स्याङ्जा १७ मंसिर । बुधवार अपांगता भएका ब्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस । दिवसको अवस अपांगता क्षेत्रमा क्रियाशिल संस्था सहित पुतलीबजार र एकिकृत सेवा कार्यालयले बिभिन्न कार्यक्रमगरी मनाएका छन् ।
सोही अवसर पारेर बहिरा बिद्यालय परिवारलाई ब्यक्तिगत सरसफाई समाग्री, न्यानो टोपी र खेलकूद सामाग्री बितरण गरिएको छ ।
पुतलीबजार नगरपालिका ३ स्थित चण्डीकालिका बहिरा आधारभूत बिद्यालयमा अध्ययरत २४ बालबालिका सहित शिक्षक र आयाहरुलाई ती सामाग्री वितरण गरिएको हो ।
अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजारको आयोजना, पुतलीबजार नगरपालिका तथा एकीकृत सेवा कार्यालय स्याङ्जाको सहकार्य र स्याङ्जा अपाङ्गता समाज, स्याङ्जा बहिरा संघ, स्याङ्जा दृष्टिविहीन संघ र सीबीआरएसको समन्वयमा बिबिध कार्यक्रमगर्दै बुधवार दिवस मनाइएको हो ।
“अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने मूल नाराका साथ मनाइएको अपाङ्गता दिवसको अवसरमा सामग्री वितरण गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिहरुको सीप र क्षमता पहिचानगर्दे पालिकाले बिभिन्न खालका तालिम तथा प्रशिक्षण उपलब्ध गराउदै आएको जनाउदै आउदा दिनमा पनि सहयोग निरन्तरता दिईने बताउनुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका ३ का कार्यवाहक अध्यक्ष सोमबहादुर कुँवर, वडासदस्य एवं सोही बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमीरबक्स मियाँ, पुतलीबजार नगर महिला सञ्जाल अध्यक्ष सीता गोदार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सृजना लामिछाने, अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतलीबजारका अध्यक्ष युवराज पराजुली, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव राम शर्मा पोख्रेल लगायतले दिवसको शुभकामना सहित अपांगता भएका ब्यक्तिकालागि हरेक क्षेत्रमा अपांगतामैत्री बिशेष योजना सहित राज्य अघि बढ्नु पर्नेमा जोड दिनभयो ।
यसैगरी, दिवसको अवसर पारेर पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा साँझ दिप प्रज्वलन र गरिएको छ ।
