स्याङ्जा २१ मंसिर । अखाद्य माछाहरूको विक्रिवितरण भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले स्याङ्जामा माछा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र पशु सेवा शाखा वालिङको संयुक्त टोलीले स्याङ्जा र वालिङ बजारमा रहेका पसलमा चेकजाँच तथा अनुगमन गर्दा अवैध तथा अखाद्य माछा बिक्रीबितरण भएको जनाउदै नष्ट गरेको हो ।
अनुगमन टोलीले माछाहरू अबैधरुपमा विक्रिवितरण तथा भण्डारण गरेको फेला पारेको जनाउदै ती माछालाई बरामद गरी नष्ट गर्नुका साथै माछा बिक्री गरिएका ती दुबै पसलमा सिल गरिएको प्रहरीले जनाएको छ ।
१०÷१२ वर्ष देखी पुतलीबजार १ स्याङ्जा बजारमा बसेर माछा वेच्दै आएका भारतीय नागरिक ३३ वर्षीय रामपुकार गुप्ताले अवैध रूपमा माछाको विक्रिवितरण गरिरहेको अवस्थामा १८ के.जी. वसा प्रजातिको माछाहरू बरामद गरी नष्ट गरिएको हो ।
यसैगरी, अर्का भारतीय नागरिक डोमा शाहले पनि वालिङ १० भकुण्डे माछा पसलमा अखाद्य माछा भेटिएको थियो । पसलमा रहेको अखाद्य जस्तो देखिएको बैखी र पगाम प्रजातिका माछाको नमूना संकलन गरी परिक्षणको लागि पोखरा पठाईएको र उक्त नमूना परिक्षण प्रतिवेदन नआउँदा सम्मको लागि पसल सिल गरिएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।
