याङ पालिकाले सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाएको छ । बालबालिका तथा जेष्ठ नागरिकका बढी सरोकार रहने क्षेत्रलाई लक्षित गर्दै नगरपालिकाले नगरका ५ क्षेत्रमा सूर्तिजन्य पदार्थ बिक्री बितरणमा रोक लगाएको हो । नगरपालिकाले सार्वजनिक स्थल र विद्यालय क्षेत्र वरीपरी सुर्तिजन्य पदार्थको विक्रि वितरणमा रोक लगाएको हो । नगरपालिकाले सार्वजनिक स्थलसंगै विद्यालय क्षेत्र, स्वास्थ्य संस्था, जेष्ठ नागरिक आश्रम र शिशु स्याहार केन्द्र वरीपरी सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउदै सार्वजनिक सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकुत भविश्वर घिमिरेले एक सूचना जारी गर्दै सुतिजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन अनुसार तोकिएको क्षेत्रमा सुर्तिजन्य पदार्थ…

Read More

स्याङजा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हो । दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शव्दको ‘त्योहार’ शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ। यस वर्षको यमपञ्चक अर्थात् तिहार शनिबारदेखि शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाउने गरिन्छ । शनिबार दिउँसो एक बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले…

Read More

नवलपुर १ कातिक । दत्तनारायण — पदम श्रेष्ठ स्मृति प्रतिष्ठान र देवचुली प्राथमिक बिद्यालयको संयुक्त आयोजनाा बैदिक सनातन धर्म, संस्कार र संस्कृति संरक्षण बिषयक बिचार गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको उदघाटन गर्दे हिन्दु स्वयंसेवक संघका सहचालक बिष्णुप्रसाद पौडेल (गुप्तेश्वर) ले हिन्दु धर्ममाथि चौतर्फी आक्रमण भएको हुँदा बैद्धिक सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिको संरक्षणमा सम्पूर्ण ओमकार परिवार संगठित हुनुपर्ने बताउनुभयो । सनातन हिन्दु संस्कारले मानिसमा कलुषित भावना पैदा गर्नमा नियन्त्रण गर्ने भन्दै गलत कार्य गर्न निरुत्साहित गर्दछ पौडेलले भन्नुभयोे । संगठितरुपमा केही शक्ति धर्मको आडमा हिन्दुत्व समाप्त पार्न उद्यत रहेको आरोप लगाउदै पौडेलले सम्पूर्ण ओमकार परिवार एकाकार भएर प्रतिरोध…

Read More

स्याङ्जा १ कातिक । वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण गरिएको छ । संघीय सरकार र वालिङ नगरपालिकाको संयुक्त लगानीमा नगर अस्पताल भवनको निर्माण गरिएको हो । झण्डै १३ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ । दुई पटक म्याद थप गरिएको अस्पताल भवन निर्माणका लागि अन्तिममा कात्तिक मसान्तसम्म म्याद रहेको थियो । कोभिडको महामारी, निर्माण सामग्रीको अभाव, भवन निर्माण स्थल जग्गा) को जटिलताका कारण समय थप गर्दै आएको नगरपालिकाले जनाएको छ । स्थानीय व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन तथा अन्य आवश्यक संरचनाहरु निर्माण गरिएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिनुभयो । तीन वटा…

Read More