Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आपसी सहयोग केन्द्र स्याङजा नेपालको २७ औं साधारणसभा सम्पन्न
    समाचार

    आपसी सहयोग केन्द्र स्याङजा नेपालको २७ औं साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshOctober 3, 2024Updated:October 3, 2024No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ असोज । सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार” भन्ने नाराका साथ आपसी सहयोग केन्द्र नेपालको २७ औं साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न भएको छ ।

    साधारणसभाको उदघाटन गर्दै आँधीखोला गाउँपालिका स्याङ्जाका अध्यक्ष बिश्वनाथ पौडेलले संस्थाले जलवायु परिबर्तन अनुकुलन, जैविक बिबिधता संरक्षण, प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा बिपन्न आयआर्जन लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका निर्वाह गरिरहेकोले यसका गतिबिधिलाई थप प्रसार र दीगोपनाको लागि स्थानीय सरकार प्रमुखको हैसियतले सवै स्थानीय तहले सहकार्य गरेर आम नागरिकलाई गुणस्तरीय सेवा र दीगो व्यवसायिक विकासमा टेवा पुर्याउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा, गैसस महासंघ नेपाल जिल्ला शाखा स्याङ्जाका अध्यक्ष गोबिन्द प्रसाद शर्मा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, आपसी सहयोग केन्द्रका लेखा समिति संयोजक चिन्तामणी पौडेल, अनुगमन मूल्यांकन समिति संयोजक लीलाराज शर्मा लगायतले संस्थाका गतीबिधिसंगै शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले संस्थागत विकास प्रतिवेदन प्रस्तुत गर्दै तीनै तहका सरकारले संस्थाले प्रबर्धन गरेका प्रबिधी बिस्तारमा सहकार्य गर्न चाहेमा सो का लागि आँफुहरुले दातृसंस्था र स्थानीय पालिका बीच समन्वयात्मक भूमिका निर्वाह गरी साझेदारी बृद्दीका लागि तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा संस्थाका कार्यक्रम एवं साझेदारी विकास निर्देशक हरीप्रसाद ढकालले संस्थाको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक आर्थिक एवं कार्यक्रमिक प्रगती प्रतिवेदन, संस्थाको वर्तमान अवस्था, आर्थिक वर्ष २०८१–०८२ का लागि संस्थाको संसोधित कार्यक्रम र बजेट साथै आर्थिक वर्ष २०८२–०८३ का लागि प्रस्तावित कार्यक्रम तथा वजेट लगायत संस्थाको संस्थागत कार्यक्रमिक विकासका लागि आगामी दिनमा लिनुपर्ने नीतिगत व्यवस्थापन आदि बारे प्रस्तुत गर्नुभएको थियो ।

    सभाले संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को कार्यप्रगती प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन साथै आर्थिक वर्ष २०८१–०८२ का लागि संसोधित अनुमान ६ करोड ५६ लाख ८५ हजार सात सय बीस रुपैंया तथा आर्थिक वर्ष २०८२–०८३ का लागि प्रस्तावित ६ करोड, ७९ लाख, ७८ हजार रुपैंया बरावरको कार्यक्रम र बजेट, सामाजिक परीक्षण प्रतिबेदन लगायतका बिभिन्न प्रस्ताव पारित गरेको छ ।
    कार्यक्रममा संस्थाका कार्यक्रम तथा साझेदारी विकास निर्देशक हरीप्रसाद ढकाललाई संस्थामा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान समेत गरिएको थियो ।

    , पुतलीबजार नगरपालिका१ का निवर्तमान वडा अध्यक्ष निर्मलकुमार शेरचन, नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, संस्थाका कोषाध्यक्ष सीता पौडेल, लाभान्वीत बर्गको तर्फबाट भिम गुरुङ, प्रमिला गुरुङ, सुमित्रा पौडेल, जगत बहादुर शाही लगायतले सामाजिक परीक्षण प्रतिबेदन एवं संस्थाको कार्यप्रगती प्रतिबेदन माथी टिप्पणी गर्दै संस्थाका नविन प्रबिधिलाई देशाका कुना कुनामा पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

    संस्थाको बार्षिक सामाजिक परीक्षणबाट प्राप्त नतिजाको समेत समिक्षा गरिएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सीता पोखरेलले स्वागत एवं सचिव लेखनाथ पौडेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.