स्याङ्जा ११ भदौ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिका गण्डकी प्रदेशका प्रथम र दोश्रो बन्न सफल भएका छन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सञ्चालित स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ पालिका बनेको हो। र, भीरकोट नगरपालिका दोश्रो बनेको छ ।
मन्त्रालयद्धारा प्रकाशित नतिजामा अर्जुनचौपारी गण्डकी प्रदेशमै उत्कृष्ट पालिका रहेको छ भने स्याङ्जाकैे भीरकोट नगरपालिका दोश्रो बन्न सफल भएको छ। र, गण्डकी प्रदेश अन्र्तगतका नगरपालिकामध्ये भीरकोट प्रथम बनेको छ ।
आ.व. २०८०÷८१ अनुसार लिजातर्फ अर्जुनचौपारीले ८८ दशमलब ७५ प्रतिशत अंक पाएको छ भने भीरकोट नगरपालिकाले ८८ दशमलब २५ प्रतिशत अंक पाएको छ ।
स्वमूल्यांकनमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा विषयगत क्षेत्रगत सूचकका आधारमा नम्बर दिएर पालिकाको अवस्थाका बारे सार्वजनिकरण गरिएको हुन्छ ।
स्याङ्जाका ११ पालिकामध्ये गण्डकी प्रदेशमै स्याङजाका दुई उत्कृष्ठ प्रथम र द्धितिय स्थानमा आउन सफल भएका हुन ।