स्याङजा ११ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा स्याङ्जा एमालेले सहमतिको प्रयास प्रारम्भ गरेको छ ।
संसदीय निर्वाचन क्षेत्र नं. १ बाट खुलातर्फ ४ र क्षेत्र नं. २ बाट ३ गरी ७ जना छनौट गरिने छ । अन्य ८ जना भने बिभिन्न क्लष्टरबाट प्रतिनिधि छानिने छन् ।
चालिस बर्ष मुनिका युवा उम्मेदवारहरु मध्ये क्षेत्र नं. १ बाट १३ जनाको मनोनयनपत्र दर्ता भएको छ । नामांकनपत्र दर्ता गर्नेहरुमा नारायण लामिछाने, केशव ढकाल, पूर्णचन्द्र शर्मा, पिताम्बर खनाल, पवनकाजी अधिकारी, राजन पोखरेल, दीपेन्द्र शर्मा, डोलबहादुर मल्ल, अमृत नेपाली थापा, युवराज आचार्य, शिवराज वाग्ले, राधाकृष्ण शर्मा पौडेल र सगुन राना रहेका छन् ।
महिलातर्फ तीलकुमारी रेग्मी, चीनमाया गुरुङ, कोपिला गिरी? देउकुमारी गुरुङ, ताराकुमारी शर्मा, इश्वरी सिग्देल अर्याल र शान्तिदेवी गौतम छन् ।
त्यस्तै खुलातर्फ रेशमबहादुर खत्री (सोभित), भुवन थापा, महेश पुरी, घनश्याम सुवेदी, हर्कबहादुर कार्की, निर्पलकुमार श्रेष्ठ, शेषराज ढकाल, खडगराज सुवेदी, टंकप्रसाद खनाल, पुष्पराज बराल, प्रकाश थापा, सुधीरकुमार पौडेल, बिश्वनाथ पौडेल, चुनप्रसाद शर्मा, सिंहबहादुर क्षेत्री, दोबबहादुर कार्की, भरतबहादुर गोदार्र, डोलराज ढुंगाना, दिलकुमार भुजेल, अमृतप्रसाद श्रेष्ठ, नारायणप्रसाद मरासिनी, मनोज बराल, सूर्यबहादुर कुँवर, टंकप्रसाद सापकोटा र रामबहादुर थापा छन् ।
यसैगरी, संसदीय निर्वाचन क्षेत्र नं. २ को खुलातर्फ सूर्यप्रसाद गैह्रे पारस, रामचन्द्र भट्टराई आरसी, राजु कोइराला, शोभाकान्त पौडेल, श्यामकृष्ण श्रेष्ठ, रामबहादुर गुरुङ, दुर्गाप्रसाद पाण्डे, उदय श्रेष्ठ, कृष्णबहादुर लामिछाने, खिमबहादुर थापा, मोहन रेग्मी, टंकप्रसाद पाण्डे, भूपराज अधिकारी र जयबहादुर भट्टराईको उम्म्ोदवार दर्ता भएको छ ।
महिला उम्मेदवाहरुमा निर्मला थापा, मन्जु खड्का केसी, खगीसरा थापा, शान्ति आचार्य, दिलकुमारी थापा, देवी थापा, भेमला बराल र रीता अधिकारी छन् ।
क्षेत्र २ को ४० बर्षुमनिका युवामा रमेश अर्याल, सुजन भट्टराई, विश्वनाथ अर्याल, प्रकाश अधिकारी, बिजयबिक्रम खाँण, दीपकप्रसाद अधिकारी र ललीत थापा मगर छन् ।
त्यस्तेै, दलित कलष्टरबाट तिलकराम विश्वकर्मा, अर्जुनकुमार सुनाम, टिकाराम नेपाली, जीतबहादुर मिजार, उत्तम परियार, मेघबहादुर सार्की ( मेघ प्रनेश), आशु बिक, घनमाया विश्वकर्मा र सुकुना थापा रनपालको उम्मेदवार दर्ता भएको छ ।
स्याङ्जा एमालेका ८४ जना उम्मेदवारले महाधिवेशन प्रतिनिधिका लागि मनोनयनपत्र दर्ता गराएकोमा ती मध्ये खुलातर्फ क्षेत्र नं. १ को ४ र २ को ३, महिला दुबै क्षेत्रमा २\२, ४० बर्ष मुनिका युवा दुबै क्षेत्रमा १\१ र दुबै क्षेत्रका दलित क्लष्टरबाट २ जनागरी जम्मा १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरिने छ ।
सर्बसम्मत प्रतिनिधि छनौट गर्न सीता सुन्दास, सीमा क्षेत्री र मीनप्रसाद गुरुङलाई क्षेत्र नं. १ का सबै उम्मेदवारहरुले लिखित रुपमा अधिकार प्रत्यायोजन गरेका छन् । उनीहरुले विवेकपूर्ण निर्णय गर्नेछन भन्ने विश्वास लिएर सहमति जनार्एको एक उम्मेदवारले जानकारी दिनुभयो ।
क्षेत्र न.२ का लागि यी तीन जना बाहेक महेन्द्र थापा र कृष्ण खाँणलाई सहभागी गराई दुबै क्षेत्रबाट निर्विरोध प्रतिनिधि छान्ने अधिकार प्रत्यायोजन गर्ने वातावरण अन्तिममा बिथोलिएपछि शुक्रवार बिहान ७ बजे पुनः बस्नेगरी अनौपचारिक बैठक स्थगित भएको थियो ।
