Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    समाचार

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    Syangja SandeshBy Syangja SandeshOctober 11, 2025Updated:October 11, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ असोज । अन्र्तराष्ट्रिय अण्डा दिवसको अवसर पारेर शुक्रवार स्याङ्जाका ६३ वटा सामुदायिक बिद्यालयमा कुखुराका अण्डा बितरण गरिएको छ ।

    खिलुङ कालिका एग्रो फार्म भीरकोट, खुमा अर्याल फाउण्डेशन भीरकोट र नेपाल लेयर्स कुखुरा पालक संघ काठमाण्डौंको संयुक्त आयोजनामा स्याङ्जाका सामुदायिक बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुलाई लक्षित गर्दै अण्डा बितरण गरिएको खुमा अर्याल फाउण्डेशनका अध्यक्ष लेखनाथ शर्माले जानकारी दिनुभयो ।

    पुतलीबजार नगरपालिका १ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक बिद्यालयबाट अण्डा बितरण कार्य सुरु गरिएको थियो । यहाँका प्रधानाध्यापक प्रेमप्रसाद पौडेललाई फाउण्डेशनका अध्यक्ष शर्माले बिद्यालय प्रांगणमा पुगेर ४ बण्डल अर्थात ८ सय ४० वटा अण्डा हस्तान्तरण गरेर बितरणको शुभारम्भ गरिएको थियो ।

    अण्डा हस्तान्तरण कार्यक्रममा पुतलीबजार शिक्षा शाखा प्रमुख बाबुराम बराल, प्रधानाध्यापक प्रेमप्रसाद पौडेल, समाजसेवी सुरजकुमार अधिकारी र महिला नेतृ बन्दना लम्साल लगायतले अण्डाको उपयोगिता र यसका आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो ।

    ‘स्वस्थ्य जीवनका लागि दैनिक अण्डा सेवन गरौं’ भन्ने नारालाई आत्मसाथ गर्दै स्याङ्जाका पुतलीबजार सहित भीरकोट, वालिङ्, गल्याङ नगरपालिका र अर्जुनचौपारी, आँधीखोला फेदिखोला गाउँपालिकागरि ७ वटा स्थानीय पालिकाका ६३ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक मार्फत बिद्यार्थीलाई अण्डा बितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

    फाउण्डेशनका सदस्यहरुले बिभिन्न समूहगत रुपमा छ्ुट्टाछुट्टै पालिकामा पुगी अण्डा बितरण गरेका हुन् । बिद्यार्थी र जेष्ठ नागरिक समेतलाईगरि झण्डै १६ हजार वटा अण्डा बितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

    बालबालिकाका लागि अण्डा अत्यावश्यक भएको र अण्डामा पौष्टिकतत्व धेरै हुनाले मानवीय स्वास्थ्यकालागि अण्डा खानु पर्ने बुझाउदै अण्डा बितरण गरिएको छ । फाउण्डेशनले ३ लाख मूल्य बराबरको अण्डा खरिदगरि बिद्यार्थीलाई उपलब्ध गराएको जनाएको छ ।

    स्याङ्जाको भीरकोट नगरपालिकामा स्थापित खिलुङ् एग्रोफार्म मुलुककै नमूना अण्डा उत्पादक फर्म हो । अत्याधुनिक प्रबिधिका मेशिनद्धारा यहाँ दैनिक एक लाख भन्दा बढी अण्डा उत्पादन हुदैै आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.