Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
    पुतलीबजार नगरपालिका

    अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा

    Syangja SandeshBy Syangja SandeshDecember 2, 2024Updated:December 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र पुतलीबजार स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिका नगरकार्यपालिकाको सहयोगमा अपांगता सम्बन्धी सचेतना अभियान अन्र्तगत सोमबार सो कार्यक्रम स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालयमा गरिएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरपालिका वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले अपांगता जन्मसिद्ध र जन्मेपछि पनि हुन सकिने बताउदै अपांगतालाई आवश्यकता अनुरुप सहयोग गर्न सुझाव दिनुभयो । अपांगता ब्यक्तिका लागि राज्यले उपलब्ध गराएका सेवा सुबिधा र अवसर प्रदान गर्नका लागि वडा कार्यालयले सहयोग गर्दे आएको र भोली पनि निरन्तरता दिईने बताउनुभयो । अपांगता भित्रको फरक क्षमता पहिचान गर्दै अघि बढाउनु पर्ने उहाको भनाई छ ।

    कार्यक्रममा त्रिभुवन आदर्श माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मी, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष भवानी अधिकारी, वडा सदस्य पवित्रा लम्साल लगायतले शुभकामना सहित अपांगता बारेमा आ आपना धारणा ब्यक्त गर्दै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    शिक्षक अभिभावक संघका अध्यक्ष एवं वडा सदस्य बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहजकर्ता नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।

    सोही कार्यक्रममा अपांग समाज स्याङ्जा जिल्ला अध्यक्ष राम शर्मा पोखरेल, अपांगता विज्ञ एवं अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुली र पुतलीबजार नगरपालिका अन्र्तगत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ठगीकुमारी खनालले अपांगता सम्बन्धी अवधारणा, अपांगताका प्रकार, परिचयपत्र र स्वयंसेवक छनौट सम्बन्धी छुट्टाछुट्टै कार्यपत्र सहित सहजीकरण गर्नुभएको थियो ।

    बिद्यालयमा कक्षा ११, १२ मा अध्ययरत छात्रछात्रालाई सहभागी गराइएको थियो । सहभागी मध्येबाट संगम ढका, स्मृति कुँबर र सुदिक्षा देवकोटाले स्वयंसेवी भई सेवा गर्नकालागि आ आफना नाम शिफारिस गर्नुभएको छ ।

    अभियानले पहिलो चरणमा क्याम्पस सहित ४ वटा बिद्यालयमा पुगेर प्रशिक्षण दिने र सोही शिक्षालयका ३÷३ जना स्वयंसेवी छात्रछात्रा चयनगरि उनीहरुलाई सो क्षेत्रका बारेमा प्रशिक्षित गराईने अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्रले जनाएको छ ।
    आइतवारदेखि सुरु अभियानले आज (सोमबार) सम्म एउटा क्याम्पस र एउटा बिद्यालयमा सम्पन्न गरिसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.