Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 8
    Trending
    • राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक
    • लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान
    • अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    • दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध
    अर्जुनचौपारी गाउँपालिका

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    Syangja SandeshBy Syangja SandeshDecember 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ मंसिर । स्याङ्जाको अर्जुनचौपारी र दार्चुलाको अपिहिमाल गाउँपालिका बिच भगिनी सम्बन्ध सम्झौता भएको छ ।

    पर्यटनदेखि शिक्षा, स्वास्थ्य, कृषि, वातावरणीय संरक्षण र सुशासनसम्मका क्षेत्रलाई समेट्दै पाँच वर्षे सहकार्यको रोडम्याप दुबै पालिकाले अघि सारेका हुन् । सम्झौतामा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले हस्ताक्षर गर्नुभएको हो

    नेपाल सरकारको स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रोत्साहन गरेको अन्तर–पालिका सहकार्यलाई व्यवहारिक बनाउँदै दुर्गम हिमाली पर्यटन गन्तव्यको सम्भावनासहित अपिहिमाल क्षेत्र र सांस्कृतिक तथा धार्मिक आकर्षणहरूले भरिएको अर्जुनचौपारीबिच साझा पहलको मार्ग निर्धारण गरिएको हो । सम्झौताले दुवै पालिकाका विशिष्ट आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।

    अपिहिमाल बेसक्याम्प, कालीधुंगा, छिप्राटालजस्ता हाई अल्टिट्युड गन्तव्य तथा अर्जुनचौपारीको नवग्रह मन्दिर, डहरे देउराली र बोटानिकल म्याथमेटिकल पार्कलाई प्रचारप्रसार, संरक्षा र पूर्वाधार विकासका लागि संयुक्त रुपमा अघि बढाइनेछ । हिमाली ट्रेकिङ, सांस्कृतिक उत्सव, साहसिक पर्यटन र पर्यटक सुरक्षाका विषयमा दुवै पालिकाले साझा कार्यक्रम सञ्चालन गर्नेछन् ।

    यस्तै विद्यालय–विद्यालय साझेदारी, शिक्षक–विद्यार्थी आदानप्रदान, चेन्ज मेकर्स क्लब जस्ता युवा नेतृत्व परियोजनामा सहकार्य हुने सम्झौतामा उल्लेख छ । डिजिटल साक्षरता, ई–गभर्नेन्स, सीप विकास तथा उद्यमशीलता प्रवर्धनमा पनि संयुक्त कार्यक्रम अघि सारिनेछ ।


    यस्तै, प्राथमिक स्वास्थ्य सेवा, जनस्वास्थ्य अभियान, महिला–बालबालिका–वृद्ध र विपन्न वर्गका लागि सशक्तिकरण कार्यक्रमलाई प्राथमिकता दिइनेछ । मानसिक स्वास्थ्य, पोषण र समुदाय–मुखी स्वास्थ्य प्रवर्धनमा अनुभव आदान–प्रदान गरिनेछ ।
    यस्तै उच्च मूल्यका बाली, जैविक कृषि, पशुपालन र कृषि प्रविधिमा दुवै पालिकाले संयुक्त अध्ययन र तालिम कार्यक्रम सञ्चालन गर्नेछन् । जल–वन–माटो संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र विपद् जोखिम कमीका क्षेत्रलाई प्रमुख सहकार्य क्षेत्रका रूपमा समेटिएको छ ।

    यस्तै दुर्गम क्षेत्रका पूर्वाधार योजना, यातायात, सूचना तथा सञ्चार र सामुदायिक पूर्वाधार विकासमा अनुभव आदानप्रदान हुने उल्लेख छ । दुवै पालिकाले डिजिटल प्रशासन, पारदर्शिता र सुशासन सुधारका क्षेत्रमा पनि सहयोग गर्ने सहमति जनाएका छन् । दुवै पालिकाले “भगिनी सम्बन्ध समन्वय समिति” गठन गर्ने, वार्षिक कार्ययोजना बनाउने तथा प्रगति मूल्यांकन गर्ने व्यवस्था राखिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025

    दुई वटा माछा पसल सिल, नियन्त्रणमा लिएमा माछा नष्ट

    December 8, 2025

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राज्यको पहिलो प्राथमिकता स्वास्थ्योपचार हो — मन्त्री पाठक

    December 8, 2025

    लम्सालको ४५ औं पुण्यतिथि पारेर श्रवण माविमा रक्तदान

    December 8, 2025

    अर्जुनचौपारी र अपिहिमाल पालिकाबिच भगिनी सम्बन्ध

    December 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.