Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    गल्याङ् नगरपालिका

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    Syangja SandeshBy Syangja SandeshJuly 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ साउन । कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ गरिने भएको छ ।

    गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा महामेला गर्न लागिएको हो ।

    कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा हुने मेला आगामी असोज २१ देखि कार्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो ।

    मेला एक महिनासम्म सञ्चालन हुने उहाँको भनाइ छ । धर्मोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकणमा टेवा पु¥याउने, घरेलु तथा साना उद्योगहरूको पनि बजारीकणमा सहयोगी हुने उहाँको भनाइ छ ।

    महामेलामा नेपाल तथा भारतका गुरुहरूको सहभागिता रहने तथा नेपालसँगै भारतीय भक्तजनलाई समेत भित्र्याउने गरी तयारी थालिएको प्रतिष्ठानका अध्यक्ष चैतन्यले बताउनुभयो ।

    महामेलामा सहभागी हुने भक्तजनहरूलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

    महामेला अवधिभर तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, जलयातायात एवं स्टीमरद्वारा गण्डकी भ्रमण, दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने आयोजकले जानकारी दिएको छ ।
    यस्तै राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता र टिकटक प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

    गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको सभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानकाका संरक्षक शङ्करप्रसाद पाण्डेले बताउनुभयो ।

    महामेलाले यसका लागि सहयोग पु¥याउने उहाँको भनाइ छ । कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रलाई सबैभन्दा पवित्र क्षेत्र मानिन्छ । यसैबिच महामेलाको तयारीका लागि लुम्बिनी प्रदेशको रूपन्देहीमा भेला तथा छलफल सम्पन्न गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.