Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, September 16
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    गल्याङ् नगरपालिका

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    Syangja SandeshBy Syangja SandeshJune 13, 2025Updated:June 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ जेठ । साउदी अरबको खजुर स्याङ्जामा फलेको छ । वालुवा तथा मरुभूमिमा उम्रने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका ११ जिमुवामा लटरम्मै फलेका छन ।

    रोजगारका लागि साउदी पुगेका करिब ६० बर्षिय बाबुराम ढकालले घर आउदा खजुरको केही बिउ लिएर आए । बालुवा सहित मलमाटो मिलाएर बिउ जमाए। जमाएका बिउ मध्ये २ वटा वीउ बढेर उत्पादन दिने भए । गतबर्ष अलिअलि फलेको खजुर यसपटक लटरम्मै फलेर सबैलाई चकित एवं हर्षित बनाएको छ ।

    साउदी अरबमा २१ बर्ष गाडी चलाउनुभयो । कयौं पटक साउदी र नेपाल गरे। एकदिन कामको शिलशिलामा जादै गर्दा मरुभूमि भन्दा केही बाहिर खजुर फलेको देखेपछि आफनो जन्मभूमिमा पनि हुन्छ होला भन्ने सोचेर केही खजुरका बीउ लिएर आएको उहाले भन्नुभयो ।

    खजुरका लागि घाम पर्ने जग्गा चाहिन्छ। यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ । विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी पनि चाहिँदैन। ढकालले पनि जिमुवामा खजुर लगाउदा बालुवा सहित मलमाटो मिलाएर रोपेको बताउनुभयो ।

    रोपेको ७ बर्षमा फल दिएको छ। गतबर्ष अलिअलि फलेको थियो। अहिले भने असाध्यै राम्रो फलेको छ । अब खजुर खेती बिस्तार गर्नेछु उहाले भन्नुभयो । उहाले आँप, लिचि, कटहर लगायत अन्न तथा तरकारी पनि उत्पादन गर्दै आउनु भएको छ ।

    ढकालका अनुसार, ‘यसबर्ष खजुरको बिरुवामा परागसेचन गरेपछि राम्रो फल दिएको हो ।’ फलको बिरुवाको भाले अङ्गमा भएका परागकणहरू त्यही जातका अन्य बिरुवाको पोथी अङ्गसम्म पुग्ने कार्यलाई परागसेचन भनिन्छ ।

    खजुरमा प्रोटिनको मात्रा धेरै हुन्छ । खजुरलाई पोषक तत्व अत्याधिक हुन्छ। प्राकृतिक चिनी, भिटामिन, आइरन, पोटासियम, क्याल्सियम, फस्फोरस मात्र पनि प्रशस्त मात्रामा पाइन्छ । जाडो वा गर्मी जुनसुकै मौसममा पनि खजुर खान सकिन्छ। खाली पेटमा खजुर खादा राम्रो हुने र खजुरले शीतलता दिने चिकित्सकका भनाई छ ।

    खजुरको उमेर ५० बर्षभन्दा बढी हुन्छ। एउटै बोटले ५० देखि ६० किलोभन्दा बढी उत्पादन दिने बताइएको छ । यसमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइन्छ ।

    जिमुवामा खजुर फलेपछि अन्य किसान पनि हर्षित बनेका छन । यसपटकको फललाई राम्रोसंग पाक्न दिएर बिउ उत्पादन गर्नेगरि छलफलमा जुटेको बताउनुहुन्छ कृषि वीउ उत्पादन फर्मका संचालक रुमलाल कडेंल ।

    खाडी मुलुक साउदी अरब, कतार दुबई जस्ता देशमा अत्याधिक रुपमा पाइने खजुर स्याङ्जाको गल्याङ्मा पनि फल्न थालैको छ। खजुर गर्मी ठाउँमा फल्ने फल हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.