Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    समाचार

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    Syangja SandeshBy Syangja SandeshMay 18, 2025Updated:May 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुहारमा लागेको दाग ऐना पुछेर नहुने बताउनु भएको छ ।

    नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई शनिवार स्याङ्जा सदरमुकाममा उदघाटन गर्दै महामन्त्री थापाले कांग्रेसले जुनसुकै काम गर्दा वा निर्णय गर्दा बैधानिक छ छैन नियाल्दै संबिधान र कानून सम्मत गर्नुपर्ने बताउनु भएको हो ।

    उहाले भन्नुभयो , ‘नेतृत्वले आमनागरिकका बढ्दो गुनासालाई सुन्नुपर्छृ । नागरिकमा असन्तिुष्ट बढेको छ । नेपालमा भ्रष्टाचार बढ्यो, कुशासन भयो, नेताले परिवार र आसेपासेलाई मात्र हे¥यो भन्ने गुनासा हुन्। गुनासा पहिचान गर्दै नागरिकका असन्तुष्टिको सम्बोधन गर्नुपछे ।’

    एमाले संगको सहकार्यमा कांग्रेस सरकारमा छ । हामी ०८४ सम्म सरकारमा रहन्छौं । सरकारमा रहुन्जेल नागरिकमैत्री र बैधानिक काम गरौं। ता कि, हाम्रा क्रियाकलापले त्यतीबेलासम्म हामीलाई भारी र हानी नपरोस । ब्यहारमा दाग नलागोस् महामन्त्री थापाले भन्नुभयो । ‘जागरुक आमनागरिकले नेतृत्वका हरेक क्रियाकलापलाई नियालीरहेका छन् त्यसतर्फ सचेत बनोै ।’

    पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र २०८३ मङ्सिरमै पार्टीको अधिवेशन गर्नुको विकल्प नरहेको महामन्त्री थापाको जिकिर छ । नेपाली कांग्रेस संबिधानप्रति प्रतिवद्ध रहेको जनाउदै संबैधानिक राजतन्त्रका बिषयमा अल्मलिन नहुनेमा जोड दिनुभयो ।

    ‘पार्टी संगठनका काम निती, नियम र बिधान सम्मत हुर्नुपर्छ। ब्यक्तिका गल्ती पार्टीले बोक्दैन । कांग्रेसका एक कार्यकर्ता र मेरो हैसियत बराबर हो । पार्टीभित्र ठूलो र सानो हुदैन ।’ संधिय सांसद समेत रहेका थापाले भन्नुभयो ।

    विस २०७९ को निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा ठुलो पार्टी भएको जनाउदै विकास, सुशासनतर्फ अग्रसरता देखाउदै आमनागरिकका मन जित्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    यसैगरी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य द्धय अब्दुल सतार र सरस्वती तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला सभापति राजु थापा, पूर्वसभापति श्रीप्रसाद घर्ति, प्रदेश सदस्य अजित क्षेत्री, महाधिवेशन प्रतिनिधि तुलसी गिरी, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकाल, प्रदेशसभा ख का सभापति प्रकाश तिवारी, नेता दिपक लम्साल, नेविसंघ अध्यक्ष गौरब प्रधान लगायतले नेपाली कांग्रेसका बिचार र सिद्धान्तका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।

    सोही कार्यक्रममा क्षेत्र नं. १ अन्तरगतका पालिका सभापतिहरु क्रमशः पुतलीबजारका सुरज अधिकारी, फेदिखोलाका महेन्द्र थापा, आँधीखोलाका नरेन्द्रराज पौडेल, विरुवाका डोलराज पोखरेल, भीरकोटका लक्ष्मण अधिकारी, अर्जुनचौपारीका बिष्णुप्रसाद काफले, वालिङ्का नेत्रप्रसाद पाण्डे लगायतले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    क्षेत्रीय सभापति तुलसीराम रेग्मीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति केशरवहादुर खाण (धुव) ले स्वागत सचिव सूर्यप्रसाद लामिछानेले प्रतिवेदन र सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो । यस क्षेत्र अन्र्तगतका ८ पालिकाका ५२ वटा वडा छन् ।

    यसैगरी, नेता गगन थापाले अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नवग्रह मन्दिरमा पुजाआजा सहित र एशियाकै पहिलो पर्यटकीय गाउँ आधीखोला गाउपालिकाको शिरुवारी पुगेर बास बस्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.