स्याङ्जा १८ मंसिर । अन्र्तराष्ट्रिय अपांगता दिवस पारेर एकिकृत सेवा कार्यालय स्याङ्जाले बिबिध कार्यक्रम गरेको छ ।
जिल्लामा क्रियाशिल अंपाङ्गता भएको व्यक्तिहरुको क्षेत्रमा क्रियाशिल संघसस्था, स्थानीय तह, विद्यालयसँगको सहकार्य र समन्वयमा बिभिन्न ८ वटा सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।
पुतलीबजार नगरपालिका ३ स्थित चण्डीकालिका बहिरा बिद्यालयमा सामाग्री सहित न्यानो कपडा बितरण, स्याङ्जा अंपाग समाजको भवनमा अंपागता भएका व्यक्तिहरुबीच अन्तरक्रिया गरिएका छन् । साथै सदरमुकाममा साँझ दिप प्रज्वलन गरिएको छ ।
‘अपांगता समावेशी समाजको प्रवद्र्धन सामाजिक उन्नतीको संवद्र्धन’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
आँधीेखोला गाउँपालिकामा अंपागता भएका व्यक्तिहरुसँग अन्तरक्रिया र सहायता समाग्री वितरण गरिएको छ । फेदीखोला गाउँपालिकमा पनि सचेनतामूलक विविध कार्यक्रम गरिएको छ ।
यसैबीच अंपागता भएका विद्यार्थीहरु अध्ययन गर्ने विशेष स्रोत कक्षा सञ्चालन भएका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका वटा नं. ३ मा रहेको चण्डी आधारभूत विद्यालयमा बहिरा अपांगता भएका विद्यार्थी , गल्याङ नगरपालिकामा रहेको भानुभक्त माध्यमिक विद्यालय, वालिङमा रहेको भुम्रे माध्यमिक विद्यालय, अर्जुनचौपारीमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा सो कार्यक्रमहरु सम्पन्न भएका एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो ।
