Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, August 24
    Trending
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    • स्याङजा अस्पतालबाट विस्तारित सेवा
    • स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम
    • स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी
    • फोर नाइन जीआर पल्टनको ६४ औ पुनस्थापना दिवस सहित तीजको शुभकामना
    • खुला तीज गीत प्रतियोगितामा एकता बुहारी समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया र प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा अन्तरक्रिया र प्रशिक्षण

    Syangja SandeshBy Syangja SandeshMarch 7, 2025Updated:March 7, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङना २३ फागुन । मार्च ८ का दिन मनाईने ११५ औं अन्तराष्ट्रिय महिला दिवसको पुर्वसन्ध्या शुक्रवार पुतलीबजारमा शुक्रबार अन्तरक्रिया सहित महिलाहरुलाई प्रशिक्षण दिइएको छ ।

    सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ स्याङ्जामा अन्तराष्ट्रिय महिला दिवस मनाइने भएको छ ।

    पुतलीबजार नगरपालिकाको आयोजनामा भएको अन्र्तक्रियाको उद्घाटन गर्दै नगर प्रमुख तुलसीराम रेग्मीले पछिल्ले समय महिला सशक्तिकरण र अधिकारका मुद्धाहरु बलियो बन्दै गएको भए पनि यो अवस्था पर्याप्त नभएको बताउनुभयो । उहाँले नेपालको संविधानले नै महिलाहरुको हक, अधिकार र समानतामा विशेष व्यवस्था गरेको र त्यसको पुर्ण कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो ।

    महिलाहरु आफै पनि आफ्नो हक, अधिकारका विषयमा तदारुकताका साथ लाग्नुपर्ने बताउदै प्रमुख रेग्मीले २१ औं शताब्दिमा अझै पनि महिलाहरु चुलो चौको र घरायसी काममा मात्रै सिमित रहेको र लैगिंक हिंसाबाट पीडित हुने गरेका घटना सुनिरहने भएकाले यस्तो अवस्थाको न्युनिकरण हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नेपाल महिला संघका सचिव बन्दना लम्साल, अखिल नेपाल महिला संघका अध्यक्ष हिरामोती शाही, पुतलीबजार नगर महिला संजालका अध्यक्ष सीता गोदार लगायतले महिलाका योगदान र परिश्रमको मूल्यांकन गरिनुपर्नेमा जोड दिदै भाषणमा मात्र नभई ब्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

    पुतलीबजार नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला न्यायधिवक्ता कला पौडेलले महिला दिवसको पृष्ठभुमि र अधिवक्ता हरिप्रसाद रेग्मीले महिला समावेशीकरण र कानुनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    नगर उपप्रमुख देवी अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य यशोधा अर्यालले स्वागत एवम् महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले संचालन गर्नुभएको थियो । हरेक वर्षको मार्च ८ मा विश्वभर अन्तराष्ट्रिय महिला दिवस मनाईदै आईएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025

    स्याङ्जा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान जारी

    August 22, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025

    स्याङजा अस्पतालबाट विस्तारित सेवा

    August 22, 2025

    स्वतन्त्र बिद्यार्थी यूनियनद्धारा तीज बिशेष कार्यक्रम

    August 22, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025

    मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग

    August 24, 2025

    स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख

    August 24, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.