Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रकृति बचाउन नसकेमा ब्रहमाण्ड खतरामा–मन्त्री पाण्डे
    अर्जुनचौपारी गाउँपालिका

    प्रकृति बचाउन नसकेमा ब्रहमाण्ड खतरामा–मन्त्री पाण्डे

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2025No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    फागुन ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रकृति बचाउन नसकेमा ब्रहमाण्ड खतरामा रहेको बताउनु भएको छ ।

    अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गिता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा मङगलबार मन्त्री पाण्डेले मानब सभ्यताको लागि नवग्रह मन्दिर कोषेढुङ्गा हुने बतानुभयो ।

    पृथ्वीले आफ्ना प्राकृतिकता खोजको बताउदै मन्त्री पाण्डेले ब्रहमाण्डको सन्तुलन, धार्मिक सन्तुलन नमिल्दा हिमालमा हिउँ नभएको र बायुमण्डलिय प्रदुषण तथा पुरै विश्व खतरामा परेको बताउनुभयो ।नवग्रहले आलमदेवी देखी मुक्तीनाथ जस्ता धार्मिक स्थललाई जोडनुपर्ने बताउदै मन्त्री पाण्डेले अब हजारौँ दर्शनाथी आउने छन् भने नआएकालाई आउ आउ बनाउनुपर्ने बताउनुभयो ।
    नेपालनै धार्मिक पर्यटनको सम्भावना भएको देश भएको बताउदै मन्त्री पाण्डेले नवग्रह मन्दिर अब धार्मिक पर्यटकिय स्थल बनेको जिकिर गर्नुभयो ।

    जल, जडिबुटी, बन लगायतका प्राकृतिक हिसाबले नेपाल धनि रहेको बताउदै मन्त्री पाण्डेले विश्वलाई नै एक पटक नेपालको सस्कृति हेर्न जाउ भन्ने बनाउनुपर्ने बताउनुभयो । स्थानिय आमा दिदी बहिनीको मुख्य सहयोगमा बनेको सुन्दा आफु हर्षित भएको बताउदै मन्त्री पाण्डेले मातृशक्तीले देखाएको बाटो हाम्रा लागि कल्याणकारी बाटो भएको बताउनुभयो ।

    आयआर्जनमा गण्डकी अग्रस्थानमा रहेको बताउदै मन्त्री पाण्डेले स्याङ्जा बुटवल र पोखरासँग जिल्लाका नागरिक पुगेका र सम्बन्ध रहेको बताउनुभयो । सरकारले विकासको लागि त्रिभुजको परिकल्पना गरेको बताउदै मन्त्री पाण्डेलले नेपालको बिचमा रहेको मुग्लिन, पोखरा र बुटवललाई जोडने सरकार लागेको बताउनुभयो ।

    स्याङ्जाको भविष्य रहेको रहेको बताउदै सिदार्थ राजमार्ग चौडा गरेसँगै जिल्लाले विकासले फड्को मार्ने मन्त्री पाण्डेको भनाई थियो ।जसको जे सम्भावना छ सोही अनुसार समुदाय जागरुक भएर लाग्नु पर्ने बताउदै मन्त्री पाण्डेलले संघको मन्त्रीको नाताले खुला हृदयले सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा संघीय सांसद राजु थापाले नवग्रह मन्दिरले धार्मिक पर्यटनको बाटो खोलेको बताउनुभयो । प्रदेश सांसद कल्पना तिवारी, उपाध्यक्ष सपना गुरुङप्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो ।

    १४४ बर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रीको अवसर पारेर यहाँ प्राण प्रतिष्ठा तथा अनुष्ठान र धार्मिक महोत्सब गरिएको हो । १४ गते सम्म चल्ने नव्रह मन्दिरको अनुष्ठान तथा धार्मिक महोत्सवमा एक करोड २५ लाख दिप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, आर्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिने छ ।

    प्राण प्रतिष्ठा तथा अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गूरु प्रमुख बाचक रहनु भएको छ भने राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अनधिकारी लगायतका राष्ट्रिय कलाकारले मनोरञ्जन दिनु हुने छ ।
    घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजा अर्चना गर्न पाइने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । १५७ रोपनी अर्थात आठ हेक्टर क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभुज आकारको आकाश तर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ ।

    पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । नवग्रह मन्दिरसँगै षट्कोण शिवालय बनाइएको छ भने षट्कोण शिवालयको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङग(सात क्वीन्टलक) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

    यस मन्दिरमा षट्कोण शिवालयको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता(तेलको पोखरी), स्ष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिंगको दुई पटक घुमेर पूजा गरेसँगै हनुमान, लक्ष्मी, कालाभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।
    षट्कोण शिवालयको पूजा पश्चात देवरे छेउँबाट हिडेर करिब तीन सय मिटर टाढा रहेको बर्षौ देखी पूजा अर्चना गरिदै आएको पञ्चकन्याको मन्दिरको दर्शन गरिने छ ।

    त्यस पश्चात विपरितबाटो दियो आकारको पूर्व तर्फ फर्केको नवग्रहमन्दिर पुगिने छ । नौ चक्रमा रहेको मन्दिरको एक ठाउँबाट छिरेर परिक्रमा सहितको पूजा गरेपछि सुरुङबाट बाहिर निस्कने छ । यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने यस मन्दिरमा विवाह नहुने हुदाँ सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ ।

    यहाँ षट्कोण शिवालयका मुर्तिको अस्तित्वमा रहेको कर्णको मुर्ति नवग्रह तर्फ फर्कायर करिब तीन सय मिटर पूर्वको जंगलमा राखिएको छ ।नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.