Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 4
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    आँधीखोला गाउँपालिका

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    Syangja SandeshBy Syangja SandeshJune 1, 2025Updated:June 2, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ जेठ । ‘ब्यक्ति ब्यक्ति सृजनाकार, घर घर साहित्यकार’ भन्ने मूल नाराका साथ साहित्यिक तथा बैचारिक गोष्ठी सहित सम्मान गरिएको छ ।आँधीखोला गाउँपालिका ६ फापरथुम स्थित आनन्दआश्रम ज्ञान केन्द्रले शनिवार साहित्यिक गोष्ठीसंगै सम्मानका कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बोल्दै साहित्यकार एवं पूर्वमन्त्री नरहरी आचार्यले कर्मले मानिसलाई महान बनाउने बताउजुभयो । पण्डित आनन्दमणी ढकालका सत्कर्म र चेतनाका बिकासले उहाँ सधैभरी स्मरणयोग्य रहने उहाको भनाई छ । शिक्षाको पहुच अत्यन्तै कठिन रहेको अवस्थामा आफनै घरमा गुरुकुलिय शिक्षा प्रदान गरेर दर्जनौं ब्यक्तिलाई शिक्षित बनाउने उहाको सेवा र सत्कर्म हामी सबैका लागि प्रेरणादायी रहेकोमा जोड दिनुभयो ।

    आफना पिताजीका अभियानलाई साथ दिदै यहाँसम्म निरन्तरतादिई ब्यक्ति ब्यक्तिमा सृजना र घर घरमा साहित्यकार बनाउने अभियानमा जुटुनु भएको साहित्कार एवं पूर्वमन्त्री समेत रहका त्रिलोचन ढकालको योगदानको समेत चर्चा गर्नुभयो ।

    कार्यक्रममा आनन्दमणी — टुल्की — नन्दकला स्मृति प्रतिष्ठानका अध्यक्ष डा. महेश्वर शर्मा, प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याल, पत्रकार एवं नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, प्रतिष्ठानका सल्लाहकार लोकराज शर्मा र टिकाराम ढकाल, आँधीखोला गांउपालिका ६ का अध्यक्ष नविन ढकाल, आनन्दमणीका शिष्य एवं पण्डित पदमप्रसाद आचार्य लगायतले पण्डित आनन्दमणीका योगदानका चर्चा एवं परिचर्चा गर्दै उहाका शैक्षिक योगदानका बारेमा चर्चा परिचर्चा गर्नुभयो ।

    यसैगरी, सोही कार्यक्रममा चितवनका साहित्यकार पोषराज पौडेल, शिक्षक सुरज उपाध्याय, बिद्यार्थी रिदम ढकाल र सविन जिटीले आ आफना साहित्यिक रचना एवं कबिता वाचन गर्नुभएको थियो ।

    पण्डित आनन्दमणीका छोरा, प्रतिष्ठान संस्थापक, संरक्षक एवं साहित्यकार त्रिलोचन ढकालले पण्डित आनन्दमणीका योगदान र उहाँका क्षमताका बारेमा जानकारी गराउनुभयो । आफना पिताजी आनन्दमणी संस्कृतिविद रहेको र आफनै घरमा गुरुकुल संचालन गरेर सयौं ब्यक्तिलाई शिक्षा प्रदान गरेको स्मरण गराउनुभयो ।

    आनन्दआश्रम परिसरमा पुस्तकालय भवन, प्रतिक्षालय, आनन्दगुरु मन्दिर निर्माण भएका छन् भने बिभिन्न अक्षयकोष स्थापाना गरि साहित्यकार लगायत बिद्यार्थी सम्मानका कार्यक्रम हुदै आएका छन् । प्रत्येक महिनाको तेस्रो शनिवार बृहत साहित्यिक गोष्ठी नियमित हुदै आएको र आजको २८ औं अध्याय रहेको ढकालले जानकारी गराउनुभयो ।

    सोही कार्यक्रममा साहित्यकार एवं पूर्वमन्त्री नरहरी आचार्यलाई सम्मान गरिएको छ । यसैगरी, पण्डित आनन्दमणीका १६ जना चेला तथा शिष्यहरुलाई समेत सम्मान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष डा. महेश्वर शर्मा, पूर्वमन्त्री एवं साहित्यकार नरहरी आचार्य, संरक्षक पूर्वमन्त्री एवं साहित्यकार त्रिलोचन ढकाल र आनन्द आश्रम ज्ञान केन्द्रका अध्यक्ष ईन्जिनियर ओमनारायण शर्माले संयुक्तरुपमा सम्मान गर्नुभएको हो ।

    कार्यक्रममा सम्मानित हुनेमा पण्डित आनन्दमणीका शिष्यहरु क्रमश ः शिवचन्द्र ढकाल, पुण्यप्रसाद ढकाल, निलकण्ठ लामिछाने, हिरामणी ढकाल, कुलानन्द शर्मा, त्रिभुवन शर्मा, जगन्नाथ सापकोटा, ज्योतिष पण्डित पदमप्रसाद आचार्य, भागीरथ सापकोटा, बेदप्रसाद उपाध्याया, रामचन्द्र गौतम लगायत रहनु भएको छ ।

    उहाहरु सबैलाई दोसल्ला, साहित्यिक पुस्तकहरु सहित सम्मानपत्रद्धारा सम्मान गरिएको छ ।

    आनन्द आश्रम ज्ञान केन्द्रका अध्यक्ष ईन्जिनियर ओमनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दोलराज ढकालले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.