Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, November 7
    Trending
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    समाचार

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    Syangja SandeshBy Syangja SandeshNovember 7, 2025Updated:November 7, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० कात्तिक । यतीबेला धान काटेर आलु लगाउने समय हो । बेमौसमी बर्षापछि घाम लागिरहेको अवस्थामा अहिले खेतभरी आलु लगाउनेको माचो छ । खेत जोताउन, डल्ला फुटाउने र मल थुपार्ने काम भएका छन् । अवका केही दिनमा आलु लगाउन सुरु हुदैछ ।

    सोही अवस्थालाई मध्येनजर गर्दै ‘आलुमा आत्मनिर्भर कार्यक्रम’ अन्र्तगत पुतलीबजार नगरपालिकाले ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराएको छ । किसानका माग बमोजिम नगरपालिकाका आलु उपलब्ध गराएको पालिकाले जनाएको छ ।

    नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, आर्थिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता मनोज पौडेल लगायतको टोलीले वडा÷वडामा पुगेर आलु बीउका बोरा किसानहरुलाई उपलब्ध गराउदै आउनु भएको छ ।

    आलुका बीउ नगरपालिकाका १४ वटै वडामा पु¥याईने भएको छ । पुतलीबजारलाई आलुमा आत्मनिर्भर बनाउने उदेश्यले यहाँका किसानका माग बमोजिम जनकदेव र खुमल सेतो १ जातका आलु ल्याएका छौं नगरप्रमुख रेग्मीले बताए । पुतलीबजारका सबै वडामागरि ७१ हजार ४ सय किलो आलुका बीउ बितरण गरिने नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।

    किसानका जनकदेव आलुका बीउ ६१ हजार ४ सय किलो र खुमल सेतो एक १० हजार किलोको माग रहेको छ । आलु खेतीका लागि उपयुक्त हावापानी र भुगोल भएको जनाउदै खेत तथा बारीमा आलु खेती गरेर आत्मनिर्भर सहित ब्यवसायी बन्न नगर उपप्रमुख देवी अर्यालको सुझाव छ ।

    आलुका प्रति किलो ५८ रुपैंया भए पनि ५० प्रतिशत छुट दिदा किसानले २९ रुपैंया प्रति किलोमा खरिद गरेका छन् ।
    यसअघि नगरपालिकाले अनुदानमा आलु बीउ खरिद गर्न चाहने किसानहरुका लागि सूचना प्रकाशितगरी आलुका बीउ माग गर्न आब्हान गरेको थियो । सोही आब्हान बमोजिम पुतलीबजार नगरपालिका १ का किसानले जनकदेव १ हजार ४० र खुमल सेतो १ सय ६५ किलोको माग गरेका थिए ।

    वडा नं. २ मा २ हजार १५५ किलो जनकदेव र ५१० किलो खुमल, वडा नं. ३ मा १६ हजार किलो जनकदेव, वडा नं. ४ मा ४ हजार १ सय किलो जनकदेव र १ हजार ४९९ किलो खुमल, वडा नं. ५ मा ८ हजार किलो जनकदेव, वडा नं. ६ मा २ हजार ३ सय किलो जनकदेव र ४१७ किलो खुमल आलु बीउ उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

    यसैगरी, वडा नं. ७ मा ५ हजार ६५० किलो जनकदेव र २ हजार ६२९ किलो खुमल, वडा नं. ८ मा २ हजार ५ सय किलो जनकदेव र १६५ किलो खुमल, वडा नं. ९ मा १ हजार ६०५ किलो जनकदेव र ३६७ किलो खुमल, वडा नं. १० मा ३६८ किलो जनकदेव र १ हजार २१ किलो खुमल, वडा नं. ११ मा ४ हजार ७५० किलो जनकदेव र १ हजार २७९ किलो खुमल आलु बीउको माग रहेका छन् ।

    वडा नं. १२ मा जनकदेव १ हजार ८ सय किलो, खुमल १५ किलो, वडा नं १३ मा ४ हजार ९५० किलो जनकदेव र ९५० किलो खुमल र वडा नं. १४ मा ४ हजार १ सय किलो जनकदेव र ९८३ किलो खुमल सेतो आलुको वीउको माग भएको र ती सबै उपलब्ध गराउनेगरी आलुका बीउ खरिदगरी ल्याइएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिनुभयो ।

    आर्थिक बिकास समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख अरुण रेग्मीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.