Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी स्थित देशकै पहिलो नवग्रह मन्दिरमा सवा करोड बात्ती बालिए
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी स्थित देशकै पहिलो नवग्रह मन्दिरमा सवा करोड बात्ती बालिए

    Syangja SandeshBy Syangja SandeshFebruary 25, 2025Updated:February 25, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ फागुन । नेपालकै पहिलो नवग्रह मन्दिरमा विजया एकादशीको अवसर पारेर सोमबार साँझ एक करोड २५ लाख भन्दा बढी बात्ती बालिएको छ। अर्जुनचौपारी स्थित पञ्चकन्या मन्दिर, षट्कोण शिवालय र नवग्रह मन्दिरमागरि ती लक्ष्यबात्ती बालिएका हुन ।

    स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १ मा नबनिर्मित नवग्रह मन्दिरमा फागुन ६ गतेदेखि गीता ज्ञान तथा धार्मिक महोत्वस जारी छ। शिवरात्रीका दिनसम्म संचालन गरिने धार्मिक महोत्सबमा आजसम्म ५० हजार भन्दा बढी भक्तजनले नवग्रहको पुजाआराधना गरेका छन ।

    एक सय ४४ वर्षमा पर्ने शुभमुर्हत सहित महाशिवरात्रीको अवसर पारेर नवग्रह मन्दिरको प्राण प्रतिष्ठा सहित धार्मिक महोत्सव गरिएको हो। गएको वर्ष शिवरात्रीको दिन शिलान्यास गरिएको यो मन्दिर बर्षदिनमै निर्मित मुलुककै पहिलो नवग्रह मन्दिर हो।

    महोत्सवमा ४ वेद, गायत्री मन्त्रद्वारा सवालाख हवन, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको अर्जुनचौपारीका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । उहाका अनुसार, ‘सुख, शान्ति, समृद्धिसंगै अर्जुनचौपारीलाई धार्मिक स्थलको गन्तब्य बनाउन धार्मिक महोत्सवसंगै लक्ष्यबात्ती बालिएको हो।’ महोत्सवमा आचार्य श्री चैतन्यकृष्ण महाराज गुरु प्रमुख वाचक हुनुहुन्छ ।

    एक सय ५७ रोपनी क्षेत्रफलमा फैलिएको वनमा नवभुज आकारको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ। यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक छन्। पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुगरि नवग्रह प्रतीक राखिएका छन्। पिल्लरको नौवटा भुजा ग्रह अनुसार रंगका छन्।

    मन्दिरमा षट्कोण शिवालय र यसको बीचमा पशुपतिनाथ जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएका छन्।

    मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किन सकिनेगरि बनाइएको छ। भक्तजनलाई आवत जावत र पुजाअर्चनामा समेत सहज पुग्नेगरि मन्दिर निर्माण गरिएको छ।

    नौमध्ये एक चक्रमा हरेक दिन र नवग्रह मन्दिरमा शनिबार पुजा गर्न पाइनेछ। सौर्यमण्डलीय ब्रह्माण्डको प्रतिमामा भने गणेश चतुर्थीका दिन बर्षको एक दिन पुजा हुने पालिकाका उपाध्यक्ष सपना गुरुङ्ले जानकारी दिनुभयो ।


    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.