स्याङ्जा १६ चैत । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको समन्वयमा पुतलीबजार नगरपालिकाका वडासचिवलाई अपांगता सम्बन्धी अभिमुखीकरण कार्यशाला सम्पन्न भएकोे छ ।
समापन कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले अपांगता सबैको सरोकारका बिषय बन्नु पर्ने बताउनुभयो । उहाले अपांगताका क्षेत्रलाई बिशेष ध्यान दिदै बजेट तथा कार्यक्रम बिनियोजनमा वडासचिबसंग समन्वय गर्ने बताउनुभयो । स्वास्थ्य, शिक्षा तथा भौतिक निर्माणमा बढी संवेदनशील बन्न आवश्यक रहेको उहाले बताउनुभयो ।
वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, पत्रकार भवानी अधिकारी, प्रशिक्षक द्धय एवं अपांगता शसक्तिकरण सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुली, अपांग संरक्षण समाज लम्जुङका अध्यक्ष चन्द्रकान्त पौडेल, पुतलीबजार नगरपालिका ९ का सचिव नारायण शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव इन्द्रप्रसाद पराजुलीले गर्नुभएको थियो ।