Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने
    समाचार

    पुतलीबजारमा शारीरिक अपांगता पहिचान सहित स्वास्थ्य परीक्षण शिविर हुने

    Syangja SandeshBy Syangja SandeshAugust 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ भदौ । पुतलीबजार नगरपालिकाका यही भदौ २१ गते शनिवार शारीरिक अपांगता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनस्र्थापन घुम्ति शिविर हुने भएको छ ।

    जिल्ला स्थित अपांगता क्षेत्रमा क्रियाशिल अपांगता भएका ब्यक्तिहरु सहित सरोकारवालाबीचको छलफल मार्फत सो जानकारी दिइएको हो ।

    अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा, काभ्रेपलाञ्चोकको आयोजना तथा पुतलीबजार नगरपालिकाु सहित सबै पालिकाहरु, स्माइल ट्रेण्ड बि एण्ड वी अस्पताल, ग्वार्को, ललितपुर, अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल र स्याङ्जा अपांग समाज स्याङ्जाको सहयोगमा १८ बर्षसम्मका शारीरिक अपांगता भएका बालबालिकाको अपांगता पहिचान सहित स्वास्थ्य परिक्षण हुने भएको बनेपा अस्पतालका सुपरभाइजर एवं गण्डकी प्रदेश पोखराका फोकल पर्सन शालिकराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

    शिविरमा जन्मजात खुट्टाका पैतला भित्र फर्केका, आगोले पोलेर अंगहरु एकआपसमा टासिएको, भाँचिएर बांगो भएका, हड्डी नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्न्निने समस्या भएका ब्यक्तिहरु सहभागी हुन पाउनेछन् ।

    यसैगरी, हड्डी पाकेर पिप आइरहने, हड्डीमा टि.बि. रोग लागेको, औलांहरु एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका बिभिन्न जोर्नीहरु बाङगो र खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका, सहायक सामाग्री तथा कृत्रिम अंगको आवश्यकता भएका र ओठ तथा तालु फाटेकाहरुका लागि पनि स्वास्थ्य शिविर मार्फत सेवा प्रदान गरिने भएको सहयोगी संस्था अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल, स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो ।

    शिविर पुतलीबजार नगरपालिकाको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुने र शिविरमा डाक्टर, नर्स, फिजियो थेरापिष्ट, सहायता तथा सहयोगी सामाग्री निर्माण सम्बन्धी प्राबिधिक, स्वास्थ्य सम्बन्धी काउन्सिलर लगायतको सहभागीता रहने स्याङजा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको भनाई छ ।

    पुतलीबजारमा हुने सो शिविरमा जिल्लाभरका सबै पालिकाबाट लक्षित बर्गका अपांगता भएका ब्यक्तिहरु आएर स्वास्थ परामर्श तथा स्वास्थ्य लाभ लिन समेत आयोजक तथा सहयोगी संस्थाहरुको अनुरोध छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.